Tuesday, December 9, 2014

नगरपालिका बारे नयाँ जानकारी

नगरपालिका बारे नयाँ जानकारी !

  • २०७१ मंसिर १६ गतेको मन्त्रिपरिषदको निर्णय बाट सरकारले थप 61 वटा नगरपालिका घोषणा गरेको छ ।
  • यो सँगै नेपालमा नगरपालिकाको संख्या 191 पुगेको छ ।
  • सबै भन्दाबढि नगरपालिका भएको जिल्ला : काठमाडौं [ 11 वटा ]
  • गाविसविहिन जिल्ला : 2 वटा [ काठमाडौं र भक्तपुर ]
  • नगरपालिका विहिन जिल्ला : 8 वटा ( मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला,
  • कालीकोट, मुगु, डोल्पा, रसुवा)
  • पछिल्लोपटक 61 नगरपालिका घोषणा हुँदा 258 गाविस गाभिएका छन् ।
  • यसैपालि 23 नगरपालिकाको क्षेत्रफल बिस्तार गर्दा थप 91 गाविस नगरमा [ थप 7 उपमहानगरपालिकामा जम्मा 34 वटा गाविस & पुराना 16 वटा नगरपालिकाहरुमा जम्मा 57 वटा गाविस ] गाभिएकाले गाविसको संख्या घटेको छ ।
  • अब देशभर गाविसको संख्या 3 हजार 2 सय 76 रहेका छन !
  • अब नेपालको कुल जनसंख्याको करीव 37 [36 दशमलव 8 ] प्रतिशतजनता शहरबासी भएका छन् ।
  • थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा छ ।(१लाख ७ हजार ९ सय १८)
  • सबैभन्दा कम जनसंख्या इलामको देउमाई नगरपालिकामा छ ।(१० हजार ९ सय ६४)
  • यो भन्दा अगाडि सरकारले २०७१ बैशाख २५ को निर्ण्यबाट ७२ वटा नगरपालिका थप गरेर नगरपालिकाको संख्या १३० पुर्याएको थियो ।
  • थप उपमहानगरपालिका संख्या : 7 वटा
  • जम्मा उपमहानगरपालिका संख्या : 11 वटा [ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान ]
  • थप उपमहानगरपालिकामा गाभिएका जम्मा गाविस संख्या : 34 वटा
  • हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको
  • एउटै जिल्लामा 2 वटा उपमहानगरपालिका भएको जिल्ला : सुनसरी [ इटहरी र धरान ]

No comments:

Post a Comment