Thursday, November 26, 2015

अन्तरवार्ता

लोकसेवा आयोगले अहिले विभिन्न पदहरूको लागि अन्तर्वार्ता सञ्चालन गरिरहेको छ । यहाँ ती अन्तर्वार्तामा सोधिएको र सोध्न सकिने केही समसामयिक र संभावित प्रश्नहरू समावेश गरिएको छ ।
१) तपाईं किन निजामती सेवामा प्रवेश गर्न चाहनुहुन्छ ??
२) सेवा प्रवेश गरेपछि तपाईं कार्यलयको काममा व्यस्त रहनुपर्छ त्यस्तो परिस्थितिमा तपाईं आफ्नो अध्ययनलाई कसरी अगाडि बढाउनु हुन्छ ???
३) तपाईंको जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक , पर्यटकीय , संस्कृतिक स्थलको बारेमा जानकारी गराउनुहोस् ???
४) तपाईंले नेपालको संविधान २०७२ अध्ययन गर्नुभयो ???
५) नेपालको हालको संविधानमा कति धारा,उपधारा र अनुसुची रहेका छन् ???
६) नेपालको संविधानमा लोकसेवा सम्बन्धि कस्तो व्यवस्था गरिएको छ ???
७) तपाईंले अहिले अन्तर्वार्ता दिइरहेको कार्यलयको नाम के हो ???
८) नेपालको संविधानमा लोकसेवा आयोगको व्यवस्था कुन भागमा गरिएको छ???
९) तपाईंको विचारमा अहिले देखिएको नाकाबन्दीका कारण सिर्जित समस्य कसरी समाधान गर्न सकिएला ???
१०) यो वर्षको मदन पुरस्कार कुन कृतिको लागि कसलाई प्रदान गरियो ???
११) तपाईंको जन्म जिल्ला , गाउँ , ठाउको नाम कसरी रहन गयो ???
१२) तपाईं आफुले अध्ययन गरेको विषयमा धेरै अगाडि जानसक्नुहुन्छ । उक्त विषयका अवसरलाई छोडेर यो पदमा किन आउन चाहनुहुन्छ ???(यो प्रश्न प्रायः छुट्दैन )
१३) हाल चर्चामा रहेको आतंकवादी संगठन आईएस को प्रमुख को हुन् ???
१४) नेपालको अन्तरिम संविधान २०६३ कहिले खारेज गरियो ???
१५) नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख को हुन् ???
१६) नोबेल पुरस्कार कति विधामा प्रदान गरिन्छ ???
१७) संयुक्त राष्ट्रसंघ दिवस कहिले मनाइन्छ ???
१८) उत्कृष्ट निजामती पुरस्कारको राशी कति रहेको छ ???
१९) उत्कृष्ट निजामती पुरस्कार कति जनालाई प्रदान गरिन्छ ???
२०) यस वर्षको राष्ट्रिय शिक्षा दिवसको नारा के रहेको छ ???

आदिवाशी जनजातिको बर्गीकरण

आदिवाशी जनजातिको बर्गीकरण ---------------------
नेपाल सरकारले देशभरका आदिवासी जनजातिको निम्नानुसार 5 वर्गमा बर्गीकरण गरेको छ ।
1. लोपुन्मुख समुह(Endangered Group):- यो समुहमा कुसुन्डा,वनकरिया,राउटे,सुरेल,हायु,राजी,किसान,लेप्चा,मेचे र कुशवाडिया गरि 10 जनजातिलाई राखिएको छ ।
2. अति सिमान्तकृत समुह( Highly Marginalized Group):- यो समुहमा माझि,सियार,ल्होमी,थुदाम,धानुक,चेपाङ,सतार,झाँगड,थामी,बोटे,दनुवार र बरामो गरि 12 जनजातिलाई राखिएको छ ।
3. सिमान्तकृत समुह (Marginalized Group):- यो समुहमा सुनुवार,थारु,तामाङ,भुजेल,कुमाल,कोचे(राजवंशी),गन्गाई,धिमाल,भोटे,दराई,ताजपुरिया,पहरी ,तोप्केगोला ,डोल्फो,फ्रि,मुगाली ,लार्के,ल्होपा ,दुरा र वालुङ गरी 20 जनजाति राखिएको छ ।
4. सुविधा वञ्चित (Disadvantaged Group) :- यो समुहमा गुरुङ , मगर,राई ,लिम्बु ,छैरोतन ,ताङ्वे ,तीनगाँउले ,बार्हगाउँले , मार्फाली ,शेर्पा ,याक्खा ,छन्त्याल , जिरेल ,व्यासी र ल्होमो गरी 15 जनजाति रहेका छन् ।
5. उन्नत समुह (Advanced Group):- यो समुहमा नेवार र थकाली गरि 2 जनजाति रहेका छन् ।

नागरिक समाज

 नागरिक समाज

 – प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र बृद्धिजिवीहरु, स्थानिय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीय स्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएको अग्रगामी सुधारको पक्षपाती, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।


नागरिक समाजका विशेषताहरु
 नागरिक समाज आफैमा सचेत र सरकारलाई खवरदारी गर्ने स्वतन्त्र अस्तित्व भएको व्यक्तिहरुको समूह हो । यसका केही विशेषताहरु यस प्रकार छन् ।
• सरकारलाई सही बाटोमा हिडाउन दबाबमूलक काम कारवाहीको गर्ने
• आत्म अनुशासित हुँदै समाज, राष्ट्रलाई सकारात्मक कामकारवाहीको लागि घचघचाउने व्यक्ति, समूह
• सरकारभन्दा पृथक हुँदै सरकारका नीति, निर्णय र कार्यान्वयनको लागि सदैव दबाब सिर्जना गर्ने संयन्त्र,
• समाजको आवाजविहिन, पिछडिएका वर्ग, समूदायको आवाज बुलन्द गर्दै सरकारलाई सहि बाटोमा ल्याउन दबाबमूलक काम गर्ने संयन्त्र ।
• राजनीतिकबाट टाढा रहेर सामाजिक जागरण ल्याउँदै समाज र समूहलाई समेत माथि उठाउने, जागरण गराउन सक्रिय समूह
• सरकारलाई जहिले पनि कानून बनाउन , भएका कानून कार्यान्वयन नभएको अवस्था रहे कानून कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने व्यक्ति–समूह
• नागरिक चेतना प्रदायक गैरनाफामूलक व्यक्ति–समूह




नागरिक समाजका उद्देश्यहरु:
नागरिक समाज गैरनाफामूलक ठंगले कार्यरत जागरुक अनुशासित ढंगले काम गर्ने व्यक्ति/समुहको नाम हो । नागरिक समाजले नागरिकहरुमा शिक्षा प्रदान गर्ने, समाज–समूदायलाई समेत रुपमा अघि बढन् प्रेरित गर्छ । समाजका पिछडिएका जाति, समुदाय, सम्प्रदायलाई मूल धारमा ल्याउँदै उनीहरुका हक, अधिकार दिलाउनमा सरकारलाई खबदारी गर्नु पनि नागरिक समाजको काम हो । मूलतः नागरिक समाजका केही उद्देश्यहरु यस प्रकार छन् ।
• सहभागितामूलक पद्धतिको विकास र विस्तार गर्नु
विचार, अभिव्यक्तिको आदान–प्रदानमार्फत समाजलाई एकीकृत रुपमा अघि बढ्न प्रेरित गर्नु ।
• सामूहिक भावनको विकास गर्दै विभिन्न ढंगको संजालमार्फत सरकारलाई सहि मार्गदर्शन गर्नु ।
• राज्यको मूल धारामा आउन कठिन भइरहेको वर्ग, क्षेत्र, लिङ्ग, समूदाय र सम्प्रदायलाई नागरिक शिक्षा प्रदान गर्दै उनीहरुको हक, अधिकार प्राप्तिमा समेत बनाउनु
• सुरक्षालाई नीति, कानून परिपालना गराउन दबाबमूलक ढंगले बाध्य बनाउनु ।

उपाधि र सो उपाधि पाउने ब्यक्तिहरू

नेपालको साहित्य, कला र संगित क्षेत्रका 
प्रमुख उपाधि र सो उपाधि पाउने ब्यक्तिहरू:-
१. आदिकवि :- भानुभक्त आचार्य
२. युवा कवि :- मोतिराम भट्ट
३. संगीत प्रविण :- नरराज ढकाल
४. संगीत शिरोमणि :- यज्ञराज शर्मा
५. श्रृंगारिक कवि :- मोतिराम भट्ट
६. युगकवि :- सिद्दिचरण श्रेष्ठ
७. आधुनिक कवि :- गोपालप्रसाद रिमाल
८. आयामेली कवि :- तिलबिक्रम नेम्बाङ
९. आशुकवि :- शम्भुप्रसाद ढुङ्गेल
१०. इतिहास शिरोमणि :- बाबुराम आचार्य
११. कवि केशरी :- चित्तधर हृदय
१२. जनकवि केशरी :- धर्मराज थापा
१३. महाकवि :- लक्ष्मीप्रसाद देवकोटा
१४. महाकवि(नेवारी) :- सिद्दिदास अमात्य
१५. वाध्य शिरोमणि :- उस्तद गणेशलाल
१६ महाकवि(मैथिली):- विद्यापती