कानुनको अर्थः
कानुन
मानव, समाज, राष्ट्र
र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशिल बनाउने
संहिता हो । कानुनको निर्माण मानवबाट नै हुन्छ
र मानव व्यवहारलाई व्यवस्थित गर्न प्रयोग गरिन्छ । मानवीय व्यवहारलाई
व्यवस्थित गर्दै समाजको संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो । अर्थात
कानुन भनेको नै समाज ,देश र विश्व सञ्चालनको सभ्य र
प्रभावकारी कडी हो । कानुनको पालन नगरे दण्ड समेत हुन्छ र कानुनको दायरमा सवै
पर्दछन् ।
कानुनको महत्व
– व्यक्तिगत स्वतन्त्रता र अधिकारको सँरक्षण गर्नु ।
– समाजमा शान्ति , सुव्यवस्था
कायम गर्नु
– मानवीय व्यवहारलाई निेर्देशन र नियन्त्रण गर्नु
– न्याय प्रशासनलाई व्यवस्थापन गर्नु
– नागरिकलाई आफ्नो कर्तव्य र अधिकारप्रति सचेत राख्नु
– लोक कल्यानकारी व्यवस्थाको अभिवृद्धि गर्न
– समाजमा नैतिकता, मर्यादा
र अनुशासन भंग हुन नदिन
– अपराधिक गतिविधि गर्ने लाई दण्डित गर्न
– आदर्श समाजको निर्माण गर्न
– सुशासन कायम राख्न
– सामाजिक व्यवहारलाई नियमन गर्न
कानुनका स्रोतः
कानुनको स्रोत भनेको कानुन उत्पति हुने
उद्गम स्थल हो । समान्य अर्थमा कानुनका स्रातहरुको अर्थ कानुनलाई अस्तित्वमा
ल्याउने उद्गम स्थान वा कारणको रुपमा नै बुझिन्छ ।
कानुनका स्रोतहरुलाई मुख्यतः निम्नलिखित
बमोजिम वर्गिकरण गर्न सकिन्छ ।
क) विधायन
सामान्य अर्थमा विधायन शब्दले
व्यवस्थापकीय इच्छाहरु व्यक्त गर्ने पद्धतिलाई बुझाउँछ । स्पष्ट शब्दमा भन्नुपर्दा
राज्यका ३ अङगहरुमध्येको व्यवस्थापिकाले गर्ने सबै कार्य वा क्रियाकलाप विस्तृत
रुपमा विधायनअन्तर्गत पर्दछन् । यो वाध्यात्मक, विश्वव्यापी
र सर्वस्वीकार्य स्रोत हो ।
ख) नजिर
अदालतले कुनै मुद्दाको व्याख्या गर्दा
प्रतिपादन गरको कानूनी सिद्धान्तलाई नजीर भनिन्छ । कुनै मुद्दाको सम्बन्धमा
अदालतको रोहमा त्यसमा विचार गरी गरिएको निर्णय जुन भविष्यमा त्यस्तै मुद्दामा
मातहतका अदालतलाई निर्णयधार बन्छ । नेपालको संविधानमा नजिरलाई कानुनको बाध्यात्मक
कानूनको स्रोतको रुपमा स्थापित गराईएको छ । अर्को नजिर वा कानुनी व्यवस्थाले
विस्थापित नगरेसम्म लागु हुन्छ । यो कुनै न कुनै सिद्धान्तमा आधारित हुन्छ ।
ग) प्रथा
प्राचिनकालदेखि समाजले निरन्तर
रुपमा अनुसरण गर्दै आएका या अपनाउँदै आएका रित, परम्परा, मूल्य, मान्यता
आदिलाई प्रथा भनिन्छ । प्राचिनता, निरन्तरता, निश्चितता, अनुकुलता तर्क संगतता जस्ता तत्व समावेश भएको व्यवहार वा प्रथा कानुनको स्रोत
हो । प्रथा कानुनी र सम्प्रतिज्ञात्मक गरी २ प्रकारका हुन्छन् ।
No comments:
Post a Comment