Thursday, December 31, 2015

सन् २०१५

अघिल्ला वर्षहरूजस्तै सन् २०१५ पनि नेपाली राजनीति उथलपुथलपूर्ण रह्यो । केही सकारात्मक प्रगतिहरू भए पनि तीनै घटनाका कारण सिर्जित समस्याबाट सर्वसाधारणले भने ठूलो सकस बेहोर्नुपरेको छ । एक वर्षभित्र भएका केही महत्त्वपूर्ण राजनीतिक घटना कस्ता छन् त ?
संविधान जारी
संविधानसभाबाट संविधान जारी गर्ने झन्डै सात दशकदेखिको सपना यो वर्ष पूरा भएको छ । संविधान जारी हुनु नै यो वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण उपलब्धि हो । संविधानसभाबाट संविधान जारी गर्ने प्रयोजनका लागि २०६४ सालमा पहिलोपटक चुनाव भएको थियो ।
तर चार वर्षसम्म पनि संविधान जारी हुन नसकी सभा विघटन भएको थियो । त्यसपछि नयाँ चुनाव मार्फत गठित दोस्रो संविधानसभाले असोज ३ गते (सेप्टेम्बर) संविधान जारी गर्ने सफलता हासिल गर्‍यो ।
संविधानमा सात प्रदेश बनाउने व्यवस्था उल्लेख छ । लोकतान्त्रिक मूल्य मान्यताअनुकूलका अधिकतम व्यवस्था संविधानमा राख्ने प्रयास भएको छ । संविधानले लोकतान्त्रिक गणतन्त्रलाई औपचारिक रूपमा संस्थागत गरेको छ ।
१६ बुँदे सहमति
संविधानका विषयमा झन्डै छ वर्षदेखि विपरीत धु्रवमा रहेका तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच अभूतपूर्व एकता यो वर्षदेखि थियो । त्यही एकताका कारण संविधान जारी गर्ने सफलता मिलेको हो ।
तीन दल एक ठाउँमा बस्ने माहोल भने जेठ २५ मा भएको १६ बुँदे सहमतिले गरेको हो । उक्त सहमतिमा प्रदेशको संख्या ८ बनाउने, नाम पछि तोक्नेलगायतका बुँदाहरू थिए । संविधान जारी नै हुन नदिने प्रयास भइरहेको मूल्यांकन गर्दै तीन दल जसरी पनि संविधान जारी गर्ने अडानमा रहे ।
१६ बुँदे सहमतिमा फोरम लोकतान्त्रिकले पनि हस्ताक्षर गरेको थियो । तर संविधान जारी गर्ने समयमा उसले तीन दलसँगको सहकार्य तोड्यो ।
संविधानसभाबाहिर मधेसी दल
संविधान जारी गर्ने प्रयोजनका लागि १६ बुँदे सहमति गरेलगत्तै संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसी दलहरू चिढिए । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी लगायतका दलहरूको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना सरोकारका विषयहरू नसमेटिएको भन्दै संविधान संविधानसभा नै बहिष्कार गरे ।
ऐतिहासिक संविधान जारी गर्ने समयमा उनीहरूको संविधानसभामा उपस्थिति रहेन । उनीहरूको उपस्थितिबिना नै संविधानसभाले दुई तिहाई बहुमत पुर्‍याएर संविधान जारी गर्‍यो ।
तराई–मधेस आन्दोलन
१६ बुँदे सहमतिलगत्तै चिढिएका मधेसी दलहरूले त्यसको विरोध गर्दै साउन ३१ गतेबाट औपचारिक रूपमा सडक आन्दोलन सुरु गरे । सुरुमा सुस्त रहेको आन्दोलन तीन दलले आठ प्रदेशलाई घटाएर सात प्रदेश बनाउने सहमति गरेपछि कैलालीबाट चर्कियो ।
थारू समुदायले अगुवाइ गरेको आन्दोलनले हिंसात्मक रूप लियो । त्यसमा प्रहरीसमेत मारिए । पूर्वी तराईमा आन्दोलन नउठिरहेका बेला मधेसी दलका नेताहरू कैलाली पुगेर त्यहाँको आन्दोलनलाई मसला थपे ।
कैलालीमा हिंसात्मक घटना भएपछि त्यसको असर अन्य क्षेत्रमा पनि पर्‍यो । विस्तार आन्दोलन कठोर र हिंसात्मक बन्दै गयो । तराई मधेसको आन्दोलनमा परेर ५६ जनाको मृत्यु भयो ।
वर्षको अन्त्यसम्म पनि आन्दोलन मत्थर भएको छैन । आन्दोलनको मुख्य कारण भने संविधानमा रहेको प्रदेशहरूको सीमांकन हो । तराई मधेसको भूभागलाई पहाडमा नजोडी प्रदेश बनाउनुपर्ने उनीहरूको माग छ । त्यसबाहेक नयाँ संविधानमा अन्तरिम संविधानले दिएको अधिकार पनि कटौती गरेको आरोप आन्दोलनरत दलहरूले लगाएका थिए ।
भारतीय नाकाबन्दी, जनतालाई सास्ती
मधेसी दलहरूले सुरु गरेको आन्दोलनलाई नै समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी सुर गर्‍यो । मधेसी दलहरूको नाकाकेन्द्रित आन्दोलनका कारण समान पठाउन नसकिएको तर्क गरे पनि भारतीय पक्षले संविधानमा उल्लेखित प्रावधानहरूप्रति आपत्ति जनाउँदै नाकाबन्दी गरेको हो ।
भारतीय पक्षबाट भएको नाकाबन्दीले नेपालको आपूर्ति व्यवस्था उथलपुथल भयो, जसका कारण सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपर्‍यो । वर्षको अन्त्यसम्म पनि नाकाबन्दी औपचारिक रूपमा खुलेको छैन । नाकाबन्दीले नेपाल र भारतको समेत राजनीतिमा निकै ठूलो खैलाबैला सिर्जना गर्‍यो ।
सुशील कोइराता नेतृत्वको सरकारको पालामा सुरु भएको भारतीय नाकाबन्दी ओली नेतृत्वको सरकारले पनि खुलाउन सकेन । दुईपटकसम्म नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर त्यहाँको सरकारी नेतृत्वसँग कुराकानी गर्‍यो ।
तर दुवैपटकका प्रयासले नाका खुलाउन स्पष्ट आधार तयार गरेन । अन्तर्राष्ट्रिय कानुनहरूसमेतको उल्लंघन गर्दै नाकाबन्दी गरेको विषयले भारतको संसद्मा समेत हंगामा सिर्जना भयो । भारतको राज्यसभामा नेपालबारे विशेष बैठक बस्यो । त्यो बैठकमा नेपालमाथि भएको नाकाबन्दीबारे भारतीय सरकारको सांसदहरूले आलोचना गरे ।
ओलीको सत्तारोहण
संविधान जारी गर्दा एक ठाउँमा रहेका प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीचको सहकार्य असोज २४ गतेबाट औपचारिक रूपमा टु्ट्यो । सरकारको नेतृत्व गर्न नसक्ने भन्दै कांग्रेसले फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने चाहना राख्यो ।
तर एमाले र एमाओवादी पूर्वसहमतिअनुसार एमाले नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अडानमा रहे । तर कांग्रेस सभापति सुशील कोइरालाले पुन: प्रधानमन्त्री बन्ने इच्छासहित संसद्मा उम्मदेवारी दिए । तर संसद्मा बहुमत पुर्‍याएर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने ।
जम्बो मन्त्रिपरिषद्
राजनीतिमा बोलेरै आफ्नो अलग पहिचान बनाएका ओलीको सत्तारोहणप्रति सुरुमा धेरैले आशा राखेका थिए । तर ओलीको सुरुवाती प्रस्तुति नै अलोकप्रिय खालको भयो । भूकम्पप्रभावितहरूले जाडोमा एउटा कपडासमेत नपाइरहेका बेला ओलीले जम्बो मन्त्रिपरिषद् बनाए ।
विगतका शेरबहादुर देउवा र बाबुराम भट्टराई नेतृत्वको सरकारकै पाइला पच्छ्याउँदै ओलीले ४० सदस्यीय मन्त्रिपरिषद् बनाए । सरकारको समर्थन गर्ने साना दलहरूलाई भागबन्डा पुर्‍याउन मन्त्रिपरिषद् ठूलो बताएका हुन् ।
नयाँ संविधानले २५ वटाभन्दा बढी मन्त्रालयको कल्पना गरे पनि ओलीले त्यसलाई लत्याउँदै मन्त्रालयसमेत फुटाएर मन्त्रिपरिषद् विस्तार गरे । जुन राजनीतिक वृत्त र सर्वसाधारणमाझ निकै ठूलो आलोचनाको विषय बन्यो । ओलीले चारवटा नयाँ मन्त्रालय सिर्जना गरेर संसद्मा एक/दुई सिट भएका दलहरूलाई पनि मन्त्री पद बाँडे । यसले राज्यकोषमा वार्षिक झन्डै ६ अर्बभन्दा बढीको व्ययभार थपियो ।

राष्ट्रपति र सभामुख महिला
यो वर्ष नेपालको राजनीतिमा अर्को ऐतिहासिक उपलब्धि भयो । पहिलोपटक राष्ट्रप्रमुख र सभामुखमा महिला निर्वाचित भए । प्रतिनिधित्वका लागि महिलाहरूले वर्षौंदेखि गर्दै आएको संघर्षले यो वर्ष देखिने खालको उपलब्धि हासिल गर्‍यो ।
राष्ट्रपतिमा तत्कालीन एमाले नेतृ विद्या भण्डारी चयन भइन् । संसद्को सभामुखमा तत्कालीन एमाओवादी नेतृत्व ओनसरी घर्तीले बाजी मारिन् । एमाले र एमाओवादी दुवैले बाँडचुँड गरेका यी पदमा महिलालाई अघि सारे ।
विनाशकारी भूकम्प
नेपालमा राजनीतिक अस्थिरता रहेकै बेला वैशाख १२ गतेको विनाशकारी भूकम्प र पराकम्पहरूले जनधनको ठूलो क्षति पुर्‍यायो । ८ हजारभन्दा बढीको मृत्यु र लाखौं संरचनाहरू ध्वस्त भए । यसले देशको अर्थतन्त्रमा ठूलो धक्का पुर्‍यायो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्ने काम लामो समयसम्म हुन सकेन । भूकम्पको करिब ९ महिनामा बल्ल सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । प्राधिकरणले कहिलेदेखि काम थाल्ने हो अझै निश्चित छैन ।


http://bit.ly/1YTS9zK

मदन पुरस्कार



*मदन पुरस्कार
*वि.स. 2068- सेतो धरती -अमर न्यौपाने
*वि.स. 2069- दामिनिको भिर - राजन मुकारुङ्
*वि.स. 2070- खलंगा मा हमला- राधा पौडेल
*वि.स. 2071- खुसी- विजयकुमार पाण्डे

सूचना तथा प्रविधि सम्बन्धि केही जानकारीहरु

सूचना तथा प्रविधि सम्बन्धि केही जानकारीहरु
1 कम्प्युटरकाे भाषामा PDA काे पुर्ण रुप Personal Digital Assistance हाे ।
2 परम्परागत उर्जा मध्ये दाउराबाट 71.46 प्रतिशत उर्जा प्रयाेग हुन्छ ।
3 Equipment identity register system माेवाइलकाे गैरकानूनी प्रयाेग तथा अायात निरुत्साहन गर्न प्रयाेग गिरने प्राणाली हाे ।
4 सरकारी क्लाइउड प्रस्तावित सरकारी सूचना बैँक हाे ।
5 सूचना प्रविधिमा SIS काे पर्ण रुप Special Information System हाे ।
6 नेपालमा नवाैँ याेजना देखि सूचना प्रविधि क्षेत्रमा सरकारी स्तरबाट उच्च प्राथमिकता दिँइदै अाइएकाे छ ।
7 नेपालमा हाल सूचना प्रविधि नीति 2067 कार्यान्वयनमा रहेकाे छ ।
8 हवाइजहाजमा प्रयाेग हुने स‌ंचार उपकरणलाइ Transponder भनिन्छ ।
9 3G माेवाइलकाे सुरुवात गर्ने पहिलाे देश वेलायत हाे ।
10 जैविक प्रविधिबाट सर्वप्रथम च्याउ उत्पादन गर्ने देश चीन हाे ।

Wednesday, December 23, 2015

जनगणना सम्बन्धि केहि प्रस्नोत्तर:

जनगणना सम्बन्धि केहि प्रस्नोत्तर:
१. नेपालमा हालसम्म कतिवटा राष्ट्रिय जनगणना सम्पन्न भैसकेको छ ?
- ११
२. नेपालमा जनगणना गर्ने कार्यको औपचारिक प्रारम्भ कैले भएको थियो ?
- १९६८
३. जनगणनाको लगत प्रशोधनको लागि पहिलो पटक कम्प्युटर IBM - १४०१ कति साल को कति औ जनगणना बाट प्रयोग गरिएको थियो ?
- २०२८ – सातौ
४. एक सताब्दीको जनगणना भनेर नेपालको कति औ र कुन सालको जनगणना लै बुझिन्छ ?
- ११ औ, २०६८
५. जनगणना २०६८ प्रयोजनको लागि समग्रमा करिब कति टन कागज प्रयोग भएको अनुमान छ ?
- २५० टन
६. जनगणना २०६८ मा लगत प्रशोधनको लागि US Census Bureau बाट विकास गरिएको कुन सफ्टवेयर प्रयोग भएको थियो ?
- CsPro
७. जनगणना २०६८ बमोजिम नेपालको कुल जनसंख्या कति छ ?
- २,६४,,९४,५०४
८. जनगणना २०६८ बमोजिम नेपालमा पुरुषको जनसंख्या कति र कति प्रतिसत छ ?
- १,२८,४९,०४१, ४८.५० प्रतिसत
९. जनगणना २०६८ बमोजिम नेपालमा महिलाको जनसंख्या कति र कति प्रतिसत छ ?
- १,३६,४५,४६३, ५१.५० प्रतिसत
१०. जनगणना २०६८ बमोजिम नेपालमा महिला र पुरुष बिचको लैंगिक अनुपात कति छ ?
- ९४.१६ प्रतिसत
११. जनगणना २०६८ बमोजिम नेपालमा जनसंख्या बृद्दि दर कति छ ?
- १.३५ प्रतिसत
१२. जनगणना २०६८ बमोजिम जनघनत्व प्रति वर्ग कि.मि. कति छ ?
- १८०
१३. जनगणना २०६८ बमोजिम सबै भन्दा बढी कति जनघनत्व प्रति वर्ग कि.मि. कुन जिल्ला मा रहेको छ ?
- ४४१६ जना, काठमाडौँ जिल्ला
१४. जनगणना २०६८ बमोजिम सबै भन्दा कम कति जनघनत्व प्रति वर्ग कि.मि. कुन जिल्ला मा रहेको छ ?
- ३ जना, मनाङ् जिल्ला
१५. जनगणना २०६८ बमोजिम नेपालमा कुल परिवारहरुको संख्या कति रहेको छ ?
- ५४,२७,३०२
१६. जनगणना २०६८ बमोजिम नेपालमा हाल प्रति परिवार औसत सदस्य संख्या कति रहेको छ ?
- ४.८८
१७. जनगणना २०६८ बमोजिम परिवार औसत आकार सबै भन्दा बढी भएको जिल्ला कुन हो र औसत सदस्य संख्या कति रहेको छ ?
- रौतहट, ६.४४ जना
१८. जनगणना २०६८ बमोजिम परिवार औसत आकार सबै भन्दा कम भएको जिल्ला कुन हो र औसत सदस्य संख्या कति रहेको छ ?
- कास्की, ३.९२ जना
१९. जनगणना २०६८ बमोजिम पचास वर्ष को उमेर पार गरिसकेपछी पहिलो विवाह हुनेहरुको कति जना रहेको देखिन्छ ?
- ५०८६ जना
२०. जनगणना २०६८ बमोजिम सबै भन्दा कम जनसंख्या भएको जिल्ला मनाङ्ग को जनसंख्या कति रहेको छ ?
- ६५३८ जना

सुत्र: मेरा कुराले हासु कि बकु

आदिवासी जनजातिका लोपोन्मुख समूह (१० जाति )
सुत्र: मेरा कुराले हासु कि बकु
विस्तृत:
मे = मेचे
रा = राजी
कु = कुसुन्डा
रा = राउटे
ले = लेप्चा
हा = हायु
सु = सुरेल
कि = किसान
ब = बनकरिया
कु = कुशवाडिया

सेयर गरेर आफ्नो वालमा राख्नुहोस ।
collected by: K P Bhandari

चर्चित व्यक्तिहरुका वाष्तविक नाम

चर्चित व्यक्तिहरुका वाष्तविक नाम
1. महर्षी बाल्मिकीः रत्नाकार
2. कालिदासः देवदत्त
3. चाणक्यः विष्णु गुप्त कौटिल्य
4. वेदव्यासः दैपायन कृष्ण
5. गौतम बुद्धः सिद्धार्थ
6. महात्मा गान्धीः मोहनदास करम चन्द गान्धी
7. स्वामी विवेकानन्दः नरेन्द्र दत्त
8. रजनिश ओशोः रजनिश चन्द्र मोहन
9. सत्य साईबाबाः सत्य नारायण राजु
10. डा. योगी विकासानन्दः एकदन्तमान
11. योगी नरहरिनाथः बलवीरसिँह थापा
12. स्वामी प्रपन्नाचार्यः काले राई
13. वि.पि. कोईरालाः चुडामणी कोईराला
14. गणेशमान सिँहः हीराकाजी
15. लक्ष्मीप्रसाद देबकोटाः तीर्थमाधव देवकोटा
16. भानुभक्त आचार्यः देवीभक्त आचार्य
17. मुन्सी प्रेमचन्दः धनपतराय श्रीवास्तव
18. निरालाः सुर्यकान्त त्रिपाठी
19. नातिकाजीः अमृतलाल श्रेष्ठ
20. दलाई लामाः तेञ्जङ्ग ग्यात्सो
21. ब्रुस लीः जोन फनन् ली
22. पेलेः एड्सन अरान्तेस डि नासिमिन्तो
23. रोनाल्डोः रोनाल्डो लुइस नाजारियो डेलिमा
24. मदर टेरेसाः आग्नेस गोन्हा बोनाक्सु
25. चार्ली च्याप्लिनः चार्ल्स स्पेन्सर च्याप्लिन
26. यासेर अराफातः मोहम्मद अब्देल राउफ अराफात अस कुद्वा अल हुसेनी
27. मिर्जा गालिवः असद उल्ला खा

केहि महत्वपुर्ण र समसामयिक :

केहि महत्वपुर्ण र समसामयिक :
१. नेपाल पानीजन्य प्रकोपको हिसाबले ३०औ स्थानमा पर्छ ।
२. " राष्ट्रिय सदाचार सम्मान २०७२ " बाट डा. गोबिन्द के. सि. लाई सम्मान गरियो ।
३. २०१५ डिसेम्बर १०, ६७ औ विश्व मानब अधिकार दिवस ‘Our rights. our freedom always ( सदैव स्वतन्त्रताः हाम्रो अधिकार)भन्ने नाराका साथ ६७ औं विश्व मानवअधिकार दिवस मनाइयो ।
४. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता वि.सं २०७१ माघ १५ भयो ।
५. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली को सुरुवात २०७२ मंसिर २० देखि भएको छ ।
६. संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली दुर्गानाथ भट्टराई हुन् ।
७. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको उपाधि कबड्डी चलचित्रले प्राप्त गर्यो ।
८. सन 2019 मा हुने महिला विश्वकप फुटबल फ्रान्सले आयोजना गर्दैछ ।
९. भुकम्पका कारण भएको क्षति , राहत र पुनर्स्थापनाको लागि २७ बुंदे 'संकल्प प्रस्ताव' व्यवस्थापिका संसदको विशेष अधिवेसनले २०७२ बैशाख ३० गते पारित गरेको थियो ।
१०. जनकवी केशरी धर्मराज थापाको निधन २०७१ असोज २८ मा भएको थियो । 



===========================
============================
1. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
2. तेर्हौ योजना को अबधिमा वार्षिक औषत आर्धिक बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- ६ %
3. तेर्हौ योजनाको अबधिमा कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- 4.5 %
4. तेर्हौ योजनाको अबधिमा गैर कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- 6.7 %
5. तेर्हौ योजना को अबधिमा गरीबको रेखा मुनी रहेको जन संख्या कतिमा झार्ने लक्ष्य राखिएको छ ?
- 18 %
6. सन २०२२ सम्ममा नेपालमा बाघहरुको संख्या कति पुर्याउने लक्ष्य रहेको छ?
- 250
7. ससस्त्र प्रहरी महानिरीक्षकमा दुर्ज बहादुर राई (का.मु) 2072-09-04 मा नियुक्त भएका छन ।
8. Miss World- २०१५ कुन देशकी को घोषित भइन ?
- मेरिया लालागूना रोयो, स्पेन
9. Miss Universe - २०१५ कुन देशकी को घोषित भइन ?
- Pia Alonzo Wurtzbach, फिलिपिन्स
10. बिदेशमा सम्पर्क कार्यालय खोल्ने नेपालको पहिलो बैंक कुन हो ?
- हिमालयन बैंक


केही समसामायिक जानकारी :
1. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्यो ?
- वि सं २०७२ मङ्सिर २४
2. ट्रान्सपरेन्सी इन्टरनेसनल ( टीआई ) नेपालले ‘ राष्ट्रिय सदाचार सम्मान’ कसलाई प्रदान गर्यो ?
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द के. सी
3. ‘ स्वरोजगार , आत्मनिर्भरता हाम्रो आधार , शहरदेखि गाउँसम्म ब्यापार विस्तार’ भन्ने नाराका साथ वि सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
- अन्तर्राष्ट्रिय लुम्बिनी एक्स्पो-२०७२
4. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लका रुपमा कहिले घोषित भयो ?
- वि . सं . २०७२ मङ्सिर २७
5. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार ’ कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
6. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?
- ९ तह
7. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को -को हुन् ?
- गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
8. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्यो ?
- डा . अयोधिप्रसाद यादव
9. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
- राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
10. नेपालमै पहिलोपटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्यो ?
- नारायण प्रसाद शर्मा ( दाङ )
11. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्यो ?
- जर्मन चान्सलर एन्जेला मर्केल ( दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
12. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार ’ कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
13. नेपालको इभेन्ट आयोजक संस्था ई-प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल-२०१५ को उपाधि कसले जित्यो ?
- भियतनामकी युवती भिक्टोरिया फाम ( थर्ड रनरअपमा नेपालकी निशा पाठक)
14. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?
- वि . सं . २०६९ कात्तिक २९
15. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन ( कोप-२१ ) कहाँ सम्पन्न भयो ?
- पेरिस , फ्रान्स

 

इतिहास

1. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
2. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
3. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
4. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
5. पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
6. गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
7. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
8. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
9. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
10. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
11. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
12. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
13. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
14. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
15. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
16. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
17. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
18. धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
19. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
20. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
21. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
22. नेपालमा राणाशासनको विरोधमा \”जयतु संस्कृतम\” आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
23. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
24. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
25. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
26. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
27. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
28. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
29. नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
30. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
31. लिक्ष्छवीकालमा \’कुथेर\’ अड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
32. लिच्छवीकालिन समयमा लगाइने \”त्रिकर\” भित्र कुन कुन कर पर्छन ? -भाग भोग कर
33. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
34. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
35. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
36. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
37. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
38. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
39. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
40. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
41. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
42. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
43. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
44. काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
45. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
46. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
47. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
48. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
49. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
50. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
51. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
52. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
53. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
54. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव
55. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? -पञ्च कचहरी र पञ्च समुच्चय
56. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ? -सुब्बा
57. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ? -मातृका प्रसाद कोइराला
58. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? -सर्वदण्डनायक
59. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? -चाँदतोडा
60. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ? -बलभद्र कुँवर
61. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो? -बिषय
62. न्याय विकासिनी कसको दस्तावेज हो ? -जयस्थिति मल्ल
63. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? -इन्द्रजात्रा
64. अन्तिम किराती राजा को हुन् ? -गस्ती
65. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ? -सोमवंशी
66. भूकम्पमा परी मर्ने राजा को हुन् ? -अभय मल्ल
67. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ? -लिच्छविकाल
68. आफुलाई \”विद्या पारंगत\” भनी लेख्ने राजा को हुन् ? -जितामित्र मल्ल
69. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ? -मनोरञ्जन
70. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? -भिम शमशेर
71. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? -शिवसिंह मल्ल
72. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? -योगनरेन्द्र मल्ल
73. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? -रत्न मल्ल
74. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? -मानदेव
75. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ? -जंगबहादुर राणा
76. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? -यक्ष मल्ल
77. अरुण नदीको पौराणिक नाम के हो ? -महाप्रभा
78. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? -काठमाडौं
79. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? -नरेन्द्रदेव
80. मल्लपुरी कसले विजय गरेका थिए ? -मानदेव
81. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? -प्रताप मल्ल
82. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? -गीर्वाणयुद्ध विक्रम शाह
83. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? -रणजीत मल्ल
84. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? -जयप्रकाश मल्ल
85. पाटनका अन्तिम मल्ल राजा को हुन् ? -तेजनरसिंह मल्ल
86. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? -सिद्धिनरसिंह मल्ल
87. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ? –जगतप्रकाश मल्ल
88. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ? -प्रचण्डदेव
89. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? -नरेन्द्रदेव
90. मानगृह कसले निर्माण गरेका थिए ? -मानदेव
91. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? -भुपतीन्द्र मल्ल
92. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? -मानदेव
93. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? -चन्द्र शमशेर
94. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? -नरेन्द्रदेव
95. घोडेजात्राको चलन कसले चलाएका हुन् ? -जयप्रकाश मल्ल
96. विष्केट जात्राको चलन कसले चलाएका हुन् ? -जगज्योती मल्ल
97. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? -विश्वजित मल्ल
98. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? -शिवदेव तृतीय
99. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ? -वसन्तदेव
100. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? -मानदेव
संकलन तथा सम्पादन: केपी भण्डारी