Monday, January 16, 2023

शासनका सूचकहरु

 शासनका सूचकहरु 

WGI ले 1996 देखि 200 भन्दा बढी देशहरूको शासनका फराकिलो आयामलाई समेट्ने गरी  छवटा समग्र सूचकहरू तय गरेको छ । यी सूचकहरु -2.5 देखि 2.5 सम्ममा मापन गरिन्छ ।    

१) आवाज र जवाफदेहिता   

यो राजनीतिक अधिकारको अवस्था मापन गर्ने सूचक हो । यो सूचक नागरिकहरुले सरकार निर्माणमा सहभागी हुन पाउने अवस्था, अभिव्यक्ति स्वतन्त्रता अवस्था, संगठित हुने अधिकार, तथा   स्वतन्त्र मिडियाको अवस्था लगायतका विषयमा आधारित हुन्छ ।

२) राजनीतिक स्थिरता र हिंसा/आतंकवादको अभाव, 

    यो राजनीतिक अधिकारको अवस्था मापन गर्ने सूचक हो । यो सूचक असंवैधानिक वा हिंसात्मक माध्यमबाट सरकार अपदस्थ गर्ने, राजनीतिबाट प्रेरित हिंसा र आतंकवाद विद्यमान हुने,  हिंसा र आतंकवाद नियन्त्रण गर्ने सरकारको क्षमता लगायतका विषयमा आधारित हुन्छ ।

३) सरकारको प्रभावकारिता,  

  यो सूचक सार्वजनिक सेवाहरूको गुणस्तर, निजामती सेवाको गुणस्तर र राजनीतिक दबाब थेग्न सक्ने क्षमता,  नीति निर्माण र कार्यान्वयनको प्रभावकारिता, सार्वजनिक नीतिप्रति सरकारको प्रतिबद्धता लगायतका विषयमा आधारित हुन्छ ।

 नियामक गुणस्तर,  

   यो आर्थिक अवस्था मापन गर्ने सूचक हो । यो सूचक निजी क्षेत्रसँग सहकार्य  गर्ने सरकारको क्षमता, आर्थिक र सामाजिक अन्तरक्रिया सञ्चालन गर्ने संस्थाहरूप्रति नागरिक र राज्यको सम्मान लगायतका विषयमा आधारित हुन्छ ।

विधिको शासन

    करार कार्यान्वयन क्षमता

    निष्पक्ष अदालत    

    प्रहरी प्रशासन

   अपराध र हिंसाको सम्भावना

     भ्रष्टाचार नियन्त्रण

    निजी लाभको लागि सार्वजनिक शक्ति प्रयोग (भ्रष्टाचार साना /ठूला),

    अभिजात वर्ग र निजी स्वार्थद्वारा राज्यको "कब्जा"

No comments:

Post a Comment