Tuesday, October 28, 2014

राष्ट्रिय जनगणना २०६८

राष्ट्रिय जनगणना २०६८ को आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदनका केही रोचक तथ्य (नागरिकन्यूज डट कमबाट साभार):  
क्षेत्री बढे, ब्राह्मण घटे देशका प्रमुख १० जातजातिमध्ये अग्रस्थानमा क्षेत्री रहेका छन्। उनीहरुको संख्या झण्डै १ प्रतिशतले बढेर १६.६ प्रतिशत पुगेको छ। पहाडी ब्राह्मणको जनसङ्ख्या भने घटेको छ। २०५८ सालमा १२.७ प्रतिशत रहेकोमा हाल १२.२ प्रतिशत देखिएको छ।
हाल मगर, थारू, तामाङ, नेवार र कामी क्रमशः ७.१, ६.६ र ५.८ प्रतिशतसहित तेस्रो, चौथो र पाँचौं प्रमुख जातजातिहरूको स्थानमा रहेका छन्। सबै भन्दा कम जनसङख्या कुसुण्डा जातिको(२७३ जना मात्र) देखिएको छ।  मातृभाषा बढे, नेपाली मातृभाषी घटे देशभित्र अक्सर बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषाको सङ्ख्या १२३ वटा देखिएको छ। विगतको जनगणनामा ९२ वटा मातृभाषाको सङ्ख्या प्राप्त भएको थियो।  गत २०५८ सालको जनगणनामा ४८.६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४.६ प्रतिशत देखिएको छ।  नेपालीपछि मातृभाषाको रुपमा बढी बोलिने भाषाहरूमा मैथिली (११.७ प्रतिशत), भोजपुरी (६.० प्रतिशत), थारु (५.८ प्रतिशत), तामाङ (५.१ प्रतिशत) र नेवार (३.२ प्रतिशत) रहेका छन्। बज्जिका ३ प्रतिशत, मगर ३ प्रतिशत र डोटेली ३ प्रतिशत छन्।   
यस पटक तराई क्षेत्रमा मैथिली र भोजपुरी बहुल क्षेत्रमा हिन्दी भाषालाई मातृभाषा लेखाउन अभियान चले पनि हिन्दीलाई मातृभाषा मान्नेको संख्या शीर्ष १० भित्र परेको छैन। बरु २.६ प्रतिशतका साथ उर्दु १० नम्बरमा परेको छ।  ८० प्रतिशत हिन्दु देशमा प्रमुख १० धर्म देखिएकोमा सबैभन्दा बढी हिन्दु देखिएका छन्। हिन्दुको संख्या १० वर्षअघि भन्दा बढेको छ। २०५८ सालमा हिन्दु ८०.८ प्रतिशत रहेकोमा यस पटकको जनगणनामा ८१.३ देखिएको छ।  दोस्रो ठूलो संख्या बौद्ध धर्मावलम्बीहरुको छ। कूल जनसंख्याको ९ प्रतिशत बौद्ध छन्। तेस्रोमा इस्लाम (४.४), किरात (३), क्रिश्चियन (१.४) र प्रकृति धर्म मान्ने 0.४ प्रतिशत रहेका छन्।


Sunday, October 19, 2014

ना सु को curricum
प्रथम पत्र (समय 45 मिनेट)
=================
१.१ सामान्यज्ञान
१.१ सौर्यमण्डल र पृथ्वीको परिचय उत्पत्ति र गति आदि । (१ प्रश्न =१*२=२ नम्बर)
१.२ विश्वको भुगोल, महादेश, महासागर,जलवायु,अन्तरास् ट्रिय तिथि रेखा, समय, दुरी, भुकम्प मरुभुमि ज्वालामुखी आदि । (२ प्रश्न =२x२=४ नम्बर )
१.३ नेपालको भुगोल, धरातलिए स्वरुप र विशेषता, प्राकृतिक र वर्तमान अबस्था, भौगोलिक विविधता र जनजीवन, नेपालको हावापानी र विशेषता आदि। (४प्रश्न = ४x२=८ नम्बर )
१.४ विश्वको इतिहास, म्याग्नाकार्टा, औधोगिक क्रान्ति प्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोबर क्रान्ती, प्रथम र द्वित्तीय विश्व युद्ध, घटना कारण र परिणाम आदि । (१ प्रश्न=१x२=२नम् बर)
१.५ नेपालको इतिहाँस (प्राचिनकालदेखि हालसम्म), किराँत, लिच्छिवी र मध्यकाल र तिनको सामाजिक, आर्थिक एवम्रा जनीतिक अवस्था । आधुनिक इतिहाँस राजनीतिक घटनाक्रम, कारण र परिणामहरु । (२ प्रश्न=२x२=४ नम्बर )
१.६ नेपालको सामाजिक तथा साँस्कृतिक अवस्था, प्रथा परम्परा जातजाति भाषा धर्म कला साहित्य मूल्य र मान्यता साँस्कृतिक सम्पदा तिनको किसिम विशेषता र महत्व ।( ४ प्रश्न=४x२=८ नम्बर )
१.७ नेपालको आर्थीक अबस्था , विकासका पूर्वाधारहरु ,कृषि ,उद्योग व्यापार पर्यटन यातायात सञ्चार शिक्षा स्वास्थ्य विद्युत आदि र बिकास योजना ।(३ प्रश्न =३x२=६ नम्बर)
१.८ विज्ञान प्रविधीको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, क्रमविकास र वंशाणु स्वास्थ्य रोग खोप खाध्य पोषण ,दैनिक जिवनमा प्रयोग हुने वस्तुहरु साबुन प्लास्टिक रेसा काँच मल र किटनासक औषधी आदि । (३ प्रश्न=३x२=६ नम्बर)
१.९ पारिस्थितिक पद्दति र वातावरण, दिगो विकास, जैविक विविधता दुर्लभ पशुपंक्षी ओजोन विनाश, शहरिकरण,  बसाईसराई आदि । (३प्रश्न =६ नम्बर)
१.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघसंस्था, संयुक्त राष्ट्र संघ सार्क बिमिस्टेक आसियन युरोपियन संघ । (२ प्रश्न =४ नम्बर)
१.११ बिबिध नविनतम जानकारी (५ प्रश्न = १० नम्बर)
२.सामान्य बौद्धिक परीक्षण
२.१ शाब्दिक तार्किक परीक्षण (बोध शब्दज्ञान अनुक्रम कोडिङ डिकोडिङ छोडिएका अक्षर/संकेत मिलाउने आदि) (६ प्रश्न=१२ नम्बर)
२.२ मात्रात्मक तार्किक प्रश्न, भिन्न दशमलव अनुपात औसत नाफा नोक्सान मिति र पात्रो समय र काम साझा गुण
मेट्रिक्स प्रतिशत आदि । (८ प्रश्न = १६ नम्बर)
२.३ अशाब्दिक तार्किक परीक्षण, भेन चित्र त्रिभुज र वर्गको रचना, पानीमा देखिने आकृति ऐनामा देखिने आकृति आदि । ( ६ प्रश्न =१२ नम्बर)


दित्तिय पत्र
(समय साढेँ 2 घन्टा )
=============== ===
१. नेपालको सामाजिक, आर्थिक एंव बातावरणिय अवस्था (भौगोलिक अवस्था , हावापानी, जल्सम्पदा ,भाषा धर्म ,लगाय
बिषयबस्तुहरु ) =>४० नम्बर

२. संबैधानिक ब्यबस्था र सरकार (नेपालको बर्तमान संबिधान, कानुनको अर्थ, समावेसिकरण, समानुपातिक प्रतिनिधित्व,
कानुनी राज्यको अवधारण =>३० नम्बर


३. सार्वजनिक सेवा संचालन एंव ब्यबस्थापन (कार्यालय ब्यबस्थापन ,लेखा प्रणाली र राजस्व प्रशासन , नेपालको निजामती सेवा ,सार्वजनिक  सेवा प्रबाह )=>३० नम्बर


तृतिय पत्र ( समय 1 घन्टा )
=============== ===
तेस्रो पत्र १०० पूर्णाकको हुन्छ । जसमा ५० वटा प्रश्नहरु सोधिन्छ । तेस्रो पत्रको रुपमा तपाईंले निम्न बिषयहरु मध्य एक छनोट गर्न सक्नुहुन्छ ।
1. Accountancy
2. Biology
3. Chemistry
4. Economics
5. Education
6. Management
7. Physics
8. Political Science
9. Population Studies
प्रश्नहरू -------------------------------------------




१. आँशुकवि भनेर नेपाली काव्य साहित्यमा कसलाई चिनिन्छ ?
- शम्भुप्रसाद ढुंगेल
२. मानब मुटुमा कति वटा भल्भ हुन्छन?
- ४ वटा
३. CPU को पुरा रुप के हो?
- Central Processing Unit
४. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु कुन देशमा पर्छ ?
- पाकिस्तान
५. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो ?
- वि.सं.२००८ माघ २१
६. नेपालमा गणतन्त्र दिवश कहिले मनाइन्छ ?
- जेठ १५
७. भगवान शिवको नृत्य गर्दा को नाम के हो ?
- नटराज
८. किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
- मुन्थुम
९. घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
- कैलाली
१०. नेपालको पहिलो महिला रक्षामन्त्री को हुन् ?
- विद्या भण्डारी
११. सगरमाथाको आरोहन गर्ने प्रथम नेपाली नायिका को हुन् ?
- निशा अधिकारी
१२. नेपालको इतिहासमा जिउदो सहीद कसलाई भनिन्छ ?
- टंकप्रसाद आचार्य
१३. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ??
- नेपाल
१४. नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
- रबिन्द्र बस्नेत
१५. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ??
- भुतको भिनाजु
१६. गाईलाई गोठ भए बाख्रालाई के ??
- खोर
१७. कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय युवाबर्सको रुपमा मनाएको थियो?
- सन् २०१२
१८. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?
- अलैची
१९. सरकारले लिएको ॠणलाई के भनिन्छ?
- सार्वजनिक ऋण
२०. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
- बि.स.२०५५ कार्तिक २२ गते
२१. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
-महाशंकर सापकोटा (बि.स.२०१९)
२२. नेपालमा कति प्रकारका लालीगुरास पाईन्छन?
- ३२
२३. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
- बि.स.२०७० असार २० गते
२४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
- राम प्रसाद पोखरेल
२५. अन्तरीक्षमा बसाईने प्रस्तावित सहरको नाम के हो?
- ओल्गा
२६. दोस्रो संविधान सभाको पहिलो बैठक कहिले बस्यो?
- वि.सं. २०७० माघ ८ गते
२७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो ?
- जर्मनी
२८. सौर्य प्रणालीका ग्रहहरुमध्ये ग्यासै ग्यासले भरिएको एक मात्र ग्रह कुन हो ?
- वृहस्पति
२९. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
- इटली
३०. सिन्धुपाल्चोकको माङ्खा जुरेमा कहिले गएको पहिरोले सुनकोसी नदीको बहाव नै रोकिदिएको थियो ?
- वि.सं. २०७१ श्रावण १७
३१. रोल्पा जिल्लाको सदरमुकाम कहाँ हो ?
- लिवाङ
३२. विश्वमा कति प्रजातिको रुद्राक्षा पाइन्छ ?
- १२३ प्रजाति
३३. वैज्ञानिक म्याडम क्युरीको जन्म कुन देशमा भएको थियो ?
- पोल्याण्ड
३४. विश्वमा सबै भन्दा बढी स्याउ उत्पादन कुन मुलुकमा हुन्छ ?
- चीन
३५. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
- शिलु
उपयोगी बिबिध सामान्यज्ञान:-------------------------------------------------


1. रगत जस्तै रातो रङ भएको नदी स्पेनको 'रियोटिन्टो'मा छ।
2. विश्ळकै सबैभन्दा अग्लो युद्दभूमि भारतको 'रियाचिन ग्लासियर' क्षेत्रमा पर्दछ।
2. बाउन्न कुटी बहत्तर पोखरीको क्षेत्र भनेर 'जनकपुर'लाई चिनिन्छ।
3. सौर्यमण्डलको उत्पत्ति एक विशाल उष्ण एवं ग्याँसिय निहारिकावाट भएको बताउने ब्यक्ति 'लप्लस' हुन।
4. विश्ळकै ठूलो महासागर प्रशान्त महासागरको नाम प्यासिफिक राख्ने व्यक्ति स्पेनका अनुसन्धानकर्ता 'फर्डिनेन्ट मेगलन' हुन।
5. बौलाहा पोखरी, जटापोखरी, पाँचपोखरी र भूतपोखरी यी चारै वटै पोखरी रामेछाप जिल्लामा पर्दछन।
6. महाभारत खण्डको सर्वोच्च टाकुरा 'खप्तड लेक' हो।
7. प्रशान्त महासागरले प् थ्वीको कुल एक तिहाई भाग ओगटेको छ।
8. दिनभरी विभिन्न रङ फेरिरहने झिलमिला ताल कञ्चनपुर जिल्लाको 'चुरे पहाड' अन्तर्गत पर्दछ।
9. बराबर क्षेत्रफल भएका नेपालका दुई जिल्लाहरु 'बर्दिया र डोटी' हुन।
10. उछिट्टिएको नेपार भनेर नेपालको रुपन्देही जिल्लाको 'मर्चेवार क्षेत्र'लाई चिनिन्छ।
वातावरण--------------------------------------------------



पृथ्वीमा रहेका जिव, जनावर, वनस्पति, हावा, पानी, माटो आदि सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सामुहिक स्वरुप अस्तित्व र आपसी अन्र्तक्रियालाई वातावरण भनिन्छ ।
वातावरण ऐन, २०५३ को दफा २ अनुसार —ब्रह्माण्ड प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक एवम् मानविय क्रियाकलापहरु र ती अव्ययहरुबीचको अन्र्तक्रिया तथा सम्बन्ध नै वातावरण हो ।
वातावरण व्यवस्थापनप्रत्यक्ष वा परोक्ष रुपले वातावरणमा बढ्दो शहरीकरण, बढ्दो अद्यौकिरण,आणविकीकरण, प्राकृतिक स्रोत माथिको तिव्रदहण, अम्ल वर्षा, मरुभुमीकरण, बाढी,पहिरो, अनावृष्टी, अतिवृष्टि, ओजोन तह विनाश आदिले क्षति नपु¥याइर् स्याहार, सम्भार, सम्बर्धन, संरक्षण तथा सदुपयोग गर्नुलाई वातावरण व्यवस्थापनभनिन्छ ।



वातावरण व्यवस्थापनको महत्व
– प्राकृतिक सम्पदाहरुको संरक्षण हुने । 
– राष्ट्रियआयमा बृद्धि हुने ।
– रोजगारीमा वृद्धि हुने ।
 – पर्यटकियविकासमा सघाउ पु¥याउने ।
– घरेलु तथा साना उद्योगको विकास हुने ।
– स्वच्छ र स्वस्थ वातावरणको अनुभुती हुने ।
– अव्यवस्थित शहरीकरणमा न्युनीकरण हुने । 
– जिवजन्तु,वन्यजन्तु एवम् वनस्पतीहरुको संरक्षण ।
– प्राकृतिक सन्तुलन कायम गर्न सकिने ।

वातावरण प्रदुषणवातावरण ऐन २०५३ अनुसार—ब्रह्माण्डका प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरुआर्थिक तथा मानविय क्रियाकलापहरु र ती अव्ययवहरु बिचको अन्र्तक्रिया तथा अन्तर्सम्बन्धको परिणाम स्वरुप वातावरणमा ह«ास ल्याउने, क्षति पु¥याउने वा वातावरणकोलाभदायी वा उपयोगी प्र्रयोजनमा हानी नोक्सानी पु¥याउने एवम् नाकारात्मक असरपार्ने गरि सृजित अवस्थालाई वातावरण प्रदुषण भनिन्छ ।वातावरण प्रदुषणका किसीमहरुबृहत रुपमा हेर्ने हो भन्ने वातावरण प्रदुषणलाई प्रकृति प्रद्धत प्रदुषण(ज्वालामुखी, आँधी, आगजनी, भु–क्षय) र मानव प्रद्धत प्रदुुषण रुपमा प्रदुषणकाकिसीमलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१) वायु प्रदुषण ः— हावामा धँुवा, धुला लगायतका अनावश्यक बाहिरी पदार्थ जम्माहुनाले वायु प्रदुषण हुन्छ । ओजनतहको विनाश, हरितगृह प्रभाव, अम्लीय वर्षा,यातायातका साधन र कलकरखानाबाट निस्केको कार्बन मिश्रीत ग्यास आदि वायु प्रदुषणकाउदाहरण हुन् ।
२) जल प्रदुषण ः— मानव निर्मित फोहर, कलकरखानाको फोहोर, पानीमा फ्याकिएका रसायन आदिले जल प्रदुषण हुन जान्छ ।
३) भु–प्रदुषण ः— बाढी, पहिरो, बनविनाश, विषाक्तयुक्त मलको प्रयोग, आदि 
४) ध्वनी प्रदुषण ः— गाडी, कलकरखाना तथा अन्य यन्त्रहरुबाट उत्पादीत ध्वनि
५) खाद्य प्रदुषण ः— खाद्य वस्तुहरुमा विभिन्न अखाद्यपदार्थ, औषधी आदि वस्तुहरुकोमिसावट
६) रसायनिक प्रदुषण ः— वायु, जल, जमिन, खाद्यान्न आदिमा विभिन्न रसायनहरुकोकारण हुने ।
७) इलेक्ट्रो प्रदुषण ः— राडर, सेलुलर, टेलिफोन, एफ.एम. रेडियोबाटउत्पन्न भएका विद्युत चुम्बिकिय विकिरणबाट उत्पन्न प्रदुषण



वातावरण प्रदुषणका कारणहरु ः
– अनियन्त्रित जनसंख्या बृद्धि 
– प्राकृतिक सम्पदाको अधिक शोषण
– जनचेतनाको अभाव 
– कानुन पालनाको अभाव
– अव्यवस्थित शहरीकरण एवम् औद्योगिकरण 
– गरिबी रबसाइसराइ– खुल्ला सिमाना हुनु । 
– विषाधि रसायनहरुको प्रयोगमा वृद्धि
– भु–क्षय हुनु 
 यातायातका साधनमातिब्र बृद्धि
– वनजंगलको तिव्र फडानी 
– आणविक हतियारको होडबाजी
– वातावरण संरक्षणको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय समन्यव्यकोकमी




वातावरण प्रदुषणबाट देखा परेका समस्याहरु
– ओजनतहको विनास 
– कृषि उत्पादनमा ह्रास
– वनजंगलको विनाश 
– मरुभुमीकरण एवंमानवीय विकासमा चुनौती
– पुरातात्विक वस्तु एवं दुर्लभ प्राणी र वनस्पतिको विनाश
 – विश्वव्यापीउष्णता
– अम्लिय वर्षा 
– हरित गृह प्रभाव बढनु
– वायुमण्डलीय धुमिलता 
– जैविकविविधतामा ह«ास आउनु
– बाढी, पहिरो, भुक्षय अतिवृष्टि, अनावृष्टि र खडेरी 
–आणविक हिउदको समस्या
– प्राकृतिक स्रोत र साधनमा कमी 
– दुर्लभ प्राणी, वनस्पती वस्तुको जाति एवम् वंशको लोप
– मानविय विकासलाई चुनौती आदि ।


वातारण संरक्षणका उपायहरु ः
वातावरण संरक्षण भन्नाले वातावरणमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले ह«ास ल्याउनेएवम् क्षति पु¥याउने कार्य नगरी वातावरणका विभिन्न व्ययहरु तिनीहरुका अन्तर्सम्बन्धमा समेत कुनै खलल नपु¥याई स्याहार, सम्भार, सम्बर्धन, व्यवस्थापनतथा सदुपयोग गर्ने कार्यलाई बुझिन्छ । वातावरण सन्तुलन गरि राख्नु नै वातावरण संरक्षण गर्न हो जसका उपाय निम्न अनुसार छन् ।
– सम्पुर्ण राष्ट्रिय नितीहरु वातावरण मैत्री, वातावरणमा ह«ास नहुनेगरी योजना तर्जुमा एवम् कार्यान्वयन गर्ने वातावरण, शिक्षा लाभ गर्ने ।
– प्राकृतिक स्रोत र साधन एवम सम्पदाहरुको संरक्षण गर्नुपर्ने तथा जैविक विविधताको संरक्षण गरिनु पर्ने ।
– वातावरण सम्बन्धी सुचना केन्द्रको स्थापना र विकास गर्नुपर्ने
– बढदो जनसंख्या नियन्त्रण एवम व्यवस्थापन गर्नुपर्ने ।
– गरिबी उन्मुलन गर्नुपर्ने
– व्यवस्थित सहरीकरण तथा उचित बसोबासको व्यवस्था हुनुपर्ने
– जैविक विविधता संरक्षण गर्नुपर्ने
– प्रंदुषणरहित प्रविधिको विकास र पंयोग गर्नुपर्ने
– उद्योगहरुको स्थापना शहरी क्षेत्रभन्दा टाढा र वैज्ञानिक रुपले गर्ने ।
– वातावरण संरक्षणमा जनसहभागिता बढाउने ।
– फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने।
– वैकल्पिक उर्जाको विकास र प्रयोगमा बृद्धि गर्नुपर्ने ।
– फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने
– किटनाशक विषादी र मलको सटा प्रांगारिक मलको प्रयोगबढाउनुपर्छ ।
– रसायनिक, जैविक तथा आणविक हात हतियारको उत्पादन, बेचबिखन र प्रयोगमा बन्देज लगाउनुपर्छ ।
– वातावरण सम्बन्धि अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको कायार्न्वयनको लागि समय अनुकुल ऐन कानुन निर्माण गरि कडाईको साथलागु गर्नुपर्ने ।
केही महत्वपूर्ण प्रश्नहरू ------------------------------




१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने
पहिलो लिच्छवि राजा को हन् ?
– वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ
शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ?
– वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई
तत्काल जङ्बहादुरका बाबु बालनरसिंह कुँवरले
छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र
अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक
रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले
बसालेका हुन् ?
– चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक
द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष
सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक
द्रव्यकोषको व्यवस्था मिलाई
नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने
व्यवस्था मिलाएको थियो ?
– जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को
कहिलेको निर्णयबाट
कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन
गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम
गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल
राजा को हुन् ?
– अभय मल्ल (यिनी पहिलो मल्ल
राजा अरि मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन
विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट
प्रारम्भ भएको हो ?
– जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन्
जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द
ग्रेटकी पत्नीको नाम के थियो ?
– रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने
भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन
देशमा भएको थियो ?
– इटली (इटलीको गेनोआमामा,
अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
११. सिन्धुपाल्चोकको माङ्खा जुरेमा कहिले
गएको पहिरोले सुनकोसी नदीको बहाव नै
रोकिदिएको थियो ?
– वि.सं. २०७१ श्रावण १७
१२. बाढी–पहिरोको जोखिमको हिसाबले नेपाल
विश्वमा कतिऔं स्थानमा पर्दछ ?
– ३० औं
१३. दुई हजार चार सय किमि लामो हिमालय
पर्वतामालाको करिव कति किमि हिमालय
नेपालमा पर्दछ ?
– आठ सय किमि
१४. ‘व्यास हिमाल’ कुन जिल्लामा पर्दछ ?
– दार्चुला
१५. क्षेत्रफलको दृष्टिले
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा सबैभन्दा सानो जिल्ला भक्तपुर
भन्दा कति गुणा ठूलो छ ?
–६६ गुणा
१६. साउदी अरबमा कुल जनसङ्ख्याको कति प्रतिशत
विदेशी कामदार रहेका छन् ?
– ३० प्रतिशत
१७. हाल विश्वमा कति देशमा ‘पाटे बाघ’ पाइन्छ ?
– ४ देश (नेपाल, भारत, बङ्गलादेश र भुटानमा)
१८. नेपिटो कुन आसियान
मुलुकको नयाँ राजधानी हो ?
– म्यानमार
१९. नेपाली बजारमा पाइने अधिकांश रुद्राक्ष कुन
मुलुकबाट आएको हो ?
– इन्डोनेसिया
२०. विश्वमा कति प्रजातिको रुद्राक्षा पाइन्छ ?
– १२३ प्रजाति
२१. अपराध गरेर जेल बसेकामध्ये नेपालमा ८०
प्रतिशत कुन जाति भएको सरकारी तथ्यांक
रहेको छ ?
– तामाङ्ग
२२. भारतको लोकसभाको सभामुख भारतीय
जनता पार्टीका एक महिला नेत्री छन् भन्नुहोस
उनको नाम के हो ?
– सुमित्रा महाजन
२३. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा
२४. सुदूर
पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित
कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
२५. नेपाल सरकारले २०७० सालको बरिष्ठ
पत्रकार सम्मान ( जनही रु २ लाख )
कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र
अर्जुन ज्ञवाली )
२६. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के
भनिन्छ ?
– प्रवज्या
२७. विश्वमा क्रिश्चियन धर्म
मान्नेहरुको संख्या विश्वको कुल
जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
२८. एक अर्का भेट्दा सर्वप्रथम तिमीले
खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन
एसियाली मुलुृकका नागरिकमा रहेको छ ?
– चीन
२९. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले
अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
३०. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन
भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै
पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के
भनिन्छ ?
– मोनोब्सनी
३१. अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार
२९ गते सार्वजनिक गरेको आ.व २०७१\७२
को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने
लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
३२. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर
विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने
पुरुषमा स्विट्जरल्यान्ड का रोजर फेडेरर विश्व
नम्बर एकको स्थानमा कति हप्ता विताएर
र्कीर्तिमान बनाएका हुन् ?
– ३०२ हप्ता
३३. दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर
तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक
कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?
– सन् २०१४ जुलाई ३०
३४. सर्वाेच्च अदालतले सूर्ती, चुरोट, खैनी र
सूर्तीजन्य अन्य उत्पादनको बट्टामा ७५ प्रतिशत
भाग ओगट्ने गरी क्यान्सर लागेको रंगीन तस्बिर
छाप्नुपर्ने आदेश कहिले गरेको हो ?
– वि.सं २०७० पुस १४ गते
३५. नेपाल सरकारले कहिलेसम्म मुलुकलाई
खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य तोकिएको छ ?
–– सन् २०१७ सम्ममा
३६ डिप्रेसन कम गराउने कुन फल खान उपयुक्त
मानिन्छ ?
– स्याउ
३७. परराष्ट्र मन्त्रालयले इबोला भाइरसबाट
सबैभन्दा प्रभावित पश्चिम
अफ्रिकाका कति राष्ट्रको भ्रमण नर्गन आग्रह
गरेको छ ?
– चार राष्ट्र
३८ विश्वमा सबैभन्दा बढी चीज खाने
ग्रिसका नागरिक हुन् भने उनीहरुले बर्षमा एक
व्यक्तिले सरदर कति केजी चीज खान्छन् ?
– २४ के.जी
३९. कुन खाने कुरामा आलुमा भन्दा १०
गुणा बढी भिटामिन सी पाइन्छ ?
–सखरखण्ड
४०. स्थानीय विकास मन्त्रालयको स्थापना कहिले
भएको हो ?
– वि.सं २०३७
४१.
निजामती सेवाको पदपूर्ति सम्बन्धमा पिछडिएको क्षेत्र
भनी कति जिल्लालाई तोकिएको छ ?
– ९ जिल्ला
साभार गोरखापत्र