· वि.सं.
१६५७ (सन्
१६००) बाट
इष्ट इन्डीया कम्पनीले भारतमा व्यापार गर्न थालेपछि अंग्रेज भारत र नेपाल विच
व्यापारिक सन्धि भएको थियो । सन् १९२३ डिसेम्बर २१ मा दुबै देश भएको मैत्रीपूर्ण
सन्धीबाट अंग्रेजहरुले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिएको
थियो ।
· सन्
१९७२ मार्च १ मा इष्ट इन्डीया कम्पनी सरकार र नेपालबीच पहिलो ७ सुत्रिय सन्धि भएको
थियो ।
·
सन् १८१६ मार्च ३ (वि.सं. १८७३) मा
नेपाल र अंग्रेज भारतबीच सुगौलि सन्धि भएको थियो । सन्धिमा नेपालको तर्फबाट गजराज
मिश्रले २८ नोभेम्बर १८१५ मा र अंग्रेजका तर्फबाट मेजर ब्राडशाले २ डिसेम्बर १८१५
मा हस्ताक्षर गरेका थिए ।;
·
न् १९५० जुलाइ ३१ मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि(Peace and Friendship
Treaty) र व्यापार सन्धिमा काठमाण्डौंमा हस्ताक्षर भएको थियो जसमा १० धाराहरु
थिए । यो सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मोहन शमशेर थिए भने भारतको
तर्फबाट हस्ताक्षर गर्ने चन्द्रेश्वर प्रसाद नारायण सिंह थिए ।
·
सन् १९५४ अप्रिल २५ भा नेपालले भारतसित कोशी सम्झौता र सन् १९५९
डिसेम्बर ४ मा गण्डक सम्झौता भएको थियो ।
·
वि.स. २०५२
माघ २९ मा भारत भ्रमणमा रहनु भएका तत्कालीन नेपालका प्रधानमन्त्री शेर बहादुर
देउवा र भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावले विद्युत‚ सिंचाइ र
बाढी नियन्त्रण सहितका विभिन्न लाभ रहेको पञ्चेश्वर बहुउद्देश्य परियोजना समेत
समेटिएको महाकाली सन्धिमा हस्ताक्षर भयो ।
·
सन् १९६० सेप्टेम्बर ११ मा ब्यापार तथा पारवहन सन्धिमा नेपाल र
भारतबिच हस्ताक्षर भएको थियो ।
·
नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराइको भारत भ्रमण सन् २०११
अक्टोबर २०-२३ को अवसरमा द्धिपक्षिय लगानी संरक्षण तथा प्रवर्दन सम्झौता ( BIPPA – Bilateral
Investment Protection and Promotion Agreement) मा
नेपालका उद्योग मन्त्री अनिल झा र भारतका अर्थमन्त्री प्रवण मुखर्जीले २१ अक्टोबर
२०११ (वि.सं. २०६८ कार्तिक ४ गते) मा नयाँदिल्लीमा हस्ताक्षर गरेका हुन ।
·
नेपाल र भारत विच दोहोरो कर मुक्ति सम्झौता (DTAA – Double Tax
Avoidance Agreement) र वित्तिय छल (Evasion) निवारण
सम्झौतामा नेपालका अर्थमन्त्री बर्षमान पुन र भारतका अर्थमन्त्री प्रवण मुखर्जीले
सन् २०११ नोभेम्बर २७ (वि.सं.
२०६८ मंसिर ११) मा काठमाण्डौंमा हस्ताक्षर गरेका थिए ।
·
भारतबाट नेपालको भ्रमण गर्ने प्रधानमन्त्रीहरुः सन्
१९५१ मा भारतिय प्रधानमन्त्री जवाहारलाल नेहरु‚ सन् १९६३ मा लाल बहादुर शास्त्रि‚ सन् १९९० फेब्रुअरी १३-१५ मा चन्द्रशेखर‚ सन
१९९२ अक्टोबर १९-२१ मा पी.भी. नरसिंह राव‚ सन् १९९७ मा इन्द्रकुमार गुजराल र वि.सं. २०७१ साउन १८ र १९ मा
नरेन्द्र दामोदर दास मोदी ले गरे ।
No comments:
Post a Comment