Friday, June 5, 2015

केही अन्तर्राष्ट्रिय सीमारेखा

केही अन्तर्राष्ट्रिय सीमारेखा
# मैकमोहन रेखा - भारत र चीन
# रेडक्लिफ रेखा - भारत र पाकिस्तान
# हिडनबर्ग रेखा - जर्मन र पोल्याण्ड
# 38 औं समानान्तर रेखा (38 Parallel) - उ. कोरिया र द. कोरिया
# मैगीनेन्ट रेखा - जर्मनी र क्यानाडा
# 49 औं समानान्तर रेखा (49 Parallel) - यू.एस.ए. र क्यानाडा
# मेनरहीम रेखा - रूस र फीनल्याण्ड
# ड्युरेन्ड रेखा - पाकिस्तान र अफगानिस्तान

जानकारी

१. रुपक स्मृति पुरस्कार-२०७१ बाट सम्मानित हुने फुटबलर को हुन् ?
- सन्तोष साहुखल र भगवती थापा
२. इन्डोनेसियाको बाङडुङमा हुने अफ्रिकी-एसियाली मुलुकको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशिल कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
- वि.सं. २०७२ बैशाख ७
३. संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन कहिले भयो ?
- वि.सं. २०७२ बैशाख २
४. विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान २०७२ को नारा के रहेको छ ?
- हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त विद्यालय बनाऔं बालबालिकालाई विद्यालय पठाऔं
५. मलाला एस्टोराइड के हो ?
- नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशिय पिण्ड
६. खुलाबजार एवं उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो ?
- वि.सं. २०७२ बैशाख १
७. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो ?
- सन् १९७९
८. देहायमा उल्लेखित कुन भनाइ सही छ ?
क) छैटौ कृषि गणनाअनुसार नेपालमा सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला मोरङ‚ झापा‚ सर्लाही‚ सिराहा र सुनसरी हुन् ।
ख) छैटौ कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् ।
ग) खेतीयोग्य जग्गामध्ये अस्थायी बालीमा तरकारी बाली‚ मसला बाली‚ नगदे बाली‚ र आलुबालीका लागि जमिनको क्षेत्रफलको अनुपात बढेको छ भने अन्नबाली‚ धानबाली‚ गहुँबाली‚ कोदोबाली‚ जौं बाली‚ फापरबाली‚ कोसे तथा दालबाली र तोरी बालीका लागि जमिनको क्षेत्रफल घटेको छ ।
- माथिका सबै
९. नेपालमा वीस बर्षिय दीर्घकाली कृषि योजना कहिलेदेखी लागु भएको हो ?
- आ.व. २०५३/५४
१०. कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखी कृषि विकास मन्त्रालय बनाइएको हो ?
- वि. सं. २०६९
११. सामान्यतया मानिसको गर्भावस्थाको अवधि कति हुन्छ ?
- २८० दिन
१२. महिनावरी रोकीएको अवधिलाई के भनिन्छ ?
- Amenorrhea
१३. स्थलमण्डल भनेको के हो ?
- पृथ्वीको बाहिरी भाग
१४. चौवीसे राज्यभित्र तलको कुन पर्दैन ?
क) गुल्मी ख) अछाम
ग) लमजुङ घ) गलकोट
- अछाम
१५. जब तिमि उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छन्‚ तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । यो भनाई कस्को हो ?
- एडोल्फ हिटलर
१६. नेपालका आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाती तलको कुन बर्गिकरणभित्र पर्दछ ?
क) लोपन्मुख ख) सीमान्तीकृत
ग) अति सीमान्तीकृत घ) सुविधा वञ्चित
- अति सीमान्तीकृत
१७. निजामती सेवा दिवस कहिले पर्दछ ?
- भाद्र २२
१८. नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?
- वि.सं. २००८
१९. सरकारी कार्यालमा राखिएको नागरिक बडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन ?
क) सेवा प्रदान गर्न लाग्ने समयावधी
ख) सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण
ग) सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्नै कार्यविधि
घ) काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
- काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
२०. बैंकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा रुप के हो ?
- Automated Teller Machine
२१. सहस्राव्दी विकास लक्ष्य (Millennium Development Goals) ले निम्नलिखित कुन पक्षलाई समेटेको छैन ?
क) वातवरणीय दिगोपनको प्रत्याभूति
ख) विकासका लागि विश्वव्यापी साझेदारको विकास
ग) विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्ति
घ) लैंगिक समानता र महिला सशक्तीकरण
- विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्ति
२२. संयुक्त राष्ट्रसंघको आह्वानमा कुन बर्षलाई अन्तर्राष्ट्रिय नारी बर्षको रुपमा मनाइएको थियो ?
- सन् १९७५
२३. Deemed export भनेको के हो ?
- स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा विक्रि गर्ने कार्य