Friday, January 9, 2015

मिति २०७१ पौष २३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

मिति २०७१ पौष २३ गते बुधबार गोरखापत्रमा प्रकाशित
बस्तुगत प्रश्नोतरहरु
 • ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल
• इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको एयर एसियाको ए ३२०–
२०० विमान कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् २०१४ डिसेम्बर २८
• वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स मिस टिन
अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– प्रियंका पाण्डे
• वि.सं २०७१ पुसमा काठमाडौंमा सम्पन्न नेपाल्स मिस टिन
अफ द इयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– सुप्रिया हमाल
• वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न
हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली
• नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी किर्तिमान
कायम गर्ने व्यक्ति को हुन् ?
– मोहम्मद खुर्सिद हुसेन
• विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य
• नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा उच्च
मानव विकास सुचकांक भएको जिल्ला कुन हो ?
– काठमाडौं
• सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ रहेको छ ?
– भक्तपुर, नेपाल
• सन् २०१४ अक्टोबरमा मलेसियामा सम्पन्न आईसीसी बल्र्ड
क्रिकेट डिभिजन ३ च्याम्पियनको उपाधी कसले जित्यो ?
– नेपाल
• सरकारद्वारा हालै घोषित बडीमालिका नगरपालिका कुन
जिल्लामा पर्दछ ?
– बाजुरा
• अस्ट्रेलियाको सर्वोच्च शिखर
कोस्कियुस्कोमा गोरखापत्रको प्रथम अंक पुर्याई किर्तिमान
कायम गर्ने पर्वतारोही को हुन् ?
– सञ्जय पण्डित
• वि.सं २०७१ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित
गरेको भ्रष्टाचार सुचंकाकमा नेपाल कतिऔं
स्थानमा रहेको छ ?
–१२६ औं
• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको प्रथम
सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– सन् २००९ जुन २६,रसिया

No comments:

Post a Comment