लोकतन्त्र
लोकतन्त्र जनताका प्रतिनिधिद्वारा शासन सञ्चालन गर्ने पद्दति हो । लोकतन्त्र शासनको खुला र उदारवादी स्वरुप पनि हो । यसमा प्रत्येक नागरिकलाई शासनमा सहभागी हुने अधिकार प्राप्त हुन्छ । लोकतन्त्र स्वेच्छाचारी र निरंकुश शासनको विपरित शासन हो । लोकतन्त्रका केही मूल्यहरु हुन्छन् ।
लोकतन्त्रका मूल्यहरु
- जनउत्तरदायी सरकार
- प्रतिनिधिमूलक शासन
- संवैधानिक सर्वीच्चता
- नागरिकका आधारभूत अधिकारहरुको प्रत्याभूति
- स्वतन्त्र र सक्षम न्यायपालिका
- सबल विपक्षी र अलेपमतको कदर
- कानूनी शासन
- समावेशीता
- आवधिक निर्वाचन
- वालिग मताधिकार
- शासनमा स्वायत्तता
निष्कर्ष
लोकतान्त्रिक शासन विधि पद्दति र आचरणमा आधारित हुन्छ । सिद्धान्तमा मात्रै लोकतन्त्र स्थापित गर्नु वास्तविक लोकतन्त्र होइन । लोकतन्त्र व्यवहार र आचरणमा देखिने हुनु पर्दछ । लोकतन्त्र नागरिक अनुभूतिमा भेटिनुपर्छ ।
No comments:
Post a Comment