Sunday, October 19, 2014

प्रश्नहरू -------------------------------------------




१. आँशुकवि भनेर नेपाली काव्य साहित्यमा कसलाई चिनिन्छ ?
- शम्भुप्रसाद ढुंगेल
२. मानब मुटुमा कति वटा भल्भ हुन्छन?
- ४ वटा
३. CPU को पुरा रुप के हो?
- Central Processing Unit
४. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु कुन देशमा पर्छ ?
- पाकिस्तान
५. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो ?
- वि.सं.२००८ माघ २१
६. नेपालमा गणतन्त्र दिवश कहिले मनाइन्छ ?
- जेठ १५
७. भगवान शिवको नृत्य गर्दा को नाम के हो ?
- नटराज
८. किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
- मुन्थुम
९. घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
- कैलाली
१०. नेपालको पहिलो महिला रक्षामन्त्री को हुन् ?
- विद्या भण्डारी
११. सगरमाथाको आरोहन गर्ने प्रथम नेपाली नायिका को हुन् ?
- निशा अधिकारी
१२. नेपालको इतिहासमा जिउदो सहीद कसलाई भनिन्छ ?
- टंकप्रसाद आचार्य
१३. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ??
- नेपाल
१४. नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
- रबिन्द्र बस्नेत
१५. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ??
- भुतको भिनाजु
१६. गाईलाई गोठ भए बाख्रालाई के ??
- खोर
१७. कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय युवाबर्सको रुपमा मनाएको थियो?
- सन् २०१२
१८. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?
- अलैची
१९. सरकारले लिएको ॠणलाई के भनिन्छ?
- सार्वजनिक ऋण
२०. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
- बि.स.२०५५ कार्तिक २२ गते
२१. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
-महाशंकर सापकोटा (बि.स.२०१९)
२२. नेपालमा कति प्रकारका लालीगुरास पाईन्छन?
- ३२
२३. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
- बि.स.२०७० असार २० गते
२४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
- राम प्रसाद पोखरेल
२५. अन्तरीक्षमा बसाईने प्रस्तावित सहरको नाम के हो?
- ओल्गा
२६. दोस्रो संविधान सभाको पहिलो बैठक कहिले बस्यो?
- वि.सं. २०७० माघ ८ गते
२७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो ?
- जर्मनी
२८. सौर्य प्रणालीका ग्रहहरुमध्ये ग्यासै ग्यासले भरिएको एक मात्र ग्रह कुन हो ?
- वृहस्पति
२९. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
- इटली
३०. सिन्धुपाल्चोकको माङ्खा जुरेमा कहिले गएको पहिरोले सुनकोसी नदीको बहाव नै रोकिदिएको थियो ?
- वि.सं. २०७१ श्रावण १७
३१. रोल्पा जिल्लाको सदरमुकाम कहाँ हो ?
- लिवाङ
३२. विश्वमा कति प्रजातिको रुद्राक्षा पाइन्छ ?
- १२३ प्रजाति
३३. वैज्ञानिक म्याडम क्युरीको जन्म कुन देशमा भएको थियो ?
- पोल्याण्ड
३४. विश्वमा सबै भन्दा बढी स्याउ उत्पादन कुन मुलुकमा हुन्छ ?
- चीन
३५. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
- शिलु

No comments:

Post a Comment