Monday, January 19, 2015

सन् २०१४ का प्रमुख घटनाक्रम !!



सन् २०१४ का प्रमुख घटनाक्रम !!

  • फेब्रुअरी १८- युक्रेनको केन्द्र किभको मध्य स्वतन्त्रता चोक (इन्डिपेन्डेन्स स्क्वायर) वा माइडेनमा युरोपसमर्थक प्रदर्शनकारीमाथिसुरक्षाकर्मीद्वारा कारबाही भयो । त्यहाँ १०० भन्दा बढी व्यक्तिको मृत्यु भयो ।
  • मे २५- युक्रेनमा पश्चिमी मुलुक समर्थक अर्बपति पेत्रो पोरोसेन्को राष्ट्रपति पदमा निर्वाचित भए ।
  • मार्च ८- मलेसिया एयरलाइन्सको उडान एमएच३७०क्वाला लम्पुरबाट बेइजिङतर्फको उडानमा रहँदा हरायो । उक्त विमानमा २३९ यात्रु थिए ।
  •   मार्च १६ युक्रेनको क्राइमिया प्रायद्वीपले रसियामा आवद्ध हुने भनीजनमत सङ्ग्रह ग¥यो । यसको केही दिनपछि रसियाले त्यसलाई आफूमा गाभ्यो ।युक्रेनको पूर्वी भागमा अप्रिलमा पृथकतावादी विद्रोह आरम्भ भयो । यहाँ चारहजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ । यहाँ शान्ति प्रयास अझै अवरुद्ध छ ।
  •   अप्रिल १४- नाइजेरियाको उत्तरपूर्वी भागमा इस्लामी बोको हराम समूहले २७६ स्कुलेबालिकाअपहरण ग¥यो । हालसम्म पनि २१९ बालिका हराइरहेका छन् ।
  • अप्रिल १६- दक्षिण कोरियामा ४७६ यात्रु रहेको सोल जहाज डुब्यो । यस दुर्घटनामा मरेका३०४ व्यक्तिमा २५० सोही माध्यमिक विद्यालयका विद्यार्थी थिए ।
  •   अप्रिल२७- भ्याटिकनको रोमन क्यालोलिक चर्चमा पहिलोपटक पोप फ्रान्सिसले पूर्वपोपजन पल द्वितीय तथा जन तेइसौँलाई आस्थाका लागि नयाँ सन्त घोषणा गरे ।
  •   मे २४- बेल्जियममा एक बन्दुकधारीले ब्रसेल्सको यहुदी सङग्रहालयमा चारव्यक्तिको हत्या गरे । प्रहरीले फ्रान्सेली पुरुष२९ वर्षीय मेदी नेमुचलाईयस अपराधका लागि पक्राउ ग¥यो ।
  • मे २६२८- इजिप्टमा सेनाले मोहमदमोर्सीलाई पदमुक्त गरेको ११ महिनापछि पूर्व सेनाप्रमुख अब्देल फताह अलसिसीराष्ट्रपति पदमा निर्वाचित भए ।
  • जुन १९ - स्पेनमा ४६ वर्षीय नरेसफेलिपेले आफ्ना पिता हुवाँ कार्लोसलाई प्रतिस्थापन गरे । कार्लोसले ३८वर्षको शासनपछि राजगद्दी परित्याग गरेका थिए ।
  • जुन १९  इस्लामीस्टेट नाम गरेको नयाँ सुन्नी अरब लडाकु समूहले इराक तथा सिरियाका भागलाईइस्लामी खलिफातघोषणा गरे । अगस्तमा यी भागहरुमा आईएसलाई लक्ष्य बनाइअमेरिकी नेतृत्वमा हवाई आक्रमण भयो र लडाकूहरूले पाँच पश्चिमी नागरिककोटाउको काटी हत्या गरे ।
  • जुलाई ८ इजरायल तथा प्यालेस्टाइनीक्षेत्रमा इजरायलले अपरेसन प्रोटेक्टिभ एज अन गाजा स्ट्रिपआरम्भ ग¥यो ।सात सातासम्मको सङ्घर्ष तथा बम आक्रमणमा दुई हजार २०० प्यालेस्टाइनी नागरिकतथा ७० इजरायली नागरिकको मृत्यु भयो ।
  • जुलाई १५- युरोपेली महासङ्घमा जँ क्लाउड योङ्कर कार्यकारी आयोगको प्रमुखमा मनोनयन भए ।
  •   जुलाई १७- मलेसियाली एयरलाइन्सको उडान एमएच१७आम्सटरडामबाट क्वालालम्पुरतर्फ उडेको विमानमा युक्रेनको पूर्वी भागमा क्षेप्यास्त्र प्रहारगरियो र त्यसमा रहेका २९८ यात्रुको मृत्युभयो ।
  • अगस्त ८-विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको पश्चिमी भागमा रक्तस्राव गराउने ज्वरोइबोलालाई सार्वजनिक स्वास्थ्यको आपत्काल तथा अन्तर्राष्ट्रिय चिन्ताको विषयभएको घोषणा ग¥यो । डिसेम्बरको अन्त्यसम्म उक्त विषाणुका कारण सात हजार ५००भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ
  • अगस्त ९- अमेरिकाको फर्गसन, मिसौरीमा एक गोरा प्रहरी अधिकारीलेनिशस्त्र काला नवयुवकको हत्या गरेपछि हिंस्रक प्रदर्शन देखाप¥यो । उक्तघटनामा निर्णायक समूहले प्रहरी अधिकृतलाई कारवाही गर्नु नपर्ने निर्णयनोभेम्बरमा दिएपछि नयाँ हिंसा आरम्भ भयो ।
  • सेप्टेम्बर १८-बेलायतमा स्कटल्यान्डका मतदाताले ५५.३ प्रतिशतका आधारमा स्वतन्त्रतालाई अस्वीकार गरे ।
  •   सेप्टेम्बर २६- मेक्सिकोको दक्षिण राज्य गुएरेरोमा लागु पदार्थकोगैरकानुनी व्यापार गर्ने समूहले प्रहरीको सहयोगमा ४३ विद्यार्थीको हत्यागरे । यसले त्यहाँ राजनीतिक सङ्कट देखाप¥यो ।
  • सेप्टेम्बर २८ -चीनकोअर्धस्वायत्त नगर हङकङमा सन् २०१७ सम्म स्वतन्त्र निर्वाचनको माग गरी दुईमहिना लामो प्रजातन्त्र समर्थक प्रदर्शन आरम्भ भयो । प्रहरीलेप्रदर्शनकारीको शिविर डिसेम्बर १५ मा नष्ट ग¥यो ।
  •   सेप्टेम्बर २९- अफगानिस्तानमा तीन महिनाको राजनीतिक सङ्कटपछि अस्रफ घानीले नयाँ राष्ट्रपतिको रूपमा सपथग्रहण गरे ।

अक्टोबर १० ः पाकिस्तानकी १७ वर्षीया नवयुवती मलाला युसफजईलाई सबैभन्दा कम उमेरकी नोबेल शान्ति पुरस्कार विजेताको रूपमा बालअधिकारका लागि काम गर्ने ६० वर्षीय भारतीय नागरिक कैलाश सत्यार्थीसँगै नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय नोबेल समितिले ग¥यो ।
अक्टोबर २१ ः दक्षिण अफ्रिकामा खुट्टा गुमाएका धावक ओस्कार पिस्तोरसलाई उसकी मोडेल महिलामित्र रिभा स्टिनकम्पलाई सन् २०१३ मा हत्या गरेको भनी पाँच वर्षको काराबासको सजाय दिइयो ।
अक्टोबर २२ ः क्यानडाको ओटावामा एक बन्दुकधारीले संसदमा प्रवेश गर्ने प्रयासमा एक सैनिकको हत्या गरे । यसपछि संसदको सुरक्षाकर्मीले उनको हत्या गरे ।
अक्टोबर ३१ ः बुर्किना फासोमा २७ वर्षसम्म शासन गरी पदमा कायमै रहन संविधान संशोधन गर्ने प्रयासमा ब्लेस कम्पोरलाई पदबाट हटाइयो ।
नोभेम्बर १२ ः युरोपेली अन्तरिक्षयान फिले पहिलोपटक एक पुच्छ«ेतारामा अवतरण भयो । उक्त पुच्छ«ेतारा पृथ्वीबाट ५१० किलोमिटर पर थियो ।
नोभेम्बर २३ ः ट्युनिसियामा सन् २०११ मा अरब क्रान्तिपछि पहिलो पटक राष्ट्रपति पदको निर्वाचन भयो । डिसेम्बर ११ मा ८८ वर्षीय बेजी केइड इसेब्सी दोस्रो चरणको मतदानबाट उक्त पदमा निर्वाचित भए ।
डिसेम्बर १ ः चीन, अमेरिका तथा युरोपले सामान्य सहमतिको संरचना स्वीकार गरेपछि लिमामा संयुक्त राष्ट्र सङ्घको मौसम परिवर्तन सम्बन्धी २० औँ सम्मेलन आरम्भ भयो ।
डिसेम्बर १५ ः इरानमा जन्मेका एक इस्लामीले सिड्नीको एक क्याफेमा १७ व्यक्तिलाई बन्धक बनाए । प्रहरीले त्यहाँ कारबाही गर्दा बन्धक बनाउने व्यक्तिका साथमा तीन व्यक्तिको मृत्यु भयो र अन्य छ घाइते भए ।
डिसेम्बर १६ ः पाकिस्तानको उत्तरपश्चिमी भाग पेसावरमा बन्दुकधारीले गरेको आक्रमणमा १५० व्यक्तिको मृत्युभयो । मर्नेमा १३४ बालबालिका थिए । तेहरिकतालिवान पाकिस्तान (टीटीपी) ले उक्त आक्रमणको जिम्मेवारी लियो ।
डिसेम्बर १७ ः पाकिस्तानले आतङ्कवादसँग सम्बन्धित मृत्युदण्ड कार्यान्वयन नगर्ने निर्णय हटाउने घोषणा ग¥यो ।
डिसेम्बर १७ ः क्युबा तथा अमेरिकाले ५० वर्षपछि पुनः आर्थिक सम्बन्ध सुधार्ने तथा कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरे ।
डिसेम्बर १७ ः कोलम्बियामा माक्र्सवादी छापामार समूह एफएआरसीले सरकारविरुद्ध युद्ध रोकी एकपक्षीय रूपमा युद्धविरामको घोषणा ग¥यो ।
डिसेम्बर १७ ः अमेरिकामा सोनी पिक्चर्सले एकाएक उत्तर कोरियाली नेता किम जोङउनको हत्या गर्ने षडयन्त्रसम्बन्ध
ी मौलिक व्यङ्ग्य चलचित्र द इन्टरभ्युप्रदर्शन रोक्ने निर्णय ग¥यो । उक्त चलचित्रका कारण उत्तर कोरिया क्रुद्ध भएको थियो भने ह्याकरहरूले उक्त संस्थालाई चेतावनी दिएका थिए । डिसेम्बर २४ मा उक्त कम्पनीले उक्त चलचित्र क्रिस्टमसको दिनमा केही अमेरिकी सिनेमाघरमा प्रदर्शन गर्ने निर्णय ग¥यो ।
डिसेम्बर २८ ः मलेसियामा केन्द्रीय कार्यालय रहेको एयरएसियाको उडान क्युजेड८५०१ को १६२ यात्रुसहित इन्डोनेसियाबाट सिङ्गापुरसम्म उडेको विमान खराब मौसमका कारण विमानचालकले उडान योजना परिवर्तन गर्न अनुमति मागेपछि अकस्मात् हरायो ।

No comments:

Post a Comment