कार्यपालिका
कार्यपालिकाले कार्यकारी अधिकार प्रयोग गर्छ । यो जनताप्रति उत्तरदायी हुन्छ । कानूनको कार्यान्वयन गर्नु यसको प्रमुख कार्य हो ।
- कार्यपालिकाले शासन व्यवस्थाको नेतृत्व गर्छ ।
- शान्ति सुरक्षा अमनचयन कायम राख्छ ।
- सार्वजनिक प्रशासनको सञ्चालन गर्छ ।
- अन्तराष्ट्रिय सम्बन्त्ध व्यवस्थापन गर्छ ।
व्यवस्थापिका
व्यवस्थापिकाले विधायिकी अधिकार प्रयोग गर्छ । यो प्रतिनिधिमूलक हुन्छ । कानूनको निर्माण गर्नु यसको प्रमुख कार्य हो ।
- जनताको प्रतिनिधित्व गर्छ ।
- कानूनको निर्माण गर्छ ।
- सरकारको काम कामकारवाहीको निगरानी गर्छ ।
न्यायपालिकाले न्यायसम्पादन गर्छ । यो स्वतन्त्र र निष्पक्ष हुन्छ । कानूनको ब्याख्या गर्नु यसको प्रमुख कार्य हो ।
- कानूनको व्याख्या गरी विवाद निरुपण गर्छ ।
- संविधान र लोकतन्त्रको संरक्षण गर्छ ।
- नागरिकका मौलिक अधिकार संरक्षण गर्छ ।
यी अंगहरु एक अर्काका प्रतिस्पर्धी होइनन् । कुनै साना र कुनै ठूला पनि होइनन् । यी त शासन व्यवस्थालाई सुव्यवस्थित बनाउनका लागि गरिएका कार्य विभाजनका प्रबन्ध हुन् ।
No comments:
Post a Comment