नेपालको बैदेशिक सहायताको प्रवृत्ति
दशकको प्रवृत्तिः
सन् २०१० मा १०८० मिलियन USD रहेको ODA (Official Development Assistance) सन् २०१५सम्म करीब करीब स्थिर जस्तै रह्यो । त्यसपछि सन् २०२० सम्म बढ्दो दरमा २००३ मिलियन USD पुगेर पछिल्लो वर्ष घटेर १६८५ मा झरेको छ । राजनीतिक अस्थिरताले स्थिर रहेको, राजनीतिक स्थिरता र पुननिर्माणका लागि बढेको र Post CIVID Situation मा घटेको देखिन्छ ।
राष्ट्रिय बजेटमा ODA को योगदान २४.४१ प्रतिशत छ । पछिल्लो दशकमा बजेटमा योगदानका हिसाबले करीबकरीब स्थिर जस्तै देखिन्छ ।
पछिल्लो वर्षमा
बैदेशिक सहायताको ८४.२९ प्रतिशत बजेटमा समाहित भएको छ । २६५ मिलियन USD बजेट बाहिर रहेको छ ।
७३ प्रतिशत बहुपक्षीय, २६.९५% द्विपक्षीय सहायता रहेको छ । दश साझेदारको सहायता ९३% भन्दा बढी छ ।
बहुपक्षीयमा विश्वबैकको ४७%, ADB को १५ %, EU को ६% हिस्सा रहेको छ । द्विपक्षीयमा USA को 6%, UK को 5%,INDIA को 4%, JAPAN को 2%, CHINA को 2%, रहेको छ ।
बैदेशिक सहायताको आलोचनाः
धनी देशका गरीब जनताबाट उठाएर गरीब देशका धनी जनतामा वितरण हुने
परनिर्भरता बढ्छ, कार्यदक्षता घटाउँछ ।
Nacessary Evil
Only 10% reach to the needy people
40% returns to the source.
निष्कर्षः
उर्जामा उच्चतम् परिचालन भएको छ । त्यसपछि स्वास्थ्य, शिक्षा पुनर्निर्माणमा केन्द्रित छ ।
परियोजना सहायता राम्रो छ । सहायताको खण्डीकरण र गैर बजेटरी सहायतामा सुधार गर्नु आवश्यक छ ।
SDG का लक्ष्य प्राप्त गर्नमा सहायता केन्द्रित गर्नु आवश्यक छ।
No comments:
Post a Comment