Friday, September 16, 2016

नेपालको ईतिहासमा विभिन्न समयमा भएका पर्व

(घटनाहरु) !!

अलौ पर्व
अलौ पर्व वि.स. १९०४ को श्रावण महिनाको अन्त्यतिर भएको थियो । भण्डारखाल पर्वमा रानी राज्यलक्ष्मीको संलग्नता भएको आरोपमा यिनले बनारसमा गई निर्वासित जीवन बिताइरहेकी थिइन् । उनैका साथमा राजा राजेन्द्र पनि बनारस नै गएका थिए । कोतपर्व र भण्डारखाल पर्वमा भागेर बनारसमा रहेका चौतरिया गुरुप्रसाद काजी जगत बम पाण्डे र रंगनाथ पौड्याललगायतका व्यक्तिहरुले राजेन्द्रलाई नेपाल फर्केर जंगबहादुरको विरुद्धमा गुरुप्रसाद शाहको नेतृत्वमा निर्वासनमा रहेका अन्य भारदारहरु समेत मिलायर ४ वटा पल्टन खडा गरेर वीरगञ्ज नजिकैको अलौं भन्ने ठाउँमा किल्ला बाँधी बसे । जंगबहादुरले यो कुरा थाहा पाई कनकसिंह र बमबहादुरको नेतृत्वमा सेना पठाए । दुवै पक्षबाट भिडन्त भयो । राजेन्द्रविक्रमको फौज पराजित भयो र स्वयं राजेन्द्र विक्रमलाई बन्दीको रुपमा काठमाडौं हनुमानढोकामा राखियो र वि.स. १९३८ मा बन्दी अवस्थामै उनको मृत्यु भयो । यसै घटनालाई अलौ पर्वको नामले चिनिन्छ ।

३८ साल पर्व
वि.स. १९३८ सालमा युवराज त्रेलोक्यका भाई नरेन्द्रविक्रम शाहद्धारा राणा प्रधानमन्त्री रणोद्दीप सिंह, धीरशमशेरलगायत वरिष्ठ राणाहरुको हत्या गरी राणहरुको हातमा भएको शासनसत्तामा पुनः श्री ५ हरुको प्रभुत्व कायम गर्नको लागि गरिएको षडयन्त्र नै ३८ सालको पर्व हो । तर यो षडयन्त्रको पोल लेफ्निेन्ट उत्तरध्वज राजभण्डारीमार्फत् खुलेपछि त्यस काण्डमा संलग्न २० जनालाई मृत्युदण्ड दिइयो । सुब्बा टंकनाथ, होमनाथलगायत १० जना ब्राह्रमणहरुलाई चारपाटा मुढी जातच्यूत गरियो भने थुप्रैलाई कैद्य र सर्वस्वहरण गरियो । नेरेन्द्रविक्रम शाहलाई चुनार कल्लिामा कैद गरियो ।

१९३४ सालको काण्ड
जंगबहादुरको रवाफ र हैकमबाट क्रुद्ध भएका युवराज त्रेलोक्य र भाई अधिराजकुमार नेरेन्द्रविक्रम शाहले राज्यशासन अन्तर्गत केही भारदारहरु मिलाई संगठित गरेका थिए । जंंगबहादुरको मृत्युपछि श्री ३ र प्रधानमन्त्रीको पञ्जाछाप नदिलाउने युवारजको अठो उनकै दई रानीहरुमार्फत धीरशमशेरले पत्ता लगाई जंगबहादुरको मृत्यु हुँदा त्रैलोक्यलाई पत्थरघट्टमा पठाई सोही मौकामा श्री ५ सुरेन्द्रबाट रणोद्दीप सिंह श्री ३ तथा प्रधानमन्ी भएको पञ्जापत्र जारी गराएका थिए जसलाई नेपालको इीतहासमा वि.स. १९३४ सालको काण्डले चिनिन्छ ।


४२ सालको पर्व
वि.स. १९४२ सालमा धीर शमशेरका छोराहरुले आफ्नै काका श्री ३ रणोद्दीपसिंहको हत्या गरेको घटनालाई ४२ सालको पर्व भनिन्छ । ४२ सालको पर्व राणाहरुबीचको आपसी षडयन्त्र र हत्याको ज्वलन्त उदाहण हो । प्रधानमन्त्रीको रोलक्रमबाट जंग र शमशेरबीच फाटो पैदा भई धीरशमशेरका छोराहरुले षडयन्त्र गरी रावलपिण्डीमा हुने सैनिक पैर्दनमा भाग लिन ४ पल्टनको नेतृत्व लिई जाने भएका वीरशमशेरले यो अवसरलाई उपयोग गरी जंगबहादुरको खलकबाट अधिकार हत्याउने योजना मिलाए । त्यसैबमोजिम रणोद्दीपका ए.डी.सी. गम्भीर कटुवाललाई हात लिई राति ब्रिटिस दुतावासबाट जरुरी खबर आएको बहानामा खड्गशमशेरसमेत भई रणोद्दीपको कोठामै हत्या गरे ।
यो हत्याको आरोप उल्टै जगतजंगलाई लगाई उनको समेत हत्या गरे र यही घटनाबाट श्री ३ को रोलक्रम धीरशमशेरका १७ भाई छोराहरु बीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशे.र आदिमा गएको थियो ।

रणोद्दीपसिंह
सीधा र ढुलमुल स्वभाव भएका रणोद्दीपसिंहको जन्म वि.स. १८८२  वैशाख २२ गते भएको थियो । यिनी प्रधानमन्त्री पदमा रहेको बेला मारिएका थिए । युवराज त्रैलोक्यले जंगबहादुरका छोरा जगजंगलाई प्रधानमन्त्री बनाउन चाहन्थे तर धीरशमशेरले जंगबहादुर विरामी भएको कुरा बताई त्रैलोक्य र जगतजंगलाई काठमाडौं बाहिर पठाई रणोद्दीपलाई लाखीका साथ प्रधानमन्त्री बनाएका थिए ।

जंगतबहादुरको मृत्युपछि वि.स. १९३३ मा प्र.म. भएका रणोद्दीपको शासनकालमा पालामा भएको थियो । यिनले आफ्नो समयमा अंग्रेजी र संस्कृत पाठशाला खुलाउने, वि.स. १९४१ मा पञ्चाङ्गको प्रकाशन, नयाँ अदालतहरुको स्थापना, बासठ्ठिहरणमा हरिएको केही बिर्ता फिर्ता, पशुपतिको बाटोमा नयाँ ढुङ्गा छाप्ने, तेजारथ अडडको स्थापना, टुँडीखेलको विस्तार गर्ने, घुसखोरी प्रथा बन्द गर्ने प्रयासजस्ता सुधारका कार्यहरु गरेका थिए  ४२ सालको पर्वमा डम्बरशमशेरद्धारा गोली हानी यिनको हत्या गरेर धीरशमशेरका छोराहरुले सत्ता हत्याएका थिए ।

जैथकको युद्ध
अंग्रेजी फौजले वि.स. १८७२ असोज ९ (२५ सेप्टेम्बर, १८१५) मा मेजर रिचर्डस् र मेजर लुड्लोको नेतृत्मा जैथकको किल्लामा आक्रमण गरेका थिए । उक्त किल्लामा रणजोरसिंह र जसपाउ थापाको नेतृत्वमा तोप र गोलीको सप्ताह नगरी नेपाली फौज उनीहरुमाथि आक्रमण गरे । नेपाली फौज्को आक्रमणको धेरै अंग्रेजीहरु गिंडिए । अंग्रज फैज नेपालको आक्रमणबाट पराजित हुन पुगे र हनानतर्फ शरण लिन पुगे । यस युद्धपश्चात् अंग्रेजीहरुले त्यस क्षेत्रमा पुनः आक्रमण गर्न आँट नै गर्न सकेनन् । नेपाल र अंग्रेजबीच भएको यस युद्धलाई जैथक युद्धको नामले चिनिन्छ ।



देउथलको युद्ध
नेपाल र अंग्रेजबीच युद्ध चलिरहेकै बेला देउथलको थुम्कोमा अड्डा जमाएर बसेको अंग्रेजी फौजमाथि वि.स. १८७२ बैशाख ३ गते ७३ वर्षीय भक्ति थापाको नेतृत्वमा करिब २००० सैीनकका साथ कर्नेल डमसनोको नेतृत्वमा आएको उक्त फौजमाथित आक्रमण गरियो । केवल खुँडा, खुकुरी, तरबार, बन्दुकको भरमा आक्रमण गरेको नेपाली फौजका सेनापति भक्ति थतापा छातीमा गोली लागेपछि नेपाली फौज पछि हट्न पुग्यो । यस युद्धमा अंग्रेजीतर्फ २० जना मारिनुको साथै २३३  जना घाइते भएका थिए र नेपालतर्फ करीब ५०० जना मारिएका थिए । भक्ति थापाले ७३ वर्षको उमेरमा पनि राष्ट्रिय स्वाभिमानका लागि ज्यानको बाजी थापेर लडेकोबाट अंग्रेज पक्षा प्रभावित भई अक्टरलोनीले उनको वीरताको कदर समेत गरेका थिए ।


भक्ति थापा
नेपालको इतिहासमा देशभक्त वीर योद्धाको रुपमा परिचित नाममध्ये भक्ति थापा एक हुन् । यिनको घर लमजुङ थियो र लमजुङको फौजमा पनि काम गरेका थिए । गोरखाली सेनाले लमजुङमाथि कब्जा गरेपछि यिनी नेपालको तर्फबाट लड्न थाले । वि.स. १८७१ को नेपाल–अंग्रेजबीच मलाउको किल्लामा भएको युद्धमा यिनको नेतृत्वमा नेपाली फौज खटिएर गएको थियो ।

अंग्रेज सेनाले नजिकैको दउथलसमेत कब्जा गरेर बसेकाले ७३ वर्षीय वृद्ध भक्ति थापाले देउथलमा आक्रमण गरेका थिए । उनको छोरालाई अमरसिंहको जिम्मा लगाएर २ श्रीमतीहरुलाई धर्म पालन गर्न लगाई युद्धमा होमिएर वीरगति प्राप्त गर्न पुगे ।
उनको वीरताको कदर गरी अक्टरलोनीले उनको शवलाई दोसल्ला आढाएर सम्मान गरेका थिए ।

अल्मोडा युद्ध
अंग्रेजहरुले नेपालको पश्चिम क्षेत्रमा लगातार आक्रमण बढाउँदै लगेपछि केही कमजोर अवस्थामा रहेको नेपालको फैजको नेतृत्व अमरसिंह थापा र रणजोरसिंह थापाले गरिरहेका थिए । त्यस फौजलाई साहयोग गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैन्यदल त्यसतर्फ पठाइएको थियो । तर वि.स. १८७२ शैशाख १३  गते उक्त फैज अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा अंग्रेज फौजसँग जम्का भेट भई ठूलो युद्ध भयो । युद्धमा हस्तिदल नै मारिन पुगे उता अल्मोडामा खटिएका बम शाहले अंग्रेजीसँग लगातार चार दिनसम्म युद्ध गरेका थिए । तर अंग्रेज फौजसमक्ष नेपाली फाज पराजित हुन पुग्यो । यसैलाई अल्मोडा युद्धको नामले चिनिन्छ ।

त्यस युद्धमा नेपाली फौज्को वीरतापूर्ण आक्रमणमा परी अंग्रेज सेनाका लेफ्टिनेन्ट एलिन जर्नेल जिलेस्पीलगायत ३१ अफिसर र ७५० भन्दा बढी सैनिक मारिए । अंग्रजहरुको भागाभाग भयो । थुप्रै घाइते भए । नेपाली पक्षले सैन्य शक्ति बढाउनका लागि श्रीनगर, गढवाल, नहार र सिमरमोरमा खवर पठाए । त्यही बेला नै पुनः अंग्रेज फैजले नेपाली फौजमाथि शक्तिशाली आक्रमण गरे ।
कर्णेल मबीको नेतृत्वमा नालापानीको किल्लामा चारैतर्फबाट आक्रमण भयो । त्यसमा नेपाली पक्षको सशक्त आक्रमणले उनीहरुतर्फ ७ जना अफिसर र करिब ४०० सेना मारिए भने ८१९ जति घाइते हुन पुगे । अंथे्रजहरुले नेपाली सेनालार्य युद्धबाट जित्न नसही पानीको मुहान नै थुनिदिए । भोक र प्यासले छटपटिएको नेपाली फैज ७० जनाको सेना लिई किलबाट बाहिरिए ।
नेपालीहरुको वीरतापूर्ण बलिदानी देखेर अंग्रेजहरुले त्यहाँ ‘हाम्रा वीरशत्रु बीर बलभद्र र उनका बीर गोर्खा साथीहरुको स्मृतिमा सम्मानोपहार’ लेखेको एउटा स्मारक बनाएका थिए । पछि सुगौली सधिबाट निराश भएर बीर बलभद्र लाहोर भएका थिए । भन्ने उल्लेख पाइन्छ ।

No comments:

Post a Comment