२०७१ -प्रतिवेदनहरूमा नेपाल २०७१
1. एसियाली विकास बैंक (एडीबी) -आर्थिक वृद्धिदरमा छैटौं
एसियाली विकास बैंक (एडीबी) ले जारी गरेको एसियाली विकास परिदृश्य-२०१५ मा आर्थिक वृद्धिदरका आधारमा नेपाल दक्षिण एसियाका ८ मुलुकमध्ये छैटौं स्थानमा रह्यो । अघिल्लो वर्ष नेपाल पाँचौं स्थानमा थियो । एडीबीका अनुसार दक्षिण एसियामा पाकिस्तान र अफगानिस्तानको आर्थिक वृद्धिदर मात्र नेपालको भन्दा कम छ । मूल्यवृद्धिका आधारमा भने नेपालले दक्षिण एसियाका ८ मुलुकलाई उछिनेको छ । गत वर्ष दक्षिण एसियामा नेपाल दोस्रो धेरै मूल्यवृद्धि भएको मुलुक थियो । यो वर्ष नेपालको मूल्यवृद्धि दर ९ दशमलव १ प्रतिशत रह्यो ।
2. मानव विकास प्रतिवेदन- १ सय ४५ औं स्थानमा
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)लेसार्वजनिक गरेको 'मानव विकास प्रतिवेदन-२०१४ले नेपाललाई १ सय ४५ औं स्थानमा राखेको छ । दक्षिण एसियाली मुलुकमध्ये नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ । पाकिस्तान १ सय ४६ र अफगानिस्तान १ सय ६९ औं स्थानमा छन् । दक्षिण एसियामा श्रीलंका सबैभन्दा उच्च मानवविकास भएको देशका रूपमा ७३ औं स्थानमाछ । त्यसपछि माल्दिभ्स, भारत र भुटान क्रमश: १ सय ३, १ सय ३५ तथा १ सय ३६ औं स्थानमा छन् भने बंगलादेश १ सय ४२ औं स्थानमा छ । प्रतिवेदनअनुसार नेपालीको औसत आयु ६८ दशमलव ४ वर्षछ भने औसतविद्यालय भर्ना वर्ष३ दशमलव २ छ । औसतनेपालीले लगभग साढे १२ वर्षअध्ययन गर्ने गरेका छन् ।नेपालीहरूको प्रतिव्यक्ति वाषिर्क आय२ हजार १ सय ९४ अमेरिकी डलर छ । लैंगिक विकास सूचकमा नेपाल ९८ औं स्थानमा उक्लिएको छ । गतवर्ष नेपाल १ सय २ औं स्थानमा थियो ।
3. एमनेस्टी इन्टरनेसनल
एमनेस्टी इन्टरनेसनलको २०१४/१५ को प्रतिवेदनमा नेपालको तराई (मधेस) क्षेत्रमा केन्दि्रत सशस्त्र समूहका गतिविधि घटेर गएको भएपनि लामो समयदेखि विद्यमान दण्डहीनताको अपसंस्कृतिका कारण प्रहरी निकायबाट हुने मानवअधिकार उल्लंघनका घटनाहरू नरोकिएको उल्लेख छ । प्रतिवेदनमा राजनीतिक इच्छाशक्तिको कमीका कारण मानवअधिकार संरक्षणका लागि कार्यरत राष्ट्रिय निकायहरूलाई कमजोर पारिएकोकुरा बताइएको छ । नेपालमा लैंगिक, वर्गीय, जातीय एवं सांस्कृतिक आधारमा हुने विभेदहरूले पनि निरन्तरता पाई नै रहेको तथ्य पनि प्रतिवेदनमा औंल्याइएको छ ।
4. राष्ट्रिय मानवअधिकार आयोग वाषिर्क प्रतिवेदन
राष्ट्रिय मानवअधिकार आयोगको वाषिर्क प्रतिवेदन- ०७१/७२ अनुसार राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका घटनामा गरेका सिफारिसमा पीडितलाई क्षतिपूर्ति दिइएपनि अधिकांश आरोपित व्यक्ति वा अधिकारीमाथि कानुनी कारबाही हुन नसकेको उल्लेख छ ।
5. विश्व बैंक -उत्कृष्ट लगानी गन्तव्य
विश्व बैंकले प्रकाशित गरेको 'डुइङ बिजनेस-२०१५' प्रतिवेदनले नेपाललाई दक्षिण एसियाकै दोस्रो सहज लगानी गन्तव्य भएको उल्लेख गरेको छ । व्यवसायका लागि चाहिने ११ क्षेत्रका नीतिगत सुधार एवं व्यवसायमैत्री वातावरणका आधारमा प्रतिवेदनले दक्षिण एसियाका माल्दिभ्स, भुटान, पाकिस्तान, भारत, बंगलादेश र अफगानिस्तानमा भन्दा नेपालमा लगानी गर्न बढी सहज भएको उल्लेख गरेको हो ।
6. राष्ट्रसंघीय विकास कार्यक्रम -भूकम्पीय जोखिमकादृष्टिले ११औं
भूकम्पीय जोखिमकादृष्टिले नेपाल विश्वको ११औं जोखिमयुक्त राष्ट्र रहेको तथ्य राष्ट्रसंघीय विकास कार्यक्रम युनडीपीले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपाल भूकम्पीय दृष्टिले ११ औं र बाढीको दृष्टिले ३० औं जोखिमयुक्त राष्ट्र हो । बितेका १ सय २६ वर्षमा नेपालमाचारवटा महाभूकम्प गैसकेका छन् ।
7. स्वस्थकर खाना
नेपाली खाना दक्षिण एसियाकै स्वस्थकर खाना भएको तथ्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनले नेपाली खानपान पाकिस्तान, बंगलादेश, भारत आदि देशको भन्दा गुणस्तरीय रहेको देखाएको छ । विश्वका १ सय २५ मुलुकमा गरिएको स्वस्थ खानपिनसम्बन्धी सर्वेक्षणमा नेपाल ९१ औं स्थानमा छ ।
8.इकोनोमिस्ट इन्टेलिजेन्स युनिट -सस्तो सहर काठमाडौं
विश्वका सबैभन्दा सस्तो सहरको सूचीमा काठमाडौं नवौं स्थानमा छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका १ सय ३३ सहरमध्ये काठमाडौं १ सय २५ औं स्थानमा रहँदै नवौं सस्तो सहरका रूपमा सूचीकृत भएको हो। अमेरिकाको न्युयोर्कलाई आधार मानेर इआइयूले तयार पारेको कस्ट अफ लिभिङ इन्डेक्सअनुसार पाकिस्तानको कराँची विश्वको सबैभन्दा सस्तो सहर हो ।
9. विश्व बैंकले -व्यवसायिक वातावरणका आधारमा नेपाल १ सय ९ औं
व्यवसायिक वातावरणका आधारमा यो वर्ष नेपाल १ सय ९ औं स्थानमाछ । विश्व बैंकले जारी गरेको प्रतिवेदनअनुसार गतवर्ष नेपाल १ सय ८ औैं स्थानमा थियो । प्रतिवेदनअनुसारबिजुली पाइने समयका आधारमा नेपाल ८५ औं स्थानमाछ भने कुनै व्यवसायका लागि आवश्यक निर्णय प्रक्रियामा लाग्ने समयका आधारमा नेपाल ९१औं स्थानमाछ । सम्पत्ति दर्ता गर्दा लाग्ने प्रक्रियाका आधारमा नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडि छ । कर तिर्ने प्रक्रियाका आधारमा पनि दक्षिण एसियाको औसतभन्दा नेपाल माथि छ ।यद्यपि नेपालको वैदेशिक व्यापारको अवस्था भने निराशाजनक छ । अफगानिस्तानबाहेक अन्य दक्षिण एसियाली मुलुकको अन्तर्राष्ट्रिय व्यापार स्थिति नेपालको भन्दा राम्रो छ ।
10.ट्रिप एडभाइजर'- उत्कृष्ट पर्यटकीय गन्तव्य
अनलाइन 'ट्रिप एडभाइजर'ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाडौं विश्वकै १९ औं उत्कृष्ट पर्यटकीय गन्तव्य हो । ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका प्राचीन ऐतिहासिक मठमन्दिर एवं दरबारहरूले भरिएका ठाउँहरूको अवलोकन, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्यास्त हेर्न पाउनुलाई काठमाडौंको विशेषताका रूपमा पनि उल्लेख गरेको छ ।
11. सामाजिक सुरक्षामा नेपाल
नेपाल दक्षिण एसियामा सबैभन्दा बढी सामाजिक सुरक्षामा खर्च गर्ने मुलुक भएको छ । दक्षिण एसियामा निवृत्तिभरण पाउने उमेरभन्दा माथिका उमेर समूहमध्ये नेपालका ७० प्रतिशत व्यक्तिले सामाजिक सुरक्षाबापत नगद प्राप्त गर्छन् । विश्व सामाजिक सुरक्षा प्रतिवेदनअनुसार नेपालले सबैखालको सामाजिक सुरक्षामा कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ५ प्रतिशत खर्च गरेर ४० प्रतिशत नागरिकलाई समेटेको छ ।
12. सेभ द चिल्ड्रेन-आमा बन्न सुरक्षित देश
सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको विश्वभरका आमाहरूको अवस्था शीर्षकको प्रतिवेदनअनुसार शिशु जन्माउन नेपाल विश्वकै सुरक्षित देशका रूपमादेखापरेको छ । १३ वर्षअघि १ लाख जीवित शिशु जन्माउँदा ५ सय ३९ जना आमाले मृत्युवरण गर्नुपर्ने अवस्था अहिले१ सय ७० मा झरेको छ । यसैकारण नेपाल आमा बन्न सुरक्षित देशका रूपमा विश्वका १सय७८ देशमध्ये १ सय १६ औंस्थानमा उक्लिएको हो ।
14. दूरसञ्चार प्राधिकरण -दूरसञ्चार सेवा ९७ प्रतिशतमा
नेपालमा दूरसञ्चार सेवा जनसंख्याको ९७ प्रतिशतसम्म पुगेको छ । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले उक्त तथ्य सार्वजनिक गरेको हो । पछिल्लो एक वर्षमा मात्र नेपालमा मोबाइल सेवा प्रयोगकर्ताको संख्या १२ प्रतिशतले बढेको छ। अहिले २ करोड ३० लाख नेपालीले मोबाइल सेवा प्रयोग गरिरहेका छन् । प्राधिकरणका अनुसार इन्टरनेट सेवाको पहुँच पनि जनसंख्याको ३८ प्रतिशतसम्म पुगेको छ। गत एक वर्षमा यो सेवा प्रयोग गर्नेहरूको संख्या ९ दशमलव ४६ प्रतिशतले बढेको छ।
15. अख्तियारको प्रतिवेदन -
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको वाषिर्क प्रतिवेदनमानेपालका सार्वजनिक सरोकारका सबै क्षेत्र भ्रष्टाचारबाट दूषित भएको उल्लेख छ । भ्रष्टाचारकै कारण देशमा गरिबी, पछौटेपन एवं आर्थिक असमानता बढेको प्रतिवेदनमा बताइएको छ ।
16. विश्व स्वास्थ्य संगठन-पुछारबाट दोस्रो स्थानमा
पछिल्लो तथ्यांकअनुसार विश्वका आधा अर्ब वयस्क मानिस मोटोपनबाट ग्रसित छन् । विश्व स्वास्थ्य संगठनले जारी गरेको मोटोपन र यसले गरेको मानवीय क्षतिसम्बन्धी प्रतिवेदनमानेपाल मोटोपन भएका देशहरूको सूचीमा पुछारबाट दोस्रो स्थानमा छ । प्रतिवेदनअनुसार प्रशान्त महासागरीय टापु राष्ट्र अमेरिकन सामोआ विश्वमा सबैभन्दा बढी मोटोपन भएको मुलुक हो, जहाँ ७५ प्रतिशत मानिस मोटोपनबाट ग्रसित छन् ।
17. श्रम विभाग- नेपालमा विदेशी कामदार
नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत कार्यान्वयन हुन थालेपछि विदेशी कामदारका लागि पनि नेपाल आकर्षक गन्तव्य बनेको छ । श्रम विभागका अनुसार नेपालमा ५० हजार विदेशी कामदार कार्यरत छन्,जसमा भारतीयहरूलाई समावेश गरिएको छैन ।
18. पारदर्शी सरकारहरूको सूचीमा
हालै सार्वजनिक गरिएको संसारका सबैभन्दा पारदर्शी सरकारहरूको सूचीमा नेपाललाई ६१औंनम्बरमा राखिएको छ।पहिलो स्थानमा बेलायत रहेेको उक्त सूचीमा ८६ देशलाई सूचीकृत गरिएको छ । राज्यले कसरी पैसा खर्च गर्छ भन्ने सूचना कत्तिको पहुँचयोग्य छ भन्ने कुरालाई मुख्य आधार मान्दै उक्त सूची तयार गरिएको बताइएको छ । यसका अतिरिक्त सरकार मातहतका सार्वजनिक सेवाको सञ्चालन तथा कार्यसम्पादनजस्ता कुरालाई पनि यो अध्ययनको आधार बनाइएको थियो ।
19. ३९ प्रतिशत नगरवासी
नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ । त्यसले नेपालको कुल जनसंख्या २ करोड ६५ को ३८ दशमलब ९ प्रतिशत नगरवासी रहेको देखाएको छ । सबैभन्दा धेरै १० लाख ३ हजारभन्दा बढी जनसंख्या काठमाडौं महानगगरपालिकामा छ भने सबैभन्दा कम इलामको देउमाई नगरपालिकामा १० हजार ९ सय जनसंख्या छ ।
20. घुम्नुपर्ने ठाउँ नेपाल
फोब्र्स पत्रिकाले जारी गरेको सन् २०१५ मा घुम्नुपर्ने 'कुलेस्ट' ठाउँहरूमध्ये नेपाल पहिलो १० स्थानभित्र परेको छ । फोब्र्स पत्रिकाको अनलाइन संस्करणमा एन एबेलद्वारा लेखिएको ट्राभलसम्बन्धी एक आलेखमा नेपाललाई सन् २०१५ मा घुम्नुपर्ने ठाउँको सूचीमा राख्न सुझाव दिइएको थियो । पहिलो १० स्थानमा अटाएका अन्य मुलुकमा आइसल्यान्ड, मोरोक्को, भियतनाम, तास्मानिया, कोलम्बिया, जापान आदि छन् ।
21. खुसी जनताको सूची
कुनै देशका जनता कति खुसी छन् भन्ने कुराको निक्र्यौल त्यहाँको भौतिक विकासएवं सुविधाले नगर्दो रहेछ ।हालै सार्वजनिक भएको जनताको खुसी सूचक 'ह्याप्पी प्लानेट इन्डेक्स' हेर्दा त्यस्ता देशका जनता बढी खुसी देखिएका छन्, जहाँ तीव्र आर्थिक विकास भैसकेको छैन । उक्त इन्डेक्सअनुसार नेपाल ५८ औं स्थानमा छ भने अमेरिका १ सय ५ आंै नम्बरमा छ ।
22. विद्युत् चुहावटमा अगाडि
विद्युत् चुहावट बढी हुने दक्षिण एसियाली मुलुकहरूको सूचीमा नेपाल पहिलो स्थानमा रहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । बैंकले हालै प्रकाशित गरेको 'ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स-२०१५' अनुसार नेपालमा ३४ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । दोस्रो स्थानमा रहेको भारतमा २४ प्रतिशत, तेस्रो स्थानमा रहेको पाकिस्तानमा १८ प्रतिशत, चौथो स्थानमा रहेको श्रीलंकामा १२ तथा बंगलादेशमा ११ प्रतिशत चुहावट हुने गरेको छ ।
23. गन्तव्यको सूचीमा ४५ औं स्थान
अमेरिकाको प्रतिष्ठित समाचारपत्र द न्युयोर्कटाइम्सले सन् २०१४ मा जारी गरेको भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा राखेको छ । यो सूचीको पहिलो स्थानमा दक्षिण अफ्रिका छ ।

No comments:
Post a Comment