Tuesday, February 24, 2015

सार्वजनिक सेवा प्रवाहको महत्व

सार्वजनिक सेवा प्रवाहको महत्व
जनताले सरकारको तर्फबाट प्राप्त गर्ने
सेवा सार्वजनिक सेवा हो सेवा प्रदान गर्नु
सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु
सेवाग्राही जनताको अधिकार हो । सार्वजनिक
सेवा सरकार र जनतावीच असल सम्बन्ध कायम राख्ने
एउटा माध्यम पनि हो सार्वजनिक सेवाले
सर्वसाधारण जनताका लागि नुनदेखि सुनसम्म
‚ सडकदेखी सदनसम्म‚ जन्मनुदेखी मृत्युपर्यन्तसम्म अर्थ
र महत्व राख्दछ । जनताको जीवनस्तर
माथि उठाउनेदेखी उसको शैक्षिक‚ सामाजिक
‚ आर्थिक‚ राजनीतिक सांस्कृतिक लगायत हरेक
पक्षमा सहयोग पुर्याएको हुन्छ । त्यसैले सार्वजनिक
सेवा प्रवाहको महत्व बहुआयमिक हुन्छ । जसलाई
निम्न बुँदामा उल्लेख गर्न सकिन्छः-
सार्वजनिक सेवाबाट देश र जनताको सुरक्षा हुने
‚ संरक्षण हुने‚
जनतालाई आवश्यक पर्ने आधारभूत
सेवा जस्तैः खाद्यन्न‚ कपडा‚ आवास
‚ शिक्षा‚ स्वास्थ्य‚ खानेपानी आदि उपलब्ध हुने‚
पूर्वाधार निर्माणसम्बन्धी कार्यले
जनताको जीवनस्तर माथि उठ्न मद्दत पुग्ने‚
सार्वजनिक सेवाले समाजमा सामाजिक न्याय
कायम गरेन सहयोग गर्ने‚
सरकारले प्रवाह गर्ने आर्थिक सहयोग एवं
सुविधा जस्तैः ज्येष्ठ नागरिक भत्ता‚ अपाङ्ग
भत्ता आदिले अशक्त एवं पिछडिएका वर्गको हित
हुने‚
सरकारले व्यापार व्यवसायको विकास गर्न
गरेको सहयोगले जनतामा रोजगारी बढ्ने‚ आयआर्जन
बढ्ने‚ सरकारको राजस्व बढ्ने हुन्छ । ‚
सरकारले मानव विकासमा गरेको लगानीले
जनतामा ज्ञान‚सीप‚क्षमता बढ्ने हुन्छ ।
सार्वजनिक सेवा प्रवाह सरकारले
जनतालाई पुर्याउने हरेक
प्रकारको सेवा सुविधा भएकाले यसले
अन्ततोगत्वा देश र जनताको हित गर्दछ ।
त्यसैले यसको महत्व हुने गर्दछ ।

No comments:

Post a Comment