पृष्ठभूमिः
कसुरजन्य कारोबारबाट प्राप्त आयलाई विभिन्य प्रक्रियाबाट बैध बनाउनु नै सम्पत्ति शुद्धिकरण हो । सम्पत्ति शुद्धिकरणका लागि Placement, Layering र Integration गरी जटिल र चक्रिय प्रक्रिया अवलम्बन गर्दछन् । अपराधिक आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्ने, समग्र प्रणालीलाई नकारात्मक प्रभाव पार्ने तथा आतंकवादमा हुने लगानीसँग समेत सम्बन्धित हुन सक्ने भएकोले सम्पत्ति शुद्धिकरणलाई निवारण गर्नु आवश्यक छ । सम्पत्ति शुद्धिकरण विश्वको साझा समस्या भएकोले समाधानका लागि collaborative प्रयास आवश्यक छ ।
विश्वव्यापी प्रयासः
- अन्तराष्ट्रियस्तरमा सम्पत्ति शुद्धिकरण निवारणका लागि सन् १९८९मा विशिष्टिकृत अन्तरसरकारी संस्था FATF (Finantial Action Task Force) गठन भई क्रियाशील रहेको । २००१ देखि आतंकवादमा हुने लगानी नियन्त्रणको विषय समेत कार्य क्षेत्रमा थप गरेको । यसले AMLCFT सम्बन्धी विश्वव्यापी मापदण्ड निर्धारण, मापदण्ड पालनाको मूल्याङ्कन, संस्थागत सुदृढीकरण र नियमन सम्बन्धि काम गर्दै आएको छ ।
- एशिया प्रशान्त क्षेत्रमा काम गर्ने गरी सन् १९९० मा स्थापना भएको APG (Asia pacific Group) क्रियाशील छ ।
- UN तथा SAARC जस्ता क्षेत्रीय संगठनहरुले लागू औषध नियन्त्रण, भ्रष्टाचार निवारण, आतंकवाद नियन्त्रण, संगठित अपराध नियन्त्रण सम्बन्धित महासन्धिहरुको व्यवस्था गरेका छन् ।
- बैँकिङ्ग, वीमा, धितोपत्र सम्बन्धि क्षेत्रगत अन्तराष्ट्रिय निकायहरुले पनि सम्पत्ति शुद्धिकरण निवारण गर्न विभिन्न मापदण्डहरुको व्यवस्था गरेका छन् ।
नेपालका प्रयासः
- नेपालले AMLCFT का क्षेत्रमा क्रियाशील अन्तरराष्ट्रिय तथा क्षेत्रीय संस्थाहरु APG (सन् २००२ मा), FIU (सन् २०१५ मा), ARIN-AP (सन् २०१७ मा) को सदस्यता प्राप्त गरेको छ ।
- नेपाल औषध ओसारपसार, आतंकवादमा वित्तीय लगानी दमन, संगठित अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित UN, SAARC र BIMSTEC का विभिन्न महासन्धिहरुको पक्ष राष्ट्र भएको छ ।
- AMLCFT सम्बन्धमा अन्तर निकाय समन्वय गर्न तथा सरकारलाई सुझाब दिन समन्वय समिति (अर्थ सचिवको संयोजकत्वमा ) र कार्यान्वयन समितिको व्यवस्था छ ।
- नगद कारोबारलाई सीमा लगाईएको छ ।
- २०१६ मा जोखिम मूल्याङ्कन गरी जोखिमका क्षेत्रहरु पहिचान तथा वर्गीकरण गरिएको छ । भ्ष्टाचार, कर छली मानव बेचबिखन आदि उच्च उच्च जोखिममा तथा हातहतियारको व्यापार र आतंकवाद न्यून जोखिममा परेका छन् ।
- सन् २०१८मा AMLCFT को कानूनी, संस्थागत र कार्यान्यवन क्षेत्रमा भएको अवस्थालाई मूल्याङ्कन गरी सुधारका क्षेत्रहरु पहिचान गरिएका छन् ।
- पारस्परिक कानूनी सहायता ऐन २०७० ले बैंक वित्तीय वा व्यापारिक अभिलेख सम्बन्धि विषयमा अन्य देशसँग कानूनी सहायता आदान प्रदान गर्ने विषय समेटेको छ ।
- संगठित अपराध निवारण ऐन, २०७० ले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा आतंकवादमा लगानी सम्बन्धि अपराधलाई संगठित अपराधको रुपमा सूचिकृत गरी नेपाल र नेपाली नागरिक विरुद्ध नेपाल बाहिर बसेर अपराध गर्नेलाई पनि कानूनको दायरामा ल्याएको छ ।
- AMLCFT सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०७६-८१ ले जोखिममा आधारित प्रणाली अवलम्बन गर्ने, अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुने गरी घरेलु कानून तथा संस्थाहरुको सुदृढीकरण गर्ने, अन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई सघन बनाउने जस्ता उद्देश्यहरु तय गरेको देखिन्छ ।
- कसुरजन्य सम्पत्ति जफत र व्यवस्थापन गर्न ऐन, नियम र गृह मन्त्रालय अन्तरगत रहने गरी एउटा विभाग स्थापना गरी क्रियाशील गराईएको छ ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र कारवाही प्रकृया
विश्लेषणः
- AMLCFT नेपालको पनि समस्या हो भन्ने धारणा निर्माण हुन नसकी नीति निर्माताहरुमा यो अन्तराष्ट्रिय समूदायको मात्रै चासोको विषय जसरी व्यवहार गरेको देखिन्छ ।
- नियमनकारी निकायबीच समन्वयको अभाव छ । राजनीतिक संरक्षणले छानविन नै प्रभावित पार्ने प्रयत्नहरु हुने गरेका छन् ।
- DMLI छ तर संस्थागत क्षमता असाध्यै कमजोर छ । वार्षिक १० वटा मुद्दा दायर गर्ने गरेको । DMLI राजनीतिक रुपमा कमजोर व्यक्तिका मात्रै अनुसन्धान अगाडिबढाउने गरेको आरोपलाग्रे गरेको छ ।
- स्वमूल्यांङ्कनबाट जोखिमका क्षेत्रहरु पहिचान भएपनि जोखिमलाई केन्द्रमा राखेर काम गरेको देेखिन्न । FATF बाट यस वर्ष भईरहेको मूल्याङ्कनमा Gray list मा पर्ने जोखिम विद्यमान छ ।
- वाणिज्य बैंकको नियमन बाहेकमा नियमनकारी निकायहरुको भूमिका निष्प्रभावी जस्तै देखिएको छ ।
- १० लाखभन्दा बढीको नगद कारोबारमा रोक लगाइएको छ । ५० हजारभन्दा बढीको नगदमा भुक्तानी गरिएको खर्चलाई आयकर ऐनले खर्च कट्टि नपाउने व्यवस्था गरेको छ । तर कार्यान्वयनमा प्रभावहीन अवस्था छ ।
- सूचक निकायका सूचनाहरु व्यवस्थित रुपमा नियमनकारी निकायमा पुग्ने व्यवस्था नै छैन । Print गरेर पठाइएका विवरण पढेर छानविन गर्न व्यहारिक छैन ।
- FATF बाट भईरहेको मूल्याङ्कनमा Black वा Gray list मा पर्ने जोखिम विद्यमान छ ।
- लगानीमा स्रोत नखोज्ने गरी बेलाबेला नीतिनिर्माताहरुले उल्टै सम्पत्ति शुद्धिकरणलाई सहायता पुग्नेगरी नीति निर्माण गर्ने गरेको देखिन्छ।
- कतिपय विषयमा कानूनी वा प्रकृयागत Gap देखिएका छन् । जस्तै Casino मा ५००० USD भन्दा बढी जित्नेले उक्त रकम लैजाने प्रकृया र व्यवस्था ।
- कानूनमा व्यवस्था गरिएका संस्थागत व्यवस्था निष्कृय हुँदा नियमन प्रभावकारी हुन सकेको छैन ।
- सूचना दिनेलाई विगोको आधारमा १० लाखसम्म पुरस्कारको व्यवस्था छ ।
चुनौतीः
- आर्थिक र मौद्रिक स्थिरता कायम हुने गरी विभिन्न क्षेत्रमा हुने गरेका जोखिमयुक्त कारोबारलाई नियमन गर्नु
- अन्तरारष्ट्रियस्तरमा साझेदारहरुलाई नेपाल AMLCFTका विषयमा संवेदनशील छ भनी विश्वासक गर्ने वातावरण निर्माण गर्नु ।
- AMLCFT सँग सम्बन्धित नीति निर्माता, दर्जनौैं नियामक निकाय, हजारौं संख्यामा छरिएर रहेका सूचक निकाय सहित अभियोजन गर्ने निकाय, अनुसन्धान गर्ने निकायहरुको क्षमता अभिबृद्धि गर्नु ।
सुधारका उपायः
- नीति निर्माताहरुलाई AMLCFT को प्रभाव क्षेत्रहरुको बारेका बुझाई सम्वेदनशील बनाउने । लगानी प्रोत्साहित गर्ने नाममा AML लाई संरक्षण नदिने ।
- जोखिमलाई केन्द्रमा राखेर नियमनका प्रयासहरु अगाडि बढाउने ।
- नियमनकारी संस्थाहरुको Network स्थापना र क्षमता विकास गरी नियमनलाई प्रभावकारी बनाउने ।
- कानूनबाट स्थापित समिति/संस्थाहरुलाई क्रियाशील बनाई Gaps पूरा गर्ने गरी नीतिगत तथा कानूनी सुुधार गर्ने ।
- नियामक निकायहरु, अनुसन्धान तथा अभियोजन गर्ने निकायहरु, सूचक निकायहरुको क्षमता अभिबृद्धि गर्ने । सहकारी विभाग, सरकारी वकिल, FIU आदि ।
- DMLI लाई स्वायत्त र स्वतन्त्र बनाउन CIAA को कार्य क्षेत्र बृद्धि गरी संवैधानिक निकायको अधीनस्थ बनाउने । राष्ट्र बैंकमा रहेको FIU लाई थप अधिकार प्रदान गर्ने ।
- स्वमूल्यांङ्कनबाट पहिचान भएका सुधारका क्षेत्र र यसै वर्षको मूल्याङ्कनका क्रममा पहिचान भएका सुधारका क्षेत्रहरुमा अविलम्ब सुधार गर्ने।
- सूचक निकायबाट प्राप्तहुने सूचनालाई साझा Plateform को रुपमा काम गर्ने Software सँग आवद्ध गरी IT Based र स्वचालित बनाउने ।
No comments:
Post a Comment