राजस्व प्रणाली
राजस्व
१) दायराः
दायरा विस्तार गर्ने र सबै आर्थिक क्रियाकलापलाई समेट्ने ।
- PAN वितरण संख्या बढाउने।
- विद्युतीय विजक जारी गर्न प्रोत्साहित गर्ने ।
- विजक लिनेदिने संस्कृतिको विकास गर्ने ।
- करदाता शिक्षा बढाउने ।
२) प्रशासन सुधारः
राजस्व प्रशासनलाई आधुनिक, कुशल, व्यवसायिक र स्वच्छ बनाउने ।
- कर संकलन केन्द्र बढाउने ।
- विद्युतीय प्रणालिबाट राजस्व संकलन गर्ने ।
- अन्तशुल्क प्रणाद्यीमा Bar Code, QR Code लागू गर्ने।
३) संघीय संरचनाः
संघीय शासन प्रणाली अनूरुप हुने गरी राजस्व प्रशासनको संरचना र प्रणाली रुपान्तरण गर्ने ।
- स्थानीय र प्रदेशको राजस्व स्रोत पहिचान, संकलन र विस्तारका लागि संघले समन्वय सहजीकरण गर्ने ।
- नियमन कारी निकायका सूचनालाई एकीकृत गरी समन्वय रपरस्पर सहयोग गर्ने ।
- करदाता र कर प्रशासकमा व्यवसायिकता, इमान्दारिता, ,पारदर्शिता, स्वच्छता र सदाचारिता कायम गर्ने ।
४) व्यवसायीमैत्रीः
कर प्रणालीलाई व्यवसायी-मैत्री बनाउने ।
- भन्सारमा हुने मालवस्तुको घोषणालाई यथार्थमा आधारित बनाउने ।
- भन्सार clearance मा लाग्ने समय घटाउने ।
- प्रविधिमैत्री जोखिममा आधारित नियमन प्रणाली लागू गर्ने ।
- DTAA गर्ने ।
५) पुनरावलोकन गर्ने
करका दर र संरचना पुनरावलोकन गर्ने ।
- राम्रा र असल अभ्यासलाई अनुकरण गरी थप प्रगतिशील बनाउने ।
- सामाजिक सुरक्षा कर प्रणाली सदृढ गर्ने ।
- आयकर, भन्सार महसुल, लगायतको पुनरावलोकन गर्ने ।
- गैर राजस्वका दर लागत प्रभावी र दायरामा विस्तार गर्ने ।
No comments:
Post a Comment