Wednesday, February 25, 2015

शब्दावलीहरू

1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ?
-साइमुद्रो
2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ?
-चिचेट
3.टुनामुना जान्नेलाई के भनिन्छ?
-जालन्दरी
4.अर्नाको बच्चालाई के भनिन्छ?
-पिडा
5.अरुसँग नमिल्ने स्वाभावको मान्छेलाई के भनिन्छ?
-एकलकाँटे
6.टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ?
-चाउलो
8.बत्ती बाल्न प्रयोग गरिने कपडालाई के भनिन्छ?
-सलेदो
9.चौरी गाईको पुच्छरलाई के भनिन्छ?
-चमर
10.मदानीको टुप्पोलाई के भनिन्छ?
-नाईटो
11.मदानीमा बेरिएको धागोलाई के भनिन्छ?
-नेती
12.गहना बनाउँदा खेर जाने सुनलाई के भनिन्छ?
-जर्ति
13.गहनाहरु ठोकिएर बज्दा निस्कने आवाजलाई के भनिन्छ?
-सिज्ज
14.टाउको नभएको मान्छेलाई के भनिन्छ?
-मुर्कटा
15.सौतेनी आमा पट्टिका दाजुभाईलाई के भनिन्छ?
-भिन्नोदर
16.तुलसीको पातको मुनालाई के भनिन्छ?
-मञ्जरी
17.डाडु र पनियो एकै ठाँउ भएको सामाग्रीलाई के भनिन्छ?
-कर्चूलो
18.घोडाको गर्धको रौ लाई के भनिन्छ?
-याल
19.रक्सी बनाउने मानिसलाई के भनिन्छ?
-कलवार
20.दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाई के भनिन्छ?
-दिधिषू
21.खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ?
-जँघार
22.रजस्वला हुने अवस्थाकी किशोरीलाई के भनिन्छ?
-बाला
23.आँखी भौ भएको ठाँउलाई के भनिन्छ?
-भृकुटी
24.भरियाले भारी बिसाउने क्रममा प्रयोग गर्ने लट्ठीलाई के भनिन्छ?
-तोक्मा
25.आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाँउलाई के भनिन्छ?
-क्षितिज
26.लासलैजादा बाटोमा फाल्ने पैसालाई के भनिन्छ?
-टिला
27.सेतो गुँरासलाई के भनिन्छ?
-चिमाली
28.सारङ्गी रेट्ने साधनलाई के भनिन्छ?
-गज
29.बाँदर नचाउनेलाई के भनिन्छ?
-मदारी
30.विवाह नगरेकी युवतीबाट जन्मेको छोरालाई के भनिन्छ?
-कानीन

No comments:

Post a Comment