Sunday, January 8, 2023

संविधान

 संविधान 

संविधान राज्यको मूल कानून हो । यसले राज्य सञ्चालनका विधिप्रकृया निर्धारण गर्दछ । राज्य र नागरिकको सम्बन्धलाई परिभाषित गर्दछ । संविधानले राज्यका अंगहरुको स्थापना, काम, कर्तव्य  र अधिकारको निर्धारण गर्दछ । संविधान गतिशील दस्तावेज हो, जनताका आकांक्षासँगसँगै संविधान पनि परिष्कृत हुँदै जान्छ ।

संविधान राज्यको मूल कानून हो

संविधान राज्यको मूल कानून हो । शासनमा संवैधानिक सर्वोच्चता हुन्छ । सबै कानूनको स्रोत संविधान हुन्छ । सबै कानून संविधान अनुकूल हुन्छन् । संविधानसँग बाझिएमा संविधानको व्यवस्थाले प्राथमिकता पाउँछ । 

 

संविधान राजनीतिक दस्तावेज हो

संविधान विशेष राजनीतिक प्रकृयाबाट निर्माण हुन्छ ।  जनमत संग्रह, संविधान सभा, राजाको घोषणा आदि । संविधान निर्मातामा राजनीतिक शक्ति निहित हुन्छ । 

संविधान कानूनी दस्तावेज हो

संविधान सबै कानूनको स्रोत हो । सबै कानून संवधान अनुकूल हुन्छन् । संविधानकै आधारमा ऐन, नियम, नियमावली, विनियम, बनाइन्छन् । संविधानले नै अधिकारको बाँडफाँड गर्छ । 

 




 

 

No comments:

Post a Comment