CIAA & Ombudsman
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA)
यो भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी भएको संवैधानिक निकाय हो । यसले सार्वजनिक पदाधिकारीले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोमा अनुसन्धान गरी/गराई भ्रष्टाचार गरेको देखिएकोमा मुद्दा दायर गर्दछ ।
नेपालको CIAA दक्षीिण एशियाकै विशिष्ट किसिमको भ्रष्टाचार नियन्त्रण गर्ने निकाय हो । यसले Ombudsman (लोकपाल), Investigator (अनुसन्धानकर्ता), prosecutor (अभियोजन कर्ता) कै भूमिका निर्वाह गर्दछ ।
यसलाई कर्मचारी र बजेटको स्वायत्तता प्रदान गरिएको छैन ।
भ्रष्टाचारको सूचना दिनेलाई संरक्षणको पर्याप्त व्यावस्था छैन ।
CIAA का चुनौतीः
संस्थागत क्षमता विकास गर्नु,
जनअपेक्षा पूरा गर्नु र जनविश्वास आर्जन गर्नु,
CIAA माथि लागेका अपेक्षाहरुलाई चिर्नु,
प्रत्यायोजित अधिकारको प्रभावकारी कार्यान्वयन गर्नु
विद्यमान संरचनाले वृहत रुपमा छरिएर रहेका निकाय/ पदाधिकारीको निगरानी राख्नु र अनुसन्धान गर्नु
CIAA र Ombudsman को अवधारणामा भिन्नता
अम्बुडस्म्यानलाई पूर्ण स्वायत्तता प्रदान गरिन्छ । CIAA मा सीमित स्वायत्तता छ । जस्तै कर्मचारी र बजेट ।
Ombudsman मा उजुरी सुन्ने दायरा असीमित हुन्छ । CIAA को दायरा सीमित छ । जस्तै न्यायपालिका, सेना, संसद र समिति आदि ।
अम्बुड्सम्यानले छानबिन र कारवाहीको सिफारिस गर्छ । CIAA ले अनुसन्धान/ छानबिन गरी मुद्दा दायर गर्छ ।
Ombudsman को सिफारिस कार्यान्वयन सुनिश्चित हुन्छ । मुद्दामा कार्यान्वयन सुनिश्चितता बलियो हुँदैन ।
Ombudsman सुधार केन्द्रित हुन्छ । CIAA दण्ड केन्द्रित छ ।
Ombudsman मा पारिदर्शिता र जवाफदेहिता उच्च हुन्छ । CIAA मा गोप्यतावादी संस्कृति हावी छ ।
No comments:
Post a Comment