जेष्ठ १५, २०७३ मा सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि कुल १० खर्ब
४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । व्यवस्थापिका
संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस
गरेका हुन् ।
नयाँ संविधानमा गरिएको व्यवस्था जेठ-१५ मा बजेट पेस भएको हो । नयाँ
संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु
६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब ११ ९४ करोड
६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।
कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता
प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र
वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने अर्थमन्त्री
पौडेलले बताए । बाँकी रकम आन्तरिक ऋण र चालु आवको नगद मौज्दातबाट
व्यवस्थापन गरिने उनले जनाए ।
बजेटका विशेषताहरुः
– कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
– आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
– सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
– आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्याइयो ।
– संसदीय विकास कोषको बजेट ५० लाख ।
– पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
– रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
– पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
– शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
– प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
– पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
– पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
– तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
– आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
– क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
– अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
– कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
– बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
– काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
– गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
– नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
– २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
– सबै नेपालीको बैंक खाता ।
– तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
– एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
– आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्याइने
– हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।
No comments:
Post a Comment