Thursday, November 13, 2014

जलभण्डार



नेपालका नदीहरुलाई उत्पतिस्थान, जलभण्डार र उपयोगिताको आधारमा निम्नअनुसार तीन श्रेणीमा विभाजन गर्न सकिन्छ
क) पहिलो श्रेणीका नदी
         हिमालयबाट उत्पति भएर वा हिमालको हिउँ पग्लेर नदीको रुपमा उत्तरी भेगबाट बग्ने नदीहरु यस श्रेणीमा पर्दछन् ।
         यस श्रेणीमा तिव्वतमा मुहान भएका नदीहरु समेत पर्दछन ।
         नेपालका प्रमुख कोशी, गण्डकी र कर्णाली यस प्रकारका नदी हुन । यी तीनवटा नदीहरुले नेपालको कुल जलप्रवाहको ७४ प्रतिशत हिस्सा ओगटेका छन् ।
         यी नदीहरुलाई सदाबहार नदी पनि भनिन्छ ।
         हिमाली पूर्वीगामी नदी पन् िभनिन्छ ।
ख) दोस्रो श्रेणीका नदी
         महाभारत पर्वत श्रेणीबाट उत्पति भई बग्ने नदीहरु यस अन्तर्गत पर्दछन ।
         यस प्रकारका नदीहरुलाई पर्वतीय अनुगामी नदी भनिन्छ ।
         कहिल्यै नसुक्ने निरन्तर जल प्रभावित हुने भएतापनि वर्षातमा बढी र हिउँदमा कम पानी हुन्छ ।
         सिँचाइ र विधुत उत्पादनका लागी उपयुक्त मानिन्छ ।
         मेची , त्रियुगा, कमला, बाग्मती, कन्काई आदि नदीहरु यस श्रेणीका नदी हुन ।
ग) तेस्रो श्रेणीका नदी
         चुरे पर्वत तथा भावरको माथिल्लो भागमा उत्पति भई बग्ने नदी तेस्रो श्रेणीका नदी हुन ।
         वर्षामा ठुलो रुप लिने र हिउदमा कम हुने या सुक्ने हुनाले यिनलाई अस्थायी नदी वा मनसृुनी नदी पनि भनिन्छ ।
         यस श्रेणीका नदीहरु सदाबहार प्रकृतिका नभएकाले सिचाइ र जलविधुत उत्पादनका दृष्टिले उपयोगी मानिदैनन् ।
         तिलावे, सिर्सिया, जमुनी पातो, हर्दिनाथ, मनुस्मारा, आदि यस श्रेणीका नदी हुन ।

विविध
        नेपाल जलश्रोतको आधारमा विश्वमा ब्राजिल पछिको दोस्रो ठुलो देश हो ।
        नेपालको कुल क्षेत्रफलको ३.९ प्रतिशत भुभाग नदिनालाले ओगटेको छ ।
        नेपालमा नदीनालाहरुको संख्या ६००० रहेको छ जसमा ११ कि.मी. भन्दा बढी लम्बाई भएका नदीहरुको सँख्या १०० ओटा रहेको छ ।
        नेपालकको जलश्रोतबाट ८३०० मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ तर आर्थिक तथा प्राविधिक समस्याका कारण ४२०० मेगावाट मात्र उत्पादन गर्न सक्ने भएपनि  हालसम्म ६३८ मेगावाट जलविद्युत मात्र उत्पादन हुन सकेको छ ।
        नेपालको जलश्रोतबाट ८० लाख हेक्टर जमिनमा सिंचाई उपलब्ध हुनसक्ने भएपनि हालसम्म १२ लाख २७ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ ।
        नेपाल नदीहरुको जल भण्डारण क्षमता २ लाख २ हजार मिलियन क्युबिक मिटर रहेको छ ।
        निष्कर्ष ः यसरी नेपालका नदीनालाहरु बाट जलविद्युत उत्पादन गरि ध्जष्तभ मयििबच आर्जन गर्न सकिने, सिँचाई कार्यमा प्रयोग गरि कृषि उत्पादनमा बृद्धि गर्न सकिने, जल यातायातका साधन सञ्चालन गर्न सकिने, उपयुक्त वातावरण तयार गरि मतस्यपालन गर्न सकिने, खानेपानीको माग पुरा पुरा गर्न सकिने, नदीको रमणीय दृश्यले आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिने जस्ता प्रचुर सम्भावना रहेको देखिदा यसलाई सदुपयोग गरि नयाँ नेपाल निर्माण तथा देशको आर्थिक विकासमा टेवा पुग्न सक्छ । यसका अतिरिक्त जलसम्पदाको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
        रोजगारीको विकास तथा प्रवद्र्धन
        राष्ट्रिय आयमा वृद्धि गर्न
        घरेलु तथा साना उधोगहरुको विकासमा तिव्रता ल्याउन
        पेट्रौलयम पदार्थको आयातमा कमी ल्याई पेट्रौल,डिजल, एल.पी ग्यास जस्ता उपभोगका वस्तुहरुलाई प्रतिस्थापन गर्न ।

जलाशयको महत्व
         तालले प्राकृतिक सौन्दर्य बढाउने ।
         स्वच्छ पानीको तालबाट पिउने पानी प्राप्त गर्न सकिने
         तालको पानीबाट जलविधुतको उत्पादन गर्न सकिने
         तालको पानीबाट सिँचाईका काम लिन सकिने
         तालमा मत्स्यपालन व्यवसाय गर्न सकिने
         तालले स्थानीय वातावरणलाई मनोरम बनाउने

         पौडी, डुंगा सञ्चालन, दृष्यावलोकन आदि मार्फत तालले मनोरञ्जन प्रदान गर्ने ।

No comments:

Post a Comment