कार्यकारिणीका रुपमा कर्मचारीहरु स्वतन्त्र हुँदैनन् । तर व्यवसायिक मूल्यमान्यतामा कर्मचारीमाथि हस्तक्षेप गरिनुहुँदैन।
कर्मचारी परामर्शदाता हो । तटस्थ विज्ञका रुपमा राजनीतिज्ञलाई अप्रिय लाग्ने विषय पनि परामर्शदिने स्वतन्त्रता हुनुपर्दछ । अप्रिय परामर्शकै कारण विभेद गरिने अवस्था हुनुहुँदैन।
कर्मचारीले अहिलेको मन्त्री र भावी मन्त्री दुबैप्रति जवाफदेही हुनेगरी काम गर्नु पर्दछ ।
राजनीतिज्ञले कर्मचारीको मूल्याङ्कन र सरुवामा भूमिका खेल्न सक्छन् ।
No comments:
Post a Comment