संघीयता साना र ठूला राज्य संरचनाको लाभ एकैपटक हासिल गर्न अवलम्बन गरिने शासन पद्दति हो । संघीयतामा विभिन्न साना राज्य (सरकार)हरुको संघ निर्माण भएको हुन्छ । संघीयता एकैपटक दुई वा सोभन्दा बढी सरकारबाट शासन सञ्चालन गर्ने पद्दति हो ।
संघीय शासन प्रणालीका सबल पक्षः
- शासनमा अधिकतम् सहभागिता हुन्छ ।
- विकेन्द्रीकरणको उच्चतम् अभ्यास हुन्छ ।
- स्थानीय स्वायत्तता कायम हुन्छ ।
- समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुन्छ ।
- विविधता व्यवस्थापन सहजता हुन्छ ।
- स्थानीय स्रोत साधनको समुचित प्रयोग हुन्छ ।
संघीय शासन प्रणालीका दूर्बल पक्षः
- खर्चिलो हुन्छ । धेरै राज्य धेरै प्रशासन धेरै सरकार हुन्छन् ।
- द्वैध शासनको झमेला हुन्छ ।
- अधिकारको बाँडफाँडमा विवाद हुन्छ ।
- समानान्तर र तल्ला माथ्ला सरकारबीच विवाद हुन्छ ।
- द्वन्द्व र विखण्डनको भय रहन्छ ।
- जति विविधता त्यतिनै व्यवस्थापनमा कठिनाई हुन्छ ।
-
नेपालमा संघीय शासन प्रणालीको उपयुक्तता
- विविधता व्यवस्थापनः नेपालमा सामाजिक सांस्कृतिक विविधता छ । विवधताको व्यवस्थापनमा संघीय शासनले सहायता गर्छ ।
- विकासमा क्षेत्रीय सन्तुलनः विगतको एकात्मक शासन व्यवस्थाले विकासमा क्षेत्रीय संन्तुलन कायम राख्न सकेन । संघीय शासनमा सन्तुलित विकास सम्भव हुन्छ ।
- अल्पसंख्यकको हीतः अल्पसंख्यकका अधिकार स्थनपित गर्दै पहिचान स्थापित गर्न, सम्मान अभिबृद्धि गर्न, संघीय शासनमा सहज हुन्छ ।
- शासनमा वृहत सहभागिताः संघीय शासनमा नागरिकको अधिकतम् सहभागिता हुन्छ । शसनमा अपनत्व कायम हुन्छ ।
- लोकतन्त्रको प्रवर्द्धनः शासनमा स्वायत्तता, संवैधानिक सर्वोच्चता, कानूनी शासन जस्ता पक्षबाट संघीय शासनमा लोकतन्त्रको पक्षपोषण हुन्छ ।
- सम्मान पहिचान र एकताः संघीय शासनमा सबैको सम्मान पहिचान र एकता कायम रहन्छ । एकताको भावा बलियो हुन्छ ।
उल्लिखित कारणहरुका आधारमा नेपालमा संघीय शासन पद्धति उपयुक्त छ भन्न सकिन्छ ।
निष्कर्षः
संघीयता सबै समस्याको औषधी होइन । यसको प्रभावकारी अभ्यासबाट लाभभ लिँदै बाँकी समस्या समाधानका निम्ति थप उपाय अवलम्बन गर्दै जानुपर्छ ।
No comments:
Post a Comment