Friday, September 16, 2016

केहि आर्थिक प्रश्न-उत्तरहरु

केहि आर्थिक प्रश्न-उत्तरहरु........


  • स्वर्ण मुद्रा कुन कालमा प्रचलित थियो ? – लिच्छविकाल
  • नेपालमा हाल कस्तो अर्थव्यवस्था छ ? – खुलाउदारबजारमुखी
  • दसौँ योजनाको मुख्य उद्देश्य के हो ? – गरिबी घटाउनु
  • आ.व. २०६४÷०६५ को बजेटमा सञ्चारसम्बन्धी के लक्ष्य छ ? – गाउँमा टेलिफोनहातमा मोबाइल र घरमा इन्टरनेट
  • नेपाल विकास मञ्च ९ल्म्ँ० कहिले गठन भयो ? – सन् २०००
  • वैकल्पिक ऊर्जातर्फ हालसम्म कति बायोग्याँस प्लाण्ट स्थापना भएका छन् ? – ,७०,०००
  • एघारौँ तृवषीय योजनाको दीर्घकालिन सोच के छ ? – समृद्धआधुनिक र न्यायपूर्ण नेपाल निर्माण
  • आ.व.०६४÷०६५ को कूल बजेट कति छ ? – रु.१ खर्ब ६८ अर्ब ९९ करोड ५६ लाख
  • ०६४÷०६५ सबैभन्दा बढी कुन क्षेत्रमा र कति प्रतिशत बजेट छ ? – शिक्षामा– १६.६१%
  • ०६४÷०६४ मा प्रहरी प्रशासनमा कति प्रतिशत बजेट विनियोजन छ ? – १४.१५ %
  • नेपालमा कति मुद्रण उद्योग रहेका छन् ? – ,५०० वटा
  • नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ? – कञ्चनजंघा
  • भंसार प्रक्रियालाई आधुनिकीकरण गर्नको लागि प्रयोगमा ल्याइएको सांख्यकीय प्रणालीलाई के भनिन्छ ? – ब्क्थ्ऋग्म्ब् (आसिकुडा)
  • २० वर्षे दीर्घकालीन विकासको अवधारणामा नेपालमा गरिबीको रेखामुनि रहेका जनतालाई कति प्रतिशतमा घटाउने लक्ष्य छ ? – १०%
  • नेपालममा दीर्घकालीन कृषि योजना ९ब्नचष्अगतिगचभ एभचकउभअतष्खभ एबिल० कहिलेदेखि लागू भएको हो ? – नवौं योजनादेखि (२०५४ श्रावण)
  • नेपालमा सातौं योजनाको अन्त्यमा ४९% गरिबीआठौं योजनाको अन्तमा ४२% गरिबीनवौं योजनाको अन्तमा ३८% गरिबी रहेको थियो भने दशौं योजना अन्त्यमा कति प्रतिशत गरिबी रहेको थियो ? – ३१%
  • नेपाल भारतबीच सम्पन्न हुने वाणिज्य सन्धि कतिकति वर्षमा नविकरण हुन्छ ?   – ÷५ वर्षमा
  • नेपालबाट विदेश निर्यात हुने वस्तुमा लगाइने शुल्क कुन हो ? – सेवा शुल्क
  • पर्यटन परिषदको अध्यक्ष को रहने व्यवस्था छ ? – प्रधानमन्त्री
  • नेपाल राष्ट्रबैंकले भारतीय रुपियाँको विनिमय दर नेपाली रुपैयाँमा कहिलेदेखि तोकेको हो ? – २०१७ बैशाख
  • सर्वप्रथम २००२ आश्विन १ मा नोट निष्काशन हुँदा नोटमा हस्ताक्षर गर्ने खजान्ची को थिए ? – जनकराज
  • २००९ सालमा रु. १ को नोट प्रथम पटक छापिँदा खजान्ची को थियो ? – नरेन्द्रराज
  • नेपाल राष्ट्र बैंक स्थापना भई प्रथम नोट निष्काशन गर्दा नोटमा कसको हस्ताक्षर थियो ? – गभर्नर हिमालय शमशेर जबरा
  • सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? – अष्ट्रेलिया
  • बेरुजुको अन्तिम कारबाही कसले गर्दछ ? – केन्द्रीय तहसिल कार्यालयले
  • नेपालमा आ.व. बैशाख १ देखि चैत्र मसान्तसम्मलाई मानिँदै आएकोमा कहिलेदेखि श्रावण १ देखि असार मसान्तलाई आ.व. मान्न थालियो ? – २००९
  • नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र कुन हो ? – पर्यटन क्षेत्र
  • पापतिलेका भन्नाले के बुझिन्छ विश्वको पहिलो पञ्चवर्षीय योजना (सन् १९२८)
  • कुन योजनादेखि म्यधल तय त्यउ नीति अवलम्बन गरियो ? – आठौं
  • लेखा प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले सर्वप्रथम लेखा समितिको गठन कहिले गरिएको थियो ? – २०१७ माघ २०
  • नेपालको आर्थिक तथा वाणिज्य राजधानी भन्नाले कुन ठाउँलाई चिनिन्छ ? – विरगञ्ज
  • नेपाल राष्ट्र बैंकले रु. २ को नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो । – २०३८ बैशाख १४
  • भूमिसुधार कार्यक्रम २०२१ सालमा सर्वप्रथम कति जिल्लामा लागू गरियो ? –१६ जिल्ला
  • को.ले.नि.का.को स्थापना कति सालमा भएको थियो ? – २०३८ साल
  • नेपालको मुद्रा सङ्ग्रहालय कुन ठाउँमा रहेको छ ? – छाउनी (काठमाडौं)
  • नेपाल राष्ट्र बैंकले रु. ५ र रु. १० का नोट कहिले प्रचलनमा ल्यायो ? – २०१६ फागुन ७
  • बैंकले आफ्नो खातामा भएको रकमभन्दा बढी रकम झिक्न मिलाई दिएको सुविधालाई के भनिन्छ ? – अधिविकर्ष
  • २०५८ फागनु १ देखि चैत्र १५ गते सम्मको कृषि गणना कति औं गणना हो ? – पाँचौं
  • नेपालमा संस्थागत व्यवसायिक लेखा प्रणाली शुरु गर्ने प्रथम नगरपालिका कुन हो ? – धरान
  • काठमाडौं उपत्यकामा प्रिपेड मोबाइल फोनको प्रयोग कहिलेदेखि भयो ? –२०६० भदौ ६
  • नेपाल सहायता समूहको स्थापना कहिले भयो ? – सन् १९७६
  • उदयपुर सिमेन्ट फ्याक्ट्रीको निर्माण कुन देशको सहयोगमा भएको थियो ? – जापान
  • अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ छ ? – वासिङ्टन डि.सी.
  • नेपाल सबैभन्दा पहिलो कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको थियो ? – इकाफे
  • प्रथम चरणमा निजीकरण भएका संस्थानहरु कति छन् ? – तीन वटा (बाँसबारी छाला जुत्ता कारखानाभृकुटी कागज र हरिसिद्धी इट्टा टायल कारखाना)
  • एसियाली विकास बैंकको सञ्चालनार्थ कुनकुन देशको सहयोग छ ? – जापान र अमेरिका
  • मानाङ्क मुद्रा कसले चलाएका थिए ? – मानदेव
  • योजना तथा कार्यक्रमको मूल्याङ्कन किन गरिन्छ ? – कार्यान्वयनमा प्रभावकारिता ल्याउन
  • पैसा छोए पाप लाग्छ’ भन्ने विश्वास गर्ने जाति कुन हो ? – राउटे
  • नेपालको पहिलो सरकारी संस्था कुन हो ? – विराटनगर जुट मिल्स
  • विश्वको अग्लो स्थानमा धानखेती कहाँ हुन्छ ? – जुम्लाको तिर्खु जिउला
  • अन्तरिम त्रिवर्षीय योजनामा कति प्रतिशत वृद्धि हासिल गर्ने लक्ष्य छ ? – ५.५%
  • आ.व. ०६६÷०६७ सम्म निरपेक्ष गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य छ ? – २४%
  • राष्ट्रिय विकास परिषद्को बैठक कहिले बस्यो ? – २०६४ असार १०११
  • आर्थिक सर्वेक्षण ०६३÷०६४ को अनुसार नेपालको प्रतिव्यक्ति आय कति छ ४५६ डलर
  • ने.वे.लि. ६ महिनाका लागि व्यवस्थापन करारमाकसको सहयोगमा भएको हो विश्व बैंक
  • कृषि विकास बैंकले कति रुपैयाँ मुल्यको शेयर निष्कासन गरेको छ – १२ करोड ५० लाख
  • प्रतिव्यक्ति आय र उत्पादनस्तर बढ्नुजस्ता वृद्धि हुनु भनेको कस्तो किसिमको विकास हो ? – आर्थिक विकास
  • कुनै पनि देशलाई आर्थिक न्याय र समतामूलक समाज निर्माण गर्न केले निर्देश गरेको हुन्छ ? – संविधान
  • नेपालमा २००८ सालमा पहिलोपटक बजेट प्रस्तुत गरिएको थियो । उक्त समयमा बजेट कति प्रकारका विवरणहरु प्रस्तुत गरिएका थिए ? – 
  • कुन योजनाले प्रादेशिक सन्तुलन कायम गर्नका लागि क्षेत्रीय विकासको अवधारणा अघि सारेको थियो ? – छैठौं
  • नेपाल राष्ट्र बैंकको लेखा परीक्षण कसले गर्दछ ? – महालेखा परीक्षक
  • विश्वव्यापीकरणले केलाई बुझाउँछ ? – वैदेशिक व्यापारवैदेशिक लगानी
  • वैदेशिक व्यापार असन्तुलनलाई सुधार गर्ने उपाय कुन चाहिँ हो ? – निकासी बढाउने
  • नेपालबाट सबैभन्दा धेरै गलैंचा निर्यात हुने देश कुन हो ? – जर्मनी
  • आ.व. ०६२÷०६३ मा शुरु गरिने राजमार्ग विशेष कार्यक्रम कुन अवधारणासँग आधारित छ ? – एक गाउँ एक उत्पादन
  • निजीकरणका लागि दबाब दिने तत्व कुनचाहिँ हो ? – उदारीकरण
  • स्वामित्वको निजीकरण गर्दा के गरिन्छ ? – इगत चष्नजत कबभि
  • नेपालमा रहेका सार्वजनिक संस्थानमध्य आ.व. ०६०÷०६१ मा कतिवटा संस्थानहरु खुद घाटामा सञ्चालित छन् ? – २४
  • आ.व. ०६०÷०६१ मा ३८ वटा संस्थानले वार्षिक खुद नोक्सानी कति बेहोर्नुपरेको थियो ? – ४ अर्ब ९१ करोड
  • औद्योगिक क्षेत्रअन्तर्गत रहेका संस्थानको संख्या कति छ ? – 
  • संस्थानका क्षेत्रहरुमध्ये सरकारको सबैभन्दा धेरै सेयर लगानी भएको क्षेत्र कुन हो ? – जनउपयोगी क्षेत्र
  • नेपालका संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थान कुन हो ? – नेपाल टेलिकम
  • प्रजातन्त्र आएपछि सबैभन्दा पहिले निजीकरण गरिएको संस्थान कुन हो ? – बाँसबारी छाला जुत्ता
  • हालसम्म कतिवटा संस्थानहरुको निजीकरण गरिसकिएको छ ? – २४
  • भृकुटी कागज कारखानाको निजीकरण कसरी गरियो ? – व्यवसाय एवम् सम्पत्ति बिक्री
  • कुन संस्थानको विदेशी व्यवस्थापन विदेशी विज्ञहरुको समूहलाई दिइएको छ – राष्ट्रिय वाणिज्य बैंक
  • दसौँ योजना अवधिमा कतिवटा सार्वजनिक संस्थानहरु निजीकरण गरिने लक्ष्य राखिएको छ ? – १५
  • नेपालको कति हेक्टर जग्गामा खाद्यान्न बाली लगाइन्छ ? – ३३ लाख ५३ हजार
  • नेपालमा व्यावसायिक कफी खेतीको सुरुवात कुन जिललाबाट भएको हो ? – गुल्मी
  • नेपालको जनशक्तिको मुख्य समस्या के हो ? –बेरोजगारी
  • नेपालका प्राकृतिक स्रोतको सही उपयोग हुन नसक्नुको मुख्य कारण के हो ? – स्रोत साधनको कमी
  • सरकारी खर्चलाई कहिलेदेखि चालु र पुँजीगत खर्च गरी वर्गीकरण गरियो ?  – आ.व. ०६१/०६२
  • सबैभन्दा धेरैजनालाई रोजगारी प्रदान गर्ने औद्योगिक क्षेत्र कुन हो ? – बालाजु औद्योगिक क्षेत्र
  • दसौँ योजना अवधिमा औद्योगिक कति प्रतिशतका दरले औद्योगिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ? – ७.८ प्रतिशत
  • दसौँ योजना अवधिमा कति रोजगारी सिर्जना हुने अनुमान गरिएको थियो ? – २ लाख ५० हजार
  • पर्यटन परिषद्को अध्यक्ष को हुन्छ ? – प्रधानमन्त्री
  • दसौँ योजना अवधिमा पर्यटकको बसाइ अवधि कति दिन पु¥याउने लक्ष्य राखिएको छ ?   – १३ दिन
  • धेरै लामो समयका लागि कम ब्याजदरमा प्राप्त हुने ऋणलाई के भनिन्छ ? – क्यात यिबल
  • वैदेशिक रोजगारीको लागि कतिवटा मुलुकहरु खुल्ला गरिएको छ ? – १०९
  • नेपाल विश्व बैंकको सदस्य कहिले भयो ? – ६ सेप्टेम्बर१९६१
  • नेपालमा सबैभन्दा धेरै कुन वस्तु आयात हुने गर्दछ ? – पेट्रोलियम पदार्थ
  • नेपालमा कर्मचारी प्रशासनमा वृत्ति विकासको स्थापना कहिलेदेखि भयो ? –वि.सं. २०२७
  • नेपालको निजीस्तरबाट सञ्चालित विमान सेवामध्ये पहिलो कुन हो ? –नेपाल एयरवेज
  • प्रथम पञ्च वर्षीय योजनामा कूल कति रकम खर्च भएको थियो ? –२१ करोड ४४ लाख
  • म.ले.प.फा.नं. १० के सँग सम्बन्धित छ ? –गोश्वारा भौचर
  • नेपालमा पहिलो पटक प्रस्तुत भएको बजेटमा कुल खर्चको अनुमान कति थियो ? –रु. ५.२५ करोड
  • आकस्मिक कोष कसको नियन्त्रणमा रहन्छ ? –नेपाल सरकार
  • लिच्छविकालमा कर तथा आर्थिक प्रणालीसम्बन्धी कार्य हेर्ने अड्डालाई के भनिन्थ्यो ? –कुथेर
  • नगरपालिका हुनको लागि वार्षिक कित आयस्रोत हुनुपर्छ ? –रु. ५० लाख (संशोधित ऐनअनुसार)
  • चाटभट’ अड्डा कुन कामसँग सम्बन्धित छ ? –कर उठाउने
  • सार्क राष्ट्रका केन्द्रीय बैंकहरुका नाम उल्लेख गर्नुहोस् ।
सार्क राष्ट्रका केन्द्रीय बैंकहरुका नाम निम्नानुसार छन्(क) बङ्गलादेश – बङ्गलादेश बैंक(ख) भूटान – रोयल मनिटरी अथोरिटी(ग) भारत – रिजर्ब बैंक अफ इण्डिया(घ) मालदिभ्स – मालदिभ्स मनिटरी अथोरिटी(ङ) नेपाल – नेपाल राष्ट्र बैंक(च) पाकिस्तान – स्टेट बैंक अफ पाकिस्तान(छ) श्रीलङ्का – सेन्ट्रल बैंक अफ सिलोन

  • धरौटी खाता म.ले.प. नं. कति हो ? –११०
  • उच्चस्तरीय प्रशासन सुधार समिति २०४८ का अध्यक्ष को थिए ? –गिरिजाप्रसाद कोइराला
  • भ्रष्ट्राचारसम्बन्धी मुद्दामा चित्त नबुझ्ने व्यक्ति कहाँ कति दिनभित्र उजुरी दिनुपर्छ ? –प्रशासकीय अदालतमा ३५ दिनभित्र
  • कुन करको योगदान बढी हुन्छ ? – बिक्रीकर
  • डेमरेज कसले मिनाहा दिन सक्छ ? – भन्सार अधिकृतले
  • मूल्य अभिवृद्धि कर लगाएपछि कुन कर लाग्दैन ? – बिक्रीकर
  • निजामती सेवा नियमावली२०५० मा कति अनुसूची रहेका छन् ? – १८
  • औद्यागिक व्यवसाय ऐन२०४९ अनुसार औद्योगिक प्रवद्र्धन बोर्डको अध्यक्ष को हुन्छ ? – उद्योगमन्त्री वा राज्यमन्त्री
  • अधिकतम र न्यूनतम बजेट कुन योजनाबाट सुरु भएको हो ? – पाँचौं
  • नेपाल ध्त्इ को कतिऔँ सदस्य राष्ट्र हो ? – १४७ औँ
  • एकद्वारा समितिको संयोजक को हुन्छ ? – उद्योग विभागको महानिर्देशक
  • बजेटको सुरुवाट कुन देशबाट भयो ? – बेलायत
  • सर्वप्रथम बजेट पेश गर्ने व्यक्ति को हुन् ? – वालपोल
  • सरकारी बजेट कसले स्वीकृत गर्नुपर्छ ? – विधायिका
  • समयमै बजेट स्वीकृत नभएको अवस्थामा कति रकम पेसी खर्च गर्न पाइन्छ ? – एक चौथाई
  • खर्चको भुक्तानि दिँदा कति रकम भन्दा बढीको चेक भए एकाउन्ट पेई बनाउनुपर्छ ?– रु. २५ हजार
  • खरिद बिल पेश भएको कति दिनभित्र लेखाप्रमुख समक्ष पेश गर्नुपर्छ ? – १५ दिन
  • आधुनिक लेखासिद्धान्तका जन्मदाता को हुन् ? – ल्युका पेसीवली
  • कुनै पनि वस्तुलाई प्रदान गरिने क्ष्क्इ ढण्ण्ण् ले वस्तुको कुन पक्षलाई जनाउँछ – गुणस्तरीयता
  • विश्वकै सबैभन्दा ठूलो आर्थिक मन्दी कहिले भयो ? – सन् १९२९१९३२
  • योजना आयोगको स्थापना कति सालमा भएको हो ? – सन् १९५६
  • कुनै वर्ष योजना नबनी खाली रहेको समयलाई के भनिन्छ ? – एबिल ज्यष्मिबथ
  • एबिल ज्यष्मिबथ का रुपमा रहेको वर्ष कुन हो ? – २०१८१०४८
  • चिया खेतीमा प्रसिद्धि पाएको जिल्ला कुन हो ? – इलाम
  • नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ? – उदयपुर

नेपालको ईतिहासमा विभिन्न समयमा भएका पर्व

(घटनाहरु) !!

अलौ पर्व
अलौ पर्व वि.स. १९०४ को श्रावण महिनाको अन्त्यतिर भएको थियो । भण्डारखाल पर्वमा रानी राज्यलक्ष्मीको संलग्नता भएको आरोपमा यिनले बनारसमा गई निर्वासित जीवन बिताइरहेकी थिइन् । उनैका साथमा राजा राजेन्द्र पनि बनारस नै गएका थिए । कोतपर्व र भण्डारखाल पर्वमा भागेर बनारसमा रहेका चौतरिया गुरुप्रसाद काजी जगत बम पाण्डे र रंगनाथ पौड्याललगायतका व्यक्तिहरुले राजेन्द्रलाई नेपाल फर्केर जंगबहादुरको विरुद्धमा गुरुप्रसाद शाहको नेतृत्वमा निर्वासनमा रहेका अन्य भारदारहरु समेत मिलायर ४ वटा पल्टन खडा गरेर वीरगञ्ज नजिकैको अलौं भन्ने ठाउँमा किल्ला बाँधी बसे । जंगबहादुरले यो कुरा थाहा पाई कनकसिंह र बमबहादुरको नेतृत्वमा सेना पठाए । दुवै पक्षबाट भिडन्त भयो । राजेन्द्रविक्रमको फौज पराजित भयो र स्वयं राजेन्द्र विक्रमलाई बन्दीको रुपमा काठमाडौं हनुमानढोकामा राखियो र वि.स. १९३८ मा बन्दी अवस्थामै उनको मृत्यु भयो । यसै घटनालाई अलौ पर्वको नामले चिनिन्छ ।

३८ साल पर्व
वि.स. १९३८ सालमा युवराज त्रेलोक्यका भाई नरेन्द्रविक्रम शाहद्धारा राणा प्रधानमन्त्री रणोद्दीप सिंह, धीरशमशेरलगायत वरिष्ठ राणाहरुको हत्या गरी राणहरुको हातमा भएको शासनसत्तामा पुनः श्री ५ हरुको प्रभुत्व कायम गर्नको लागि गरिएको षडयन्त्र नै ३८ सालको पर्व हो । तर यो षडयन्त्रको पोल लेफ्निेन्ट उत्तरध्वज राजभण्डारीमार्फत् खुलेपछि त्यस काण्डमा संलग्न २० जनालाई मृत्युदण्ड दिइयो । सुब्बा टंकनाथ, होमनाथलगायत १० जना ब्राह्रमणहरुलाई चारपाटा मुढी जातच्यूत गरियो भने थुप्रैलाई कैद्य र सर्वस्वहरण गरियो । नेरेन्द्रविक्रम शाहलाई चुनार कल्लिामा कैद गरियो ।

१९३४ सालको काण्ड
जंगबहादुरको रवाफ र हैकमबाट क्रुद्ध भएका युवराज त्रेलोक्य र भाई अधिराजकुमार नेरेन्द्रविक्रम शाहले राज्यशासन अन्तर्गत केही भारदारहरु मिलाई संगठित गरेका थिए । जंंगबहादुरको मृत्युपछि श्री ३ र प्रधानमन्त्रीको पञ्जाछाप नदिलाउने युवारजको अठो उनकै दई रानीहरुमार्फत धीरशमशेरले पत्ता लगाई जंगबहादुरको मृत्यु हुँदा त्रैलोक्यलाई पत्थरघट्टमा पठाई सोही मौकामा श्री ५ सुरेन्द्रबाट रणोद्दीप सिंह श्री ३ तथा प्रधानमन्ी भएको पञ्जापत्र जारी गराएका थिए जसलाई नेपालको इीतहासमा वि.स. १९३४ सालको काण्डले चिनिन्छ ।


४२ सालको पर्व
वि.स. १९४२ सालमा धीर शमशेरका छोराहरुले आफ्नै काका श्री ३ रणोद्दीपसिंहको हत्या गरेको घटनालाई ४२ सालको पर्व भनिन्छ । ४२ सालको पर्व राणाहरुबीचको आपसी षडयन्त्र र हत्याको ज्वलन्त उदाहण हो । प्रधानमन्त्रीको रोलक्रमबाट जंग र शमशेरबीच फाटो पैदा भई धीरशमशेरका छोराहरुले षडयन्त्र गरी रावलपिण्डीमा हुने सैनिक पैर्दनमा भाग लिन ४ पल्टनको नेतृत्व लिई जाने भएका वीरशमशेरले यो अवसरलाई उपयोग गरी जंगबहादुरको खलकबाट अधिकार हत्याउने योजना मिलाए । त्यसैबमोजिम रणोद्दीपका ए.डी.सी. गम्भीर कटुवाललाई हात लिई राति ब्रिटिस दुतावासबाट जरुरी खबर आएको बहानामा खड्गशमशेरसमेत भई रणोद्दीपको कोठामै हत्या गरे ।
यो हत्याको आरोप उल्टै जगतजंगलाई लगाई उनको समेत हत्या गरे र यही घटनाबाट श्री ३ को रोलक्रम धीरशमशेरका १७ भाई छोराहरु बीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशे.र आदिमा गएको थियो ।

रणोद्दीपसिंह
सीधा र ढुलमुल स्वभाव भएका रणोद्दीपसिंहको जन्म वि.स. १८८२  वैशाख २२ गते भएको थियो । यिनी प्रधानमन्त्री पदमा रहेको बेला मारिएका थिए । युवराज त्रैलोक्यले जंगबहादुरका छोरा जगजंगलाई प्रधानमन्त्री बनाउन चाहन्थे तर धीरशमशेरले जंगबहादुर विरामी भएको कुरा बताई त्रैलोक्य र जगतजंगलाई काठमाडौं बाहिर पठाई रणोद्दीपलाई लाखीका साथ प्रधानमन्त्री बनाएका थिए ।

जंगतबहादुरको मृत्युपछि वि.स. १९३३ मा प्र.म. भएका रणोद्दीपको शासनकालमा पालामा भएको थियो । यिनले आफ्नो समयमा अंग्रेजी र संस्कृत पाठशाला खुलाउने, वि.स. १९४१ मा पञ्चाङ्गको प्रकाशन, नयाँ अदालतहरुको स्थापना, बासठ्ठिहरणमा हरिएको केही बिर्ता फिर्ता, पशुपतिको बाटोमा नयाँ ढुङ्गा छाप्ने, तेजारथ अडडको स्थापना, टुँडीखेलको विस्तार गर्ने, घुसखोरी प्रथा बन्द गर्ने प्रयासजस्ता सुधारका कार्यहरु गरेका थिए  ४२ सालको पर्वमा डम्बरशमशेरद्धारा गोली हानी यिनको हत्या गरेर धीरशमशेरका छोराहरुले सत्ता हत्याएका थिए ।

जैथकको युद्ध
अंग्रेजी फौजले वि.स. १८७२ असोज ९ (२५ सेप्टेम्बर, १८१५) मा मेजर रिचर्डस् र मेजर लुड्लोको नेतृत्मा जैथकको किल्लामा आक्रमण गरेका थिए । उक्त किल्लामा रणजोरसिंह र जसपाउ थापाको नेतृत्वमा तोप र गोलीको सप्ताह नगरी नेपाली फौज उनीहरुमाथि आक्रमण गरे । नेपाली फौज्को आक्रमणको धेरै अंग्रेजीहरु गिंडिए । अंग्रज फैज नेपालको आक्रमणबाट पराजित हुन पुगे र हनानतर्फ शरण लिन पुगे । यस युद्धपश्चात् अंग्रेजीहरुले त्यस क्षेत्रमा पुनः आक्रमण गर्न आँट नै गर्न सकेनन् । नेपाल र अंग्रेजबीच भएको यस युद्धलाई जैथक युद्धको नामले चिनिन्छ ।



देउथलको युद्ध
नेपाल र अंग्रेजबीच युद्ध चलिरहेकै बेला देउथलको थुम्कोमा अड्डा जमाएर बसेको अंग्रेजी फौजमाथि वि.स. १८७२ बैशाख ३ गते ७३ वर्षीय भक्ति थापाको नेतृत्वमा करिब २००० सैीनकका साथ कर्नेल डमसनोको नेतृत्वमा आएको उक्त फौजमाथित आक्रमण गरियो । केवल खुँडा, खुकुरी, तरबार, बन्दुकको भरमा आक्रमण गरेको नेपाली फौजका सेनापति भक्ति थतापा छातीमा गोली लागेपछि नेपाली फौज पछि हट्न पुग्यो । यस युद्धमा अंग्रेजीतर्फ २० जना मारिनुको साथै २३३  जना घाइते भएका थिए र नेपालतर्फ करीब ५०० जना मारिएका थिए । भक्ति थापाले ७३ वर्षको उमेरमा पनि राष्ट्रिय स्वाभिमानका लागि ज्यानको बाजी थापेर लडेकोबाट अंग्रेज पक्षा प्रभावित भई अक्टरलोनीले उनको वीरताको कदर समेत गरेका थिए ।


भक्ति थापा
नेपालको इतिहासमा देशभक्त वीर योद्धाको रुपमा परिचित नाममध्ये भक्ति थापा एक हुन् । यिनको घर लमजुङ थियो र लमजुङको फौजमा पनि काम गरेका थिए । गोरखाली सेनाले लमजुङमाथि कब्जा गरेपछि यिनी नेपालको तर्फबाट लड्न थाले । वि.स. १८७१ को नेपाल–अंग्रेजबीच मलाउको किल्लामा भएको युद्धमा यिनको नेतृत्वमा नेपाली फौज खटिएर गएको थियो ।

अंग्रेज सेनाले नजिकैको दउथलसमेत कब्जा गरेर बसेकाले ७३ वर्षीय वृद्ध भक्ति थापाले देउथलमा आक्रमण गरेका थिए । उनको छोरालाई अमरसिंहको जिम्मा लगाएर २ श्रीमतीहरुलाई धर्म पालन गर्न लगाई युद्धमा होमिएर वीरगति प्राप्त गर्न पुगे ।
उनको वीरताको कदर गरी अक्टरलोनीले उनको शवलाई दोसल्ला आढाएर सम्मान गरेका थिए ।

अल्मोडा युद्ध
अंग्रेजहरुले नेपालको पश्चिम क्षेत्रमा लगातार आक्रमण बढाउँदै लगेपछि केही कमजोर अवस्थामा रहेको नेपालको फैजको नेतृत्व अमरसिंह थापा र रणजोरसिंह थापाले गरिरहेका थिए । त्यस फौजलाई साहयोग गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैन्यदल त्यसतर्फ पठाइएको थियो । तर वि.स. १८७२ शैशाख १३  गते उक्त फैज अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा अंग्रेज फौजसँग जम्का भेट भई ठूलो युद्ध भयो । युद्धमा हस्तिदल नै मारिन पुगे उता अल्मोडामा खटिएका बम शाहले अंग्रेजीसँग लगातार चार दिनसम्म युद्ध गरेका थिए । तर अंग्रेज फौजसमक्ष नेपाली फाज पराजित हुन पुग्यो । यसैलाई अल्मोडा युद्धको नामले चिनिन्छ ।

त्यस युद्धमा नेपाली फौज्को वीरतापूर्ण आक्रमणमा परी अंग्रेज सेनाका लेफ्टिनेन्ट एलिन जर्नेल जिलेस्पीलगायत ३१ अफिसर र ७५० भन्दा बढी सैनिक मारिए । अंग्रजहरुको भागाभाग भयो । थुप्रै घाइते भए । नेपाली पक्षले सैन्य शक्ति बढाउनका लागि श्रीनगर, गढवाल, नहार र सिमरमोरमा खवर पठाए । त्यही बेला नै पुनः अंग्रेज फैजले नेपाली फौजमाथि शक्तिशाली आक्रमण गरे ।
कर्णेल मबीको नेतृत्वमा नालापानीको किल्लामा चारैतर्फबाट आक्रमण भयो । त्यसमा नेपाली पक्षको सशक्त आक्रमणले उनीहरुतर्फ ७ जना अफिसर र करिब ४०० सेना मारिए भने ८१९ जति घाइते हुन पुगे । अंथे्रजहरुले नेपाली सेनालार्य युद्धबाट जित्न नसही पानीको मुहान नै थुनिदिए । भोक र प्यासले छटपटिएको नेपाली फैज ७० जनाको सेना लिई किलबाट बाहिरिए ।
नेपालीहरुको वीरतापूर्ण बलिदानी देखेर अंग्रेजहरुले त्यहाँ ‘हाम्रा वीरशत्रु बीर बलभद्र र उनका बीर गोर्खा साथीहरुको स्मृतिमा सम्मानोपहार’ लेखेको एउटा स्मारक बनाएका थिए । पछि सुगौली सधिबाट निराश भएर बीर बलभद्र लाहोर भएका थिए । भन्ने उल्लेख पाइन्छ ।

सुशासन :

सुशासन : सैद्धान्तिक अवधारणा र नेपालमा यसको थालनी !!

सुशासनको अवधारणा भ्रष्टाचार, अनुत्तरदायि सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणालाई अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले, “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्दि्त दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उद्घोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्ष भएको हो । 

सुशासन भनेको के हो ?

                                                     सुशासन सन् १९९० को दशक पछि आएको एक शासकीय अभ्यास सम्बन्धी अवधारणा हो । सामान्य अर्थमा, सुशासन लाई राज्यको अशल, उम्दा, उत्कृष्ट, प्रतिष्ठित र समृद्ध शासकीय अभ्यास वा प्रणालीका रुपमा बुझिन्छ अर्थात सुशासन भनेको राजनीतिक र प्रशासनीक विकृतिक विनाको शासन हो । अर्को शव्दमा, जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरण लाई नै सुशासन रुपमा लिईन्छ ।अझ बृहत अर्थमा भन्दा हरेक नागरिकको स्वतन्त्रता, समानता, निर्णय प्रक्रियामा सहभागिताजस्ता कुरामा समेत विशेष ख्याल गरेर शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासकीय अभ्यास वा प्रणाली नै सुशासन हो । यस्तो शासन प्रणाली कार्यपालिकासँग मात्र आवद्ध नभई राज्यका तीनवटै अंग (कार्यपालिका, वस्थापिका र न्यायपालिका) सँगसँगै विकाससँग पनि सम्वन्धित हुन्छ । त्यसैले सुशासनलाई प्रागिक वा दार्शनिक विषय मात्र नभनी जनताले प्राप्त गर्न सक्ने वा अनुभूत गर्न सक्ने र शासकीय शक्तिको विवेक सम्मत प्रयोग हुने एउटा आदर्श शासकीय अवस्था भन्न सकिन्छ । 
यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरियता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ । जनसहभागिता पूर्वानुमानियता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभाअनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानियतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सुचना र दायित्वका बाँडफाँडलाई प्रवर्द्धन गर्दछ। 
सुशासनका विशेषताहरु 
  • संयुक्त राष्ट्रसंघ ले सुशासनलाई एउटा “असल शुसान प्रणाली” का रुपमा परिभाषित गर्दै त्यस्तो शासन प्रणालीका निम्न बमोजिम विशेषताहरु हुनुपर्ने कुरा अघि सारेको छ 
  • सहभागिता : निर्णय प्रक्रियामा वृहत नागरिक सहभागितालाई प्रोत्साहन गर्ने
  • सहमतिमूखी : व्यापक सहमतिमा आधारित भएर निर्णयमा पुग्न प्रयत्न गर्ने
  • पारदर्शी : निर्णय प्रक्रियामा सबै खाले जाँचबुचका लागि खुल्ला रहने
  • जवाफदेही : नागरिकहरुका आवश्यकतालाई सुन्ने र सम्बोधन गर्ने
  • प्रभावकारी एवम् कुशल : सरल, सहज र सुलभ ढंगले आधारभूत वस्तु तथा सेवाहरुको प्रभाव गर्ने
  • समतामूलक एवम् समावेशीःजनसङ्ख्याको कुनैपनि, खासगरी कमजोर तथा सिमान्तकृत क्षेत्रलाई बञ्चित नगर्ने

सुशासन किन आवश्यक पर्छ ?
आजको विश्वमा सुशासनको महत्व र उपादेयतालाई सामाजिक, आर्थिक, राजनैतिक, नैतिक र व्यवस्थापकीय दृष्टिकोणले मूल्याकंन गर्न सकिन्छ । यसमा मुख्यतया देहायका उपादेयता पर्दछन् 
  • कानुनी राज्यको पालना र विधिको शासनको स्थापना गर्न
  • पारदार्शीता र जवाफदेहिताको प्रवर्द्धन गर्न
  • भ्रष्टाचार र अनुशासनहिनताको रोकथाम र नियन्त्रणलाई प्रभावकारी तुल्याउन
  • मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न
  • सार्वजनिक सेवामाथि नागरिक अधिकारको सुनिश्चितता हासिल गर्न
  • जनसहभागिता प्रवर्द्धन गर्न
  • जनमुखि र सक्षम प्रशासनयन्त्रको स्थापना गर्न
  • नागरिक समाजको विकास र सहकार्य परिचालन गर्न आदि ।

सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारिको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासकालागि आजको युगमा सुशाससनको निकै महत्व भएको पाइन्छ । 

सुशासनकालागि प्रयोग गरिने औजारहरु 
सुशासनका लागि धेरै किसिमका औजारहरु प्रयोग गर्न सकिन्छ । अहिले नेपालको सन्र्दभमा देखापरेका केही मुख्य औजारहरुलाई देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ :
१. नागरिक बडापत्र : 
नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्न, गुनासो सुनुवाईको व्यवस्था गर्न, सेवामा शिष्टाचार ल्याउन, सार्वजनिक पदाधिकारीमा पारदर्शीता र जवाफदेहिताको बोध गराउन, सेवाको गुणस्तर वृद्धि गर्नका निम्ति बेलायतमा जोन मेजरले सुरु गरेको यस अवधारणा हाल आएर नेपालको सन्दर्भमा पनि लोकपि्रय हुँदै आएको छ । यसले गर्दा जनताले सुशासनको प्रत्याभूति प्रत्यक्ष रुपमा गरिरहेका छन् र साशन व्यवस्था र सेवा प्रवाहमा सकारात्मक परिर्वतनको अनुभूति गर्न पाएका छन् ।सामान्यतया नागरिक बडापत्रमा यी विषयहरु समावेश गरिएका हुन्छन् 
  • सेवा सुविधाको नाम र विवरण
  • सेवा सुविधाको गुणस्तर
  • सेवा सुविधाको समयावधि
  • सेवा सुविधाका लागि जिम्मेवार कर्मचारी
  • सेवा सुविधाका प्रक्रिया
  • सेवा सुविधाको मूल्य र दस्तुर
  • सेवा सुविधामा कमीकमजोरी भएमा उजरी सुन्ने अधिकारी
  • सेवा सुविधाको उपचार विधि आदि ।
२. सार्वजनिक तथा सामाजिक परीक्षण
सार्वजनिक परीक्षण भन्नाले विकास कार्यक्रममा भएको लगानीको लेखाजोखालाई बुझिन्छ । यसमा सम्पादन भए गरेका विकासका क्रियाकलापहरु के कस्तो रुपले सञ्चालन वा सम्पन्न भए ? त्यसमा के कति र कसबाट लगानी भयो ? के मा कति खर्च भयो ? कामको गुणस्तर कस्तो छ ? खर्च प्रक्रिया वा विवरण ठिक छ वा छैन ? भएका काम पारदर्शीपूर्ण तरिकाबाट भए वा भएनन् जस्ता विषयमा लेखाजोखा गरी सुझाव दिने अधिकार उपभोत्ता तथा सरोकारवालालाई हुन्छ । यसैको व्यवस्थित रुपलाई सार्वजनिक परीक्षण भनिन्छ ।
                 
                                        सामाजिक परीक्षण भन्नाले संस्थाका सामाजिक जिम्मेवारीको लेखाजोखालाई बुझिन्छ । यसमा सार्वजनिक निकाबाट भएका वित्तिय तथा गैरवित्तिय लगानिको विस्तृत विवरण सरोकारवाला समक्ष प्रस्तुत गरिन्छ र सञ्चालित विकास कार्यक्रमहरुको लेखाजोखा गरी सुझाव दिने अधिकार सरोकारवालाहरुलाई हुन्छ । यसले सार्वजनिक निकायहरुको लगानि सामाजिक जिम्मेवारी पूरा गर्नेतर्फ केन्दि्रत छ वा छैन भन्ने विषयमा जनधारणा बुझि सुधारको अवसर प्रदान गर्दछ ।
३. नागरिक प्रतिवेदन कार्ड
नागरिक प्रतिवेदन कार्ड पनि सुशासनमा आवश्यक सुधारका लागि नागरिकहरुलाई सहभागी गराई सुशासन तर्फ अग्रसर गराउने एउटा सशक्त माध्यम हो । सर्वप्रथम सार्वजनिक सेवाको गुणस्तरबारे जानकारी प्राप्त गर्न सन् १९९३ मा भारतको बैंलोरमा नागरिक समाजबाट यो कार्ड तयार गरी परीक्षणको रुपमा प्रयोगमा ल्याइएको थियो । यो औजारले लक्षित समुहको साशन व्यवस्थामा चासो बढाएको देखिन्छ । हाल आएर यो पद्धतिको सुरु युक्रेन, फिलिपिन्स, भियतनाम, डेनमार्क, घाना, स्वीडेन, बेलायत र अमेरिकामा पनि भएको पाइन्छ ।
४. सार्वजनिक सुनुवाई
सार्वजनिक रुपमा सरोकारवालाले कुनै पनि तोकिएको विषयमा जनताको विचार तथा प्रश्न सुनेर उनीहरुको जिज्ञासालाई सम्बोधन गर्नका निम्ति गठित व्यवस्थित भेला नै सार्वजनिक सुनुवाई हो । यसमा मुख्यरुपले नागरिकहरु र सम्वन्धित सरोकारवाला पक्षको सहभागिता हुन्छ र सहजिकरणका लागि तेस्रो पक्षले भुमिका निर्वाह गर्न सक्छ । 
सुशासनका सुचकहरु

विश्व बैङ्कले सुशासनका निम्नानुसार ६ वटा सुचकहरु पहिचान गरेको छ ।
  • आवाज र उत्तरदायित्व
  • राजनैतिक स्थायित्व र अहिंसा 
  • सरकारको प्रभावकारीता
  • व्यवस्थापकिय गुणस्तर
  • विधिको शासन
  • भ्रष्टाचार र नियन्त्रण

यी पक्षहरुको विश्लेषणबाट कुनै पनि मुलुकमा सुशासनको स्तर कस्तो छ भनी मापन गर्न सकिन्छ । यी बाहेक अन्य सुचकांकहरुमा 
  • छरितो सरकारी संरचना, 
  • श्रोतको उच्चतम प्रयोग, 
  • सन्तुलित विकाश, 
  • निरन्तर जनसहयोग, 
  • नैतिक शिक्षा, 
  • नयाँ प्रविधिको उपयोग, 
  • स्तरीय सेवा, 
  • सेवाको ग्यारेन्टी आदि जस्ता विषयहरुलाई पनि लिन सकिन्छ ।

सुशासनका केही आधारभूत तत्वहरु
सार्वजनिक निजी वा व्यापारिक संगठनद्वारा सेवाहरुको प्रभावकारी तथा कुशल प्रभाव गर्ने असल शासनका आधारभूत तत्वहरुमा निम्न पक्षहरुलाई समावेश गर्न सकिन्छ ः
  • संविधानवाद
  • विधिको शासन
  • न्यायपूर्ण एवम् प्रभावकारी न्याय प्रणाली
  • व्यक्ति र सम्पत्तिको सुरक्षा
  • निर्वाचनमा आधारित सहभागिता मूलक प्रजातन्त्र 
  • मानव अधिकारको सम्मान 
  • अभिव्यक्ति दिन स्वतन्त्रता 
  • समता सु-सुचित नागरिक

सुशासनका चुनौतीहरु

कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्नेगर्छ । किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।
नेपालको सन्दर्भमा सुशासनको थालनी
नेपालको सन्दर्भमा सर्वप्रथम नेपाल अधिराज्यको संविधान, २०४७ मार्फत सुशासनको आधारशिला कायम गरिएको हो भन्न सकिन्छ । नियालेर उक्त संविधानको प्रस्तावना, मौलिक हकहरु, राज्यका निर्देशक सिद्धान्तहरु हेर्ने हो भने त्यहाँभित्र सुशासनका धेरै अन्तरवस्तु भेट्याउन सकिन्छ । नेपालको प्रशासनयन्त्रलाई चुस्त, दुरुस्त, पारदर्शी बनाउने प्रयास स्वरुप २०४८ सालमा गठित उच्चस्तिरिय “प्रशासन सुधार आयोग”ले दिएका विभिन्न सुझावहरुमध्ये सुशासनका पक्षलाई समेट्ने विकेन्दि्रकरण, प्रशासकीय संगठन, सरकारको कार्य क्षेत्रको निर्धारण, बजेट तथा लेखा व्यवस्थामा गर्नुपर्ने सुधार, भ्रष्टाचार नियन्त्रण तथा पारदर्शीता अभिवृद्धि जस्ता सुझावहरु पनि उक्त प्रतिवेदनमा समावेश भएको पाइन्छ ।यसैगरि आठौं, नवौं र दशौं योजनाले पनि सुशासनको पक्षलाई विशेषगरी जोड दिएको छ । प्रशासकीय सुधार कमिटीले प्रस्तुत गरेको सुझावलाई कार्यन्वयन पक्षमा जोड दिँदै आठौं योजनाले सुशासन प्रवर्द्धनमा टेवा पुर्यासको पाइन्छ । त्यसैगरी नवौं र दशौं योजनाले पनि सुशासनका सम्वन्धमा सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी, मितव्ययी, पारदर्शी, सेवामुखि, परिणाममुखी, उत्तरदायी बनाउदै लौङ्गकि समता अभिवृद्धि गरी न्याय प्रशासन क्षेत्रमा समेत सुधार गरी जनतामा सुशासनको अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन सुधारका लागि बनाइएको २५ वर्षे गुरु योजनाले पनि सुशासनका लागि सरकारको वैधता र वैधानिकता दुवै अपरिहार्य हुने कुरा उल्लेख गरेको छ । त्यसैगरी सुशासनका लागि नै भनेर २०५९ सालमा सार्वजनिक सेवा सञ्चालन (अनुगमन तथा निरीक्षण) अध्यादेश जारी गरियो । यसै समयमा नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ र घुम्ति सेवालाई प्रभावकारी रुपमा लागु गर्ने प्रयासहरु पनि भएको पाइन्छ ।आर्थिक वर्ष २०६४ र २०६५ देखि लागु भएको अन्तरिम योजनाले सुशासनलाई ५ वटा मूल क्षेत्रगत योजना मध्येको एक क्षेत्रको रुपमा समाबेश गरेको छ । उक्त योजनाले सुशासनलाई दिगो आर्थिक एवम् सामाजिक विकासमा टेवा पुर्याउने र आर्थिक तथा सामाजिक सेवा प्रवाहमा पहुँच बढाउने साधनको रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ ।

बिभिन्न सन्धि तथा व्यक्तिहरुको बारेमा


सुगौली सन्धि
                                 वि.स. १८७१ देखि सुरु भएको नेपाल र अंग्रेजबीचको युद्धबाट नेपालले धेरै ठाउँमा पराजय भोग्नुका साथै ठूलो नोक्सानी सहनुप¥यो आधुनिक हाततहतियारले सुसज्जित भएको अंग्रेज फौजको आक्रमणले नेपालको अस्तित्व नै संकटमा पर्न थाल्यो । अंग्रेजहरुले मेची महाकालीपारिका सबै भू–भाग र पश्चिम तराई कब्जा गरिसकेका थिए । यस्तो स्थितिमा नेपालले अंग्रेजसँग सन्धि गर्नुपर्ने बाध्यता आयो र वि.स. १८७२ (३ मार्च १८१६) मा नेपाल–अंग्रेजबीच सुगौली सन्धि भयो ।
यस सन्धिमा नेपालको तर्फबाट गजराज मिश्र र इष्ट इन्डिया कम्पनीका तर्फबाट लेफ्टिनेन्ट जनरल ब्राडशाले हस्ताक्षर गरेका थिए । उक्त सन्धिका प्रावधानहरुः
  •  East Indian Compay र नेपालका महाराजबीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
  • युद्धभन्दा पहिला विवादमा परेका सम्पूर्ण भू–भाग नेपालका महाराजले परित्याग गर्ने र ती ठाउँमा इष्ट इण्डिया कम्पनीलाई निम्न भू–भाग सुम्पने छन्
क) काली र राप्तीबीचको सम्पूर्ण खण्ड
ख) राप्ती र गण्डकीबीचको सम्पूर्ण तराई क्षेत्र, बुटवलबाहेक
ग) गण्डकी र कोशीबीचको सम्र्पूा तराई
घ) मेची र टिष्टाबीचको समस्त तल्लो भूमि
ङ) मेची नदीदेखि पूर्वको सम्पूर्ण पाडी भागको साथै नजिकको समस्त भूभाग
  •  माथिको धाराअनुसार लिइएका भूभागहरुबाट हानिमा परेका नेपालका सरदार एवं भारदारहरुको क्षतिपूर्तिका लागि प्रतिवर्ष २ लाख दिने र सो रकम नेपालका राजाले आफ्नो तजबिजअनुसार बाँड्ने छन् । पेन्सनको लागि गभर्नर जनरलको पद र हस्ताक्षर सहितको सतह प्रदान गरिनेछ ।
  • ब्रिटिस सरकारको अनुमतिविना नेपालका राजाले कुनै बिक्रटिस, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउने छैनन् ।
  • दुवै देशले एक अर्काको राज्यमा राजदूत राख्न पाउने छन् ।
  • यस सन्धिमा नेपालका राजाले १५ दिनभित्र स्वीकृतिप्रदान गर्नुपर्ने र २० दिन वा सो भन्दा अगावै गभर्नर जनरलको स्वीकृति दिाउने छन् ।
नोटः उक्त सन्धिउपर अंग्रेले डिसेम्बर ९ मा स्वीकृति दियो भने नेपालका राजाको स्वीकृति १५ दिनमा पुग्नुपर्नेमा त्यसो नभई १८१६ मा अक्टरलोनी फेबमा आक्रमण गर्न अगाडि बढेको थाहा पाइ ३ मार्च १८१६ मा श्री ५ को स्वीकृति पत्र चन्दैशखरले अक्टरलोनीलाई बुझाएकोले युद्ध रोकियो ।

लाईवे्ररी पर्व
वि.स. १९८७ मा जनतामा राणाविरोधी विचारधाराको विस्तार गर्न त्यतिवेलाका लक्ष्मीप्रसाद देवकोटा, जोगवीरसिंह, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलियालगायतका उत्सउाहित युवाहरुले लाइब्रेरी खोल्ने योजना बनाएका थिइ । तर राणाशाहीका पृष्ठपोषक रामचन्द्र अधिकारीले सो कुराको भेद खोलिदिएपछि राणा प्रधानमन्त्री भीमशमशेरले सो योजनामा संलग्न सबै व्यक्तिहरुलाई प्रक्राउ गरे । यिनीहरुलाई गाथगादी ताकेको आरोपमा मुघा दिने भनियो । तर पछि करिब ४५ जना जतिलाई रु. १०० का दरले जरिवाना गरियो र आधा रकम रामचन्द्र अधिकारीलाई पुरस्कारस्वरुप दिइयो । राणाहरु विरुद्ध जनचेतना बढाउने उेद्देश्यले गर्न थालिएको यही घटना नै लाइब्रेरी पर्व हो ।
मकै पर्व
वि.स. १९७७ मा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा कौशल अड्डाका सुब्बा कृष्णलालले मकैको खेती नामक पुस्तक लेखेकोमा उक्त पुस्तकको भूमिका हामी स्वदेशी कुकुरलार्य भन्दा विदेशी कुकुरलाई बढी मान गर्छौं तर चोर डाँकुबाट हाम्रो रक्षा गर्ने बेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुर नै काम लाग्छन् भन्ने कुरा लेखिएकोमा निजलाई गाथगादी तोकको र अंग्रेजको अपमान गरेको अभियोग लगाई कार्राले हिर्काई ९ वर्ष कैद र उनका साहयोगीहरुलार्य ५÷५ वर्ष जेल सजय तोकिएको थियो । यसै घटनालाई नेपालको इतिहासमा कमै पर्व भनिन्छ ।
नेपाल–अंग्रेज युद्ध
सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल र अंग्रेजबीचको युद्धलाई Anglo Gorkha War भनिन्छ । यस युद्धका कारणहरु पृथ्वीनारायण शाहकै पालादेखि बनिआएका थिए । नेपाल सरकारको अंग्रेज विरुद्धको नीति, नेपाल र अंग्रेजको विस्तारवादी नीीत, नेपालको आन्तिरिक मामिला अशान्तिपूर्ण, हुनु, नेपालले अन्य देशसँग सहयोग माग्नु, अंग्रेजहरु नेपालको बाटो भएर तिब्बतमा व्यापार गर्न चाहनु, अंग्रेजहरुको झुटो प्रचारशैली जस्ता प्रमुख कारणहरुले गर्दा यो युद्ध भएको थियो ।
रानी राज्यलक्ष्मी देवी
श्री ५ राजेन्द्रकी जेठी रानी साम्राज्यलक्ष्मीको निधनपछि कान्छी रानी राज्यलक्ष्मी देवी नहुने मानेर उनको हत्या गराई जङ्गबहादुरलाई हातमा लिन खोजिन् । कोतपर्व, भण्डारखालपर्व जस्ता घटनुमा यिनैको महत्वकांक्षी स्व्भावको कारण थियो । जसको फलस्व्रुप नेपालमा १०४ वर्षसम्म जहाँनिया राणाशासनले जरो गाड्न सफल भयो ।
एगेनेट प्रर्था 
प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाइहरुलाई बनाई पछि छोरामा जाने प्रथालाई एग्नेट प्रथा भनिन्छ । जङ्गगबहादुरले पनि यो प्रथा लागू गरेका थिए । उनले आफ्नो छोरा १२ वर्षको नाबालक भएको र उनको शयक्ति सुदृढीकरणमा भाइहरुको सहयोग भएकाले परिवारिक कलहलाई शान्त पार्न यो प्रथा लागू गरेका थिए ।

वीरशमशेर
धीरशमशेरका १७ भाई छोरामध्ये जेठा जीरशमशेरको जन्म वि.स. १९०९ मंसिर (१८५२ डिसेम्बर) मा भएको थिायो ।
यिनी ४२ सालको काण्ड घटाई काका रणेद्दीप सिंहको हत्या गरी वि.स. १९४२ मा श्री ३ महाराज र प्रधानमन्त्री भए यिनी निर्णय लिन सक्ने खुबीका थिए ।
यिनले आफ्नो शासनकालमा भक्तपुर र काठमाडौंमा कलधाराको निर्माण, नारायणहिटी राजदरबारको निर्माण, दरबार हाइस्कुलको स्थापना, वीर पुस्तकालयको स्थापना, वीर अस्पतालको निर्माण (१९४७), घण्टाघरको निर्माण, कुलेखानीमा झोलुङ्गे पुल, फौजमा अङ्ग्रेजी ब्यान्ड, गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको सुरुआत जस्ता कार्यहरु गरेका थिए । विदेशी बैंकमा पैसा राख्ने चलन यिनले नै चलाएका थिए ।
वि.स. १९५७ (मार्च ५, १९०१) मा यिनको निधन भयो ।
देवशमशेर
सुधारवादी र उदारवादी राणा भ्रधानमन्त्री देवशमशेरको जन्म वि.स. १९१९ श्रावण (१७ जुलाई १८६२) मा धीरशमशेरका काहिंला छोराको रुपमा भएको थियो ।
यिनी शिक्षित थिए र १४ वर्षसम्म प्रधानसेनापति भएर काम गरेका थिए । करिब साढे तीन महिना प्रधानमन्त्री भएका देवशमशेर उनको सुधारवादी स्वभावका कारण षडयन्त्रपूर्वक हटाइएका थिए । प्रधानपन्त्रीबाट हटाइएपछि यिनी धनकुटा गए । धनकुटाबाट र्दािजलिङ हुँदै मैसुर गएका देवशमशेरको वि.स. १९७० फागुनमा मैसुरमा निधन भएको थियो ।
यिनले गरेका सुधार कार्यहरु निम्न छन्ः
  •  कार्यालय समय १०–५ बजे कायम गरेका
  •  १२ बजे तोप पड्काउने चलन
  •  आधुनिक संविधान निर्माण गर्न अंग्रेज सरकारसँग विशेषज्ञाको माग ।

चन्द्रशमशेर
धीरशमशेरका पाँचौ पुत्रको रुपमा वि.स. १९२० आषाढ (८ जुलार्य १८६३) मा चन्द्रशमशेरको जन्म भएको थियो ।
यिनले कोलकाता विश्वविद्यालयबाट मेट्रिक पास गर्ने प्रथम राणा प्रधानमन्त्री हुन् । यिलाई अक्सफोर्ड विश्वविद्यालयले “डाक्टर अफ सिभिल ल” को उपाधि दिएको थियो ।
यिनले देवशमशेरलाई पदच्युत गरी वि.स. १९५८ देखि १९८६ सम्म शासन गरे ।
यिनले राणाहरुलाई ए, बि, सि क्लासमा विभाजन गरे गेहेन्द्रशमशेर काण्ड, कमैपर्व यिनकै पालामा घटेका हुन् ।
यिनको पालामा गोरखा भाषा प्रकाशिनी समितिको स्थापना, सती प्रथाको उन्मूल्न, त्रि–चन्द कलेजको स्थापना, वि.स. १९८१ मा दासत्व मोचन, रेल्वे सेवाको सुरुआत, नेपालको नक्साको निर्माण, सिंह दरबारको निर्माण, सप्तरीमा चन्द्र नहरको निर्माण, रोपवेको निर्माण (वि.स. १९८२), त्रि–चन्द्र सैनिक अस्पतालको निर्माण, देवानी र फैजदारी मुद्दा हेर्ने कोटिलिङ र इटाचपली अदालत आदि निर्माण, आफ्ना सन्तान र आफन्तहरुलाई जग्गा बिर्ता दिने जस्ता देश र जनतालाई अहित हुने कार्यहरु पनि गरे ।

भीमशमशेर
धीरशमशेरको छैटौं पत्रका रुपमा भीमशमशेरको जन्म वि.स. १९२२ मा भएको थियो ।
दाजु चन्द्रशमशेरको मृत्युपछि वि.स. १९८६ मा प्रधानमन्त्री भएका भीमशमशेरले अढाई वर्ष जति शासन गरे । यिनको पालामा राणाविरोधी गतिविधि बढ्न थालेका थिए र वसन्तशमशेर पर्व, चर्खा प्रचारमा रोक, प्रचण्ड गोरखाको स्थापना, लाइबे्ररी पर्व जस्ता घटनाहरु भएका थिए । यिनले नुन र कपासमा भन्सार छुट दिनुका साथै कपास खेतीको विस्तारमा जोड दिएका थिए ।
सरकारी कायाृल्य समय १०–४ बजे कायम, कर्मचारीलाई विदा दिने चलन, काठमाडौं र मोरङमा पानीका धारा, सुधार कार्यहरु गरेका भीमशमशेरको शूलको व्यथाले वि.. १९८९ मा निधन भयो ।

जुद्धशमशेर
धीरशमशेरको दसौं सन्तानका रुपमा सन् १८७५ अप्रिल १९ मा जुद्धशमशेरको जन्म भएको थियो ।
यिनले भीमशमशेरको मृत्युपछि वि.स. १९८९ देखि २००२ सम्म करिव १३ वर्ष शासन गरेका थिए ।
महाभूकम्प (१९९० माघ २), सेतो दरबारमा आगलागी, महावीर स्कुल काण्ड, प्रजा विशेषज्ञ सहितको कृषि परिषद्को गठन, विराटनगर जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, नेपाल बैंक लिमिटेडको स्थापना (१९९४ कार्तिक ३०), उद्योग परिषद् गठन, कागजी नोटको प्रचलन, एस.एल.सी. बोर्डको स्थापना, थुप्रै ठाउँमा अस्पताल निर्माण, जनगणना गर्ने प्रयास र जन्म मृत्यु दर्ता अड्डाको स्थापना, कर्मचारीको पेन्सन र सञ्चयकोषको व्यवस्था, जावलाखेल चिडियाखानाको स्थापना, काठमाडौंमा म्युजियमको स्थापना जस्ता थुप्रै सुधार कार्यहरु गरेका थिए ।
स्वेच्छाले पदत्याग गरेका जुद्धशमशेर धर्मकर्ममा लागेकाले राजर्षी महाराज भनेर पनि चिनिन्छन् ।
यिनको निधन वि.स. २००९ सालमा देहरादूनमा भएको यियो ।
पद्मशमशेर

वि.स. २००२ साल मंसिर १४ गते जुद्धशमशेरले पदत्याग गर्ने घोषणा गरेपछि यिनी प्रधानमन्त्री भएका थिए । यिनले आफूलाई ‘म राष्ट्रको नोकर हँु’ भनी घोषणा गरेका थिए ।
यिनको समयमा नेपाली काङ्ग्रेसको स्थापना, विराटनगर मजदुर हड्ताल, जयतु संस्कृतम् जस्ता घटनाहरु घटेका थिए । यिनले २००४ सालमा वैधानिक कानुनको घोषणा गरेका थिए । सर्वसाधारणले बिजुली बत्ति बाल्न पाउने, रेडियो सेट राख्न पाउने, नारी शिक्षाको व्यवस्था, कन्या स्कूलहरु खुलेका, श्री ३ महाराजको स्वीकृति लिएर विद्यालय खोल्न पाउने, काठमाडों नगरपालिका गठन गर्ने स्वीकृति, नेपाल खाद्य परिषद्को स्थापना (२००४ असोज २०), नेपाल साहित्य परिषद्को स्थापना र कवि सम्मेलनजस्ता सुधार कार्यहरु यिनले गरेका थिए ।
यिनले थुप्रै स्कुलहरु खोल्ने कार्य गरेकाले स्कुलका पिता पनि भनिन्छ ।
उदार स्वभावका पद्मशमशेरले मोहनशमशेरको दबाबमा उपचार गराउने बहानामा २००४ फागुन ८ मा राज्य त्याग गरी भारततर्फ लागे र २००५ वैशाख १४ मा राजिनामा दिई बाँकी जीवन भारमा नै व्यतीत गरे ।
मोहन शमशेर

नेपालको अन्तिम राण प्रधानमन्त्री तथा चन्द्रशमशेरका जेठा छोरा मोहनशमशेरको जन्म विस.स. १९४२ मा भएको थियो । चतुर र कठोर स्वभावका मोशनशमशेरले पद्मशमशेरको राज्य त्यागपछि केही समय कार्यवाहक प्रधानमन्त्री भई ६४ वर्षको उमेरमा वि.स. २००५ वैशाख १८ मा सिंदूर जात्रा गरी पप्रधानमन्त्री भएका थिए ।
यिनले आफ्नो अधिकतर समय प्रजातान्त्रिक आन्दोलन दबाउनमै लगाए । २००७ सालको परिवर्तनपछि श्री ३ महाराजको पदवी गए पनि यिनी त्रीपक्षीय सरकार गठन हुँदा पनः प्रधानमन्त्री भएका थिए । पछि २००८ मंसिर १ गते मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि यिनी पदबाट हटेका थिए ।
यिनको पालमा नेपाल र भारतबीच सन् १९५० को सन्धि (पैष २४ २००७)) मा भएको थियो । यिनको समयमा भएका केही उल्लेखनीय कार्यहरुमा हिमशिखर आरोहणको अनुमति, मोहन आकाशवाणी, ८७ वटा प्राथमिक स्कुल, भक्तपुर र ललितपुरलाई नगरपञ्चायत घोषणा, काठमाडौं–हेटौंडा सडक निर्माण, जमिनको सर्भे गराउन विशेषज्ञ झिकाएको, संयुक्त राष्ट्रसंघको सदस्यताको लागि दरखास्त (२००५), केही विदेशी मुलुकसँग सम्बन्ध आदि पर्छन् ।
बैज्ञानिक गेहेन्द्रशमशेर राणा

नेपालका पहलिो वैज्ञानिकका रुपमा चिनिने गेहेन्द्रशमशेर राणा प्रधानमन्त्री वीरशमशेरका जेठा छोरा थिए ।
यिनले लालदरबारमा साधन सम्पन्न ठूलो प्रयोगशाला बनाएका थिए । उनले आफ्ना दक्ष सहयोगीहरुको सहयोगमा आधुनिक तरिकाको ४ नाले तोप, बुलेट भएको स्वाचालत रिभल्वर, बाफले चल्ने मोटर साथै नयाँ किसिमका मेसिनगनहरु बनाएका थिए । यिनले बाजे धीरशमशेरको स्मृतिमा धीरगन, बाबाु वीरशमशेरको स्मृतिमा वीरगन बनाएका थिए । यिनले ध्ष्लम भ्लभचनथ बाट चल्ने धान कुट्ने मेसिन, आयल इन्जिनबाट डाइनामो चलाउने जस्ता बैज्ञानिक प्रयोग पनि गरेका थिए ।
विलक्षण प्रतिभा भएका गेहेन्द्रशमशेरको प्रगतिबाट सशङ्कति भई चन्द्रशमशेरले विष खुवाई षडयन्त्रपूर्वक ३६ वर्षको उमेरमा यिनको हत्या गरेका थिए भन्ने कुरा इतिहासमा उल्लेख छ ।
य प्रचण्ड गोरखा पर्व
वि.स. १९८७ मा भीमशमशेरको समयमा राणाशासनको अन्त्य गर्ने उद्देश्यले उमेशविक्रम शाह, खड्गमान सिंह, मैनबहादुर, रंगनाथ शर्मा, आर्दि मिली प्रचण्ड गोरखा नामक संस्था खोलेका थिए । पछि लक्ष्मणराजबाट यस कुराको भेद खुलेपछि सबैलाई आजीवन कारावासको सजाय दिइयो । उमेशविक्रमलाई निर्वासन तथा अन्य सबैलाई कैद गरिएको थियो । रंगनाथ शर्मा, खड्गमान सिंह २० वर्ष कारागार बसी वि.स. २००७ सालको क्रान्तिपछि छुटेका थिए । यसैलाई प्रचण्ड गोरखा पर्व भनिन्छ ।
महाभूकम्प (१९९०)

राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा वि.स. १९९० साल माघ २ गते सोमबारका दिन २ बजेर २ मिनेट जाँदा नेपालमा भयानक विनाशकारी भूकम्प गएको थियो । यस भूकम्पबाट करिब ३४ लाख घर भत्केका, १६,८७५ व्यक्तिको मृत्यु तथा ३३१९ व्यक्ति घाइते भएका थिए । यो विपत्तिबाट उद्धार गर्न जुद्धशमशेरले उद्धार संस्था र कोष खडा गरेका थिए । यिनले विदेशबाट घर बनाउने सामग्री तथा अन्य लगाफाटो झिकाई सर्वसाधरणलाई उपलब्ध गराएका थिए यिनले आफ्नो व्यत्तिगत तर्फबाट ४ लाख खर्च गरेका थिए ।
चर्खाप्रचारमा रोक

विदेशी मालसामानको बहिष्कार गरी स्व्देशी घरेु उद्योगलाई प्रोत्साहन दिन भारतमा महात्मा गान्धीले चर्खा आन्दोलन चलाएका थिए । यही चर्खा आन्दोलनबाट प्रभावित भई तुली मेहरले काठमाडौंमा वि.स. १९८७–८८ तिर भीमशमशेरको पालामा चर्खा प्रचार गरी खाडी कपडालाई प्रोत्साहन दिएका थिए । यसको भित्री आशय देशभक्तिको भावना जगानु तथा जनचेतना फैलागनु थियो ।
राणा सरकारलार्य यो कुरा असह्य भई उनलाई देशद्रोही घोषित गरी कैद गरियो र चर्खा प्रचारमा पूर्ण प्रतिवन्ध गरियो । यिनले सन् १९७७ मा नेहरु पुरस्कार प्राप्त गरेका थिए ।
प्रजा परिषद्

राणविरोधी उद्देश्यले वि.स. १९९३ जेष्ठ २२ गते आमशाहल काठमाडौंमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवनराम शर्मा, रामहरि शर्र्मा, आदिद्धारा नेपाल प्रजा परिषद्को स्थापना भएको थियो ।
निरंकुश राणशासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने उेद्देश्यले गठन भएको यस संस्थाले लुकीलुकी राणविरोधी पर्चा छर्ने, भारतबाट प्रकाशित हुने ‘जनता’ र एडभान्स जस्ता पत्रिकामा लेखहरु छपाउने आदि कार्य गर्ने गथ्र्यो ।
यस अभियानमा पछि संस्थाका सदस्य रामजी जोशीले राणहरुसमक्ष पोल खोलेकाले यसका सदस्यहरु पक्रिए । चारजनालाई मृत्युदण्ड, तथा थुप्रैलार्य जन्मकैदको साथै सर्वस्वहरण गरियो । वि.स. १९९७ माघ १० गते राति शुक्रराजलाई टेकुमा झुण्ड्याएर उनको शरीरमा ‘सरकारको विरोध गर्नेको यस्तो हालत हुन्छ’ भनेर लेखिएको थियो । माघ १२ गते धर्मभक्तलाई सिफलमा झुण्ड्याइयो । माघ १४ गते गंगालाल र दरशथलार्य विष्णुमती भौचाखुसीमा गोली हानेर मारियो । टंकप्रसाद, रामहरि शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड दिइएन । यसरी प्रजा परिषद उपर व्यापक दम गरिएको थियो ।

दिल्ली सम्झौता

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले आफ्नो ज्यानको प्रवाह नगरी संघर्षमा लागि परेकाले राणहरु त्रसित भएर राजा त्रिभुवन, नेपाली काङ्ग्रेस रराण सरकारका प्रतिनिधिहरुबीच दिल्लीमा एउटा सम्झौता भएको थियो । यसैलाई दिल्ली सम्झौता भनिन्छ ।
यस सम्झौताका शर्तहरु निम्नबमोजिम थिए ।
  •  श्री ५ त्रिभुवन नै राजा रहनेछन् उनी फर्कन नचाहेमा नायव राख्न पाउने छन् ।
  •  संविधान निर्माण समितिको गठन सन् १९५२ भित्रै गर्ने र यसले संविधान निर्माण गर्ने ।
  •  १४ सदस्यीय मन्त्रिमण्डल बनाउने जसमा राणा पक्षबाट ७ र लोकमतको प्रतिनिधित्व गर्ने सर्वसाधारणबाट ७ जना राख्ने ।
  •  सबै राजनीतिक बन्दीलाई आममाफी दिने ।
य-उखडा जाँच कमिशन

तत्कालीन बुटवल जिल्लाको भैरहवा र तौलिहवामा जमिन्दारहरुले जोताहा किसानहरु लाई चर्को दमन गरी दुःख दिएकाले भीमशमशेरले जमिन्दारी प्रथामा सुधार ल्याउन तेजशमशेरको नेतृत्वमा सन् १९३१ मा गठन गरेको कमिशन (आयोग) लाई नै उखडा जाँच कमिशन भनिन्छ । उखडा जाँच कमिशननको नामले चिनिने यो आयोग उनको शासनकालमा सफल हुन सकेन ।
महावीर स्कुल काण्ड

जुद्धशमशेरको पालामा भारतमा महात्मा गान्धीले राष्ट्रिय विद्यापीठहरुको स्थापना गरी जनचेतना फैलाउन गरेको प्रयासबाट प्रभावित भई केही उत्साही युवाहरुले वि.स.( १९९३ मा काठमाडौंमा महावीर स्कुलको स्थापना गरे । यसमा चिनियाँमान, फत्तेबहादुर, पूणनारायण, टंकविलास, सिद्धिचरणहरुले पढाउने थाले । जुद्धशमशेरलार्य यो कुरा सह्य भएन र यस स्कुलका २८ जना शिक्षकहरु समातिए । चिनियाँमान र फत्तेबहादुरलाई आजीवन कारावास, पूर्णनारायण, चन्द्रमान र सिद्धिचरणलाई १२÷१२ वर्ष कैद र अरुलाई नगद जरिवाना गरियो । चिनियामानको जेलमानै मृत्यु भएको थियो । यसैलाई महावीर स्कुल काण्ड भनिन्छ ।
जयतु संस्कृतम्

वि.स. २००४ साल आषाढ १ गतेदेखि काठमाडौं तीनधारा पाठशालामा अध्यनरत करिब २०० विद्याथीहरुले पाठशालामा भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशासन्त्र, अंग्रेजी आदि विषयहरु समावेश गरिनुपर्छ भनी हड्ताल सुरु गरेका थिए । संस्कृतविरोधी आन्दोलनको संज्ञा दिइ राणशासकहरुले उक्त आन्दोलनलाई दबाउने कोशिस गर्न थाले भने आन्दोलनकारीहरुले जयतु संस्कतम् भन्दै घरघरमा गई भिक्षा माग्न थाले । यसको नेतृत्व श्रीभद्र शर्मा, राजेश्वर दवकोटा, कमलराज रेग्मी, काशीनाथ गौतम, बलराम शर्मा, गोकर्णराज ास्त्री आदिे गरेका थिए । पद्मशमशेरले विद्यार्थीहरुको माग पूरा गर्ने घोषणा गरेपछि आन्दालन रोकिएको थियो । तर उनले माग परा नगरी आन्दालनकारीहरुलाई निष्कासन गरेका थिए । यो आन्दोलन मुख्यरुप्मा राणशासन विरुद्ध जनचेताना जगाउने कुरामै केन्द्रित थियो ।