Tuesday, February 24, 2015

SEZ भनेकाे के हाे

SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ । निर्यातजन्य उद्योग स्थापनाका लागि नेपाल सरकारले सेज स्थापनाको नीति बनाएको छ । निर्यातजन्य उद्योग सञ्चालन गर्न देशका विभिन्न १४ ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ । सोही क्रममा सिमरामा धमाधम निर्माण कार्य भइरहेको छ। नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा विशेष आर्थिक क्षेत्र हो । २०७१ मंसिर ३ गते उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश वस्नेतले संयुक्त रुपमा भैरहवा विशेष आर्थिक क्षेत्र उद्घाटन गरेका हुन् । भैरहवामा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छालाका, तयारी पोसाक, गलैँचा तथा ऊनका सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र पेय पदार्थसमेत गरी १७ थरी उद्योग स्थापना हुने भनिएको छ भने कूल १५ हजारले रोजगारी पाउँने, १० अरबभन्दा बढी लगानी हुने, देशभरिका कूल उद्योगको ३ प्रतिशत सेजमा रहने र हालको तुलनामा १० प्रतिशत निर्यातमा थपिने अनुमान रहेको छ । औद्योगिक क्षेत्रको विकासमा यो नयाँ सुरुवात हुनसक्ने उद्दमीहरुको अनुमान छ । यसले स्थानीय स्रोतको उपयोग हुने हुँदा निर्यात अभिवृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्छ।’ सेजको मूख्य उद्देश्य निर्यात हो । व्यापार घाटा न्यूनिकरणका लागि यो एक योजना भए पनि सम्बन्धित कार्यविधि बाहेक सञ्चालन तथा नियमनका लागि ऐनको अभाव रहेको छ ।

No comments:

Post a Comment