Sunday, January 8, 2023

मौलिक हक

 मौलिक हकः 

मौलिक हक राज्य विरुद्धको अधिकार हो । सरकारको स्वेच्छाचारिता नियन्त्रण गर्नु र नागरिक अधिकार स्थािपत गर्नु यसको उद्देश्य हुन्छ । मौलिक हक बाध्यकारी हुन्छन् । उपचारको व्यवस्था हुन्छ । मौलिक हकले लोकतन्त्रको दायरा बढाउँछ । लोकतन्त्र दायरा दायरा विस्तार हुँदै जाँदा मौलिक हककको दायरा समेत विस्तार भएको छ । 

वर्तमान संविधानमा मौलिक हकको विश्लेषणः 

  • संख्यात्मक रुपमा धेरै छन् । 
  • सकारात्मक र नकारात्मक दुबै छन् ।
  • मानव अधिकारका पहिलो, दोस्रो र तेस्रो पुस्ताका अधिकार समेटिएका छन् । 
  • नागरिक, व्यक्ति र समूहलाई प्राप्त हुने हक छन् । 
  • सशर्त  र निशर्त दुबै हक छन् । 
  • केही महत्वकांक्षी हक छन् । 
  • सर्वोच्च अदालतका साथै उच्च अदालतलाई पनि मौलिक हक प्रचलन गराउने जिम्मेवारी तोकेको छ । 

सिद्धान्ततः मौलिक हक तत्काल कार्यान्वयन हुने, बाध्यात्मक प्रकृतिका हुन्छन्  । कानूनी हक भन्दा भिन्न हुन्छन् । संविधानले कानूननमा व्यवस्था भए बमोजिम  हुने गरी पनि मौलिक हक व्यवस्था गरेको छ ।

 

निष्कर्ष 

मौलिक हकको दायरा विस्तार हुनु राम्रो हो । मौलिक हकको दायरा विस्तार हुँदा उपभोगको दायरा पनि विस्तार हुनु पर्छ । मौलिक हक संविधानका आभूषण होइनन् । नागरिक तथा व्यक्तिले अनुभट्ठत गर्ने विषय हुन् । मौलिक हक जीवन्त बनाएर उपभोगको प्रबन्ध गर्नुपर्छ । 
 

No comments:

Post a Comment