सुगौली सन्धि
वि.स. १८७१ देखि सुरु भएको नेपाल र
अंग्रेजबीचको युद्धबाट नेपालले धेरै ठाउँमा पराजय भोग्नुका साथै ठूलो
नोक्सानी सहनुप¥यो आधुनिक हाततहतियारले सुसज्जित भएको अंग्रेज फौजको
आक्रमणले नेपालको अस्तित्व नै संकटमा पर्न थाल्यो । अंग्रेजहरुले मेची
महाकालीपारिका सबै भू–भाग र पश्चिम तराई कब्जा गरिसकेका थिए । यस्तो
स्थितिमा नेपालले अंग्रेजसँग सन्धि गर्नुपर्ने बाध्यता आयो र वि.स. १८७२ (३
मार्च १८१६) मा नेपाल–अंग्रेजबीच सुगौली सन्धि भयो ।
यस सन्धिमा नेपालको तर्फबाट गजराज मिश्र र इष्ट इन्डिया कम्पनीका तर्फबाट
लेफ्टिनेन्ट जनरल ब्राडशाले हस्ताक्षर गरेका थिए । उक्त सन्धिका
प्रावधानहरुः
- East Indian Compay र नेपालका महाराजबीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
- युद्धभन्दा पहिला विवादमा परेका सम्पूर्ण भू–भाग नेपालका महाराजले परित्याग गर्ने र ती ठाउँमा इष्ट इण्डिया कम्पनीलाई निम्न भू–भाग सुम्पने छन्
क) काली र राप्तीबीचको सम्पूर्ण खण्ड
ख) राप्ती र गण्डकीबीचको सम्पूर्ण तराई क्षेत्र, बुटवलबाहेक
ग) गण्डकी र कोशीबीचको सम्र्पूा तराई
घ) मेची र टिष्टाबीचको समस्त तल्लो भूमि
ङ) मेची नदीदेखि पूर्वको सम्पूर्ण पाडी भागको साथै नजिकको समस्त भूभाग
- माथिको धाराअनुसार लिइएका भूभागहरुबाट हानिमा परेका नेपालका सरदार एवं भारदारहरुको क्षतिपूर्तिका लागि प्रतिवर्ष २ लाख दिने र सो रकम नेपालका राजाले आफ्नो तजबिजअनुसार बाँड्ने छन् । पेन्सनको लागि गभर्नर जनरलको पद र हस्ताक्षर सहितको सतह प्रदान गरिनेछ ।
- ब्रिटिस सरकारको अनुमतिविना नेपालका राजाले कुनै बिक्रटिस, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउने छैनन् ।
- दुवै देशले एक अर्काको राज्यमा राजदूत राख्न पाउने छन् ।
- यस सन्धिमा नेपालका राजाले १५ दिनभित्र स्वीकृतिप्रदान गर्नुपर्ने र २० दिन वा सो भन्दा अगावै गभर्नर जनरलको स्वीकृति दिाउने छन् ।
नोटः उक्त सन्धिउपर अंग्रेले डिसेम्बर ९ मा स्वीकृति दियो भने नेपालका
राजाको स्वीकृति १५ दिनमा पुग्नुपर्नेमा त्यसो नभई १८१६ मा अक्टरलोनी फेबमा
आक्रमण गर्न अगाडि बढेको थाहा पाइ ३ मार्च १८१६ मा श्री ५ को स्वीकृति
पत्र चन्दैशखरले अक्टरलोनीलाई बुझाएकोले युद्ध रोकियो ।
लाईवे्ररी पर्व
वि.स. १९८७ मा जनतामा राणाविरोधी विचारधाराको विस्तार गर्न त्यतिवेलाका
लक्ष्मीप्रसाद देवकोटा, जोगवीरसिंह, कृष्णप्रसाद खतिवडा, धर्मराज
थपलियालगायतका उत्सउाहित युवाहरुले लाइब्रेरी खोल्ने योजना बनाएका थिइ । तर
राणाशाहीका पृष्ठपोषक रामचन्द्र अधिकारीले सो कुराको भेद खोलिदिएपछि राणा
प्रधानमन्त्री भीमशमशेरले सो योजनामा संलग्न सबै व्यक्तिहरुलाई प्रक्राउ
गरे । यिनीहरुलाई गाथगादी ताकेको आरोपमा मुघा दिने भनियो । तर पछि करिब ४५
जना जतिलाई रु. १०० का दरले जरिवाना गरियो र आधा रकम रामचन्द्र अधिकारीलाई
पुरस्कारस्वरुप दिइयो । राणाहरु विरुद्ध जनचेतना बढाउने उेद्देश्यले गर्न
थालिएको यही घटना नै लाइब्रेरी पर्व हो ।
मकै पर्व
वि.स. १९७७ मा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा कौशल अड्डाका सुब्बा
कृष्णलालले मकैको खेती नामक पुस्तक लेखेकोमा उक्त पुस्तकको भूमिका हामी
स्वदेशी कुकुरलार्य भन्दा विदेशी कुकुरलाई बढी मान गर्छौं तर चोर डाँकुबाट
हाम्रो रक्षा गर्ने बेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी
कुकुर नै काम लाग्छन् भन्ने कुरा लेखिएकोमा निजलाई गाथगादी तोकको र
अंग्रेजको अपमान गरेको अभियोग लगाई कार्राले हिर्काई ९ वर्ष कैद र उनका
साहयोगीहरुलार्य ५÷५ वर्ष जेल सजय तोकिएको थियो । यसै घटनालाई नेपालको
इतिहासमा कमै पर्व भनिन्छ ।
नेपाल–अंग्रेज युद्ध
सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल र अंग्रेजबीचको युद्धलाई Anglo Gorkha
War भनिन्छ । यस युद्धका कारणहरु पृथ्वीनारायण शाहकै पालादेखि बनिआएका थिए ।
नेपाल सरकारको अंग्रेज विरुद्धको नीति, नेपाल र अंग्रेजको विस्तारवादी
नीीत, नेपालको आन्तिरिक मामिला अशान्तिपूर्ण, हुनु, नेपालले अन्य देशसँग
सहयोग माग्नु, अंग्रेजहरु नेपालको बाटो भएर तिब्बतमा व्यापार गर्न चाहनु,
अंग्रेजहरुको झुटो प्रचारशैली जस्ता प्रमुख कारणहरुले गर्दा यो युद्ध भएको
थियो ।
रानी राज्यलक्ष्मी देवी
श्री ५ राजेन्द्रकी जेठी रानी साम्राज्यलक्ष्मीको निधनपछि कान्छी रानी
राज्यलक्ष्मी देवी नहुने मानेर उनको हत्या गराई जङ्गबहादुरलाई हातमा लिन
खोजिन् । कोतपर्व, भण्डारखालपर्व जस्ता घटनुमा यिनैको महत्वकांक्षी
स्व्भावको कारण थियो । जसको फलस्व्रुप नेपालमा १०४ वर्षसम्म जहाँनिया
राणाशासनले जरो गाड्न सफल भयो ।
एगेनेट प्रर्था
प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाइहरुलाई बनाई पछि
छोरामा जाने प्रथालाई एग्नेट प्रथा भनिन्छ । जङ्गगबहादुरले पनि यो प्रथा
लागू गरेका थिए । उनले आफ्नो छोरा १२ वर्षको नाबालक भएको र उनको शयक्ति
सुदृढीकरणमा भाइहरुको सहयोग भएकाले परिवारिक कलहलाई शान्त पार्न यो प्रथा
लागू गरेका थिए ।
वीरशमशेर
धीरशमशेरका १७ भाई छोरामध्ये जेठा जीरशमशेरको जन्म वि.स. १९०९ मंसिर (१८५२ डिसेम्बर) मा भएको थिायो ।
यिनी ४२ सालको काण्ड घटाई काका रणेद्दीप सिंहको हत्या गरी वि.स. १९४२ मा
श्री ३ महाराज र प्रधानमन्त्री भए यिनी निर्णय लिन सक्ने खुबीका थिए ।
यिनले आफ्नो शासनकालमा भक्तपुर र काठमाडौंमा कलधाराको निर्माण, नारायणहिटी
राजदरबारको निर्माण, दरबार हाइस्कुलको स्थापना, वीर पुस्तकालयको स्थापना,
वीर अस्पतालको निर्माण (१९४७), घण्टाघरको निर्माण, कुलेखानीमा झोलुङ्गे
पुल, फौजमा अङ्ग्रेजी ब्यान्ड, गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको
सुरुआत जस्ता कार्यहरु गरेका थिए । विदेशी बैंकमा पैसा राख्ने चलन यिनले नै
चलाएका थिए ।
वि.स. १९५७ (मार्च ५, १९०१) मा यिनको निधन भयो ।
देवशमशेर
सुधारवादी र उदारवादी राणा भ्रधानमन्त्री देवशमशेरको जन्म वि.स. १९१९
श्रावण (१७ जुलाई १८६२) मा धीरशमशेरका काहिंला छोराको रुपमा भएको थियो ।
यिनी शिक्षित थिए र १४ वर्षसम्म प्रधानसेनापति भएर काम गरेका थिए । करिब
साढे तीन महिना प्रधानमन्त्री भएका देवशमशेर उनको सुधारवादी स्वभावका कारण
षडयन्त्रपूर्वक हटाइएका थिए । प्रधानपन्त्रीबाट हटाइएपछि यिनी धनकुटा गए ।
धनकुटाबाट र्दािजलिङ हुँदै मैसुर गएका देवशमशेरको वि.स. १९७० फागुनमा
मैसुरमा निधन भएको थियो ।
यिनले गरेका सुधार कार्यहरु निम्न छन्ः
- कार्यालय समय १०–५ बजे कायम गरेका
- १२ बजे तोप पड्काउने चलन
- आधुनिक संविधान निर्माण गर्न अंग्रेज सरकारसँग विशेषज्ञाको माग ।
चन्द्रशमशेर
धीरशमशेरका पाँचौ पुत्रको रुपमा वि.स. १९२० आषाढ (८ जुलार्य १८६३) मा चन्द्रशमशेरको जन्म भएको थियो ।
यिनले कोलकाता विश्वविद्यालयबाट मेट्रिक पास गर्ने प्रथम राणा
प्रधानमन्त्री हुन् । यिलाई अक्सफोर्ड विश्वविद्यालयले “डाक्टर अफ सिभिल ल”
को उपाधि दिएको थियो ।
यिनले देवशमशेरलाई पदच्युत गरी वि.स. १९५८ देखि १९८६ सम्म शासन गरे ।
यिनले राणाहरुलाई ए, बि, सि क्लासमा विभाजन गरे गेहेन्द्रशमशेर काण्ड, कमैपर्व यिनकै पालामा घटेका हुन् ।
यिनको पालामा गोरखा भाषा प्रकाशिनी समितिको स्थापना, सती प्रथाको उन्मूल्न,
त्रि–चन्द कलेजको स्थापना, वि.स. १९८१ मा दासत्व मोचन, रेल्वे सेवाको
सुरुआत, नेपालको नक्साको निर्माण, सिंह दरबारको निर्माण, सप्तरीमा चन्द्र
नहरको निर्माण, रोपवेको निर्माण (वि.स. १९८२), त्रि–चन्द्र सैनिक अस्पतालको
निर्माण, देवानी र फैजदारी मुद्दा हेर्ने कोटिलिङ र इटाचपली अदालत आदि
निर्माण, आफ्ना सन्तान र आफन्तहरुलाई जग्गा बिर्ता दिने जस्ता देश र
जनतालाई अहित हुने कार्यहरु पनि गरे ।
भीमशमशेर
धीरशमशेरको छैटौं पत्रका रुपमा भीमशमशेरको जन्म वि.स. १९२२ मा भएको थियो ।
दाजु चन्द्रशमशेरको मृत्युपछि वि.स. १९८६ मा प्रधानमन्त्री भएका भीमशमशेरले
अढाई वर्ष जति शासन गरे । यिनको पालामा राणाविरोधी गतिविधि बढ्न थालेका
थिए र वसन्तशमशेर पर्व, चर्खा प्रचारमा रोक, प्रचण्ड गोरखाको स्थापना,
लाइबे्ररी पर्व जस्ता घटनाहरु भएका थिए । यिनले नुन र कपासमा भन्सार छुट
दिनुका साथै कपास खेतीको विस्तारमा जोड दिएका थिए ।
सरकारी कायाृल्य समय १०–४ बजे कायम, कर्मचारीलाई विदा दिने चलन, काठमाडौं र
मोरङमा पानीका धारा, सुधार कार्यहरु गरेका भीमशमशेरको शूलको व्यथाले वि..
१९८९ मा निधन भयो ।
जुद्धशमशेर
धीरशमशेरको दसौं सन्तानका रुपमा सन् १८७५ अप्रिल १९ मा जुद्धशमशेरको जन्म भएको थियो ।
यिनले भीमशमशेरको मृत्युपछि वि.स. १९८९ देखि २००२ सम्म करिव १३ वर्ष शासन गरेका थिए ।
महाभूकम्प (१९९० माघ २), सेतो दरबारमा आगलागी, महावीर स्कुल काण्ड, प्रजा
विशेषज्ञ सहितको कृषि परिषद्को गठन, विराटनगर जुट मिल, जुद्ध म्याच
फ्याक्ट्री, विराटनगर कटन मिल, नेपाल बैंक लिमिटेडको स्थापना (१९९४ कार्तिक
३०), उद्योग परिषद् गठन, कागजी नोटको प्रचलन, एस.एल.सी. बोर्डको स्थापना,
थुप्रै ठाउँमा अस्पताल निर्माण, जनगणना गर्ने प्रयास र जन्म मृत्यु दर्ता
अड्डाको स्थापना, कर्मचारीको पेन्सन र सञ्चयकोषको व्यवस्था, जावलाखेल
चिडियाखानाको स्थापना, काठमाडौंमा म्युजियमको स्थापना जस्ता थुप्रै सुधार
कार्यहरु गरेका थिए ।
स्वेच्छाले पदत्याग गरेका जुद्धशमशेर धर्मकर्ममा लागेकाले राजर्षी महाराज भनेर पनि चिनिन्छन् ।
यिनको निधन वि.स. २००९ सालमा देहरादूनमा भएको यियो ।
पद्मशमशेर
वि.स. २००२ साल मंसिर १४ गते जुद्धशमशेरले पदत्याग गर्ने घोषणा गरेपछि यिनी
प्रधानमन्त्री भएका थिए । यिनले आफूलाई ‘म राष्ट्रको नोकर हँु’ भनी घोषणा
गरेका थिए ।
यिनको समयमा नेपाली काङ्ग्रेसको स्थापना, विराटनगर मजदुर हड्ताल, जयतु
संस्कृतम् जस्ता घटनाहरु घटेका थिए । यिनले २००४ सालमा वैधानिक कानुनको
घोषणा गरेका थिए । सर्वसाधारणले बिजुली बत्ति बाल्न पाउने, रेडियो सेट
राख्न पाउने, नारी शिक्षाको व्यवस्था, कन्या स्कूलहरु खुलेका, श्री ३
महाराजको स्वीकृति लिएर विद्यालय खोल्न पाउने, काठमाडों नगरपालिका गठन
गर्ने स्वीकृति, नेपाल खाद्य परिषद्को स्थापना (२००४ असोज २०), नेपाल
साहित्य परिषद्को स्थापना र कवि सम्मेलनजस्ता सुधार कार्यहरु यिनले गरेका
थिए ।
यिनले थुप्रै स्कुलहरु खोल्ने कार्य गरेकाले स्कुलका पिता पनि भनिन्छ ।
उदार स्वभावका पद्मशमशेरले मोहनशमशेरको दबाबमा उपचार गराउने बहानामा २००४
फागुन ८ मा राज्य त्याग गरी भारततर्फ लागे र २००५ वैशाख १४ मा राजिनामा दिई
बाँकी जीवन भारमा नै व्यतीत गरे ।
मोहन शमशेर
नेपालको अन्तिम राण प्रधानमन्त्री तथा चन्द्रशमशेरका जेठा छोरा मोहनशमशेरको
जन्म विस.स. १९४२ मा भएको थियो । चतुर र कठोर स्वभावका मोशनशमशेरले
पद्मशमशेरको राज्य त्यागपछि केही समय कार्यवाहक प्रधानमन्त्री भई ६४ वर्षको
उमेरमा वि.स. २००५ वैशाख १८ मा सिंदूर जात्रा गरी पप्रधानमन्त्री भएका थिए
।
यिनले आफ्नो अधिकतर समय प्रजातान्त्रिक आन्दोलन दबाउनमै लगाए । २००७ सालको
परिवर्तनपछि श्री ३ महाराजको पदवी गए पनि यिनी त्रीपक्षीय सरकार गठन हुँदा
पनः प्रधानमन्त्री भएका थिए । पछि २००८ मंसिर १ गते मातृकाप्रसाद कोइराला
प्रधानमन्त्री भएपछि यिनी पदबाट हटेका थिए ।
यिनको पालमा नेपाल र भारतबीच सन् १९५० को सन्धि (पैष २४ २००७)) मा भएको
थियो । यिनको समयमा भएका केही उल्लेखनीय कार्यहरुमा हिमशिखर आरोहणको
अनुमति, मोहन आकाशवाणी, ८७ वटा प्राथमिक स्कुल, भक्तपुर र ललितपुरलाई
नगरपञ्चायत घोषणा, काठमाडौं–हेटौंडा सडक निर्माण, जमिनको सर्भे गराउन
विशेषज्ञ झिकाएको, संयुक्त राष्ट्रसंघको सदस्यताको लागि दरखास्त (२००५),
केही विदेशी मुलुकसँग सम्बन्ध आदि पर्छन् ।
बैज्ञानिक गेहेन्द्रशमशेर राणा
नेपालका पहलिो वैज्ञानिकका रुपमा चिनिने गेहेन्द्रशमशेर राणा प्रधानमन्त्री वीरशमशेरका जेठा छोरा थिए ।
यिनले लालदरबारमा साधन सम्पन्न ठूलो प्रयोगशाला बनाएका थिए । उनले आफ्ना
दक्ष सहयोगीहरुको सहयोगमा आधुनिक तरिकाको ४ नाले तोप, बुलेट भएको स्वाचालत
रिभल्वर, बाफले चल्ने मोटर साथै नयाँ किसिमका मेसिनगनहरु बनाएका थिए ।
यिनले बाजे धीरशमशेरको स्मृतिमा धीरगन, बाबाु वीरशमशेरको स्मृतिमा वीरगन
बनाएका थिए । यिनले ध्ष्लम भ्लभचनथ बाट चल्ने धान कुट्ने मेसिन, आयल
इन्जिनबाट डाइनामो चलाउने जस्ता बैज्ञानिक प्रयोग पनि गरेका थिए ।
विलक्षण प्रतिभा भएका गेहेन्द्रशमशेरको प्रगतिबाट सशङ्कति भई चन्द्रशमशेरले
विष खुवाई षडयन्त्रपूर्वक ३६ वर्षको उमेरमा यिनको हत्या गरेका थिए भन्ने
कुरा इतिहासमा उल्लेख छ ।
य प्रचण्ड गोरखा पर्व
वि.स. १९८७ मा भीमशमशेरको समयमा राणाशासनको अन्त्य गर्ने उद्देश्यले
उमेशविक्रम शाह, खड्गमान सिंह, मैनबहादुर, रंगनाथ शर्मा, आर्दि मिली
प्रचण्ड गोरखा नामक संस्था खोलेका थिए । पछि लक्ष्मणराजबाट यस कुराको भेद
खुलेपछि सबैलाई आजीवन कारावासको सजाय दिइयो । उमेशविक्रमलाई निर्वासन तथा
अन्य सबैलाई कैद गरिएको थियो । रंगनाथ शर्मा, खड्गमान सिंह २० वर्ष कारागार
बसी वि.स. २००७ सालको क्रान्तिपछि छुटेका थिए । यसैलाई प्रचण्ड गोरखा पर्व
भनिन्छ ।
महाभूकम्प (१९९०)
राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा वि.स. १९९० साल माघ २ गते सोमबारका
दिन २ बजेर २ मिनेट जाँदा नेपालमा भयानक विनाशकारी भूकम्प गएको थियो । यस
भूकम्पबाट करिब ३४ लाख घर भत्केका, १६,८७५ व्यक्तिको मृत्यु तथा ३३१९
व्यक्ति घाइते भएका थिए । यो विपत्तिबाट उद्धार गर्न जुद्धशमशेरले उद्धार
संस्था र कोष खडा गरेका थिए । यिनले विदेशबाट घर बनाउने सामग्री तथा अन्य
लगाफाटो झिकाई सर्वसाधरणलाई उपलब्ध गराएका थिए यिनले आफ्नो व्यत्तिगत
तर्फबाट ४ लाख खर्च गरेका थिए ।
चर्खाप्रचारमा रोक
विदेशी मालसामानको बहिष्कार गरी स्व्देशी घरेु उद्योगलाई प्रोत्साहन दिन
भारतमा महात्मा गान्धीले चर्खा आन्दोलन चलाएका थिए । यही चर्खा आन्दोलनबाट
प्रभावित भई तुली मेहरले काठमाडौंमा वि.स. १९८७–८८ तिर भीमशमशेरको पालामा
चर्खा प्रचार गरी खाडी कपडालाई प्रोत्साहन दिएका थिए । यसको भित्री आशय
देशभक्तिको भावना जगानु तथा जनचेतना फैलागनु थियो ।
राणा सरकारलार्य यो कुरा असह्य भई उनलाई देशद्रोही घोषित गरी कैद गरियो र
चर्खा प्रचारमा पूर्ण प्रतिवन्ध गरियो । यिनले सन् १९७७ मा नेहरु पुरस्कार
प्राप्त गरेका थिए ।
प्रजा परिषद्
राणविरोधी उद्देश्यले वि.स. १९९३ जेष्ठ २२ गते आमशाहल काठमाडौंमा टंकप्रसाद
आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवनराम शर्मा, रामहरि शर्र्मा,
आदिद्धारा नेपाल प्रजा परिषद्को स्थापना भएको थियो ।
निरंकुश राणशासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने
उेद्देश्यले गठन भएको यस संस्थाले लुकीलुकी राणविरोधी पर्चा छर्ने, भारतबाट
प्रकाशित हुने ‘जनता’ र एडभान्स जस्ता पत्रिकामा लेखहरु छपाउने आदि कार्य
गर्ने गथ्र्यो ।
यस अभियानमा पछि संस्थाका सदस्य रामजी जोशीले राणहरुसमक्ष पोल खोलेकाले
यसका सदस्यहरु पक्रिए । चारजनालाई मृत्युदण्ड, तथा थुप्रैलार्य जन्मकैदको
साथै सर्वस्वहरण गरियो । वि.स. १९९७ माघ १० गते राति शुक्रराजलाई टेकुमा
झुण्ड्याएर उनको शरीरमा ‘सरकारको विरोध गर्नेको यस्तो हालत हुन्छ’ भनेर
लेखिएको थियो । माघ १२ गते धर्मभक्तलाई सिफलमा झुण्ड्याइयो । माघ १४ गते
गंगालाल र दरशथलार्य विष्णुमती भौचाखुसीमा गोली हानेर मारियो । टंकप्रसाद,
रामहरि शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड दिइएन । यसरी प्रजा परिषद उपर
व्यापक दम गरिएको थियो ।
दिल्ली सम्झौता
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले आफ्नो ज्यानको प्रवाह
नगरी संघर्षमा लागि परेकाले राणहरु त्रसित भएर राजा त्रिभुवन, नेपाली
काङ्ग्रेस रराण सरकारका प्रतिनिधिहरुबीच दिल्लीमा एउटा सम्झौता भएको थियो ।
यसैलाई दिल्ली सम्झौता भनिन्छ ।
यस सम्झौताका शर्तहरु निम्नबमोजिम थिए ।
- श्री ५ त्रिभुवन नै राजा रहनेछन् उनी फर्कन नचाहेमा नायव राख्न पाउने छन् ।
- संविधान निर्माण समितिको गठन सन् १९५२ भित्रै गर्ने र यसले संविधान निर्माण गर्ने ।
- १४ सदस्यीय मन्त्रिमण्डल बनाउने जसमा राणा पक्षबाट ७ र लोकमतको प्रतिनिधित्व गर्ने सर्वसाधारणबाट ७ जना राख्ने ।
- सबै राजनीतिक बन्दीलाई आममाफी दिने ।
य-उखडा जाँच कमिशन
तत्कालीन बुटवल जिल्लाको भैरहवा र तौलिहवामा जमिन्दारहरुले जोताहा किसानहरु
लाई चर्को दमन गरी दुःख दिएकाले भीमशमशेरले जमिन्दारी प्रथामा सुधार
ल्याउन तेजशमशेरको नेतृत्वमा सन् १९३१ मा गठन गरेको कमिशन (आयोग) लाई नै
उखडा जाँच कमिशन भनिन्छ । उखडा जाँच कमिशननको नामले चिनिने यो आयोग उनको
शासनकालमा सफल हुन सकेन ।
महावीर स्कुल काण्ड
जुद्धशमशेरको पालामा भारतमा महात्मा गान्धीले राष्ट्रिय विद्यापीठहरुको
स्थापना गरी जनचेतना फैलाउन गरेको प्रयासबाट प्रभावित भई केही उत्साही
युवाहरुले वि.स.( १९९३ मा काठमाडौंमा महावीर स्कुलको स्थापना गरे । यसमा
चिनियाँमान, फत्तेबहादुर, पूणनारायण, टंकविलास, सिद्धिचरणहरुले पढाउने थाले
। जुद्धशमशेरलार्य यो कुरा सह्य भएन र यस स्कुलका २८ जना शिक्षकहरु समातिए
। चिनियाँमान र फत्तेबहादुरलाई आजीवन कारावास, पूर्णनारायण, चन्द्रमान र
सिद्धिचरणलाई १२÷१२ वर्ष कैद र अरुलाई नगद जरिवाना गरियो । चिनियामानको
जेलमानै मृत्यु भएको थियो । यसैलाई महावीर स्कुल काण्ड भनिन्छ ।
जयतु संस्कृतम्
वि.स. २००४ साल आषाढ १ गतेदेखि काठमाडौं तीनधारा पाठशालामा अध्यनरत करिब
२०० विद्याथीहरुले पाठशालामा भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशासन्त्र,
अंग्रेजी आदि विषयहरु समावेश गरिनुपर्छ भनी हड्ताल सुरु गरेका थिए ।
संस्कृतविरोधी आन्दोलनको संज्ञा दिइ राणशासकहरुले उक्त आन्दोलनलाई दबाउने
कोशिस गर्न थाले भने आन्दोलनकारीहरुले जयतु संस्कतम् भन्दै घरघरमा गई
भिक्षा माग्न थाले । यसको नेतृत्व श्रीभद्र शर्मा, राजेश्वर दवकोटा, कमलराज
रेग्मी, काशीनाथ गौतम, बलराम शर्मा, गोकर्णराज ास्त्री आदिे गरेका थिए ।
पद्मशमशेरले विद्यार्थीहरुको माग पूरा गर्ने घोषणा गरेपछि आन्दालन रोकिएको
थियो । तर उनले माग परा नगरी आन्दालनकारीहरुलाई निष्कासन गरेका थिए । यो
आन्दोलन मुख्यरुप्मा राणशासन विरुद्ध जनचेताना जगाउने कुरामै केन्द्रित
थियो ।
No comments:
Post a Comment