Sunday, October 19, 2014

वातावरण--------------------------------------------------



पृथ्वीमा रहेका जिव, जनावर, वनस्पति, हावा, पानी, माटो आदि सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सामुहिक स्वरुप अस्तित्व र आपसी अन्र्तक्रियालाई वातावरण भनिन्छ ।
वातावरण ऐन, २०५३ को दफा २ अनुसार —ब्रह्माण्ड प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक एवम् मानविय क्रियाकलापहरु र ती अव्ययहरुबीचको अन्र्तक्रिया तथा सम्बन्ध नै वातावरण हो ।
वातावरण व्यवस्थापनप्रत्यक्ष वा परोक्ष रुपले वातावरणमा बढ्दो शहरीकरण, बढ्दो अद्यौकिरण,आणविकीकरण, प्राकृतिक स्रोत माथिको तिव्रदहण, अम्ल वर्षा, मरुभुमीकरण, बाढी,पहिरो, अनावृष्टी, अतिवृष्टि, ओजोन तह विनाश आदिले क्षति नपु¥याइर् स्याहार, सम्भार, सम्बर्धन, संरक्षण तथा सदुपयोग गर्नुलाई वातावरण व्यवस्थापनभनिन्छ ।



वातावरण व्यवस्थापनको महत्व
– प्राकृतिक सम्पदाहरुको संरक्षण हुने । 
– राष्ट्रियआयमा बृद्धि हुने ।
– रोजगारीमा वृद्धि हुने ।
 – पर्यटकियविकासमा सघाउ पु¥याउने ।
– घरेलु तथा साना उद्योगको विकास हुने ।
– स्वच्छ र स्वस्थ वातावरणको अनुभुती हुने ।
– अव्यवस्थित शहरीकरणमा न्युनीकरण हुने । 
– जिवजन्तु,वन्यजन्तु एवम् वनस्पतीहरुको संरक्षण ।
– प्राकृतिक सन्तुलन कायम गर्न सकिने ।

वातावरण प्रदुषणवातावरण ऐन २०५३ अनुसार—ब्रह्माण्डका प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरुआर्थिक तथा मानविय क्रियाकलापहरु र ती अव्ययवहरु बिचको अन्र्तक्रिया तथा अन्तर्सम्बन्धको परिणाम स्वरुप वातावरणमा ह«ास ल्याउने, क्षति पु¥याउने वा वातावरणकोलाभदायी वा उपयोगी प्र्रयोजनमा हानी नोक्सानी पु¥याउने एवम् नाकारात्मक असरपार्ने गरि सृजित अवस्थालाई वातावरण प्रदुषण भनिन्छ ।वातावरण प्रदुषणका किसीमहरुबृहत रुपमा हेर्ने हो भन्ने वातावरण प्रदुषणलाई प्रकृति प्रद्धत प्रदुषण(ज्वालामुखी, आँधी, आगजनी, भु–क्षय) र मानव प्रद्धत प्रदुुषण रुपमा प्रदुषणकाकिसीमलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१) वायु प्रदुषण ः— हावामा धँुवा, धुला लगायतका अनावश्यक बाहिरी पदार्थ जम्माहुनाले वायु प्रदुषण हुन्छ । ओजनतहको विनाश, हरितगृह प्रभाव, अम्लीय वर्षा,यातायातका साधन र कलकरखानाबाट निस्केको कार्बन मिश्रीत ग्यास आदि वायु प्रदुषणकाउदाहरण हुन् ।
२) जल प्रदुषण ः— मानव निर्मित फोहर, कलकरखानाको फोहोर, पानीमा फ्याकिएका रसायन आदिले जल प्रदुषण हुन जान्छ ।
३) भु–प्रदुषण ः— बाढी, पहिरो, बनविनाश, विषाक्तयुक्त मलको प्रयोग, आदि 
४) ध्वनी प्रदुषण ः— गाडी, कलकरखाना तथा अन्य यन्त्रहरुबाट उत्पादीत ध्वनि
५) खाद्य प्रदुषण ः— खाद्य वस्तुहरुमा विभिन्न अखाद्यपदार्थ, औषधी आदि वस्तुहरुकोमिसावट
६) रसायनिक प्रदुषण ः— वायु, जल, जमिन, खाद्यान्न आदिमा विभिन्न रसायनहरुकोकारण हुने ।
७) इलेक्ट्रो प्रदुषण ः— राडर, सेलुलर, टेलिफोन, एफ.एम. रेडियोबाटउत्पन्न भएका विद्युत चुम्बिकिय विकिरणबाट उत्पन्न प्रदुषण



वातावरण प्रदुषणका कारणहरु ः
– अनियन्त्रित जनसंख्या बृद्धि 
– प्राकृतिक सम्पदाको अधिक शोषण
– जनचेतनाको अभाव 
– कानुन पालनाको अभाव
– अव्यवस्थित शहरीकरण एवम् औद्योगिकरण 
– गरिबी रबसाइसराइ– खुल्ला सिमाना हुनु । 
– विषाधि रसायनहरुको प्रयोगमा वृद्धि
– भु–क्षय हुनु 
 यातायातका साधनमातिब्र बृद्धि
– वनजंगलको तिव्र फडानी 
– आणविक हतियारको होडबाजी
– वातावरण संरक्षणको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय समन्यव्यकोकमी




वातावरण प्रदुषणबाट देखा परेका समस्याहरु
– ओजनतहको विनास 
– कृषि उत्पादनमा ह्रास
– वनजंगलको विनाश 
– मरुभुमीकरण एवंमानवीय विकासमा चुनौती
– पुरातात्विक वस्तु एवं दुर्लभ प्राणी र वनस्पतिको विनाश
 – विश्वव्यापीउष्णता
– अम्लिय वर्षा 
– हरित गृह प्रभाव बढनु
– वायुमण्डलीय धुमिलता 
– जैविकविविधतामा ह«ास आउनु
– बाढी, पहिरो, भुक्षय अतिवृष्टि, अनावृष्टि र खडेरी 
–आणविक हिउदको समस्या
– प्राकृतिक स्रोत र साधनमा कमी 
– दुर्लभ प्राणी, वनस्पती वस्तुको जाति एवम् वंशको लोप
– मानविय विकासलाई चुनौती आदि ।


वातारण संरक्षणका उपायहरु ः
वातावरण संरक्षण भन्नाले वातावरणमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले ह«ास ल्याउनेएवम् क्षति पु¥याउने कार्य नगरी वातावरणका विभिन्न व्ययहरु तिनीहरुका अन्तर्सम्बन्धमा समेत कुनै खलल नपु¥याई स्याहार, सम्भार, सम्बर्धन, व्यवस्थापनतथा सदुपयोग गर्ने कार्यलाई बुझिन्छ । वातावरण सन्तुलन गरि राख्नु नै वातावरण संरक्षण गर्न हो जसका उपाय निम्न अनुसार छन् ।
– सम्पुर्ण राष्ट्रिय नितीहरु वातावरण मैत्री, वातावरणमा ह«ास नहुनेगरी योजना तर्जुमा एवम् कार्यान्वयन गर्ने वातावरण, शिक्षा लाभ गर्ने ।
– प्राकृतिक स्रोत र साधन एवम सम्पदाहरुको संरक्षण गर्नुपर्ने तथा जैविक विविधताको संरक्षण गरिनु पर्ने ।
– वातावरण सम्बन्धी सुचना केन्द्रको स्थापना र विकास गर्नुपर्ने
– बढदो जनसंख्या नियन्त्रण एवम व्यवस्थापन गर्नुपर्ने ।
– गरिबी उन्मुलन गर्नुपर्ने
– व्यवस्थित सहरीकरण तथा उचित बसोबासको व्यवस्था हुनुपर्ने
– जैविक विविधता संरक्षण गर्नुपर्ने
– प्रंदुषणरहित प्रविधिको विकास र पंयोग गर्नुपर्ने
– उद्योगहरुको स्थापना शहरी क्षेत्रभन्दा टाढा र वैज्ञानिक रुपले गर्ने ।
– वातावरण संरक्षणमा जनसहभागिता बढाउने ।
– फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने।
– वैकल्पिक उर्जाको विकास र प्रयोगमा बृद्धि गर्नुपर्ने ।
– फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने
– किटनाशक विषादी र मलको सटा प्रांगारिक मलको प्रयोगबढाउनुपर्छ ।
– रसायनिक, जैविक तथा आणविक हात हतियारको उत्पादन, बेचबिखन र प्रयोगमा बन्देज लगाउनुपर्छ ।
– वातावरण सम्बन्धि अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको कायार्न्वयनको लागि समय अनुकुल ऐन कानुन निर्माण गरि कडाईको साथलागु गर्नुपर्ने ।

No comments:

Post a Comment