Friday, April 17, 2015

२०७१ सालको राष्ट्रिय घटनाक्रम

वैशाख २
भक्तपुरको मध्यपुर थिमी बोडेका जुजुभाइ बासँ श्रेष्ठले छैटौंपटक जिब्रो छेडेर जात्रा मनाए ।
वैशाख ३
कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तविरुद्ध मुद्दा चलाएको विरोधमा एमाओवादीले संसद् अवरुद्ध गरेका थिए ।
वैशाख ५
सगरमाथा आरोहणमा खटिएका १२ जना क्लाइम्बिङ शेर्पाको हिमपहिरोले पुरिएर मृत्यु । हिमपहिरोमा पुरिएर ४ जना बेपत्ता र ६ जना घाइते भएका थिए ।
वैशाख ५
सरकारले बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस ।
वैशाख ९
न्याय परिषद्ले सर्वोच्च अदालतबाट कारबाहीको सिफारिसमा परेका न्यायाधीशलाई सर्वोच्चकै न्यायाधीशमा सिफारिस । परिषद्ले आठ जनाको नाम सिफारिस गरेको थियो ।
वैशाख १०
न्याय परिषद्ले आफूभन्दा कनिष्ठलाई स्थायी न्यायाधीशमा सिफारिस गरेको भन्दै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यद्वारा राजीनामा ।
वैशाख १०
बेपत्ता व्यक्तिको छानबिन गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको
विधेयक परिमार्जन गर्न तीन दलबीच सहमत ।
वैशाख १२
बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न
बनेको विधेयक संसद्बाट पारित ।
वैशाख १२
माथिल्लो मादीखोला जलविद्युत् आयोजना निर्माणाधीनको ठाउँमा पहिरो गई सुरुङभित्र इन्टेक छेकिँदा १६ मजदुर थुनिए ।
वैशाख १४
चीनले उपहार दिएको ५६ सिटको एमए ६० जहाज नेपालमा अवतरण ।
वैशाख १५
पोखराको सभागृह चोकमा यती विकास बैंकमा जम्मा गर्न गएका भगवान बराललाई गोली हानेर ३१ लाख रुपैयाँ लुटपाट ।
वैशाख १७
सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस र विपरीत दिशातर्फ गइरहेको मिनिट्रक जुध्दा १८ यात्रुको
मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।
वैशाख १८
एमाओवादीको विराटनगरमा राष्ट्रिय सम्मेलन सुरु । सम्मेलन वैशाख १८ देखि २१ सम्म भएको थियो ।
वैशाख २१
नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन । महेन्द्र बिष्ट अध्यक्ष चयन ।
वैशाख २२
जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा मुख्य योजनाकार भनिएका धनुषा ४ का सभासद सद्भावना पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सञ्जयकुमार साह पक्राउ । विस्फोटमा ५ जनाको
ज्यान गएको थियो ।
वैशाख २६
सरकारले विभिन्न जिल्लाका सदरमुकाम र नगरोन्मुख गाविसलाई ७२ वटा नयाँ नगरपालिका बनाउने
घोषणा । योसँगै नगरपालिकाको संख्या १ सय ३० पुग्यो ।
जेठ १०
नायक राजेश हमालको मधु भट्टराईसँग विवाह । राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधुसँग विवाह
गरेका हुन् ।
जेठ ११
एमाओवादीले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनबाट पोलिटब्युरो चयन । केन्द्रीय कार्यालयमा भएको गोप्य मतदानमा ५० जना पोलिटब्युरो निर्वाचित ।
जेठ १०
दुर्गम जिल्लामा गर्भवती महिलालाई सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावबाट हुने मातृशिशु मृत्युबाट जोगाउन निःशुल्क वितरण हुने औषधि खरिदमा अनियमितता गरेको अभियोगमा स्वास्थ्य सेवा विभागमा दुई महानिर्देशकसहित १२ जनालाई भ्रष्टाचार मुद्दा दायर ।
जेठ १२
संसदीय सुनुवाइ विशेष समितिले मतदानबाट सर्वोच्च अदालतका आठ स्थायी न्यायाधीश नियुक्ति अनुमोदन ।
जेठ १५
तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि सन्दीप कुलुकले पाए । उनले १ सय ३५ धावकलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् ।
जेठ १९
स्वर्गद्वारी दर्शन गरी फर्केका तीर्थयात्री चढेको बसका चालकले मोबाइल चलाउँदा भएको दुर्घटनामा १६ जनाको मृत्यु ।
जेठ २१
निजामती कर्मचारीले विदेशमा स्थायी बसोबास अनुमति लिन निषेध गर्ने निजामती सेवा ऐनको संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित ।
जेठ २५
फर्जी कागजको आधारमा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
जेठ ३०
एसएलसीको नतिजा सार्वजनिक । ४३.९२ प्रतशित उत्तीर्ण ।
जेठ ३१
नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुची बीपी स्मृति प्रतिष्ठानको समाजवादी
लोकतन्त्रको भविष्य अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौंमा ।
असार ५
गुल्मीको अग्लुङ ८ को नेपानी गाउँमा गएको पहिरोले एकै परिवारका ९ जनाको मृत्यु । त्यस्तै प्यूठानको खुङ ७ र ८ मा पनि पहिरोले पुरिएर ५ जनाको मृत्यु ।
आसार ८
संविधानसभा सदस्यको काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली क्षेत्र नम्बर ६ मा उपनिर्वाचन ।
निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो ।
असार ११
दुई अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेको अभियोगमा बैंकिङ कसुर मुद्दामा थुनिएका नेपाल सेयर मार्केट्स
एन्ड फाइनान्सका अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई सर्वोच्व अदालतका न्यायाधीश गोपाल पराजुली र दीपकराज जोशीले छाड्ने आदेश ।
असार १२
प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि । कोइरालाको अमेरिकाको ममोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार गरिएको थियो ।
असार १४
नेपाल ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्दै क्रिकेटमा नयाँ उचाइ हासिल । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वाषिर्क सम्मेलनले नेपाललाई मान्यता दिएको थियो ।
असार १४
एमाओवादी, नेकपा-माओवादीलगायत ५ दलले अग्रगामी संविधान निर्माणमा दबाब दिने उद्देश्यले कार्यगत एकताको घोषणा ।
असार १९
नीतिगत स्पष्टता र नयाँ नेतृत्व छान्न एमालेको नवौं महाधिवेशन सुरु । महाधिवेशनले केपी ओलीलाई
अध्यक्षमा चुनेको थियो ।
असार २९
६ खर्ब १८ अर्बको बजेट सार्वजनिक ।
साउन १७
सिन्धुपाल्चोकको माङ्खा र राम्चेबीचको जुरेमा पहिरोले पुरेर १५६ को मृत्यु ।
साउन १८
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी नेपाल भ्रमणमा । उनले संविधानसभामा सम्बोधनसमेत गरेका
थिए । उनले एक अर्ब ऋण सहुलियतको घोषणा गरेका थिए ।
साउन २१
रुकुमकी १८ वर्षीया किशोरी बसभित्रै सामूहिक बलात्कारमा । बस चालक र सहचालकले पार्किङ गरिरहेको बसभित्र बलात्कार गरेका थिए ।
साउन २१
प्रहरी कारबाहीमा गुन्डा नाइके दिनेश अधिकारी 'चरी' को मृत्यु । काठमाडौंको भीमढुंगामा प्रहरीको गोल लागेर उनको मृत्यु भएको हो ।
साउन २१
सर्वोच्व अदालतले पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा थुनामा रहेका दुई जनालाई छाड्ने आदेश । न्यायाधीशद्वय गिरीशचन्द लाल र देवेन्द्र गोपाल श्रेष्ठको इजलासले जयबहादुर शाही र हरिलाल पुनलाई छाड्न आदेश दिएको हो ।
साउन २४
दोलखाको जिरीमा पहिरो, ४ जनाको मृत्यु
साउन २५
अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा मृत्यु ।
साउन २९
अविरल वर्षासँगै आएको बाढीपहिरोबाट काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गरी १३ जनाको मृत्यु ।
साउन ३०
बाढीपहिरोबाट विभिन्न जिल्लामा ४२ जनाको मृत्यु ।
भदौ ४
नेपालले मलेसियालाई ३२ रनले पराजित गर्दै एसीसी यु-१६ पि्रमियर लिग क्रिकेट प्रतियोगिता जित ।
भदौ १३
सरकारले संविधानसभामा मनोनयन गर्नुपर्ने २६ सभासदमध्ये १७ जना मनोनीत । यसमा कांग्रेसको ८, एमाले ८ र राप्रपा नेपाल १ जना छन् ।
भदौ १९
सरकारले थाइल्यान्ड, जेनेभा, फ्रान्स, क्यानडा, कुवेत र दक्षिण अफ्रिका लागि राजदूत नियुक्ति गर्न सिफारिस ।
भदौ ३०
एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटी मस्तिष्कघात भएपछि ६१ वर्षको उमेरमा निधन ।
असोज २
सरकारले भारतसँगको ऊर्जा व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी जीएमआरसँग आयोजना विकास सम्झौता डीपीएको मस्यौदा अनुमोदन ।
असोज २
संवैधानिक परिषद्ले राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष र चार सदस्य नियुक्ति गर्न पाँच जनाको नाम सिफारिस ।
असोज ६
छेराको हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु ।
असोज ७
मस्तिष्कघातबाट थलिएकी साहना प्रधानको ८७ वर्षको उमेरमा निधन ।
असोज ७
म्याग्दीको राम्चेबाट सदरमुकामतर्फ आउँदै गरेको यात्रुवाहक जिप हिस्तानको रिमा नजिकै भीरबाट खस्दा १२ जनाको मृत्यु ।
असोज ७
संविधानसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन लागेको कारण जनाउँदै कांग्रेस केन्द्रीय सदस्य एवं सभासद सुजाता कोइरालालाई तीन महिना पार्टीको दायित्वबाट मुक्त गर्ने निर्णय ।
असोज २०
डोटीको जोरायलबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा २७ जनाको मृत्यु ।
असोज २९
बेमौसमी सामुदि्रक आँधी हुदहुदले आएको हिमपातले हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा १८ जनाको मृत्यु । असोज १९ मा थप १९ को मृत्यु ।
कात्तिक ३
५८ करोड रुपैयाँ अनियमितताको आरोप लागेका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले आफ्नो पद त्याग ।
कात्तिक ४
नेपाल-भारतबीच ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर । यसले नेपालमा उत्पादित बिजुली भारतमा निर्वाध बिक्री गर्ने कानुनी हैसियत प्राप्त भएको छ ।
कात्तिक ८
नेपाली डाक्टर कुमोद धितालले अस्ट्रेलियाको सेन्ट भिन्सेट अस्पतालमा मृत व्यक्तिको मुटुको सफल
प्रत्यारोपण ।
कात्तिक १०
सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन स्वीकृत । मन्त्रिपरिषद्को बैठकले २१ करोड ५० लाख अमेरिकी डलरमा काम थाल्ने निर्णय गरेको हो ।
कात्तिक १२
नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा उक्लियो । नेपालले वल्र्ड लिग डिभिजन ३ को राउन्डरोबिन लिगको अन्तिम खेलमा मलेसियामाथि जित हासिल गर्दै माथिल्लो स्तरमा उक्लिएको हो ।
कात्तिक १३
नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को डिभिजनको च्याम्यिपन उपाधि हात पारेको थियो ।
कात्तिक १५
काठमाडौंबाट विराटनगर जाँदै गरेको शुभश्री यातायातको चालकले बस धनीको झगडाका कारण विपरीत दिशाबाट आएको बसलाई मकवानपुरको बसामाडी २ बस्तीपुरमा ठक्कर दिँदा १० जनाको मृत्यु ।
कात्तिक १८
कांग्रेस र एमाले संविधानका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा साझा धारणा बनाएर अघि बढ्ने सहमति । दुई दलले उक्त साझा धारणाको प्रस्ताव दुई तिहाइको समर्थन जुटाएर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बुझाएका हुन् ।
मंसिर ४
छिन्चु-जाजरकोट सडक खण्डको भुर ८ रावतगाउँको भीरबादीस्थित भेरी नदीमा बस खस्दा ४७ जनाको
मृत्यु, ८ जना बेपत्ता ।
मंसिर ४
सर्वसाधारणको भीडभाड हुने कार्यालय बिहान ६ देखि बेलुका ६ बजेसम्म खुलाउने मन्त्रिपरिषद्को निर्णय ।
मंसिर ९
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय
ट्रमा सेन्टरको उद्घाटन, नेपाली सेनालाई एडभान्स लाइट हेलिकप्टर उपहार प्रदान । काठमाडौं-दिल्ली
बस सेवा सुरु ।
मंसिर १०
१८ औं सार्क शिखर सम्मेलन सुरु । आतंकवाद शून्य पार्ने आठ राष्ट्रका कार्यकारी प्रमुखहरूको प्रतिबद्धता ।
मंसिर ११
३६ बुँदे घोषणापत्र जारी पर्दै सार्क शिखर सम्मेलन सकियो । समापनमा भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएका थिए ।
मंसिर १३
चालक दलको लापरबाहीले सडक छेउमा रोकिराखेको बस कैलालीको सहजपुर २ दमाईडाँडा सडक खण्डमा आफैं गुडेर खस्दा १२ जनाको मृत्यु ।
मंसिर १३
नेकपा-माओवादीबाट छुटेका नेत्रविक्रम चन्दले नेकपा माओवादी नामक नयाँ समूह गठन ।
मंसिर १६
सरकारले नगरउन्मुख गाविसलाई जोडेर थप ६१ नगरपालिका बनाउने घोषणा । मन्त्रिपरिषद्को
सामाजिक समितिको बैठकले ७ नगरपालिकालाई स्तरोन्नति गरी उपमहानगरपालिका घोषणा गरेको
थियो । थप नगरपालिकासहित मुलुकमा १ सय ९१ नगरपालिका भएको छ ।
मंसिर १७
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्राप्त संविधानका विवादित अन्तरवस्तुसम्बन्धी सबै दल तथा स्वतन्त्र सभासदका अवधारणा संविधानसभा पठाइने दलहरूको सहमति ।
मंसिर २०
शिक्षा मन्त्रालयले लिएको एमबीबीएसको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र गोल्डेन गेट कलेजमा किनबेच भइरहेका बेला कलेजका निर्देशकसहित ७ जना पक्राउ ।
मंसिर २१
क्षमताभन्दा दोब्बर यात्रुसहितको बस कर्णाली राजमार्गको कालोखोला सडकबाट चिप्लेर खस्दा
१२ जनाको मृत्यु । ५६ जना घाइते भएका थिए ।
पुस १४
भारतको मुम्बईबाट आएको जेट एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्नुअघि चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण ।
पुस १९
सर्वोच्व अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक । बगलामुखी मन्दिरको दर्शन गरेर र्फकंदै गर्दा ललितपुरको शंखमूल यूएन पार्क नजिकै ०६९ जेठ १८ मा मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी बमको हत्या गरेका थिए ।
पुस २१
डडेलधुरा सदरमुकामको प्रमुख व्यापारिक केन्द्र बागबजारमा भीषण आगलागी । सदरमुकामका २१ ठूला पसल र दर्जनभन्दा बढी घर जलेर नष्ट भएको थियो । आगलागीबाट एक अर्बभन्दा बढी क्षति ।
पुस २२
मृत्युदण्डको सजाय घोषणा भएको सिरहाका चन्द्रशेखर यादव ११ वर्ष १ महिना जेल सजायपछि स्वदेश फिर्ता ।
माघ १
बहुप्रतीक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री सुशील कोइरालाद्वारा शिलान्यास । तीन वर्षभित्र बनाइसक्ने गरी काम थालिएको प्रस्तावित विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो ।
माघ ४
वसन्त रेग्मी विश्व क्रिकेट लिगमा एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी । नामिबियामा भएको
डिभिजन २ मा नेदरल्यान्डको खेलमा २ विकेट लिँदै वसन्तले एसोसिएट राष्ट्रको क्रिकेट अनुपम कीर्तिमान बनाएका हुन् ।
माघ ५
संविधानसभाको बैठकमा बहुमतीय प्रक्रिया सुरु भएलगत्तै माओवादी नेतृत्वको प्रतिपक्ष मोर्चाका सभासदहरूले संविधानसभाभित्र तोडफोड । सभाध्यक्ष र एमाले अध्यक्ष केपी ओली लक्षित आक्रमणमा सभासदहरूलाई रोक्न खोज्दा मर्यादापालक घाइते । सभासदले माइक, टेबल, कुर्सी
तोडफोड गरेका थिए । माघ ८ को समयसीमाभित्र प्रक्रिया अघि बढेको सन्देश दिन खोज्ने सत्ता पक्ष
र त्यसलाई रोक्न तोडफोड गरेका थिए ।
माघ ६
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दका क्रममा कान्तिपुर पब्लिकेसन्ससहितका सवारी साधनमा आक्रमण ।
माघ ८
संविधानसभाको दोस्रो निर्वाचनका बेला माघ ८ मा बसेको पहिलो बैठकले माघ ८ मा संविधान जारी गर्ने भनिए पनि कार्ययोजनासमेत ल्याउन सकेन । प्रक्रिया अघि बढाउन खोज्दा प्रतिपक्षी दलका सभासदले रोकेका थिए ।
माघ ११
संविधानसभाले एमाओवादी, मधेसवादी दलसहित प्रतिपक्षीका अवरोधबीच प्रस्ताव समिति गठन गरेको घोषणा । ७३ सदस्यीय प्रस्ताव समिति बनाउने भनिए पनि ४९ सदस्यको नाम मात्रै घोषणा भएको थियो ।
माघ २५
नेपाल वायुसेवा निगमले ७ अर्ब ४० करोड ७३ हजार रुपैयाँमा खरिद गरेको ए ३२०-२०० सिरिजको जहाज
काठमाडौंमा ।
फागुन ३
व्यवस्थापिका संसद्को अर्थ समितिले स्विट्जरल्यान्डको एचएसबीसी बैंकमा नेपालीका नाममा रहेको ५ अर्ब रुपैयाँबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन ।
फागुन ६
कान्तिपुर फाउन्डेसनले पहिलो कान्तिपुर आइकन नेपाली क्रिकेट टोलीलाई प्रदान गर्ने घोषणा ।
फागुन १०
एसएलसी दिने तयारीमा रहेका संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार । प्रहरीले एसिड प्रहार गर्ने
जीवन विकलाई पक्राउ गरिसकेको छ ।
फागुन १२
सरकारले उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा ।
फागुन १२
नेपालको आन्तरिक मामिलामा अस्वाभाविक टिप्पणी गरेको भन्दै सरकारले राष्ट्रसघीय आवासीय प्रतिनिधि जेमी म्याक गोल्डरिकसँग स्पष्टीकरण ।
फागुन १४
संवैधानिक परिषद्ले लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि ७ जनाको नाम सिफारिस ।
फागुन १४
विधिशास्त्री विश्वव्यापी मान्यताअनुरूप तथा मेलमिलाप र बेपत्तासम्बन्धी छानबिन आयोग ऐन २०७१ का आममाफीसम्बन्धी दुई वटा दफा सर्वोच्च अदालतद्वारा खारेज । यो आदेशपछि अब मानव अधिकार उल्लंघनका दोषीहरूलाई आममाफी दिन पाइँदैन ।
फागुन १५
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पाँच जना आयुक्त नियुक्तिको सिफारिस
फागुन १६
एमाओवादी, मधेसवादी दललगायतका ३० दलीय गठबन्धनले राजधानीमा शक्ति प्रदर्शन । प्रदर्शनमा
निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
फागुन २०
टर्कीको राजधानी इस्तानबुलबाट २ सय ३२ यात्रुसहित काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिँदा दुर्घटना । चार दिनसम्म विमानस्थलबाट उडान हुन सकेको थिएन ।
२५ फागुन
धादिङको पिंडा ८ पुकन गाउँका टेकबहादुरको परिवारले विषाक्त रोटी खाँदा ६ जनाको मृत्यु ।
२५ फागुन
बलिउडका सुपरस्टार शाहरुख खान एक पेन्ट्स कम्पनीको कार्यक्रममा सहभागी हुन काठमाडौंमा ।
चैत १
राजधानीको रानीबारीमा १२ वर्षअघि भएको दम्पती हत्याकाण्डका दोषीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक । ०५९ असार ३१ मा इन्जिनियर हेमन्त र उनकी पत्नी अञ्जलीको हत्या भएको थियो ।
चैत २
हिलाम्मे सडकमा तीव्र गतिमा गुडिरहेको बस खस्दा जुम्लामा १८ जनाको मृत्यु, १४ जना घाइते ।
चैत ३
बारा कलैयाकी ३ वर्षीया बालिका पूजाकुमारी साहलाई बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतले कलैया ४ का २८ वर्षीय कन्हैया गुप्तालाई सर्वस्वसहित ३५ वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
चैत ५
अर्थविद् चिरञ्जीवी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति । प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका नेपाल मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेको हो ।
चैत ६
विश्व चर्चित उपन्यासकार ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ काठमाडौंमा ।
चैत ८
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाती बाहिरै मुटु भएका शिशुको जन्म । अहिले शिशुको मृत्यु भइसकेको छ ।
चैत ८
चिकित्सा क्षेत्रको भ्रष्टाचारविरुद्ध लड्दै आएका प्रा.डा. गोविन्द केसी १० बुँदे माग राखेर अनशनमा ।
चैत ९
ताप्लेजुङको सदरमुकाम फुङलिङक तोक्मेडाँडा क्षेत्रमा आगजानी हुँदा ४४ घर नष्ट हुँदा १ सय १८ परिवार विस्थापित ।
चैत १२
सप्तरीको कञ्चनरूप नगरपालिका ६ को दलित बस्तीमा आगलागीब्ााट ३३ परिवारका ७९ घर नष्ट । आगोमा परेर ६० वर्षीय एक वृद्धको मृत्यु ।
चैत १४
राष्ट्रपति रामवरण यादव र चिनियाँ समकक्षी सी जिनपिङबीच साइडलाइन भेट । भेटवार्तामा चीन सरकारले नेपाललाई ९० करोड युआन अनुदान सहयोग घोषणा ।
चैत १९
चिकित्सा क्षेत्रका विकृति र अनियमितता अन्त्य गर्न ११ बुँदे सहमतिपछि डा. गोविन्द केसीले १२ अाैं दिनमा अनशन तोडे ।
चैत २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका विवादास्पद पूर्वकामु कार्यकारी प्रमुख सुवास निरौला र दुई बहालवाला सचिवसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
चैत २२
एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लु लागेर मृत्यु । उनीसहित स्वाइन फ्लुको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।
चैत २६
सप्तरीको रम्पुरा मल्हनिया आगलागीमा ६५ परिवारको १ सय ६० घर जलेर नष्ट ।
चैत २८ 
वागमति सफाई अभियानको १०० औं हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म ५६ किलोमिटर

मानवसांलो निर्माण ।