Tuesday, January 31, 2023

सार्वजनिक संस्थान

 विषय प्रवेशः 

सरकारको स्वामित्व, सरकारको व्यवस्थापन र सञ्चालन भएका व्यवसायिक प्रतिष्ठानहरु सार्वजनिक संस्थान  लगायतको हुन् । सामाजिक न्याय, व्यवसायिकता स्वायत्तता प्रमुख विशेषता हुन्छन् ।  लोक कल्याणकारी राज्य, योजनाबद्ध विकास, अर्थतन्त्रमाथिको नियन्त्रण र निजी क्षेत्रको स्वतन्त्र बजार प्रणालीमा हस्तक्षेप लगायतका अवधारणाबाट सार्वजनिक संस्थानको औचित्य पुष्टी हुन्छ ।

नेपालमा सार्वजनिक संस्थान किन?

·       आधारभूत, अत्यावश्यक, सार्वजनिक र एकाधिकार रहेका वस्तु तथा सेवाको उत्पादन वितरण र व्यवस्थापन गर्न,

·       स्वस्थ प्रतिस्पर्धात्मक व्यवसायिक वातावरण सिर्जना गर्न,

·       स्रोत साधनको प्रभावकारी उपयोग गरी तीव्रतर विकास गर्न,

·       न्यून लगानी भएका क्षेत्रमा लगानी गर्न,

·       उदाहरणीय लगानी कर्ता र असर उद्यमी अभ्यासकर्ताको भूमिका प्रदर्शन गर्न,

·       राष्ट्रिय उद्योग धन्दा, सीप पूजी प्रविधिको उपयोग र संरक्षण गर्न,

·       रणनीतिक महत्वका क्षेत्रमा राज्यको उपस्थिति सुदृढ गर्न,  

विश्वव्यापी अभ्यासः

विश्वव्यापी पवृति हेर्दा उर्जा, यातायात, सञ्चार वित्तजस्ता क्षेत्रमा सार्वजनिक संस्थानहरु बढी केन्द्रित भएको देखिन्छ ।  

·       भारतमा संघीय र प्रदेश दुबै तहमा सार्वजनिक संस्थान सञ्चालनमा छन् ।

·       चीनमा थ्रीगर्जेज जस्ता ठूला सार्वजनिक संस्थानको औचित्य र प्रभाव देखिएको छ ।

·       अमेरिका जस्तो स्वतन्त्र बजारको पक्षपाती देशमा पनि सन् २००८ को मन्दी पछि अर्थतन्त्रमाथिको हस्तक्षेत्पका लागि सार्वजनिक संस्थानको औचित्य रहेको स्वीकार गरादै आएको छ ।

 

 

सार्वजनिक संस्थानको औचित्य अझैं छ-

·       आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न,

·       सामाजिक न्याय कायम गर्न,

·       विपदको समयमा नागरिकलाई वस्तु तथा सेवाको नियमित प्रवाह गर्न,

·       आयात व्यवस्थापन गर्न, निजी क्षेत्रको विकासको निम्ति वातावरण निर्माण गर्न¸

·       समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न,

·        

नेपालमा सार्वजिक संस्थानको अवस्था वा प्रवृत्तिः

व्यवस्थापन पद्दति र सञ्चालक संस्थामा विविधता छ ।

·       नेपालमा ४२सार्वजनिक संस्थान सञ्चालनमा छन् ।

·       २८ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

·       ५६७ अर्बको लगानी छ । ५५% शेयर र ४५ % ऋणको रुपमा छ।

·       औसत नाफा २% छ । (पाँच वर्षको)

·       सञ्चालन आयको बृद्धिदरभन्दा प्रशासनिक खर्चको बृद्धिदर बढी छ ।

 

o   २० वटा सार्वजनिक संस्थान सञ्चित नोक्सानीमा छन् ।

o   ९ वटाको Net worth ऋणात्मक छ ।

o   २६ वटा संस्थानको लेखापरीक्षण बक्यौता छ ।

o   संस्थानहरुको Unfunded Liability बढ्दो छ ।

सार्वजिनक संस्थानसँग सम्बन्धित समस्या र कारणहरुः

·       सार्वजनिक संस्थानको व्यवसायिकता र प्रतिस्पर्धाको अवस्था कमजोर हुनु ।

·       सञ्चालन र व्यवस्थापनमा उकरुपता नहुँदा जनविश्वास हासिल गर्न नसक्नु ।

·       एउटै निकायलाई नियमन र सेवा प्रवाहको दोहोरो भूमिका प्रदान गर्नु ।

·       सस्था नियमन, समन्वय, सुपरीवेक्षण गर्ने निकायहरुबिच समन्वय नहुनु,

·       बन्द सार्वजनिक संस्थानका सम्पत्तिको उचित संरक्षण र उपयोग नहुनु ।

·       व्यवस्थापन सुधार, व्यवसायिकता प्रबर्द्धन, संरचनागत र संस्थागत सुधार नहुनु ।

·       सार्वजनिक संस्थान सम्बन्धी नीतिहरु तथ्य र आवश्यकतामा भन्दा राजनीतिकर्मिका स्वार्थअनुकूल निर्माण हुनु ।

चुनौतीः

·       स्रोत/कोषमा व्यवस्था नभएको दायित्व उच्च हुनु र बढ्दै जानु ।

·       उद्यमशीलता र सार्वजनिकताको सन्तुलन गर्नु,

·       सार्वजनिक संस्थानहरुको प्रतिस्पर्धी क्षमता, आर्थिक अनुशासन, कायम गरी सरकारको भार कम गर्नु,

·       सञ्चालनमा रहेका संस्थानलाई संघीय संरचना अनुरुप रपान्तरण गर्नु

·       Innovation Corporate Governance मा सुधार गर्नु ।

 

नेपालमा सार्वजिक संस्थानको सम्भावना र अवसर

 

·       अधिकांश क्षेत्रमा नीतिगत स्पष्टता, स्थायित्व र स्थिरता निर्माण हुँदै गएको ।

·       संघीय संरचना अनुरुप सुधार र प्रगति हासिल गर्ने सम्भावना रहेको ।

·       निजी क्षेत्र प्रभावकारी भै नसकेको लगानीका क्षेत्र व्यापक रहेको । सबै क्षेत्रमा प्रतिसपर्धाको वातावरण निर्माण भै नसकेको ।

·       सार्वजनिक निजी साझेदारीको अवधारणालाई विकासको मूल धारमा उपयोग गर्नुपर्ने ।

·       सार्वजनिक संस्थानको विगतदेखिको अनुभव,Strategic partner को रुपमा रहेका NT NEA जस्ता संस्थान हुनु ।

·        

सुधारका उपायः

1.     संस्थानहरुको कुशल र प्रभावकारी व्यवस्थापन गरी सार्वजनिक र एकाधिकार रहेका वस्तु तथा सेवा प्रतिस्पर्धी, गुणस्तरीय र सर्वसुलभ बनाउने ।

2.     सार्वजनिक संस्थानको स्थापना, सञ्चालन र व्यवस्थापन प्रणालिमा सुधार गरी गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन वितरण तथा उपभोगमा नागरिकको पहुँच स्थापित गर्ने ।

3.      आवश्यकता र उपादेयताका आधारमा संघीय संरचना अनुरुप हुने गरी संसथानहरुको पुनस्थापना, पुनर्संरचना तथा असान्दर्भिकहरुको बिक्री गर्ने ।

4.     कानूनी तथा संस्थागत सुधार गरी आधुनिकीकरण सहित सञ्चालन व्यवस्थापनर प्भावकारी नियमन गर्ने ।

5.     Public Private partnership गर्ने ।

6.     सार्वजनिक संस्थान सुधार इकाइ गठन गरी सबै सरोकारवालको Network  तयार गर्ने ।

7.     सेवा सञ्चालन सम्बन्धी एकीकृत कानून तयार गर्ने ।

8.     अनुगमन मूल्याङ्कनमा सम्बन्धित मन्त्रालय र स्सदीय समितिलाई जिम्मेवार बनाउने । समान प्रकृतिका संस्थानलाई गाभ्ने र समयानुकूल सुधारमा जोड दिने ।

9.      CEO MD सँग कार्यसम्पादन सम्झौता गर्ने ।

10.  नयाँ O&M गर्ने ।

11.  बन्द भएका संस्थानको Exit एबल बनाउने ।

12.  मलेप प्रतिवेदन, भोला चालिसेको संस्थान सुधार प्रतिवेदनले दिउका सान्दर्भिक सुझावहरुको कार्ययोजना तयार गरी कार्यान्वन गर्ने ।

 

Monday, January 30, 2023

सूचनना प्रविधि विकासका सवालहरु

सूचना प्रविधि विकासका सबालहरु

विषय प्रवेशः

ICT को तीव्रतर विकासले विश्व डिजिटल समाजमा रुपमान्तर हुँदै गएको छ ।Artificial Intelligence (AI), Robotics, Internet of Things (IOT), Big Data Analytics जस्ता नवीनतम् प्रविधिले काम गर्ने तौर तरिकामा परिवर्तन ल्याएका छन् । विभिन्न क्षेत्रमा प्रयास गर्दा गर्दैपनि नेपाली समाजले डिजिटल क्रनन्तिबाट पूर्ण लाभ उठाउन सकेको छैन ।  

सूचना प्रविधि विकासका प्रमुख सबालहरुः

१ अपराधिक गतिविधिहरुः

·       साइबरबाट हुने दुर्व्यवहार रोक्नु (Cyber bulling)

·       प्रतिलिपि अधिकारको उलंघन रोक्नु र बौद्धिक सम्पत्तिको संरक्षण गर्नु, (Intellectual Property Right)

·       इन्टरनेटको कुलत (Internet Addiction)

·       संगठित अपराधहरुको रोकथाम (Organized crime)

·       वित्तीय अपराध (Financial Crime)

२ डिजिटल असमानताको खाडल (Digital Divide )

असमानताको खाडल गहिरिँदो छ ।

३ पूर्वाधार (Infrastructure)

·       System for collection Data,

·       System For Protocol for communicating Data,

·       Quality of Data,

·       Access and Capacity of utilization  

४ रोजगारी (Employment)

·       तीव्रतर रोजगारी कटौतीले बेरोजगारी बढाउने

·       विशेष सीपयुक्त्त जनशक्तिको माग गर्दछ । अन्यलाई समावेश गराउँदैन ।

·       ICT मा संलग्न जनशक्तिको क्षमता विकासको दर ICT विकास दरभन्दा कम हुन्छ ।

५ लगानी (Investment)

पूर्वाधारका उपकरण, जनशक्ति उत्पादन र त्यसको नियमन संरक्षणका लागि ठूलो मात्रामा वित्तीय लगानी आवश्यक पर्छ । स्रोत न्यून छ । विगतमा गरेका लगानीलाई उपयोग नगर्ने जोखिम पनि छ ।

 

क)    डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल रूपान्तरणका निमित्त ८ प्रमुख क्षेत्र तथा ८० वटा डिजिटल पहलहरु पहिचान गरेको छ ।

1=  इन्टरनेटको पहुँच, डिजिटल साक्षरता, सुशासनका लागि विद्युतीय सेवा सहितको डिजिटल फाउन्डेशन ।

2=  कृषि (लागत घटाउने, उत्पादन बडाउने, बजारसाग जोड्ने, Agro-tech  

3=  शिक्षा

4=  स्वास्थ्य

5=  उर्जा

6=  पर्यटन

7=  वित्त

8=  शहरी पूर्वाधार (जल व्यवस्थापन, फोहर व्यवस्थापन, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन)

 

ख) सार्वजनिक सेवा प्रवाह तथा सरकारी काम कारबाहीमा विद्युतीय प्रणालीको प्रयोगलाई प्रवद्र्धन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा विद्युतीय सुशासन आयोग गठन गरिएको छ।

विद्युतीय प्रविधिको प्रयोग संस्थागत गर्ने, नियमन गर्ने, सरकारी निकायमा सञ्चालन हुने विद्युतीय प्रणालीलाई सुरक्षित बनाउन गर्ने कार्यक्षेत्र रहेको छ ।

ग) विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरिदै आएको छ । सञ्चार, वैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग सफल भएको देखिन्छ ।

 

सुधारका लागि सुझाबः

·       प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विद्युतीय सुशासन आयोगलाई थप क्रियाशील बनाई Data भण्डारण, उपयोग, उपकरण, विद्युतीय सञ्जालको सुरक्षा, सार्वजनिक सेवाको गुणस्तर लगायतका विषयमा मापदण्ड निर्माण गर्ने ।

·       सरकारले सार्वजनिक सेवा प्रवाहका लागि तयार गरेका विद्युतीय software, Data , र सेवालाई integration गरी प्रभावकारी बनाउँने  र प्रयोगको दायरा बढाउने ।

·       नागरिकका डिजिटल साक्षरता, सार्वजनिक क्षेत्रका कर्मचारीहरुका लागि डिजिटल सीप विकास तालीम सञ्चालन गर्ने ।

·       विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा ICT शिक्षा अनिवार्य गर्ने र विषयवस्तुको क्षेत्र विस्तार गर्दै जाने ।

·       पहिचना भएका क्षेत्रमा लगानी गर्न PPP Model अबलम्बन गरी आन्तरिक र वाह्य लगानी आकर्षित गर्ने । बाह्य लगानीका लागि Fast Track नीति रोज्ने ।

·       आवश्यकता र अवस्थाको Gap  पूरा गर्न Fishing school सञ्चालन गर्ने ।

·       अपराधिक क्रियाकलापहरुको नियन्त्रणका लागि उपचारात्मक, प्रबर्द्धनात्मक, निरोधात्मक तीनै किसिमका उपायहरु अबलम्बन गर्ने । क्षमता विकास गर्ने ।

·       डिजिटल डिभाइडको समस्या समाधारन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्ने ।

·       रोजगार नीति र ICT नीतिलाई एक अर्काको पूरकका रुपमा विकास गरी रोजगारी कटौती हुँदा स्वत स्तर बढाउन सक्ने गरी जनशक्ति योजना गरी कार्यान्वयन गर्ने ।

·       इन्टरनेट सेवाको गुणस्तर, 5G, अप्टिकल फाइबर जस्ताभौतिक पूर्वाधारमा लगानी गर्ने ।