Sunday, January 8, 2023

स्वतन्त्र न्यायपालिकाका पूर्वशर्तहरु

 स्वतन्त्र न्यायपालिकाका पूर्वशर्तहरु

संवैधानिक सर्वोच्चता र कानूनी शासन बहाल गराउनका लागि स्वतन्त्र न्यायपालिका आवश्यक पर्दछ । न्यायपालिका स्वतन्त्र राख्नका लागि निम्नानुसार प्रबन्ध गरिन्छन्ः
  • न्यायपालिकाको संरचनाः संविधानमा न्यायपालिकाको संरचना स्पष्ट गरिनु पर्छ । संविधानले सर्वोच्च, उच्च र जिल्ला अदालतको संरचना व्यवस्था गरेको छ । 
  • न्यायाधीशको सेवाको सुरक्षाः न्यायाधीशको नियुक्ति, सेवाका शर्त संविधानमा नै उल्लेख हुनुपर्दछ । न्यायाधीशको योग्यता, नियुक्ति, हटाउने प्रकृया संविधानमा नै उल्लेख गरिएको छ । (
  • कार्यात्मक स्वतन्त्रताः न्यायपालिकालाई कार्यात्मक स्वतन्त्रता प्रदान गरेको हुनुपर्दछ । संविधानले अदालतमा विचाराधीन विषयमा राजनीतिक हस्तक्षेपमा रोक लगाएको छ । (१०५)
  • पुनरावलोकन अधिकारः न्यायपालिकालाई न्यायिक पुनरावलोकनको अधिकार हुनु पर्दछ । न्यायिक निर्णय कानूनका दृष्टिमा अन्तिम र बाध्यात्मक हुनपर्दछ । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई तोकेको छ । (१२८)  
  •  
न्यायपालिका सम्बन्धमा २०६३ भन्दा थप व्यवस्थाः 
  • संघात्मक राज्य संरचना, एकीकृत न्यायपालिका
  • सर्वोच्च अदालतमा संवैधानिक इजलाश
  • प्रत्येक प्रदेशमा एकएक उच्च अदालत, उच्च अदालतलाई रिटको क्षेत्राधिकार
  • जिल्ला अदालतलाई अर्धन्यायिक निकाय बिरुद्धको पुनरावेदकीय अधिकार
  • प्रदेश कानून बमोजिम स्थानीय तहमा न्यायिक निकाय गठन गर्न सकिने ।

 
 

No comments:

Post a Comment