Sunday, October 19, 2014

केही महत्वपूर्ण प्रश्नहरू ------------------------------




१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने
पहिलो लिच्छवि राजा को हन् ?
– वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ
शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ?
– वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई
तत्काल जङ्बहादुरका बाबु बालनरसिंह कुँवरले
छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र
अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक
रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले
बसालेका हुन् ?
– चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक
द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष
सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक
द्रव्यकोषको व्यवस्था मिलाई
नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने
व्यवस्था मिलाएको थियो ?
– जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को
कहिलेको निर्णयबाट
कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन
गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम
गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल
राजा को हुन् ?
– अभय मल्ल (यिनी पहिलो मल्ल
राजा अरि मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन
विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट
प्रारम्भ भएको हो ?
– जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन्
जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द
ग्रेटकी पत्नीको नाम के थियो ?
– रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने
भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन
देशमा भएको थियो ?
– इटली (इटलीको गेनोआमामा,
अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
११. सिन्धुपाल्चोकको माङ्खा जुरेमा कहिले
गएको पहिरोले सुनकोसी नदीको बहाव नै
रोकिदिएको थियो ?
– वि.सं. २०७१ श्रावण १७
१२. बाढी–पहिरोको जोखिमको हिसाबले नेपाल
विश्वमा कतिऔं स्थानमा पर्दछ ?
– ३० औं
१३. दुई हजार चार सय किमि लामो हिमालय
पर्वतामालाको करिव कति किमि हिमालय
नेपालमा पर्दछ ?
– आठ सय किमि
१४. ‘व्यास हिमाल’ कुन जिल्लामा पर्दछ ?
– दार्चुला
१५. क्षेत्रफलको दृष्टिले
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा सबैभन्दा सानो जिल्ला भक्तपुर
भन्दा कति गुणा ठूलो छ ?
–६६ गुणा
१६. साउदी अरबमा कुल जनसङ्ख्याको कति प्रतिशत
विदेशी कामदार रहेका छन् ?
– ३० प्रतिशत
१७. हाल विश्वमा कति देशमा ‘पाटे बाघ’ पाइन्छ ?
– ४ देश (नेपाल, भारत, बङ्गलादेश र भुटानमा)
१८. नेपिटो कुन आसियान
मुलुकको नयाँ राजधानी हो ?
– म्यानमार
१९. नेपाली बजारमा पाइने अधिकांश रुद्राक्ष कुन
मुलुकबाट आएको हो ?
– इन्डोनेसिया
२०. विश्वमा कति प्रजातिको रुद्राक्षा पाइन्छ ?
– १२३ प्रजाति
२१. अपराध गरेर जेल बसेकामध्ये नेपालमा ८०
प्रतिशत कुन जाति भएको सरकारी तथ्यांक
रहेको छ ?
– तामाङ्ग
२२. भारतको लोकसभाको सभामुख भारतीय
जनता पार्टीका एक महिला नेत्री छन् भन्नुहोस
उनको नाम के हो ?
– सुमित्रा महाजन
२३. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा
२४. सुदूर
पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित
कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
२५. नेपाल सरकारले २०७० सालको बरिष्ठ
पत्रकार सम्मान ( जनही रु २ लाख )
कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र
अर्जुन ज्ञवाली )
२६. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के
भनिन्छ ?
– प्रवज्या
२७. विश्वमा क्रिश्चियन धर्म
मान्नेहरुको संख्या विश्वको कुल
जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
२८. एक अर्का भेट्दा सर्वप्रथम तिमीले
खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन
एसियाली मुलुृकका नागरिकमा रहेको छ ?
– चीन
२९. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले
अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
३०. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन
भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै
पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के
भनिन्छ ?
– मोनोब्सनी
३१. अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार
२९ गते सार्वजनिक गरेको आ.व २०७१\७२
को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने
लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
३२. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर
विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने
पुरुषमा स्विट्जरल्यान्ड का रोजर फेडेरर विश्व
नम्बर एकको स्थानमा कति हप्ता विताएर
र्कीर्तिमान बनाएका हुन् ?
– ३०२ हप्ता
३३. दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर
तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक
कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?
– सन् २०१४ जुलाई ३०
३४. सर्वाेच्च अदालतले सूर्ती, चुरोट, खैनी र
सूर्तीजन्य अन्य उत्पादनको बट्टामा ७५ प्रतिशत
भाग ओगट्ने गरी क्यान्सर लागेको रंगीन तस्बिर
छाप्नुपर्ने आदेश कहिले गरेको हो ?
– वि.सं २०७० पुस १४ गते
३५. नेपाल सरकारले कहिलेसम्म मुलुकलाई
खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य तोकिएको छ ?
–– सन् २०१७ सम्ममा
३६ डिप्रेसन कम गराउने कुन फल खान उपयुक्त
मानिन्छ ?
– स्याउ
३७. परराष्ट्र मन्त्रालयले इबोला भाइरसबाट
सबैभन्दा प्रभावित पश्चिम
अफ्रिकाका कति राष्ट्रको भ्रमण नर्गन आग्रह
गरेको छ ?
– चार राष्ट्र
३८ विश्वमा सबैभन्दा बढी चीज खाने
ग्रिसका नागरिक हुन् भने उनीहरुले बर्षमा एक
व्यक्तिले सरदर कति केजी चीज खान्छन् ?
– २४ के.जी
३९. कुन खाने कुरामा आलुमा भन्दा १०
गुणा बढी भिटामिन सी पाइन्छ ?
–सखरखण्ड
४०. स्थानीय विकास मन्त्रालयको स्थापना कहिले
भएको हो ?
– वि.सं २०३७
४१.
निजामती सेवाको पदपूर्ति सम्बन्धमा पिछडिएको क्षेत्र
भनी कति जिल्लालाई तोकिएको छ ?
– ९ जिल्ला
साभार गोरखापत्र

No comments:

Post a Comment