Sunday, January 8, 2023

राजस्व र खर्चको सन्तुलन कायम गर्ने

 

·         नीतिगत सुधारः

o   उत्पादनमूलक वा रणनीतक महत्वका क्षेत्रमा प्राथमिकता र विनियोजन

o   चालु खर्चलाई कुल गार्हस्थ्य उत्पादनको निश्चित अनुपातमा राख्नुपर्ने,

·         राजस्वको दायरा विस्तार

o   अनौपचारिक कारोबारलाई शून्य सहनशीलताका साथ नियन्त्रण गर्ने ।

o   ढुंगा गिटी बालुवालाई वैज्ञानिक मापदण्ड ।

o   सामाजिक सञ्जालमा आधारित विज्ञापनमा कर ।

o   आयात व्यवस्थापन रणनीति स्थानीय उत्पादनमा प्रोत्साहन ।

·         अनुत्पादक खर्चमा कटौती

·         आयोगहरुका प्रतिवेदन कार्यान्वन जस्तैः खनाल आयोग ।

·         संघीय मन्त्रालयको संख्या घटाउने

·         प्रदेश मन्त्रालयको सीमा साँघुरो बनाउने ।

·         व्यक्ति र संस्थालाई दिइने अनुदानका लागि ऐन निर्माण गरी सोहीमार्फत तोकिनुपर्ने,

·         सामाजिक सुरक्षालाई एकीकृत तरिकाले सञ्चालन गर्नुपर्ने Duplication हटाउने ।

·          लाभान्वित समूहको पहिचानका आधारमा सामाजिक सुरक्षा भत्ता लागू गर्नुपर्ने,

·          अनुदान र आर्थिक सहायता वस्तुनिष्ठ पार्नुपर्ने,  

  अनावश्यक संस्था /संरचना खोल्न रोक्नुपर्ने

https://www.himalkhabar.com/news/133848

प्रतिनिधित्वका सिद्धान्त


 मुख्य–मुख्य  सिद्धान्तहरूको सारांश तल दिइएको छ ।
 

समग्र संस्थागत संयन्त्रको अंग 

निर्वाचन प्रणाली संवैधानिक र राजनीतिक संयन्त्रसँग घनिष्ट रुपमा आबद्ध छ र यसले पृथक पृथक संस्थागत स्थितिमा पृथक–पृथक ढंगले सदैव काम गर्दछ भन्नसकिदैन । संस्थाहरूको ढाँचा छनौट गर्नु बुद्धिमानी हुन्छ र शून्यतामा निर्वाचन प्रणालीको छनौट गर्नुहुँदैन ।

 

सरल र स्पष्ट

प्रभावकारी र दिगो निर्वाचन प्रणालीका प्रारुपहरू मतदाता र राजनीतिज्ञहरूले सजिलै बुझ्नसक्ने खालका हुन्छन् । ज्यादा जटिलताले असमझदारी, अनिच्छित परिणति र नतिजाप्रति मतदाताले अविश्वास गर्ने वातावरणतर्फ लैजान सक्छ । तर विभिन्न किसिमका निर्वाचन प्रणालीहरू जानकारी गरी सफलतापूर्वक प्रयोग गर्नसक्ने मतदाताहरूको क्षमतालाई कम आँक्नु पनि त्यतिकै खतरनाक हुन्छ । मतदाताहरूले प्रायः तुलनात्मक रुपमा राजनीतिक प्राथमिकता र छनौटको जटिल क्रम व्यक्त गर्न चाहन्छन् र गरेका पनि छन् ।

नव सिर्जना 

आज विश्वमा प्रयोग भइरहेका सफल निर्वाचन प्रणालीमध्ये धेरै प्रणाली स्वयंले खास–खास समस्याहरूलाई सम्बोधन गर्ने नवीनतम सोचको प्रतिनिधित्व गर्दछन्
र ती प्रणाली राम्रोसँग काम गर्नसक्ने भनी प्रमाणित भइसकेका छन् । छिमेकी मुलुकहरू, धेरै भिन्न देखिने स्थितिहरू अनि अरुको अनुभवबाट सिक्नुपर्ने कुरा धेरै
छन् । 

समावेशी पक्ष
जहाँसम्म सम्भव छ विभाजित वा सापेक्षिक रुपमा समतामूलक समाजमा, निर्वाचन प्रणालीले व्यवस्थापिकामा सबै महत्वपूर्ण हितलाई समावेश गर्ने पक्षमा
गल्ती गर्नुहुँदैन । वैचारिक, जातीयता, वर्णगत, भाषिक, क्षेत्रीय वा धार्मिक पहिचान जे सुकैमा आधारित भए तापनि, अल्पसंख्यकको विचारधारालाई खासगरी विकासोन्मुख मुलुकहरूमा, व्यवस्थापिकामा समावेश नगर्दा, त्यसले दुर्दशापूर्ण रुपमा प्रत्युत्पादक परिणति ल्याएको छ ।


छनौटमा प्रकृया एउटा मुख्य तत्व 
कुनै खास निर्वाचन प्रणाली छनौट गर्दा अपनाइने बाटो पनि सो प्रणालीको वैधता सुनिश्चित गर्न अत्यन्तै महत्वपूर्ण स्थानराख्छ । कुनै दलगत स्वार्थबाट मात्रै अभिप्रेरित भएको ठानिएको निर्णयको तुलनामा अधिकांश वा सबै समूहहरू, निर्वाचक समूह समेत समावेश गरिएको प्रकृयाबाट ग्रहण गरिएको अन्तिम परिणामले उल्लेख्य एवं व्यापक समर्थन पाउने सम्भावना हुन्छ । निर्वाचन प्रणालीको छनौटका सम्बन्धमा छलफल गर्दा दलगत कुरालाई बेवास्ता गर्न सकिंदैन तापनि कुनै संस्थाप्रतिको व्यापक अन्तरदलीय र जनसमर्थन यसको मान्यता र सम्मानका लागि महत्वपूर्ण हुन्छ ।


वैधता र स्वीकार्यता निर्माण
प्रजातान्त्रिक प्रकृयामा भूमिका निर्वाह गर्न चाहने सबै समूहले यस्तो अनुभूति गर्नुपर्छ कि प्रयोगमा ल्याइने निर्वाचन प्रणाली स्वच्छ छ र त्यसले उनीहरूलाई अन्यजो कोही सरह निर्वाचनमा सफलता पाउन समान अवसर प्रदान गर्दछ । निर्वाचनमा पराजित हुनेहरूले उनीहरूको असंतुष्टिलाई प्रणाली स्वयंको अस्वीकृतिमा बदल्नु वा
निर्वाचन प्रणालीलाई लोकतान्त्रिक सुदृढीकरणको मार्गमा अस्थिर बनाउने बहानाको रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता ठान्नु हुंदैन ।
अधिकतम मतदाताको प्रभाव

मतदाताहरूले निर्वाचनबाट उनीहरूलाई सरकार र सरकारी नीतिमा प्रभाव पार्ने उपाय उपलब्ध हुन्छ भन्ने अनुभूति गर्नुपर्दंछ । विभिन्न तरिकाहरूबाट
छनौटलाई अधिकतम पार्न सकिन्छ । मतदाताहरू दलहरूबीच, विभिन्न दलका उम्मेदवारहरूबीच र एउटै दलका उम्मेदवारहरूबीच छनौट गर्न सक्षम हुनसक्छन् ।
उनीहरू राष्ट्रपतिय, माथिल्लो सदन, तल्लो सदन, क्षेत्रीय र स्थानीय सरकारका निर्वाचनहरूमा विभिन्न प्रणाली अन्तर्गत मत दिन सक्षम पनि हुनसक्छन् । आफ्नो मतले व्यवस्थापिकाको गठनमा मात्रै होइन कि सरकारको गठनमा पनि साँचो अर्थमा प्रभाव पार्दछ भन्ने पनि उनीहरूले महसुस गनुपर्दछ ।
समान विचारका राजनीतिक दलहरुबीच सन्तुलन
मतदाताले मतपत्रमा अधिकतम छनौट गर्न पाउने व्यवस्थाले यस्तो विभाजित व्यवस्थापिकाको जन्म दिनसक्छ जहाँ कसैले पनि आशा गरेको परिणाम प्राप्त
गर्नसक्दैन । फराकिलो आधार भएका समान विचारका राजनीतिक दलहरू प्रभावकारी र दिगो लोकतन्त्र प्रवद्र्धन गर्ने अत्यन्तै महत्वपूर्ण तत्वहरू हुन् ।
दीर्घकालीन स्थिरता र अल्पकालीन लाभ सधैं सुसङ्गत हुदैनन् 

राजनीतिक पात्रहरूले नयाँ निर्वाचन प्रणालीका बारेमा वार्ता गर्दा आगामी निर्वाचनहरूमा आफ्ना दललाई लाभ पुर्‍याउन सक्ने देखेका प्रस्तावहरू प्रायः अघि सार्दछन् । तर यो प्रायः विवेकहीन रणनीति हुनसक्छ किनभने एउटा दलको अल्पकालीन सफलता वा प्रभुत्वले दीर्घकालीन राजनीतिक विभाजन र सामाजिक अस्थिरतातर्फ लैजानसक्छ । त्यसैगरी, निर्वाचन प्रणाली परिवर्तित राजनीतिक परिस्थिति र नयाँ राजनीतिक गतिविधिको विकासलाई प्रभावकारी ढंगले सम्बोधन गर्न पर्याप्त मात्रामा उत्तरदायी हुन जरुरी हुन्छ । स्थापित लोकतन्त्रमा पनि, ठूला दलहरूलाई प्राप्त समर्थन कमै मात्रामा स्थिर हुन्छ जबकि नयाँ लोकतन्त्रमा राजनीति प्रायः सधै उच्च रुपमा गतिशील हुन्छ र एउटा निर्वाचनमा हुने निर्वाचनसम्बन्धी व्यवस्थाहरूबाट लाभ लिने दलले अर्को निर्वाचनमा लाभ लिनसक्छ नै भन्ने हुँदैन ।
 

कमजोरीहरुलाई पछि सजिलैसंग सुधार्न सकिन्छ भन्ने कल्पना नगर
सबै निर्वाचन प्रणालीले विजेता र पराजित सिर्जना गर्दछन् र त्यसै कारणले गर्दा निहित स्वार्थ उत्पन्न हुन्छ । कुनै प्रणाली लागू भइसकेपछि यिनीहरू राजनीतिक वातावरणको हिस्सा बन्न पुग्छन् । उत्पन्न हुने समस्यालाई समाधान गर्न, पछि सहमति जुटाउन सजिलो हुनेछ भनी अनुमान गर्नु बुद्धीमतापूर्ण नहुनसक्छ । कुनै प्रणालीको पुनरावलोकन गरिने भएमा, प्रणालीको परिवर्तन समेट्ने कानूनी लिखतमा परिवर्तन समाविष्ट गर्ने कुरा संवेदनशील हुनसक्छ ।

कुनै पनि नयाँ प्रणालीले सामाजिक द्वन्द्वमा पार्नसक्ने प्रभावको मूल्यांकन गर्ने
निर्वाचन प्रणालीलाई विधायक र राष्ट्रपति छनौट गर्ने संयन्त्रको रुपमा मात्रै होइन कि समाजभित्र द्वन्द्व व्यवस्थापन गर्ने साधनको रुपमा समेत हेर्न सकिन्छ ।
केही परिस्थितिमा केही प्रणालीले दलहरूलाई उनीहरूका आफ्नै सारपूर्ण समर्थनको आधारस्थल बाहिर समर्थनका लागि समावेशी आव्हान गर्न प्रोत्साहित गर्दछन् ।
अनुपयुक्त निर्वाचन प्रणालीको प्रयोगले सिर्जना भइसकेका नकारात्मक प्रवृत्तिहरूलाई बढावा दिन मद्दत पु¥याउँछन्, उदाहरणका लागि निर्वाचनलाई “शून्य हिसाब” को परिणाममुखी प्रतिस्पर्धाको रुपमा हेर्न र त्यसरी नै आफ्ना गृह समूह बाहिरका कसैसँग पनि शत्रुतापूर्ण र असमावेशी तरिकाले व्यवहार गर्न दलहरूलाई प्रोत्साहित गरेर मद्दत पु¥याउँछन् । कुनै राजनीतिक संस्थाको प्रारुप तयार पार्दा, न्यूनतम आधार वा विन्दु के हो भने यसले समाजभित्र तनाव कम गर्न सघाउ पु¥याउन सकेन भने पनि यसले कम्तीमा कुनै पनि विषयवस्तुलाई अझ बढी खराव बनाउनु हुँदैन ।
असाधारण वा अवाञ्छित आकस्मिकताहरुको परीक्षण र परिकल्पना गर्ने
निर्वाचन प्रणालीका प्रारुपकर्ताहरूले दीर्घकालीन रुपमा आउनसक्ने क्लेश हटाउन आपूmसँगै केही असामान्य प्रश्नहरू सोध्नुपर्दछ । नतिजा के हो र सो निर्धारण गर्नसक्ने गरी प्रस्तावित प्रणाली विस्तृत र स्पष्ट त छ ? के एउटै दलले सबै स्थानहरू जित्नसक्ने सम्भावना छ ? व्यवस्थापिकामा उपलब्ध स्थानहरू भन्दा बढी स्थान दिन के गर्नुपर्छ ? उम्मेदवारहरूले गठबन्धन गरे के गर्नुहुन्छ ? के कुनै प्रणालीले केही निर्वाचन क्षेत्रहरूमा कुनै दलको समर्थकले आपूmले रोजेको दल वा उम्मेदवारलाई मत नदिंदा राम्रो हुन्छ भन्ने अर्थ त राख्दैन ?


दिगो हुनुपर्छ भन्ने कुरा सम्झनुपर्ने
छनौट गरिएको निर्वाचन प्रणालीले मतदाता सूची र सीमा निर्धारण सम्बन्धी
आवश्यक शर्तहरू सहित निर्वाचन प्रशासनमा मानवस्रोतको माग र राष्ट्रिय बजेटमा
आर्थिक स्रोतको माग सिर्जना गर्नेछ । यी स्रोतहरूलाई निरन्तर रुपमा उपलब्ध गराउन सम्भव र वाञ्छनीय छ त?


निर्वाचन प्रणालीका प्रकार

 


Saturday, January 7, 2023

नेपालमा शक्तिको नियन्त्रण र सन्तुलनको व्यवस्था

 


उपभोक्ता समितिको विकल्प

विषय प्रवेशः

आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्न उपभोक्ताले आफूमध्येबाट गठन गरेको समिति नै उपभोक्ता समिति हो । विकास निर्माणमा समूदायको सहभागिता गराउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले उपभोक्ता समिति परिचालन गरिन्छ । यसो गर्दा स्थानीय, सीप, साधन, र स्रोतको परिचालन हुने, नागरिक नियन्त्रण, र अपनत्व कायम हुने कारणले आयोजना सफल र प्रभावकारी हुन्छन् । उपभोक्ता समितिको क्षमता, राजनीतिक हस्तक्षेप, स्वार्थ समूहको प्रभावजस्ता कारणले उपभोक्ता समिति मार्फत सञ्चालित आयोजनाको गुणस्तर, मितव्ययिता र दीगोपना माथि प्रश्न उठ्ने गरेको छ ।


उपभोक्ता समिति सम्बद्ध समस्या र कारणः

  • कुनकुन कार्य उपभोक्ता समिति मार्फत गर्ने भन्ने यकिन गर्न नसक्दा सार्वजनिक खरिदको प्रतिस्पर्धा छल्ने उद्देश्यले उपभोक्ता समिति गठनदेखि नै समस्या ग्रस्त भए । 
  • उपभोक्ता समितिमा राजनीतिक दल र ठेकेदार, सप्लायर्स, कर्मचारी, पदाधिकारीजस्ता स्वार्थ समूहको हस्तक्षेप अत्याधिक भयो । 
  • एकै परिवारका सदस्य पदाधिकारी भएका एउटै राजनीतिक दलको कार्यकर्ता मात्रै पदाधिकारी भएका उपभोक्ता समिति पनि गठन भए । 
  • उपभोक्ता समितिको क्षमता कमजोर भयो। उपभोक्ता समितिका पदाधिकारीलाई आफ्नो काम, कर्तव्य, जिम्मेवारी थाहै भएन। 
  • सम्बन्धित निकायले उपभोक्ता समितिलाई प्राविधिक सहायता उपलब्ध गराउन सकेनन्। 
  • स्थानीय सीप, स्रोत, साधनको प्रयोग गर्नुको सट्टा ठूला मेशिनरी औजार प्रयोग गर्ने प्रवृत्ति बढ्यो। रोजगारी सिर्जना भएन। 
  • उपभोक्ता समितिभन्दा त्यसको अनुगमन समिति कमजोर भए । 
  • आयोजनाको गुणस्तर र दीगोपनाको सुनिश्चितता भएन।
  • कागजमा उपभोक्ताको लागत सहभागिता देखाउने र व्यवहारमा दोहन गर्ने चरित्र भयो। फर्जी कागजात खडा गर्ने बाहना र बाध्यतामा पुर्‍यायो।

उपभोक्ता समितिको विकल्पः 

नागरिक नियन्त्रण स्थापित गर्न, अपनत्वको बोध गराउन, आयोजना व्यवस्थापनको गुणस्तर, मितव्ययिता र दीगोपना कायम गर्न, खुला शासन र पारदर्शिता अबलम्बन गरेर विकासलाई मागमा आधारित र प्रभावकारी बनाउन उपभोक्ता समिति मार्फत कार्य गरिन्। स्थानीय सीप, स्रोत, र साधनको परिचालन भई एकातर्फ रोजगारी सिर्जना हुन्छ भने अर्कातर्फ क्षमता विकास हुन्छ।

उपभोक्ता समिति मार्फत विकास आयोजना सञ्चालन गर्ने विषय एक्काइसौं शताब्दीको सह-निर्माण, सह-उत्पादन र सह-शासनको मान्यतासँग मेल खाने विषय हो। माथिबाट पठाइएका उधोँमुखी विकास आयोजना सञ्चालन गरेर सफलता प्राप्त हुँदै भन्ने विगतको अनुभवबाट सिक्नुपर्छ। तसर्थ, उपभोक्ता समितिको विकल्प भनेको उपभोक्ता समितिलाई सुधार गरेर परिचालन गर्ने हो।

सुधारका उपायः 

उपभोक्ता समिति परिचालनमा देखिएका समस्या निराकरण गर्ने रणनीतिहरु अबिलम्ब तयगरी कार्यान्वयन गर्नु आवश्यक छ।


·      उपभोक्ता समितिलाई केकस्ता काम दिने भन्ने एकीन गरी सम्बन्धित कानून, मापदण्ड, निर्देशिकामा सुधार गर्नुपर्छ।यसका लागि विज्ञहरुको सुझाब लिने र आवश्यक परेका विषयमा अध्ययन अनुसन्धान गराउने त्यसकै नतिजाको आधारमा मार्ग तय गर्नुपर्ने हुन्छ।

·      उपभोक्ता समितिमा स्वार्थ समूहको हस्तक्षेप न्यूनीकरण गर्न कानून व्यवस्था गरी पदाधिकारी बन्न रोक लगाउनुपर्छ। स्वार्थ समूहका सदस्य वा पदाधिकारी रहेको उपभोक्ता समितिसँग सम्झौता नगर्ने गरेकोमा रद्द गर्ने व्यवस्था गर्नुपर्छ।

·      उपभोक्ता समितिको क्षमता विकास गर्ने र काम, कर्तव्य, अधिकारको बोध गराउनु आवश्यक छ।

·      उपभोक्ता समिति दर्ता गर्ने, उपभोक्ता समितिको कानूनी दायित्व हुने र उपभोक्ता समिति जवाफदेही हुनुपर्ने व्यवस्था गर्नुपर्छ।

·      उपभोक्ता समितिलाई सम्बन्धित निकायले प्राविधिक सहायता उपलब्ध गराउन लागत अनुमान, समय तालिका, ड्रइङ्ग डिजायन, नापनक्सा अनुगमन, गुणस्तर आदिमा सहयोग गर्नुपर्छ।

·      सम्झौता गर्नुभन्दा पहिले नै उपभोक्ता समितिको क्षमता आकलन गरी मूल्याङ्कन गर्ने र क्षमता हेरेर मात्रै उपभोक्ता समितिलाई जिम्मेवारी दिने व्यवस्था गर्नुपर्छ।

·      उपभोक्ता समितिलाई निर्माण मात्रै गर्न दिने परिपाटीलाई बदलेर निर्माण साथसाथै त्यसको मर्मतसम्भार, संरक्षण र सञ्चालन समेत गर्नदिने परिपाटी अंगालेर गुणस्तर र टिकाउको सुनिश्चतता गर्नुपर्छ । 

निष्कर्षः

उपभोक्ता समितिलाई साझेदार बनायौं तर साझेदारको भूमिका निर्वाह गर्न जानेनौ। उपभोक्ता समितिको क्षमता विकास र सहकार्य गरेर उपभोक्ता समिति परिचालन गर्नुपर्छ। उपभोक्ता समितिको विकल्प ठेकेदार हुन सक्दैन। उपभोक्ता समितिमा देखा परेका हस्तक्षेप र दुरुपयोग रोक्न कानूनी प्रबन्ध गरी निरुत्साहित गर्नुपर्छ।