राजस्व विश्लेषण
• आर्थिक वर्ष २०७०÷७१ मा नेपाल सरकारको राजस्व २०.५ प्रतिशतले वृद्धि भई
रु. ३५६ अर्ब ६२ करोड पुगेको छ । उक्त राजस्व वार्षिक बजेटको लक्ष्य रु.
३५४ अर्ब ५० करोडको १००.६ प्रतिशत हुनआउँछ । अघिल्लो वर्ष नेपाल सरकारको
राजस्व २१.२ प्रतिशतले वृद्धि भई रु.२९६ अर्ब १ करोड पुगेको थियो ।
समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात १८.५ प्रतिशत
पुगेको छ । आर्थिक वर्ष २०६९÷७० मा यस्तो अनुपात १७.५ प्रतिशत रहेको थियो
। विशेष गरी आयातमा भएको वृद्धिका कारण भन्सार राजस्वमा विस्तार आएको,
आयकर राजस्वकोे विस्तार तथा मूल्य अभिवृद्धि करमा भएको वृद्धि तथा कर
चुहावट नियन्त्रण एवं राजस्व प्रशासनमा भएको समग्र सुधारका कारण राजस्व
परिचालनमा वृद्धि भएको हो ।
• राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर समीक्षा वर्षमा २०.९
प्रतिशतले वृद्धि भई रु. १०० अर्ब ९७ करोड परिचालन भएको छ । अघिल्लो वर्ष
सो राजस्व १५.७ प्रतिशतले वृद्धि भई रु. ८३ अर्ब ५१ करोड पुगेको थियो ।
मूल्य अभिवृद्धि कर चुहावट नियन्त्रण, मूल्य अभिवृद्धि कर प्रशासनमा भएका
सुधारका साथै आन्तरिक उत्पादन, बिकी्र तथा सेवा बाट प्राप्त हुने मूल्य
अभिवृद्धि कर राजस्वको वृद्धिदर बढ्न गएको कारण समीक्षा अवधिमा समग्र
मूल्य अभिवृद्धि कर राजस्वको वृद्धिदरमा विस्तार भएको हो ।
• आर्थिक वर्ष २०७०÷७१ मा आयकर राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु. ७७
अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर २८.१ प्रतिशतले वृद्धि भई
रु. ६७ अर्ब २ करोड पुगेको थियो । आयकर प्रशासनमा भएको सुधार, कर चुहावट
नियन्त्रण र करदाता शिक्षाको सकारात्मक प्रभावका कारण आयकर राजस्वमा
वृद्धि भएको हो ।
• आर्थिक वर्ष २०७०÷७१ मा भन्सार महसूलबाट प्राप्त हुने राजस्व १९.३
प्रतिशतले वृद्धि भई रु. ६७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष सो
राजस्व ३१.१ प्रतिशतले वृद्धि भई रु. ५६ अर्ब ८९ करोड पुगेकोे थियो ।
सवारी साधन तथा पार्टपूर्जा, इन्धन, फलाम तथा इस्पात लगायतका वस्तुहरुको
आयातबाट प्राप्त हुने भन्सार राजस्वमा विस्तार भएकोे कारण भन्सार
राजस्वमा वृद्धि भएको हो ।
• आर्थिक वर्ष २०७०÷७१ मा अन्तःशुल्क परिचालनमा २३.८ प्रतिशतले वृद्धि भई
रु. ४५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष अन्तःशुल्क २०.६ प्रतिशतले
वृद्धि भई रु. ३६ अर्ब ६६ करोड पुगेकोे थियो । उच्च अन्तःशुल्क लाग्ने
बस्तुहरुको आयातमा भएको वृद्धिको साथै आन्तरिक उत्पादनबाट प्राप्त हुने
अन्तःशुल्क राजस्वमा समेत विस्तार आएकोले समग्र अन्तःशुल्क राजस्वको
वृद्धिदरमा विस्तार आएको हो ।
• आर्थिक वर्ष २०७०÷७१ मा कुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करकोे
अंश सवैभन्दा बढी अर्थात् २८.३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर
(२१.८ प्रतिशत), भन्सार (१९.० प्रतिशत) र अन्तःशुल्क (१२.७प्रतिशत) को
अंश रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २८.२ प्रतिशत, २२.६
प्रतिशत, १९.२ प्रतिशत र १२.४ प्रतिशत रहेका थिए ।
• आर्थिक वर्ष २०७०÷७१ मा गैर–कर राजस्व परिचालन २३.८ प्रतिशतले वृद्धि
भई रु. ४५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष गैर–कर राजस्वमा ३.७
प्रतिशतले कमी आई रु. ३६ अर्ब ४० करोड रहेको थियो ।
• आर्थिक वर्ष २०७०÷७१ मासार्वजनिक संस्थानहरुबाट प्राप्त हुने लाभांश
तथा राहदानी वापतको शुल्कमा वृद्धि भएकोले गैर–कर राजस्वको वृद्धिदरमा
विस्तार आएको हो ।
• आर्थिक वर्ष २०७०÷७१ मा कुल राजस्वमा कर राजस्वको अंश ८७.४ र गैर–कर
राजस्वको अंश १२.६ प्रतिशत रहेको छ । त्यस्तै, कर राजस्वमा प्रत्यक्ष कर
राजस्वको अंश ३१.० र अप्रत्यक्ष कर राजस्वको अंश ६९.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८७.७ र गैर–कर राजस्वको अंश
१२.३ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३१.७
र अप्रत्यक्ष कर राजस्वको अंश ६८.३ प्रतिशत रहेको थियो ।
• आर्थिक वर्ष २०७०÷७१ मा नगद प्रवाहमा आधारित वैदेशिक अनुदान रु. ३६
अर्ब ९४ करोड प्राप्त भएको छ । अघिल्लो वर्ष यस्तो वैदेशिक अनुदान रु. २४
अर्ब ४३ करोड प्राप्त भएको थियो ।
MK

No comments:
Post a Comment