Saturday, December 27, 2014

संविधान भनेको के हो ?

संविधान भनेको के हो ?
संविधान देशको मूल कानुन हो । यसलाई सबै
कानुनको जननी भनिन्छ । योसँग
बाझिएका कानुनहरू बाझिएको हदसम्म
अमान्य हुन्छन् ।
संविधान राजनैतिक एवं कानुनी दस्तावेज
हो ।
i.      राजनीतिक दस्तावेज हुनुको कारण :-
देशको राजनीतिक परिस्थितिका आधारमा संविधान
बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र
पद्धति स्थापित गर्दछ ।
ii.      कानुनी दस्तावेज हुनुको कारण :-  संविधानले मानक र
मापदण्डहरूको निर्धारण गर्दछ ।
यो नियमहरूको सँगालो हो ।
संविधानलाई न्याय¸ समानता र
स्वतन्त्रताको आधारशिला मानिन्छ ।
राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको
बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन
व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
संविधानका प्रमुख ४ कामहरू
i.      संविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸
संरचना निर्माण गर्दछ । (Organizing)
ii.      ती संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड
फाँड गर्दछ । (Distributing)
iii.      ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध
गर्दछ । (Regulating)
iv. ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ ।
(Limiting)
1. प्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन्
१७८९ बाट सुरु भएको हो ।

No comments:

Post a Comment