Saturday, December 27, 2014

२०७१ श्रावण २१ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

२०७१ श्रावण २१ गते बुधबार
गोरखापत्रमा प्रकाशित बस्तुगत
प्रश्नोतरहरु
1. सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?
– अफगानिस्तान
2. विमानचालक पोत बनाउने भारत विश्वको कति औ देश
हो ?
– पाँचौ
3. विश्वमा हालसम्म सबैभन्दा बढी पटक विवाह गरी विश्व
किर्तिमान राख्ने महिला लिन्डा बोल्फ हुन्, भने उनले
कतिपटक विवाह गरेर विश्व रेर्कड छ ?
– २४ पटक
4. संसारभर एमआरपी ३२ पृष्ठको छ भने
त्यसमा कतिवटा तस्विर प्रयोग गरिएको छ ?
– १७ वटा
5. विश्वमा र्सवप्रथम कार्यक्रम बजेटको सुरुवात कुन देशबाट
भएको हो ?
– संयुक्त राज्य अमेरिका
6. लैगिंक उत्तरदायी बजेटको शुरुवात कुन देशबाट
भएको हो ?
– अस्टेलिया
7. जापानमा कुन दिन राष्ट्रिय कफी दिवश मनाइन्छ ?
– अक्टोबर १ तारिख
8. कुन खाडी मुलुकमा जाइफललाई अवैधाधिक मानिन्छ ?
– साउदी अरब
9. गण्डकी अञ्चलबाट
धौलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?
– पर्वत
10. रामेछाप र तनहुँ जिल्ला कुन कुन कुराले नितान्त
समानता छन् – दुवैको क्षेत्रफल १५४६ वर्ग किमी
साइपाल हिमाल कुन जिल्लामा अवस्थित छ ?
– बझाँङ्ग
11. अलुतगामा कुन दक्षिण एसियाली मुलुकको पर्यटकिय
सहर हो ?
– श्रीलंका
12. काठमाडौं महानगरपालिकामा अवस्थित राष्ट्रिय
सभागृह को स्थापना कहिले भएको हो ?
– वि.सं २०२७
13. पृथ्वीनारायण शाहले राज्य
एकीकरणको सन्र्दभमाा पहिलो विजय नुवाकोट कहिेले
गरेका हुन् ?
– वि.सं १८०१ आश्विन १५
14. विश्वका ती कुन सम्राट हुन् जो युरोपमा जन्मे ,
एसियामा मरे र अफ्रिकामा समाधिस्थ गरिए ?
– अलेक्ज्यान्डर द ग्रेट
15. कवि विरशाली पन्त कुन
अञ्चलको पहिलो साहित्यकार हुन् ?
– धौलागिरी
16. वियोन्ड द ह्वाइटहाउस कुन पूर्व
अमेरिकी राष्ट्रपतिको आत्मकथा हो ?
– जिम्मी कार्टर
17. कागजको मान्छे नामक संस्मरणात्मक निबन्ध
संग्रहालयको नाम के हो ?
– कृष्ण धारावासी
18. नेपालको सबैभन्दा पहिलो साक्षर
घोषणा भएको चितवन जिल्लाको कुन गाविस हो ?
– फूलबारी
19. नेपालमा सबैभन्दा पहिलो पूर्ण साक्षर
घोषणा भएको नगरपालिका कुन हो ?
– तानसेन नगरपालिका
20. वि.सं २०७१ असार ३२ गते पूर्ण साक्षर
घोषणा गरिएको नेपालको पाँचौ जिल्ला कुन हो ?
– मुस्ताङ
21. नेपालको कुन मन्दिर दिनहुँ मुसालाई खाना खुवाउने
गरिन्छ ललितपुरको ?
– गोल्डेन टेम्पल
22. महाभारतअनुसार पाण्डवहरुले इन्द्रप्रस्थको निर्माण
कुन नदीको किनारमा बनाएका थिए ?
– यमुना
23. स्वामी विवेकानन्दको बास्तविक नाम नरेन्द्र दत्त
हो भने प्रसिदको बास्तविक नाम नरेन्द्र दत्त हो भने प्रसिद
संगितकार तानसेनको खास नाम के हो ?
– रामतनु
24. ब्राजिलमा सम्पन्न भएको २० औं
विश्वकपमा जर्मनीलाई जिताउन अतिरिक्त समयमा कुन
खेलाडीले एक मात्र निर्णायक गोल गरेका थिए ?
– मारियो गोट्जे
25. सन् २०१४ को विम्बल्डनको पुरुष एकलको उपाधि कुन
खेलाडीले एकलको उपाधि कुन खेलाडीले प्राप्त गरे ?
– नोभाक जोकोभिच
26. सन् २०१४
को बिम्बल्डनको महिला एकलको उपाधि कसले जितिन् ?
– पेट्रा क्विटोभा
27. नेपालमा गरिएको एक अध्ययन अनुसार करिब
कति प्रतिशत नेपालीले जीवनमा एकपटक
पनि आफ्नो रक्तचाप जचाउँदैनन् ?
– ४३ प्रतिशत
28. केन्द्रिय तथ्यांक विभागका अनुसार
सहरी क्षेत्रका नेपालीले खानामा ४५.१ प्रतिशत खर्च
गर्छन भने ग्रामिण क्षेत्रकाले खानामा कति प्रतिशत खर्च
गर्छन ?
– ६२.५ प्रतिशत
29. विश्वको सबैभन्दा ठूलो उर्जा निर्यातकर्ता देश रुस
हो भने सबैभन्दा ठूलो उर्जा आयातकर्ता मुलुक कुन हो ?
– चीन

No comments:

Post a Comment