Thursday, September 24, 2015

पछिल्ला ३ संविधानकाे तुलना

पछील्ला ३ संविधान तुलनात्मक अध्ययन

१= नेपाल अधिराज्यको संविधान, २०४७,
२ = नेपालको अन्तरिम संविभान, २०६३
३= नेपालको संविधान (२०७२)

A सार्वभौमसत्ता–
१.जनतामा निहित,
२.जनतामा(राजकिय सत्तापनि),
३.जनतामा (राजकिय सत्तापनि)
B राज्य–
१.हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य,
२.धर्म निरपेक्ष समावेशी र पूर्ण लोकतान्त्रिक,
३.धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवादी उन्मुख संघिय
लोकतान्त्रिक गणतन्त्रात्मक
C नागरिकता –
१.बंशज, अंगिकृत र मानार्थ
२.बंशज, अंगिकृत र मानार्थ
३. बंशज, अंगिकृत, मानार्थ र गैर आवाशिय नेपाली बाबु वा आमाको
नामबाट प्रदेशको पहिचान हुने ।
D भाषा –
१.नेपाली राष्ट्र भाषा र सरकारी कामकाजको भाषा र अन्य
मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता
२.नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा तर नेपाली
सरकारी कामकाजको भाषा, स्थानिय निकायमा अरु
मातृभाषामा पनि हुन
३. केन्द्रमा पुरानै निरन्तर, प्रदेशमा अन्य मातृभाषामा पनि सरकारी
कामकाजको हुन र भाषा आयोगले मापदण्ड बनाएर भाषा सिफारिश
गर्ने ।
E . शासकीय स्वरुप –
१.कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा
२. कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा
३.कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ।
F सरकार प्रमुख –
१.प्रधानमन्त्री, संसदको बुहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता
२. प्रधानमन्त्रि, सबैदलको सहमति प्राप्त वा बहुमत प्राप्त व्यक्ति ।
३.प्रधानमन्त्रि, संसदको बहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता,
दुई बर्ष सम्म अविश्वासको प्रस्ताव नलाग्ने । एक पटक अविश्वास
प्रस्ताव असफल भएपछि अर्काे एक बर्ष सम्म राख्न नपाउने र
अविश्वासको प्रस्ताव राख्दा बैकल्पिक प्रधानमन्त्रिको नाम दिनु
पर्ने ।
G राष्ट्र प्रमुख –
१.राजा, राजा विहिनताको कल्पना छैन
२. राष्ट्रपति, राष्ट्रिपति निर्वाचन अधि प्रधानमन्त्रिले राष्ट्र
प्रमुखको काम गर्ने
३. राष्ट्रपति, राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खालि भएका
प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ।
H राज्यको संरचना –
१.एकात्मक
२. संघिय हुने उल्लेख
३. संघ, प्रदेश र स्थानीय तह हुने प्रष्ट ।
I. नागरिक कर्तव्य –
१. छैन
२. छैन
३. नागरिक कर्तव्य उल्लेख राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु
पर्ने ।
J. संधी सम्झौता –
१. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
२. संसदको २/३ वाट अनुमोदन हुनु पर्ने
३. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
H. संसद विघटन –
१.प्रधानमन्त्रिले गर्न सक्ने
२. गर्न नसकिने
३. राष्ट्रपतिले गर्न सक्ने ।
K. प्रदेश सरकार –
१.छैन
२. छैन
३. प्रधानमन्त्रिको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त
गर्ने, व्यवस्थापिकाको २०% भन्दा बढीको प्रदेशको मन्त्रिपरिषद
नहुने ।
L. व्यवस्थापिका –
१. २ सदनात्मक
२. १ सदनात्मक
३.केन्द्रमा २, प्रदेश र स्थानिय तहमा १ सदनात्मक संघिय संसदमा १/३
महिला अनिवार्य ।
M. न्यायपालिका –
१. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह
२. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह
३. जिल्ला उच्च र सर्वोच्च गरी तीन तह, उच्च अदालतले पनि मौलिक
हक सम्बन्धि रिट हेर्न पाउने र सर्वोच्च मै एक संवैधानिक इजलास रहने
नयाँ व्यवस्था ।
N. संवैधानिक निकाय –
१. ४ निकाय
२.६ निकाय
३.१३ निकाय
O.प्रशासन-
१.केन्द्र सरकारले मात्र सरकारी सेवा गठन गर्न सक्ने
२. निरन्तरता
३. प्रदेश, गाउँ पालिका र नगरपालिकाले पनि सरकारी सेवा गठन गर्न
सक्ने ।
P. सुरक्षा-
१. शाही नेपाली सेना र नेपाल प्रहरी
२. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल
३. संघमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी, राष्ट्र गुप्तचर
तथा अनुसन्धानका संगठन रहने र प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन
रहने।
Q. मन्त्रिपरिषदको आकार-
१. असिमित
२. असिमित
३. २५ सदस्यमा सिमित

Wednesday, September 23, 2015

समसामयिक जानकारी

समसामयिक
जानकारी
1.कलारत्न उपाधी २०७२ कसलाई प्रदान गरियो?
-महजोडीलाई
2. बि.सं 2072 मङ्सिर 11 देखि 18 सम्म पूर्वाञ्चलमा हुने सातौं
राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेस गर्ने निर्णय
गरेको छ ?
-३५ खेल
3. अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौं १७ मा
सार्वजानिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति
प्रतिशत रहेको छ ?
-७.५ प्रतिशत
4. नेपाल बायुसेवा निगमद्धारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको
दोश्रो एयरबस ए–३२० लाई के नामाकरण गरिएको छ ?
– लुम्बिनी
5. सार्क अर्थ मन्त्री स्तरीय वैठक नेपालमा कहिले वस्यो?
– २०७२ भदौ ३ गते
6. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा
उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?
-कबड्डी
7. सन् २०१५ मे मा विश्वको कुन ठाउँमा अत्याधिक गर्मीका कारण
झन्डै २५ सय मानिसको ज्यान गयो ?
– भारत
8. सरकारद्वारा प्रदान गरिने सर्वोक्रिष्ट निजामती सेवा
पुरस्कारको राशी कति रहेको छ ?
-रु. दूई लाख[यो वर्ष कसैलाई पनि दिईएन]
9. वि. स. २०७२ मा प्रदान गरिने मदन पुरस्कारबाट कसलाई सम्मानित
गरिने भएको छ ?
– विजयकुमार पाण्डे (खुसी)
10. वि. स. २०७२ मा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गर्ने
स्रस्टा को हुन् ?
-अंगुरबाबा जोशी
11. राजेन्द्र क्षेत्री नेपाली सेनाको प्रधानसेनापति तथा
महारथीका रुपमा कहिले पदासिन भए ?
– वि. स. २०७२ भदौ २४ गते
12.हाल नेपालमा नगरपालिकाको संख्या कति छ?
-२१७
13.संविधान सभावाट संविधान जारी गर्ने नेपाल विश्वको कति औ
मुलुक हो?
-४४ औ
14.हालै अन्तरीक्षमा सवैभन्दा वढी समय विताउने व्यक्तीको रुपमा
कसले रेकर्ड कायम गरेका छन?
-रुसका जेनाडी पाडल्को
15.यो वर्ष राष्टिय पत्रकारीता पुरुस्कार कसलाई प्रदान गरियो?
-धर्मेन्द्र झा
16.संयुक्त राष्टसंघका हालका उपमहासचिव के हुन?
-जन ईलियासन

नेपालकाे संविधानका भागहरू

भाग १ – प्रारम्भिक
भाग २ – नागरिकता
भाग ३ – मौलिक हक र कर्तव्य
भाग ४ – राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ – राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ – राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ – संघिय कार्यपालिका
भाग ८ – संघिय व्यवस्थापिका
भाग ९ – संघिय व्यवस्थापन कार्यविधि
भाग १० – संघिय आर्थिक कार्यविधि
भाग ११ – न्यायपालिका
भाग १२ – महान्यायाधिवक्त ा
भाग १३ – प्रदेश कार्यपालिका
भाग १४ – प्रदेश व्यवस्थापिका
भाग १५ – प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ – प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ – स्थानीय कार्यपालिका
भाग १८ – स्थानीय व्यवस्थापिका
भाग १९ – स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० – संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध
भाग २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ – महालेखा परीक्षक
भाग २३ – लोकसेवा आयोग
भाग २४ – निर्वाचन आयोग
भाग २५ – राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ – अन्य आयोगहरु
भाग २८ – राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ – राजनीतिक दलसम्बन्धी व्यवस्था
भाग ३० – संकटकालीन अधिकार
भाग ३१ – संविधान संशोधन
भाग ३२ – विविध
भाग ३३ – संक्रमणकालीन व्यवस्था
भाग ३४ – परिभाषा र व्याख्या
भाग ३५ – संक्षिप्त नाम, प्रारम्भ र खारेजी

Saturday, September 19, 2015

नगरपालिका 204 पुग्यो

२०४ नगरपालिका, (2072-06-01)
१२ उपमहानगर,
१ महानगरपालिका
७ जिल्ला नगरपालिकाबिहीन :मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनाङ र
मुस्ताङ
३ हजार १ सय ५७ गाविस
सुदूरपश्चिमको धनगढीलाई पनि उपमहानगरपालिका घोषणा ।

Thursday, September 17, 2015

साताैं संविधानका मूलभूत विशेषताहरू:

नेपालकाे संविधान 2072 का मूख्य विशेषता:
– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
– सार्वभौम र राजकीय सत्ता
जनतामा
– सात प्रदेशको संघीय संरचना
– संघ , प्रदेश र स्थानीय गरी तीन तहको
राज्य संरचना
– संघीय र प्रदेश संसद्बाट निर्वाचित
संवैधानिक राष्ट्रपति
– सुधारिएको संसदीय शासन प्रणाली ,
संसद्बाट निर्वाचित प्रधानमन्त्री
कार्यकारी प्रमुख
– प्रधानमन्त्रीले संसद् विघटन गर्न
नपाउने
– दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
– दुईतिहाइले संशोधन गर्न सकिने
– मिश्रित निर्वाचन प्रणाली
– केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय
संसद्
– प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११०
सहित २७५ सदस्य
– केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
– राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट
मनोनीत ३ सहित ५९ सदस्य
– प्रदेशमा एक सदनात्मक संसद्
– ७ प्रदेशमा कुल सांसद ५५०
– प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट
नियुक्त प्रदेश प्रमुख
– प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी
मन्त्रिपरिषद्
– प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
– ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
– प्रदेशको सीमांकन संघीय आयोगले टुङ्ग्याउने
– प्रदेशको नामकरण प्रदेश संसदको दुईतिहाइले गर्ने
– प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले
तोकेको स्थानबाट कार्य सञ्चालन हुने ।
– संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र
विभाजन
– प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको
अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
– एकीकृत न्यायपालिका
– केन्द्रमा सर्वोच्च अदालत
– सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
– प्रदेशपिच्छे उच्च अदालत
– साबिक जिल्लामा जिल्ला अदालत
– आमा वा बाबुको नामबाट वंशजको नागरिकता
– धर्मनिरपेक्ष राष्ट्र
– धर्मनिरपेक्षताको व्याख्या – धर्मनिरपेक्षता भन्नाले सनातनदेखि
चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक , सांस्कृतिक
स्वतन्त्रता सम्झनुपर्छ
– मधेसी, थारू, मुस्लिम , आदिवासी जनजातिका लागि छुट्टाछुट्टै
आयोग
– सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको
देवनागरिक लिपिमा नेपाली
– राष्ट्रिय जनावर गाई , राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
– जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
– जिल्लामा निर्वाचित जिल्ला सभा रहने
– सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको
पुन:संरचना गर्ने
– स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था
– चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी
कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा
रहने ।
– ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका
दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
– संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा
सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन
व्यवस्था

Tuesday, September 15, 2015

नयाँ संविधानका कुरा

नयाँ संविधानको मस्यौदामा थप गरिएका मौलिक हक :-
१. आवासको हक
२. आमसंचारको हक
३. खाद्य सम्बन्धि हक
४. दलितको हक
५. जेष्ठ नागरिक सम्बन्धि हक
६. उपभोक्ताको हक
७. अपराध पिडितको हक

नेपालको संविधानको प्रारम्भिक मस्यौदामा थप गरिएका संवैधानिक
आयोगहरु :
१. राष्ट्रिय प्राकृति स्रोत तथा वित्तीय आयोग (भाग २५)
२. राष्ट्रिय महिला आयोग (भाग २६)
३. राष्ट्रिय दलित आयोग (भाग २७)
४. राष्ट्रिय समावेशी आयोग (भाग २८)


प्रश्नोत्तर

केहि प्रश्नोत्तर
१) नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार को हुन् ?
✔जर्ज बनार्ड शा
२) मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो?
✔ मानव
३) "नेपाल गोल्ड कप" कुन खेलमा प्रदान गरिन्छ?
✔ घोडा दौड
४) सौय उर्जाबाट चल्ने फ्रिजको आविष्कार सर्वप्रथम कुन देशमा भएको
हो ?
✔ फ्रान्स
५) इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र
निकाय कुन हो ?
✔ केन्द्रिय पुस्तकालय किर्तिपुर
६) छाँया देखि डराउने रोगलाई के भनिन्छ ?
✔ साइओफोबिया
७) ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
✔ अलैँची
८) हाते कागजको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
✔ बाग्लुङ
९) मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?
✔ जोन मेयनार्ड किन्स
१०) अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना
गरिएको छ भने जैविक प्रयोगशाला कुन ठाउँमा रहेको छ ?
✔ जनकपुर
११) तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ?
✔ हाइड्रोमिटर
१२) पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ?
✔ हाइड्रोफोन
१३) मेनोमिटरले के मापन गर्दछ ?
✔ ग्याँसको दबाब
१४) एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ?
✔ ७० डिग्री फेरनहाईट
१५) कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ?
✔ इक्युरेटर

Friday, September 4, 2015

केही महत्वपूर्ण सामान्यज्ञान

 केही महत्वपूर्ण सामान्यज्ञान
१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि
राजा को हन् ?
– वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा
कहिले गरिएको थियो ?
– वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका
बाबु बालनरसिंह कुँवरले छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई
फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन
राणा प्रमले बसालेका हुन् ?
– चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष
सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक
द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने
व्यवस्था मिलाएको थियो ?
– जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी
तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था
कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?
– अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरिदेव मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम
सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो?
– जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन् जो ४० वर्षे लामो
शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द ग्रेटकी पत्नीको नाम के
थियो ?
– रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता
क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
– इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१
वर्षका थिए)
११. सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?
– डेनमार्क
१२. शनिबार नेपाल ले जस्तै बिदा दिने देश कुन हो?
– इजरायल
१३. रबरले निर्मित सडक कुन देश मा छ?
– फ्रान्स
१४. पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?
– रामापिथेकस
१५ बाबुले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन
हो?
– कादम्वरी
१६ केन्द्रीय बैंक नभएको देश कुन हो ?
– पानामा
१७ भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?
– कलिङ को युद्ध
१८ बिस्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने
ब्याक्ती को हुन?
– क्रोमस
१९ इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?
– ग्रीस
२०. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा
२१. सुदूर पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा
आधारित कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
२२. नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु२
लाख ) कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
२३. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
– प्रवज्या
२४. विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल
जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
२५. एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने
प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ?
– चीन
२६. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको
हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
२७. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई
मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको
अवस्थालाई के भनिन्छ?
– मोनोब्सनी
२८. अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक
गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने
लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
२९. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक
ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व
नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका
हुन् ?
– ३०२ हप्ता
३०. दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर तथा विश्वकै उत्कृष्ट
क्रिकेटर मानिने ज्याक कालिसले सबैखाले क्रिकेटबाट कहिले
सन्यास लिए ?
– सन् २०१४ जुलाई ३०
३१. ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?
– मेक्सिको
३२. World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को हुन् ?
– आरोन फिन्च (अस्ट्रेलिया)
३३. नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध
सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
– प्लासर
३४. निल आर्मस्ट्रङको निधन कहिले भएको हो
– 2012 अगष्ट 25
३५. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा
रहेको छ ?
– ९८ औं
३६. मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
– उभय
३७. जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
– थारू
३८. कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
– ल्होमी
३९. वाल्मीकि आश्रम कहाँ रहेको छ ?
– नवलपरासी (नारायणी नदीको किनारमा)
४०. कौटिल्यको वास्तविक नाम के हो ?
– विष्णु गुप्त
४१. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४२. मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका
साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न
भयो ?
– वि.सं २०७१ माघ १६–१८
४३. नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने
प्रतिवद्धता व्यक्त गरेको छ ?
– ७०
४४. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले
आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै
हो भन्ने भनाई कसको हो ?
– गौतम बुद्ध
४५. नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा
पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १७–१८, काठमाडौं
४६. दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका
लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता
सुवासघिसिङको निधन कहिले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४७. दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले
हुने भएको ?
– वि.सं २०७१ माघ १९ –२३
४८. मिस युनिभर्स २०१४ को उपाधि जित्ने युवती को हुन् ?
– पाउलिन मेगा
४९. नेपालको हाल ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता
भएको छ?
– ३६
५०. साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा
कहिले निधन भयो ?
– सन् २०१५ जनवरी २३
५१. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१
५२. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता
फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम
५३. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा
गरिएको हो?
– वि.सं २०६६ मंसिर १६ गते
५४.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्री दुबै
५५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा
गरिएको हो?
– अम्बर गुरुङ
५६.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई
मनाइयो?
– सन् २०११
५७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते
५८.वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको
गहिराई कति रहेको छ ?
– १४५ मिटर
५९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा
६०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को
लागि प्रसिद्ध छ?
– तेल
६१. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
६२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री
.६३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य
६४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक
६५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European
council,European commission,European court,European
parliament)
६६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत
६७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के
भनिन्छ?
– चौथो विश्व
६८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री
बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री
६९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C
७०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन
७१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र
कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची
७२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा
७३. सिक्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके
७४.कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?
– २०४८ साल
७५. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको
थियो ?
– ४ वटा
७६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना
पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
७७. २१.०२%
७८. वि सं २०६८ मा लिइएको जनगणना कतिऔँ हो ?
– एघारौ
७९. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५
८०. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ
८१. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा
८२. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)
८३.नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९
८४.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा
कति उचाईमा रहेको छ ?
– १६७७ मिटर
८५. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये
नेपालमा कतिवटा छन् ?
– ८
८६.सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय
पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६
८७. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
८८.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली
८९.नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति
वटा छन्?
– ३
९०.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण
९१.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
९२. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी
९३.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०
९४.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ
९५.नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?
– प्रधानमन्त्री
९६.विश्वको पहिलो नगदेवाली कुन हो ?
– चिया
९७.पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर
९८.साहित्यमा कति वटा रस छन ?
– ९ रस
९९. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा
१००. सर्वप्रथम मदन पुरस्कार पाउने औपन्यासिक कृति कुन हो ?
– मन
१०१. नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन
ठाउँमा सम्पन्न भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २, चितवन
१०२. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक
प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका
लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ?
– हेटौंडा
१०३. बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस
एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले
सम्पन्न भयो?
– वि.सं २०७० भाद्र २०
१०४. नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१ गते
१०५. चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष
यात्री निल आर्मस्ट्रङको निधन कहिले भयो?
– सन. २०१२ अगस्ट २५
१०६. विश्वकै सबैभन्दा होची महिला को हुन् ?
– ज्योति अम्गे ( भारत )
१०७. सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने
अर्थशास्त्री को हुन्?
– जीन टिरोल ( फ्रान्स )
१०८. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य
राष्ट्र कुन हो ?
– क्रोएसिया
१०९. राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा
विभाजन गरेको छ ?
– ७ भाग
११०. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन
हो ?
उत्तर :- भू-मध्य रेखा
१११. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
११२. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
११३. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
११४. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई
चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
११५. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
११६. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
११७. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
११८. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
११९. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
१२०. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको
नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२१. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१२२. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१२३. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१२४. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१२५. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१२६. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१२७. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१२८. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
१२९. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
१३०. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
१३१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
१३२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी
तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था
कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
१३३. 2019 को क्रिकेट विश्व कप कुन देशले आयोजना गर्दैछ?
-इंग्ल्याण्ड
१३४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
१३५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति
भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :- ४ भाग
१३६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
१३७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
१३८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
१३९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
१४०. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक
छ ?
उत्तर :- शुक्र
१४१. फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
१४२. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको
छ ?
उत्तर :- २९ %
१४३. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
१४४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
१४५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
१४६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
१४७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- रौतहट
१४८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल
सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था
सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
१४८. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो
भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
१४९. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
१५०. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २

नागरीक लगानी कोष चौथो तह २०७२ साउन १६ गते सोधिएका प्रश्न

नागरीक लगानी कोष चौथो तह २०७२ साउन १६
गते सोधिएका प्रश्न
1.1816 मार्च 3 मा भएको सुगौली सन्धिमा नेपालको तर्फवाट कसले
हस्ताक्षर गरे?
-गजराज मिश्र
2.अन्तरिम संविधान २०६३ वमोजिम राष्टपतिले को समक्ष सफत लिनु
पर्दछ?
-प्रधानन्यायधिश
3.पानी 100 डिग्री सेल्सियसमा उम्लिन्छ भने कति डिग्री
फरन्हेईटमा जम्छ?
-३२
4.A ballate is stronger than bullet कसको भनाई हो?
-अव्राहम लिंकन
5.नागरीक लगानी कोषमा वैङ्क तथा वित्तिय संस्थाहरुको शेयर
स्वामित्व कति हुन्छ?
-१० %
6.माघी कुन जातीको प्रमुख चाड हो?
-थारु
7.पहिलो सार्क सम्मेलन कुन देशले आयोजना गरेको हो?
-वंगलादेश
8.नेपालको मौद्रिक निती कसले जारी गर्दछ?
-नेपाल राष्ट वैङ्क
9.गौतम वुध्दने आफ्नो उपदेश कुन भाषामा दिएका थिए?
-पाली
10.दिईएका मध्ये कुन चाही केन्दिय वैङ्कको कार्य होईन?
-समासोधन ग्रहको काम गर्नु
11.राणाकालमा भष्टचार निवारण गर्ने कार्यालयलाई के भनिन्थ्यो?
-तवेला दलान
12.२०७२ सालको भुकम्पमा सवैभन्दा वढी ज्यान गुमाउने मानिस कुन
जिल्लाका थिए?
-सिन्धुपाल्चोक
13.नागरीक लगानी कोषले आफ्नो कारोवार कहिलेवाट शुरु गरेको
हो?
-२०४८ माघ १
14.नेपालको प्रमाणिक समय GMT भन्दा कति छिटो छ?
-५ घण्टा ४५ मिनेट
15.हावामा तलका मध्ये कुन ग्यासको मात्रा वढी हुन्छ?
-अक्सिजन
16.नेपाल राष्ट वैङ्कको स्थापना कहिले भयो?
-ई.स 1956
17.नेपालले कहिले सम्म विकाशसिल राष्टमा स्तरोन्नती गर्ने लक्ष्य
लिएको छ?
– सन 2022
18.नेपालको सवै भन्दा लामो झोलुग्ङे पुल कुन नदीमा छ?
-महाकाली
19.नेपालको अन्तरीम संविधान कहिले वाट लागु भयो?
-२०६३ माघ १
20.नागरिक लगानी कोषले विदेशी वैङ्क तथा वित्तिय संस्थासंग
कारोवार गर्दा कसको स्वीकृती लिनु पर्दछ?
-अर्थ मन्त्रालय
21.आ.व २०७२/७३ को कुल वजेट कति हो?
-८ खर्व १९ अर्व
22. ATM को पुरा रुप के हो?
-Automated Teller Machine
23.नेपालले कुन शालमा संयुक्त राष्ट संघको सदस्यता प्राप्त गर्यो?
-सन 1955
24.वित्तिय वजारमा उपलव्ध उपकरण मध्ये सवैभन्दा कम जोखिम
भएको उपकरण कुन हो?
-ट्रेजरी विल
25.विश्व जनसंख्या दिवश कहिले मनाईन्छ?
-जुलाई ११

नेपालले तय गर्यो दिगो बिकास लक्ष्य


नेपालले तय गर्यो दिगो बिकास लक्ष्य
– नेपालले संयुक्त रास्ट्र संघको आब्वानमा सन २०१५ को सेप्टेम्बर बाट
कायान्वयन हुने १५ वर्से दिगो विकास लक्ष्यका लक्ष्य गत सुचक तयार
गरेको छ
– रास्ट्र संघले तय गरेका १७ वटा लक्ष र १५९ वटा उदेश्य हरु मध्य
नेपालको आवस्यकता अनुसार विषय छनौट र कायान्यन गर्ने गरि
रास्ट्तृय योजना आयोगले लक्ष्य गत सुचक तय गरेको
नेपाल ले तय गरेको दिगो बिकास लक्ष्यहरु देहाय बमोजिम रहेका
१. कुपोषण घटाउने
२. मातृ मृत्युद र प्रत्येक १लाखमा ७० कायम गर्ने
३. नवजात शिशुको मृत्युदर १ प्रतिशत भन्दा कम गर्ने
४. सरुवा र नसर्ने रोगको प्रकोप एक तिहाइ कम गर्ने
५. ९० प्रतिशत सम्म सुरक्षित प्रसुती सेवा कायम गर्ने
६. सबैका लागि गुणस्तरिय शिक्षा , पुर्ण साक्षरता र प्राथमिक
शिक्षा सुनिस्चित गरिने
७. कक्षा ८ सम्म ९५ प्रतिशत भर्नादर कायम गर्ने
८. ९० प्रतिशात बालबालिकालाई पुर्ण प्राथमिक शिक्षा
९. ससद र निजामती सेवाको निणायक तहमा ४० प्रतिशत महिला
कोटा सुनिस्चित गर्ने
१०. १०० प्रतिशत घरधुरीलाई पाइप मार्फत खानेपानी सेवा
११. सबै समुदाय खुल्ला दिसा मुक्त क्षेत्र
१२. ९९ प्रतिशत घरधुरीलाई विधुत दाउरा प्रयोग १० प्रतिशतमा
सिमित गर्ने
१३. कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि
१४. कृषि र निमाण क्षेत्रमा ५ देखि १० प्रतिशतको वृद्धि
१५. सडक घनत्व हालको ०.५ वगकिलो मिटर वाट ५ प्रतिवगकिलो
मिटर
१६. उपभोग असमानता सुचक ०.३३ वाट ०.१६ प्रतिशतमा झार्ने
१७. सामाजिक आर्थिक र राजनीतिक सशक्तीकरण सुचक ०.७०
प्रतिशत कायम गर्ने
१८. बहुआयामिक गरिबी ११ प्रतिशतमा कायम गर्ने
१९. ६० प्रतिशत नागरिकलाई सुरक्षित आवास
२०. ५० प्रतिशत सडक अन्तर्राष्ट्रिय मापदण्ड को
२१. ५० वटा स्याटलाइट सहर बिस्तार
२२. जैविक इन्धन उपयोग १५ प्रतिशत कायम गर्ने
२३. ४५ प्रतिशत वनक्षेत्र सामुदायिक ब्यावस्थापनमा
२४. पार्दशिता र जवाफदेहीता स्केल ३ वाट ५ पुराउने
२५. सुशासन -०.८३ वाट २.५ पुराउने ।