Wednesday, February 25, 2015

शब्दावलीहरू

1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ?
-साइमुद्रो
2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ?
-चिचेट
3.टुनामुना जान्नेलाई के भनिन्छ?
-जालन्दरी
4.अर्नाको बच्चालाई के भनिन्छ?
-पिडा
5.अरुसँग नमिल्ने स्वाभावको मान्छेलाई के भनिन्छ?
-एकलकाँटे
6.टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ?
-चाउलो
8.बत्ती बाल्न प्रयोग गरिने कपडालाई के भनिन्छ?
-सलेदो
9.चौरी गाईको पुच्छरलाई के भनिन्छ?
-चमर
10.मदानीको टुप्पोलाई के भनिन्छ?
-नाईटो
11.मदानीमा बेरिएको धागोलाई के भनिन्छ?
-नेती
12.गहना बनाउँदा खेर जाने सुनलाई के भनिन्छ?
-जर्ति
13.गहनाहरु ठोकिएर बज्दा निस्कने आवाजलाई के भनिन्छ?
-सिज्ज
14.टाउको नभएको मान्छेलाई के भनिन्छ?
-मुर्कटा
15.सौतेनी आमा पट्टिका दाजुभाईलाई के भनिन्छ?
-भिन्नोदर
16.तुलसीको पातको मुनालाई के भनिन्छ?
-मञ्जरी
17.डाडु र पनियो एकै ठाँउ भएको सामाग्रीलाई के भनिन्छ?
-कर्चूलो
18.घोडाको गर्धको रौ लाई के भनिन्छ?
-याल
19.रक्सी बनाउने मानिसलाई के भनिन्छ?
-कलवार
20.दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाई के भनिन्छ?
-दिधिषू
21.खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ?
-जँघार
22.रजस्वला हुने अवस्थाकी किशोरीलाई के भनिन्छ?
-बाला
23.आँखी भौ भएको ठाँउलाई के भनिन्छ?
-भृकुटी
24.भरियाले भारी बिसाउने क्रममा प्रयोग गर्ने लट्ठीलाई के भनिन्छ?
-तोक्मा
25.आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाँउलाई के भनिन्छ?
-क्षितिज
26.लासलैजादा बाटोमा फाल्ने पैसालाई के भनिन्छ?
-टिला
27.सेतो गुँरासलाई के भनिन्छ?
-चिमाली
28.सारङ्गी रेट्ने साधनलाई के भनिन्छ?
-गज
29.बाँदर नचाउनेलाई के भनिन्छ?
-मदारी
30.विवाह नगरेकी युवतीबाट जन्मेको छोरालाई के भनिन्छ?
-कानीन

Tuesday, February 24, 2015

चर्चित व्यक्तिहरुका वाष्तविक नाम

1. महर्षी बाल्मिकीः रत्नाकार

2. कालिदासः देवदत्त

3. चाणक्यः विष्णु गुप्त कौटिल्य

4. वेदव्यासः दैपायन कृष्ण

5. गौतम बुद्धः सिद्धार्थ

6. महात्मा गान्धीः मोहनदास करम चन्द गान्धी

7. स्वामी विवेकानन्दः नरेन्द्र दत्त

8. रजनिश ओशोः रजनिश चन्द्र मोहन

9. सत्य साईबाबाः सत्य नारायण राजु

10. डा. योगी विकासानन्दः एकदन्तमान

11. योगी नरहरिनाथः बलवीरसिँह थापा

12. स्वामी प्रपन्नाचार्यः काले राई

13. वि.पि. कोईरालाः चुडामणी कोईराला

14. गणेशमान सिँहः हीराकाजी

15. लक्ष्मीप्रसाद देबकोटाः तीर्थमाधव देवकोटा

16. भानुभक्त आचार्यः देवीभक्त आचार्य

17. मुन्सी प्रेमचन्दः धनपतराय श्रीवास्तव

18. निरालाः सुर्यकान्त त्रिपाठी

19. नातिकाजीः अमृतलाल श्रेष्ठ

20. दलाई लामाः तेञ्जङ्ग ग्यात्सो

21. ब्रुस लीः जोन फनन् ली

22. पेलेः एड्सन अरान्तेस डि नासिमिन्तो

23. रोनाल्डोः रोनाल्डो लुइस नाजारियो डेलिमा

24. मदर टेरेसाः आग्नेस गोन्हा बोनाक्सु

25. चार्ली च्याप्लिनः चार्ल्स स्पेन्सर च्याप्लिन

26. यासेर अराफातः मोहम्मद अब्देल राउफ अराफात अस कुद्वा अल हुसेनी

27. मिर्जा गालिवः असद उल्ला खाँ

SEZ भनेकाे के हाे

SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ । निर्यातजन्य उद्योग स्थापनाका लागि नेपाल सरकारले सेज स्थापनाको नीति बनाएको छ । निर्यातजन्य उद्योग सञ्चालन गर्न देशका विभिन्न १४ ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ । सोही क्रममा सिमरामा धमाधम निर्माण कार्य भइरहेको छ। नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा विशेष आर्थिक क्षेत्र हो । २०७१ मंसिर ३ गते उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश वस्नेतले संयुक्त रुपमा भैरहवा विशेष आर्थिक क्षेत्र उद्घाटन गरेका हुन् । भैरहवामा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छालाका, तयारी पोसाक, गलैँचा तथा ऊनका सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र पेय पदार्थसमेत गरी १७ थरी उद्योग स्थापना हुने भनिएको छ भने कूल १५ हजारले रोजगारी पाउँने, १० अरबभन्दा बढी लगानी हुने, देशभरिका कूल उद्योगको ३ प्रतिशत सेजमा रहने र हालको तुलनामा १० प्रतिशत निर्यातमा थपिने अनुमान रहेको छ । औद्योगिक क्षेत्रको विकासमा यो नयाँ सुरुवात हुनसक्ने उद्दमीहरुको अनुमान छ । यसले स्थानीय स्रोतको उपयोग हुने हुँदा निर्यात अभिवृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्छ।’ सेजको मूख्य उद्देश्य निर्यात हो । व्यापार घाटा न्यूनिकरणका लागि यो एक योजना भए पनि सम्बन्धित कार्यविधि बाहेक सञ्चालन तथा नियमनका लागि ऐनको अभाव रहेको छ ।

नेपालका प्रमुख राजमार्गहरू

नेपालका प्रमुख राजमार्गहरू:
क्र.सं. जोड्ने स्थान राजमार्गहरू
दूरी कि.मि.
१ पूर्व– पश्चिम महेन्द्र राजमार्ग १०२७.६७
२. सिरसिया– त्रिपुरेश्वर त्रिभुवन राजपथ
१८९
३. सुनौली–पोखरा सिद्धार्थ १८१.२२
४. माइतिघर–मितेरीसाँधु
अरनिको राजमार्ग ११३
५. नौबिसे–पोखरा पृथ्वी राजमार्ग १७३
६. जमुना दह–वीरेन्द्रनगर रत्न राजमार्ग ११३
७. लामो साँघु–जिरी – १०५
८. धरान–धनकुटा मदन भण्डारी मार्ग ५२
९. काठमाडौं–चक्रपथ चक्रपथ २७.२
१०. काठमाडौं–धुन्चे पासाङल्हामु मार्ग
११७.१०
११. सातदोबाटो–टिका भैरव लक्ष्मीप्रसाद
देवकोटा मार्ग १२
१२. जनकपुर–ढल्केवर जनक मार्ग १९
१३. जनकपुर–जलेश्वर विद्यापति मार्ग १८
१४. लामोसाँघु–रामेछाप पुष्पलाल मार्ग
१३०
१५. डुम्रे–बेशीसहर भानुभक्त आचार्य मार्ग
४२.७७
१६. स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट)
दशरथ चन्द मार्ग १०५
१७. सुनवल–परासी टंकप्रसाद आचार्य मार्ग
८.९५
१८. धनगढी–डडेलधुरा भीमदत्त पन्त मार्ग
१३५
१९. आँबुखैरनी–गोर्खा अमरसिंह थापा मार्ग
२४.६९
२०. मलेखु–धादिङ कालु पाँडे मार्ग १९.९०
२१. नारायणघाट–मुग्लिङ मदन–आश्रित
मार्ग ३६.१६
२२.स्याउले–सिलगढी के.आई.सिंह मार्ग ६५
२३.खोड्पे–बझाङ जयपृथ्वीबहादुर सिंह मार्ग
११०
२४.सामाखुशी–चक्रपथ रोम मार्ग –
२५.पोखरा–बागलुङ सहिद थिरबम
योगेन्द्रमान मार्ग ७३
२६. बेनीबजार–जोमसोम भूपि शेरचन मार्ग
६५
२७.धरान–विराटनगर भक्ति मार्ग ४०
२८.भोटेबहाल–कालीमाटी पुल सहिद शुक्र
मार्ग –
२९.कालोपुल–चाबहिल सहिद धर्मभक्त मार्ग

३०.कटारी–ओखलढुंगा खण्ड सिद्धिचरण
मार्ग ३५
३१.लुम्बिनी–तौलिहवा गौतमबुद्ध मार्ग १७
३२. कमलपोखरी–ज्ञानेश्वर बालकृष्ण सम
मार्ग –
३३.पोखरा–सुर्खेत (प्रस्तावित) – ४०७
३४. केचना–ताप्लेजुङ मेची राजमार्ग २६७
३५. रानी–हिले कोशी राजमार्ग १११
३६. बांगेसिमल–जुम्ला कर्णाली राजमार्ग
(नि.) २१०
३७. अमेलिया–मुसिकोट राप्ती राजमार्ग
१९६
३८. स्याउले बजार–समुवागढ सेती राजमार्ग
६४
३९. कदमाह–सोलु,
सल्लेरी सगरमाथा राजमार्ग (नि.) २६५
४०.भिट्टामोड–धुलिखेल धुलिखेल–सिन्धुल
ी–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दारचुला महाकाली राजमार्ग ३२०

विकास_सहायताको_उपादेयता

विकास_सहायताको_उपादेयता
सन् १९६० मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
क्रममा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले
भनेका थिए, 'विकास नीतिमा सहयोग
स्वीकार्दा बाह्य हस्तक्षेप हुनुहुँदैन।' तत्कालीन
अवस्थामा विश्व दुई ध्रुवमा विभाजित भएकाले
पनि सहायता सामरिक स्वार्थ विस्तारमा प्रत्यक्ष–
परोक्षरूपमा केन्द्रित थियो। अहिले त्यो स्थिति नरहे
पनि विकास सहायता निसर्त, सदाशयी र मानवीय
विकासमा आधारित छैन। अल्पविकसित मुलुकहरू स्रोत
व्यवस्थापनसम्बन्धी दोहोरो समस्यामा रहन्छन्।
विकास, आमसञ्चार र स्वतन्त्रता
राज्य पुनःसंरचना र सेवाप्रवाह
बितेका दशक र गुमेको अवसर
जलवायु परिवर्तन र जलवायु वित्त
विकासमा निजी क्षेत्रको भूमिका
पहिलो, आर्थिक विकासका लागि आवश्यक
स्रोतसाधनको न्यूनता र दोस्रो, उपलब्ध
साधनस्रोतको प्रभावकारी उपयोगका लागि कमजोर
संस्थात्मक क्षमता। यी मुलुकहरूमा रहेको सामाजिक
पछौटेपन र न्यून आर्थिक क्रियाकलापका कारण विकास
व्यवस्थापनको पक्ष जटिल रहँदै आएको छ। यी दुवै पक्षलाई
मार्गनिर्देश गर्ने राजनीतिक सुशासन (क्षमता±संस्कृति)
मा पनि त्यही नै अभाव देखिन्छ। उपलब्ध प्राकृतिक स्रोत
तथा मानव साधनको सदुपयोग गरी रोजगारी सिर्जना,
आर्थिक बृद्धि, सामाजिक प्रगति, गरिबी निवारण,
पूर्वाधार संरचना विस्तार तथा वितरण
प्रणालीको सुधार गरी विकासलाई व्यवस्थित गर्ने
चुनौती रहँदै आएको छ। यी चुनौती सम्बोधन गर्न कुनै
पनि मुलुकका लागि वैदेशिक सहायतामार्फत्
द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारहरू
अल्पविकसित मुलुकको विकास प्रक्रियामा तीन
प्रकारले साझेदारी गर्दै आएका छन्। (क) वित्तीय
तथा भौतिक साधन उपलब्ध गराएर, (ख)
क्षमता विकासमा सहयोग गरेर र (ग) छलफल तथा सहकार्य
गरेर। सहायता दिनेहरू विभिन्न
बहानामा आफ्ना राष्ट्रिय स्वार्थको विस्तार
गरिरहेका हुन्छन्। राजनीतिक अस्थिरता र कमजोर
प्रशासन भएका मुलुकमा बाह्य स्वार्थ विस्तार थप सहज
हुन्छ। प्रशासनको कमजोर वार्ताक्षमता र अस्पष्ट
राजनीति तथा दृष्टिकोणका कारण विकास
सहायताले वास्तविक विकास साझेदारीलाई भने
उपेक्षा गरिरहेको छ।
कमजोर शासकीय
क्षमता भएका मुलुकमा सहायता परिचालनलाई तीन
पक्षको बृत्ति स्वार्थले निर्धारण गर्दछ, जसलाई
लुकेको कार्यसूची वा त्रिपक्षीय
माखेसाङ्लो पनि भन्नसकिन्छ। पहिलो,
सहायता परिचालन गर्ने निकायमा संलग्न कर्मचारीहरू
यो वा त्यो बहानामा आफ्नो वृत्तिअवसर लम्याउन
चाहन्छन्। दोस्रो, सहायता प्राप्त गर्ने
मुलुकका राजनीतिज्ञ चुनाव क्षेत्र केन्द्रित
एजेन्डामार्फत् आफ्नो वृत्तिअवसर विस्तार गर्न चाहन्छन्
र तेस्रो, सहायता प्राप्त गर्ने मुलुकका सम्बद्ध
कर्मचारी विभिन्न अवसर लिने स्वार्थमा सहायतालाई
यो वा त्यो बहानामा निरन्तरता दिन्छन्। यी तीन
स्वार्थको सन्तुलन नै विकास सहायताको निर्धारक
हो भन्ने स्वतन्त्र पर्यवेक्षण रहँदै आएको छ। अन्तर्राष्ट्रिय
गैरसरकारी संस्थामार्फत् प्राप्त हुने
सहयोगमा यो आरोप बढी नै देख्नसकिन्छ।
नेपालमा कतिपय सहायता परिचालनका कार्यक्रम
उपलब्धि र औचित्यको लेखाजोखा नगरीकनै
लामो समयदेखि सञ्चालनमा छन् भने कतिपय
सहायता परियोजना राष्ट्रिय
विकासका लागि आवश्यक भए पनि कार्यरूप
पाउनसकेका छैनन्।
अन्य मुलुकमाझैँ नेपालमा पनि सन् ९० को दशकबाट विकास
साझेदारीमा अर्को परदृश्य देखिनथाल्यो–
सहायता परिचालनका 'भेहिकल'का रूपमा वैकल्पिक
माध्यमको प्रयोग गर्ने। यी परिदृश्यका महत्वपूर्ण
पात्रका रूपमा स्वदेशी तथा विदेशी गैरसरकारी संस्था
देखापरे। विभिन्न आशय र उद्देश्यमा परिचालित
यी संस्थामध्ये थोरैमात्र जनस्तरमा काम गरी विकास र
सेवा प्रवाहमा सहयोग पुर्या्इरहेका छन्।
अधिकांशको क्रियाशीलतालाई सरकारी संरचना र
सेवाग्राहीले ठम्याउन सकिरहेका छैनन्।
सरकारी संरचनाका वैकल्पिक
माध्यमका रूपमा आविष्कार
भएका यी संरचना विकासको एजेन्डालाई सम्बोधन गर्ने
परिपूरक रणनीतिमा भन्दा पनि आफैँ विकास विकास
एजेन्डा निर्धारण गर्नमा उत्साही देखिएका छन्। यसले
राज्यको विकास एजेन्डा तोक्ने
घेरा साँघुर्यााएको छ। विकास
नीतिमा हाम्रो भूमिका कमजोर भयो भन्ने
बहानामा मुलुकको राज्यशक्ति र यसलाई संस्थागत गर्ने
संरचनालाई अझै दयनीय बनाउने गरी निर्णायक
भूमिका सहायता दाताले खेल्न हुँदैन।
मुलुकका दूरगामी प्रभाव पार्ने
एजेन्डा वा राज्यइच्छा निर्माणमा सहायताको नाममा '
चाख' देखिएमा मुलुकले
विकासको मूल्यमा ठूलो नीति लागत ब्यहोर्नुपर्ने हुन्छ।
यसको क्षतिपूर्ति लामो समयसम्म मुलुकले पाउँदैन। त्यसैले
विकास सहायताका नाममा सबै क्षेत्र र
निकायमा बाह्य शक्ति सजिलै पस्ने, चियाउने र उठबस
गर्ने कार्यलाई व्यवस्थित, नियन्त्रित र नियोजित
गर्नुपर्छ। एकजना उच्चपदस्थ कर्मचारीले भनेका थिए, 'आफूले
भेट गर्न उचित
नठानेका सहायता नियोगका कर्मचारीलाई
मुलुकका निकै उच्च पदाधिकारीले भन्ने बित्तिकै भेट
दिएछन्।' यस्तो अवस्था कायम रहिरहने हो भने विकास
प्रथामिकता र राष्ट्रको रणनीतिक
महत्वमा सहायता प्रवाहित हुँदैन। उनीहरू नै
विकासका प्राथमिकता र कार्यान्वयनका 'डेलिभरी'
निकाय खोज्न तम्सिरहने छन्। दातृ निकायको प्रमुख
लक्ष्य भनेको नेपालको विकासलाई सहयोग पुर्यावउनु
हो। कस्ता नीति, कार्यक्रम र
कार्यान्वयनको ढाँचा आवश्यक छ भन्ने सरकारले निर्णय
गर्ने विषय हो। बाह्य शक्तिलाई
सहयोगको नाममा 'चालक सिट'मा राख्नु हुँदैन। विकास
नीतिको निर्णायक भूमिका भनेको हाम्रै हो, यो काम
अरुले असल नियतले गरे पनि राज्यशक्ति र
संरचनाप्रति हेपेको वा उपेक्षा गरेको नै ठहर्छ।
नेपालमा प्रजातन्त्र स्थापना भएपछि भारतबाट
द्विपक्षीय र कोलम्बो प्लानबाट बहुपक्षीय
सहायताको सुरुवात भएको हो।
सोही समयदेखि निरन्तररूपमा विभिन्न ढाँचा र
निकायमार्फत् आर्थिक सहायता प्रवाह भइरहेको छ।
वार्षिक विकास कार्यक्रम (बजेट) मा करिब २०
प्रतिशतको हाराहारीमा औपचारिक
सहायता परिचालन हुँदै आएको छ भने बजेटभन्दा बाहिर
रहेर पनि ठूलो आयतनमा सहायता भित्रिने गरेको छ। यसले
राष्ट्रिय प्राथमिकता र कार्यप्रणालीलाई सम्बोधन
गर्ने गरेको छैन। सहायतालाई राष्ट्रिय
प्राथमिकतामा ल्याउन ७० को दशकबाट नेपाल
सहायता समूहको आयोजना गर्न थालियो भने सन् २००२
बाट नेपाल विकास मञ्चको वैठक गरी यसलाई
अनुमानयोग्य र नतिजामुखी बनाउने प्रयास गरियो।
सन् २००५ मा प्रतिपादित पेरिस सिद्धान्तले
सहायताग्राहीको राष्ट्रिय आवश्यकतालाई
सहायतादायीले सम्बोधन गर्न स्वामित्व (विकास
सहायता लिने मुलुकको स्वामित्व स्थापना), एकीकरण
(सहायताग्राही मुलुकको विकास प्राथमिकता,
रणनीति, संस्थात्मक परिपाटी अवलम्बन), समन्वीकरण
(सहयोग कार्यक्रम
सहायताग्राही मुलुकका कार्यप्रणालीसँग मेलखाने
बनाई सहायता प्रवाहलाई उत्तरदायी र
पारदर्शी बनाउने), नतिजामूलकता (विकास
साझेदारीमार्फत् स्पष्ट नतिजाको उत्पादन) र सामूहिक
जवाफदेही (सहायता परिचालनमा सहायता लिने र दिने
दुवै पक्षको सामूहिक जवाफदेही सुनिश्चितता)
मा प्रतिबद्धता जनायो। त्यसपछिका आक्रा घोषणा,
बुसान कार्ययोजना र मेक्सिको प्रतिबद्धताले
पनि विकास साझेदारीलाई प्रभावकारी पार्न
प्रतिबद्धता जनाउँदै आएको छ। त्यस्तै,
आन्तरिकरूपमा विकास सहायता नीति र
अन्डाफलगायत दातापिच्छेका विकास
सहायता रणनीतिले राष्ट्रिय प्राथमिकतालाई
सम्बोधन र राष्ट्रिय प्रणालीको उपयोग गर्ने
विषयमा थुप्रै गृहकार्य भएको छ। प्रतिबद्धताअनुरूप
सहायता प्रवाह भएको छैन। सहायतादायी मुलुक/
संस्थाले सहायतालाई स्वेच्छिकरूपमा मात्र
लिएका होइनन्, सहायताको उल्लेख्य अंश राज्य
संयन्त्रभन्दा बाहिरबाट प्रवाह हुनेगरेको छ। आआफ्नै
कार्यढाँचा र प्रक्रियाको अवलम्बन गरिएको छ।
धेरैजसो प्राविधिक सहायतामा कार्यक्रम
खर्चभन्दा सजिलो प्रकृतिका कार्यमा बढी रकम खर्च हुने
गरेको छ। यसले कतिपय निकायका उच्चपदस्थ
पदाधिकारी आफू अवकाश हुनुुअघि आफै परामर्शदाता हुने
लालसाबाट पनि राष्ट्रिय स्वार्थ सम्बोधन
हुनसकेको छैन। हिजो लैंगिक सवाल,
त्यसपछि समावेशिता र अब विस्तारै प्रवाह
हुनथालेको जलवायु वित्त विभिन्न ढोका र
सजिला माध्यमबाट राज्य संरचनाबाहिरबाटै प्रवाह
भएको र हुने प्रवृत्ति देखिएको छ।
मुलुकका नाममा कति रकम, कुन प्रयोजनका लागि, कहाँ,
कसरी उपयोग भएको छ भन्ने तथ्यांकीय आधारसमेत
निर्माण गर्ननसक्दा विकास
सहायताका राम्राभन्दा नराम्रा असर देखिँदै
आएका छन्।
समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्, अर्थ
मन्त्रालयलगायतका निकायले एकीकृतरूपमा वार्षिक
'फ्ल्यास रिपोर्ट' प्रकाशन गर्ने परिपाटीमात्रै
बसाएमा पनि जवाफदेही र
पारदर्शिताको व्याख्या गर्ने सहायता निकाय र
अगैससलाई उनीहरूको अनुहार यस्तो छ भन्न सकिन्थ्यो।
तर त्यसो नहुँदा 'दिनेको हात माथि हुन्छ' भन्ने भनाई
सिद्ध भएको छ। एकजना राजदूतले त यही शब्द प्रयोग
पनि गरेका थिए। यसर्थ दाताको प्रत्यक्ष खर्च र
प्राविधिक सहायतालाई राष्ट्रिय बजेट
प्रणालीमा ल्याउन, अगैसस/गैससलाई राष्ट्रिय
प्रथामिकतामा ल्याउन, सहायताका अनावश्यक सर्त–
बन्धनलाई हटाउन र सहायता व्यवस्थापनलाई मितव्ययी,
पारदर्शी एवं जवाफदेही बनाउन 'एक बजेट, एक प्रणाली र
एक प्रतिवेदन' को अवधारणालार्ई कडाइका साथ
कार्यान्वयनमा ल्याउनु आवश्यक छ। यो कुनै
नौलो कुरा होइन, सहायतादायीले विभिन्न
मञ्चमा कैयौँ पटक जनाउँदै आएको प्रतिबद्धता पनि हो। -गाेपिनाथ मैनाली
( # copied_and_pasted

सार्वजनिक सेवा प्रवाहको महत्व

सार्वजनिक सेवा प्रवाहको महत्व
जनताले सरकारको तर्फबाट प्राप्त गर्ने
सेवा सार्वजनिक सेवा हो सेवा प्रदान गर्नु
सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु
सेवाग्राही जनताको अधिकार हो । सार्वजनिक
सेवा सरकार र जनतावीच असल सम्बन्ध कायम राख्ने
एउटा माध्यम पनि हो सार्वजनिक सेवाले
सर्वसाधारण जनताका लागि नुनदेखि सुनसम्म
‚ सडकदेखी सदनसम्म‚ जन्मनुदेखी मृत्युपर्यन्तसम्म अर्थ
र महत्व राख्दछ । जनताको जीवनस्तर
माथि उठाउनेदेखी उसको शैक्षिक‚ सामाजिक
‚ आर्थिक‚ राजनीतिक सांस्कृतिक लगायत हरेक
पक्षमा सहयोग पुर्याएको हुन्छ । त्यसैले सार्वजनिक
सेवा प्रवाहको महत्व बहुआयमिक हुन्छ । जसलाई
निम्न बुँदामा उल्लेख गर्न सकिन्छः-
सार्वजनिक सेवाबाट देश र जनताको सुरक्षा हुने
‚ संरक्षण हुने‚
जनतालाई आवश्यक पर्ने आधारभूत
सेवा जस्तैः खाद्यन्न‚ कपडा‚ आवास
‚ शिक्षा‚ स्वास्थ्य‚ खानेपानी आदि उपलब्ध हुने‚
पूर्वाधार निर्माणसम्बन्धी कार्यले
जनताको जीवनस्तर माथि उठ्न मद्दत पुग्ने‚
सार्वजनिक सेवाले समाजमा सामाजिक न्याय
कायम गरेन सहयोग गर्ने‚
सरकारले प्रवाह गर्ने आर्थिक सहयोग एवं
सुविधा जस्तैः ज्येष्ठ नागरिक भत्ता‚ अपाङ्ग
भत्ता आदिले अशक्त एवं पिछडिएका वर्गको हित
हुने‚
सरकारले व्यापार व्यवसायको विकास गर्न
गरेको सहयोगले जनतामा रोजगारी बढ्ने‚ आयआर्जन
बढ्ने‚ सरकारको राजस्व बढ्ने हुन्छ । ‚
सरकारले मानव विकासमा गरेको लगानीले
जनतामा ज्ञान‚सीप‚क्षमता बढ्ने हुन्छ ।
सार्वजनिक सेवा प्रवाह सरकारले
जनतालाई पुर्याउने हरेक
प्रकारको सेवा सुविधा भएकाले यसले
अन्ततोगत्वा देश र जनताको हित गर्दछ ।
त्यसैले यसको महत्व हुने गर्दछ ।

२०७२ सालमा पर्ने सार्वजनिक विदा :

२०७२ सालमा पर्ने सार्वजनिक विदा :-
बैशाख – ५, १२, १९ र २६ गते शनिबार ।
१ गते नयाँ वर्ष ।
११गते लोकतन्त्र दिवस ।
१८ गते मजदूर दिवस ।
२१ गते बुद्ध जयन्ती र उभौली पर्व ।
जेठ – २, ९, १६, २३ र ३० गते शनिबार ।
१५ गते गणतन्त्र दिवस।
असार – ५, १२, १९ र २६ गते शनिबार ।
साउन – २, ९, १६, २३ र ३० गते शनिबार ।
भदौ – ५, १२, १९ र २६ गते शनिबार ।
१३ गते गाईजात्रा उपत्यका मात्र विदा ।
२२ गते निजामती सेवा दिवस निजामती कर्मचारी विदा ।
३० गते तीज महिला विदा ।
१२ गते शनिबार रक्षाबन्धन ।
१९ गते शनिबार कृष्णाष्टमी र गौरा पर्व ।
असोज – २, ९, १६, २३ र ३० गते शनिबार ।
१ गते ऋषिपञ्चमी महिला विदा ।
१० गते इन्द्रजात्रा उपत्यका मात्र विदा।
१८ गते जितिया पर्व जितिया पर्व मनाइने तराईका जिल्लामा विदा।
२६ गते घटस्थापना ।
कात्तिक – ७, १४, २१ र २८ गते शनिबार ।
३ गते फूलपाती ।
४ गते महाष्टमी ।
५ गते महानवमी र विजयादशमी ।
६ र ७गते दशैं विदा ।
२५ गते लक्ष्मीपूजा ।
२६ गते म्हपूजा र गोबद्र्धन पूजा ।
२७ गते भाइटीका ।
मंसिर – ५, १२, १९ र २६ गते शनिबार ।
१ गते छठ पर्व ।
९ गते गुरुनानक जयन्ती शिख धर्मावलम्बीलाई विदा ।
१७ गते अपांग दिवस अपांग कर्मचारीलाई विदा ।
पुस –४, ११, १८ र २५ गते शनिबार ।
१० गते उद्यौली पर्व र क्रिसमस दिवस ।
१५ गते तमुल्होसार ।
माघ – २, ९, १६ र २३ शनिबार ।
१ गते माघी पर्व ।
१६ गते शनिबार शहीद दिवस ।
२३ गते शनिबार सोनम ल्होसार ।
फागुन – १, ८, १५, २२ र २९ गते शनिबार ।
७ गते प्रजातन्त्र दिवस ।
२४ गते महाशिवरात्री ।
२५ गते नारी दिवस महिला विदा। २६ गते ग्याल्पो ल्होसार र सूर्य ग्रहण ।
चैत – ६, १३, २० र २७ गते शनिबार ।
गते होली पर्व पहाडमा
। १० गते होली तराईमा ।
२५ गते घोडेजात्रा उपत्यका मात्र विदा

mixmax

1. नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन ठाउँमा सम्पन्न
भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २, चितवन
२. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने
हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर
रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
– हेटौंडा
३. बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस
एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले सम्पन्न भयो ?
– वि.सं २०७० भाद्र २०
४. नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१ गते
५. चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष यात्री निल
आर्मस्ट्रङको निधन कहिले भयो?
– सन. २०१२ अगस्ट २५
६. विश्वकै सबैभन्दा होची महिला को हुन् ?
– ज्योति अम्गे ( भारत )
७. सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने
अर्थशास्त्री को हुन् ?
– जोन टिरोल ( फ्रान्स )
८. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य राष्ट्र कुन
हो ?
– क्रोएसिया
९. राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा विभाजन गरेको छ ?
– ७ भाग
१०. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
११. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
१२. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
१३. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
१४. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
१५. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
१६. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
१७. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
१८. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१९. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
२०. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
२१. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
२२. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
२३. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
२४. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
२५. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
२६. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
२७. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
२८. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२९. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
३०. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
३१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
३२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट
कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय
कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
३३. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
३४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
३५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न
सकिन्छ ?
उत्तर :- ४ भाग
३६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
३७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
३८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
३९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
४०.कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?
उत्तर :- शुक्र
४१.फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
४२.पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?
उत्तर :- २९ %
४३.सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
४४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
४५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
४६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
४७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
४८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल
सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने
बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
४८. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष
यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
४९. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
५०. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २

Thursday, February 5, 2015

समसामयिक र महत्वपूर्ण प्रश्नाेत्तरहरु :

समसामयिक र महत्वपूर्ण प्रश्नाेत्तरहरु :
1. नेपालमा १२ घण्टे सरकारी सेवा वि.सं. २०७१ पौष १ देखि लागू
2. दुई उप महानगरपालिका भएको एकमात्र जिल्ला सुनसरी
3. १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र समृद्धिका लागि गहन सम्मिलन”
4. १८ औं सार्क शिखर सम्मेलन सन् २०१४ नोभेम्वर २६ र २७ (नेपाल)
5. १८ औं सार्क शिखर सम्मेलनमा ३६ बुँदे घोषणा पत्र जारी
6. १८ औं सार्क शिखर सम्मेलनदेखि ऋथदभच अपराध निगरानी म्भकप स्थापना
7. आगामी १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने
8. सन् २०१६ लाई सार्क साँस्कृतिक सम्पदा वर्षको रुपमा मनाउने निर्णय
9. २०७१ मंसिर २४ देखि सर्वोच्च अदालतले अनलाइन तारेक सेवाको शुरुवात
10. १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एकमात्र पदक (काश्य)
विजेता करातेकी विमला तामाङ
11. २०७१ मंसिर २४ देखि एस.एल.सी.मा ग्रेडिङ सिस्टम फेल नहुने
प्रणालीको शुरुवात
12. नोवेल शान्ति पुरस्कार २०१४ पाकिस्तानकी मलाला युसुफ जाई र भारतका कैलाश
सत्यार्थीलाई
13. छैठौं कृषि गणना २०७० अनुसार सवैभन्दा बढी र कम कृषियोग्य जमिन
भएको जिल्ला मोरङ र मनाङ
14. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७१ साउन १८ र
१९ गते नेपाल भ्रमण
15. २० औं विश्वकप फुटवल प्रतियोगितामा गोल्डेन बल पाउने व्यक्ति लियोनल मेसी
16. २० औं विश्वकप फुटवल प्रतियोगितामा खेलाइएको बलको नाम ब्राजुका
17. २० औं विश्वकप फुटवल प्रतियोगिताद्वारा गोल लाइन टेक्नोलोजीको शुरुवात
18. नेपालमा मौद्रिक नीति २०७१ साउन २ देखि जारी
19. सिन्धुपाल्चोकको जुरेमा २०७१ साउन १४ मा भिषण पहिरो
20. स्वास्थ्य नीति २०७१ साउन २४ मा घोषणा
21. महा नायक नेल्सन मण्डेलाको निधन सन् २०१३ डिसेम्बर ५
22. नेपालको पहिलो घोषित खुल्ला दिशा मुक्त अञ्चल धौलागिरी
23. एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट शुरुवात भएको
24. सार्कको नमूना गाउँ लम्जुङको घलेगाउँ
25. प्रधानमन्त्री समक्ष सपथ गर्ने पहिलो प्रधान सेनापति रुक्माङ्गद कट्वाल
26. चमेरे गुफा कास्की, विचित्र गुफा गुल्मी
27. खुला कारागारका लागि छनौट गरिएको जिल्ला बाँके
28. भूत कुवा रुपन्देही जिल्लामा
29. नेपाल र बंगलादेशवीच दोहोरो करमुक्ति सम्झौता २०७१ माघ १५
30. संगीत क्षेत्रको ठूलो एवार्ड ग्रामी एवार्ड
31. कर्णालीमा प्रचलित पर्व भूवो
32. प्रकृतिको कुचिकार गिद्ध
33. तामाङ संग्राहालय रसुवामा छ भने लेप्चा संग्राहाल इलाममा छ । त्यसैगरी थारु
संग्राहालय चितवन र बर्दियामा रहेको छ ।
34. धिमाल संग्राहालय मोरङमा पर्दछ भने मेचे संग्राहालय झापामा पर्दछ ।
35. काग र शर्प संग्राहालय झापामा पर्दछ ।
36. राउटेकी भान्जी भनेर सत्यदेवी खड्कालाई चिनिन्छ ।
37. अंग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता वितरण शुरु २०६६ मंसिर १ देखि
38. INBAR बाँस वा बेतबाँस सँग सम्बन्धित छ ।
39. रिमोट कन्ट्रोलमा इफ्रा च्भम च्बथ प्रयोग हुन्छ ।
40. ओलम्पिक ज्योति सगरमाथाको चुचुरोमा पहिलोपटक २०६५ वैशाख २६ गते पु¥याइयो
41. निजामती कर्मचारी सगरमाथाको चुचुरोमा पहिलोपटक २०६८ जेष्ठ ४
42. २०७१ माघ १४(१९ मा सञ्चार‚ सूचना तथा प्रविधिसम्बन्धी बृहत मेला क्यान
इन्फोटेक २०१५ सम्पन्न
43. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास २०६८ जेष्ठ ४
44. सबैभन्दा बढी रोजगारी दिने औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र
45. Plan Holly Day वर्ष भनेको योजना विहीन वर्ष (नेपालमा हालसम्म २०१८,
२०४७ र २०४८)
46. जटायु रेष्टुरेन्ट गिद्ध संरक्षणसँग सम्बन्धित (नवलपरासी)
47. संविधान सभाका विजयी ५६६ सभासदहरुद्धारा सपथ ग्रहण २०७० माघ ७
48. संविधानसभाको पहिलो बैठक २०७० माघ ८ संविधानसभा भवनमा बसेको
49. पूर्वप्रधानन्याधिश विश्वनाथ उपाध्यायको निधन २०७० माघ १६
50. गाउँ पर्यटन केन्द्र स्याङ्जानको सिरुबारीमा
51. IT पार्क काभ्रे (बनेपा)
52. नेपालको पहिलो ग्रामीण सूचना केन्द्र पर्वत
53. ग्रिनगोल्ड चियासँग सम्बन्धित छ ।
54. विश्वको पहिलो नगदेबाली चिया
55. नारायणहिटी दरवार संग्राहालय सर्वसाधारणका लागि खुला २०६५ फागुन १६
56. हलिया प्रथाको उन्मुलन २०६५ भाद्र २१
57. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाललाई विश्व क्रिकेट
लिग च्याम्पियनसिपमा सहभागी हुने निर्णय सन् २०१५ जनवरी २८
58. २०७१ मंसिर १५ बाट नेपाल र चिन बीच रसुवागढी नाका औपचारिक
रुपमा खुला
59. नेपालमा शासकीय सुधार कार्यक्रम एसियाली विकास
बैंकको सहयोगमा सञ्चालित
60. अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय पोखरा (कास्की)
61. नेपालको प्रथम फोटोग्राफर डम्बर शमशेर राणा
62. नेपाल सरकारले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कतार
63. नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुला गरिएका मुलुक १०९ (अन्तिम– कङ्गो)
64. नेपालले २०७१ पौष सम्म ३६ राष्ट्रसँग हवाई सम्झौता
65. कमलरी मुक्त घोषणा २०७० साउन १
66. मोहियानी हकको अन्त्य २०५३ पौष २४
67. धान उत्पादनको दृष्टिले नेपाल १८ औं स्थानमा
68. नेपालमा मा.प.से.चेक २०६८ मंसिर १७ देखि
69. साक्षर नेपाल अभियान शुरु सन् २०१५
70. ज.चु.का.लि. बन्द २०७० असार २०
71. मदन पुरस्कार(२०७०) राधा पौडेल, "खलंगामा हमला" (२ लाख)
72. टेक्निकल माउन्टेन भनेर आमादब्लाम हिमाललाई चिनिन्छ । (सोलु)
73. हाल संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई
74. २०७१ देखि नागरिक स्वास्य विमा कार्यक्रम नेपालको बाग्लुङ, इलाम र कैलालीमा
75. UNDP अनुसार मानव विकास सूचकाङ्क २०१४ अनुसार सवैभन्दा पछि परेको जिल्ला बाजुरा
76. मानव विकास सूचकाङ्क प्रतिवेदन २०१४ मा नेपाल १४५ औं स्थानमा
77. बैंक अफ द इयर २०१४ ग्लोबल आइ.एम.इ.बैंक
78. २०७१ मंसिर ९ गते ट्रामा सेन्टरको उद्घाटन
79. नेपालका किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल
जीवनबाट २०७१ माघ १७ गते सन्यास लिएको घोषणा
80. नेपालको पहिलो ३ मुखे झोलुङ्गे पुल गुल्मी, पाल्पा र स्याङ्जाको संगम
रिडी (निर्माणाधीन)
81. १० औं औद्योगिक गणना २०६९ अनुसार सवैभन्दा बढी उद्योग प्रतिष्ठान
रहेको जिल्ला रुपन्देही
82. मृत मानिसको मुटु विरामी व्यक्तिमा सफल प्रत्यारोपण गर्ने
नेपाली डा.कुमुद धिताल
83. नेपाल सरकारद्वारा पेट्रोलियम पदार्थमा २०७१ आसोज १३ देखि मूल्य प्रणाली लागू
84. दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १० जना महिला निर्वाचित
85. दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी हुने सभासद
शेरबहादुर देउवा
86. वालस्ट्रिक कब्जा आन्दोलन आर्थिक समानतासँग सम्बन्धित छ ।
87. उर्लँदो सयकरोड अभियान महिला र किशोरी माथि हुने हिंसासँग सम्बन्धित छ ।
88. उर्लँदो सयकरोड अभियानका प्रस्तावक इभा एन्सलर (अमेरिकी)
89. सार्क बिउ बैंक माल्दिभ्समा रहेको छ ।
90. जलवायु परिवर्तन सम्बन्धि कोप-२१ भेला फ्रान्समा
91. काठमाडौंस्थित पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणका लागि काठमाडौं महानगरपालिका र
जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच सम्झौता २०७१ माघ १०
92. अमेरिकी राष्ट्रपति बाराक ओबामा तिन दिने भारत
भ्रमणका क्रममा नयाँदिल्ली सन् २०१५ जनवरी २५
93. नेपाल भारतबीच विपा सम्झौता २०६८ कार्तिक ४
94. नेपाल भारतबीच दोहोरो कर अन्त्यको घोषणा २०६८ मंसिर ११
95. विमिस्टेकको आगामी हुने चौथो सम्मेलन नेपालमा
96. विमिस्टेकको सहयोगका क्षेत्र १४ वटा
97. बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि नेपाल सरकारले पहिलो पटक २०७० श्रावण ३० गते
संकटग्रस्त क्षेत्र घोषणा गरेको जिल्ला भक्तपुर
98. विमिस्टेकको सचिवालय बंगलादेशमा
99. विमिस्टेकको महासचिव सुमथ नकन दाला (श्रीलंका)
100. रियो प्लस २० दीगो विकासँग सम्बन्धित छ भने बेइजिङ प्लस २०
महिला सशक्तिकरणसँग








 वैज्ञानिकका पिता – थोमस एल्बा एडिसन
➤ विज्ञानका पिता – अल्बर्ट आइन्स्टाइन
➤ इतिहासका पिता – हेरोडेटस
➤ भूगोलका पिता – एरेस्थनिक
➤ मानव भूगोलका पिता – फ्रेडरिक राजेल
➤ समाजशास्त्रका पिता – अगस्ट काम्टे
➤ विद्दुतका पिता – माइकल फाराड़े
➤ चिकित्साशात्रकापिता – हिपोक्राइटस
➤अर्थशास्त्रका पिता – आदम Smith
➤ वंशानु (genetics) का पिता – ग्रेगर मेण्डल
➤ पाठ्यपुस्तकका पिता – जोहान ए. कमेनियस
➤ रसायनशास्त्रका पिता – रोबर्ट बोयल
➤ आधुनिक भौतिकशास्त्रका पिता–सर आइज्याक न्युटन
➤ रक्तसंचारका पिता – विलियम हार्वे
➤ उत्तर आधुनिकवातक पिता – अलफ्रेडिक नित्से
➤ English Language Teaching (ELT) का पिता– जेरोमी हार्मर
➤ ज्यामितीका पिता – पाइथागोरस
➤ मनोविज्ञानका पिता – जीन पियाजे
➤ शिक्षाका पिता – जोन डिवे
➤ क्रिकेटका पिता – डब्लु. जी. ग्रेड
➤ प्रयोगात्मक विज्ञानका पिता – आर्कीमीडिज





लोक सेवा आयोगका परीक्षा सहयोगी सामग्री
प्रशासनिक अभिरुची परिक्षणका लागि सम्भावित प्रश्नहरु
१. कुन महासागरलाई वाणिज्य महासागर पनि भनिन्छ ? – आन्ध्र
२. विपस्वी बुध्द किनन युगमा नेपाल आएका थिए ? – सत्ययुग
३. अक्षय तृतीया कहिले पर्छ ? – वैशाख शुक्ल तृतीया
४. रणबहादुर शाहको रुपमा पुनर्जन्म लिएको मानिएका राजा को हुन् ? –
जयप्रकाश मल्ल
५. लिच्छवीकालमा कुथेर अड्डाले के काम गर्थ्यो ? – राजश्व उठाउने
६. किराँतकालमा जिल्लाको प्रमुखलाई के भनिन्थ्यो ? – विषयाधिपती
७. साधारण र विकास बजेट कहिलेदेखि छुट्याउन थालियो ? – वि.सं. २०१८
८. पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रिल २२
९. International Green Cross को स्थापना कहिले भएको हो ? – सन् १९९२
१०. रेडियो प्रसारणका आविष्कारक को हुन् ? – गुल्मिलो मार्कोनी
११. सूर्यको प्रकाश ७ रंगको प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने
वैज्ञानिक को हुन ? – न्यूटन
१२. रुपाबाहिनी कुन देशको टेलिभिजन हो ? – श्रीलंका
१३. सार्क पुरस्कारको घोषणा कहिले भएको हो ? – सन् १९९६
१४. UNICEF को प्रधान कार्यालय कहाँ छ ? – न्युयोर्क
१५. “सोतालो” नामक कृतिका लेखक को हुन् ? –डोरबहादुर बिष्ट
१६. २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ? – राधा पौडेल
१७. उखु खेतीका लागि कति से.मी. बर्षा आवश्यक हुन्छ ? – १५०
१८. रारा ताललाई कहिले महेन्द्र ताल नामाकरण गरियो ? – वि.सं. २०२२
१९. कालाहारी कुन महादेशमा पर्छ ? – अफ्रिका
२०. हिरण्य महाविहार कहाँ पर्छ ? – पाटन
२१. डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको हो ? – मिश्र
२२. लिच्छविकालमा महान्यायधिवक्तालाई के भनिन्थ्यो ? –
महासर्वदण्डनायक
२३. नेपाल अधिराज्यको प्रधान
न्यायालयको स्थापना कसको पालामा भएको हो ? – जुध्दशमसेर
२४. राणाकालमा पहाडी जिल्लाको संख्या कति थियो ? – २०
२५. जनमत संग्रह गराउने घोषणा कहिले भएको हो ? – २०३६ जेठ १०
२६. मुल्य अभिवृध्दि कर (VAT) १०% बाट १३% कहिले बाट बनाइएको हो ? –
२०६२ वैशाख २
२७. प्रथम पञ्चवर्षीय योजनामा वैदेशिक सहयोगको हिस्सा कतो प्रतिशत
थियो ? – ८९.७%
२८. पृथ्वीको सतहबाट कति उचाइसम्मको भागलाई वायुमण्डल भनिन्छ ? – ९७
किमि
२९. ओजोन तह दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर १६
३०. IUCN को प्रधान कार्यालय कहाँ छ ? – जेनेभा
३१. ज्योतिषशास्त्रअनुसार योग कतिवटा हुन्छन् ? -२७
३२. कोकाकोलाका आविष्कारक को हुन् ? – जोन यस्टर्डन
३३. सार्क प्रलेख केन्द्र कहाँ रहेको छ ? – भारत
३४. युरोपेली मुद्रा युरोको प्रचलन कहिलेदेखि भएको हो ? – सन् २००२
३५. भारतको राष्ट्रिय जनावर के हो ? – बंगाली चितुवा
३६. स्वाइनफ्लुबाट मृत्यु हुने पहिलो नेपाली को हुन् ? – भवकृष्ण भण्डारी
३७. नेपालले एसियन क्रिकेट काउन्सिलको सदस्यता कहिले प्राप्त गरेको हो ?
– सन् १९९४

नेपालको संवैधानिक तथा राजनीतिक प्रश्नोत्तर


१..नेपालको संवैधानिक तथा राजनीतिक प्रश्नोत्तर
नेपाल सरकार वैधानिक कानुन घोषणा कहिले भएको थियो ? –वि.सं. २००४
साल माघ १३ गते
नेपाल सरकार वैधानिक कानुन कहिले जारी भएको थियो ? –वि.सं. २००५
बैशाख १ गते
नेपाल सरकार वैधानिक कानुन, २००४ जारी गर्ने
राणा प्रधानमन्त्री को थिए ? –पद्य शमशेर
नेपाल सरकार वैधानिक कानुन, २००४ मा कति भाग र कति धारा रहेका थिए ?
–६ भाग ६८ धारा १ अनुसूची
नेपालको दोस्रो लिखित संविधान कुन हो ? –नेपाल अन्तरिम शासन विधान,
२००७
नेपाल अन्तरिम शासन विधान, २००७ कहिलेबाट जारी भएको थियो ? –२००८
भाद्र ४ बाट
नेपाल अन्तरिम शासन विधान, २००७ कसले जारी गरेको हो ? –श्री ५ त्रिभुवन
नेपाल अन्तरिम शासन विधान, २००७ मा कति भाग र
कति धारा रहेको थियो ? –सुरुमा ७ भाग ४७ धारा र पछि संशोधन हुदै
जाँदा ७ भाग ७३ धारा १ अनुसूची
नेपाल अन्तरिम शासन विधान, २००७ को कतिऔं संशोधनबाट नेपाल
सरकारको ठाउँमा श्री ५ को सरकार लेख्न सुरु गरिएको हो ? –चौथो संशोधन,
२०१५।२।२बाट
नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भएको थियो ? –वि.सं.
२०१५ फाल्गुण १ गतेबाट
नेपाल अधिराज्यको संविधान, २०१५ कति परिच्छेद, भाग र
धारा व्यवस्था गरिएको थियो ? –१० भाग, ७७ धारा, १० परिच्छेद
संकटकालिन अधिकार कति औं धारामा व्यवस्था गरिएको थियो ? –
धारा ५५ मा
नेपाल अधिराज्यको संविधान, २०१५ को संकटकालिन अधिकार धारा ५५
को प्रयोग श्री ५ महेन्द्रबाट कहिले भएको थियो ? –२०१७ पौष १ गते
नेपाल अधिराज्यको संविधान, २०१५ मस्यौदा आयोग
कसको अध्यक्षतामा गठन गरिएको थियो ? –लो.से.आ.का का.मु. अध्यक्ष
भगवतीप्रसाद सिंहको
नेपालको संविधान, २०१९ को मस्यौदा आयोगका अध्यक्ष को थिए ? –
ऋषिकेश शाह
नेपालको संविधान, २०१९ मा कतिपटक संशोधन भयो ? – ३
नेपालको संविधान, २०१९ मा कति भाग, धारा र
अनुसूचीको व्यवस्था गरिउको थियो ? –२० भाग ९६ धारा ६ अनुसूचीको
नेपालको संविधान, २०१९ कहिले देखी जारी भयो ? –वि.सं. २०१९ पौष १ देखि
नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भयो ? –वि.सं. २०४७
कात्तिक २३ गत
संविधान सुझाव आयोग २०४७ कसको अध्यक्षतामा गठन भएको थियो ? –
सर्वोच्च अदालतका न्यायधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा
नेपाल अधिराज्यको संविधान, २०४७ कति भाग, धारा, र
अनुसूचीको व्यवस्था गरिएको छ ? –२३ भाग, १३३ धारा र ३ अनुसूची
नेपाल अधिराज्यको संविधान, २०४७ मा संकटकालिन अधिकार कति औं
धारामा व्यवस्था गरिएको थियो ? –धारा ११५ मा
नेपालको अन्तरिम संविधान २०६३, नेपालमा जारी भएको कति औं लिखित
संविधान हो ? –छैठौं
मौलिक हकको व्यवस्था कति भाग र कति धारामा व्यवस्था गरिएको छ ? –
भाग ३ को धारा १२ देखि ३२ सम्म
नेपालको सबैभन्दा जेठो पार्टी नेपाल प्रजा परिषदको स्थापना कहिले
भयो ? –वि.सं. १९९३ जेष्ठ २२
जनमत संग्रह गर्ने घोषणा कहिले भएको थियो ? –वि.सं. २०३६ जेष्ठ १० गते
राष्ट्रिय जनमत संग्रह कहिले भएको थियो ? –वि.सं. २०३७ जेष्ठ २० गते
जनमत संग्रहमा नेपाल राज्यभित्र कति मतदान केन्द्रहरु थिए ? –१०,००६
जनमतसंग्रहमा पञ्चायत पक्षले कति जिल्लामा बहुमत प्राप्त गरेको थियो ? –
५५
विश्वेश्वर प्रसाद कोइरालाको निधन कलिहे भएको हो ? –२०३९ श्रावण ६
नेपालमा कहिले बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ? –२०४६ चैत्र २६ गते
नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भयो ? –२०४७ कात्तिक २३
गते

Sunday, February 1, 2015

केही समसामायीक जानकारीहरू

केही समसामायीक जानकारीहरू
----------------------------------
√ अमेरिकि राष्ट्रपति बाराक
ओबामाको पछिल्लो पटक भारत भ्रमण - २०१५
जनवरी २५-२७
√ २०१४ जनवरीमा निधन हुनु
भएका साउदी अरेबिया राजा - अब्दुल्लाह विन
अब्दुल्लाहजीज अल साउज
√ २०७१ पुस ४ मा काठमाडौं मा सम्मपन्न सार्क
महिला भलिवल को बिजेता - भारत
√ जैविक प्रविधि राष्ट्रिय सम्मेलन सम्मपन्न -
२०७२/८/६-७
√ नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य
प्रणाली लागू - २०७१ असोज ६
√ जलवायु परिवर्तन सम्बन्धि कोप-२१ भेला - फ्रान्स
√ केन्द्रिय तथ्याकं विभाग २०७१ अनुसार
नेपालीहरुको दैनिक औसत खर्च - १२२ रूपैयाँ
√ नेपाल ISO को पूर्ण सदस्य - २०१४ जनवरी १
√ नेपालकै सबैभन्दा बढी उद्धोग प्रतिष्ठान
भएको जिल्ला - सप्तरी
√ नेपाल सरकारले सरकारी कार्यलयमा १२ घण्टे
सेवा प्रवाह संचालन सुचारू - २०७१ पुस १
√ विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश -
गुयना (नेपाल ८ औं मा)
√ नेपाल सरकारले
नेपाली नोटमा राजाको फोटोको सट्टा सगरमाधाको फोटो राख्ने
निर्णय - २०६३ माघ २६
√ सार्वजनिक मर्यादाक्रमअनुसार शाखा अधिकृत - २६
औं स्थानमा
√ नेपालमा SLC मा ग्रेडिगं प्रणाली सुरू - २०७१ मंसिर
२४
√ GMR र लगानी वोर्डविच PDA मा हस्ताक्छर -
२०१३/९/१९
√ हालसम्म युरो मुद्रा लागु गर्ने मुलुक - १८ वटा (अन्तिम
- लात्भिया)
√ नेपालमा भूकम्प मापन केन्द्र - २१ वटा
√ जनताले कर तिर्नु नपर्ने एक मात्र मुलुक - बहमास
√ माओवादी लडाकुहरु नेपाली सेनामा प्रवेश - २०७०
असार २१
√ Candy Cross का डेभलपर - Tommy Palm
√ नेपाल र चिनबिच रसुवागढी नाका औपचारिक
रुपमा खुला - २०७१ मंसिर १५