Sunday, October 19, 2014

गरिबी



— अर्को आयस्रोत नभई आफ्नो उत्पादनले ८ महिनाभन्दा कम खान पुग्ने परिवारलाई गरिब भनिन्छ ।
— गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगार र समाजिक पहिचान र सम्मानबाट वञ्चित भएको अवस्था गरिबी हो। 


नेपालमा गरिबीको अवस्था
— २०११ मा १५७ औं स्थानमा, अंक ०.४५८ 
— गरिबी रेखामुनि रहेको जनसँख्या, २५.४ प्रतिशत

— बेरोजगार र अर्धबेरोजगार, ३८.८ प्रतिशत 
— प्राथमिक तहमा खुद भर्नादर, ९३.७ प्रतिशत
— ग्रामिण जनसँख्या ८३ प्रतिशत र शहरी जनसँख्या १७ प्रतिशत


 गरिबीको वर्गीकरण 
– अति गरिब: आफ्नो आयस्रोतबाट ३ महिनाभन्दा कम खान पुग्ने परिवार ।

– निरपेक्ष गरिबी त्यस्तो अवस्था जाहाँ मानिसहरुले खान सम्म पेटभरि पुग्दैन । आधारभुत आवश्यकताका  बस्तुहरु जस्तै ः गाँस, बास, कपास आदिको जोहो गर्न नसक्ने अवस्था ।
सापेक्ष गरिबी ः त्यस्तो अवस्था जाहा मानिसहरुको अवस्था औसत भन्दा तल हुन्छ ।
 तुलनात्मक गरिबीलाई 
जनाउने । कुनै क्षेत्रको धनी कहलाइएको व्यक्ति अर्को क्षेत्रमा तुलनात्मक रुपमा गरिब हुनसक्छ ।

• गरिबी न्युनीकरणका उपायहरु 
– स्रोतसाधनमा गरिबीको पहँुच बढाउने 
– साधनस्रोतको उच्चतम उपयोग
– कृषि÷ग्रामिण विकासमा जोड 
– ठुला लगानीलाई प्राथमिकता
– श्रम प्रधान कृयाकलाममा जोड दिने ।
– कृषिको आधुनिकीकरण
– जनसँख्या नियन्त्रण
– राजनैतिक स्थिरता
– सुशासनको अभिवृद्धि 
– द्धण्डको समाधान र शान्ति सुव्यवस्थाको स्थापना
पूर्वाधार विकास÷कृषिमा आधारित रोजगारमुलक कार्यमा जोड दिने ।
भुमिसुधार र कृषियोग्य जमिनको प्रजातान्त्रिक र वैज्ञानिक वितरण



• नेपालमा गरिबी अपेक्षाकृत रूपमा घटाउन नसक्नुका कारणहरू ।
– कृषि प्रणालीलाई आवश्यक मात्रामा आधुनिकीकारण र व्यावसायीकरण गर्न नसक्नु ।
– उद्योगधन्दा, कलकारखानाको पर्याप्त विकास र विस्तार गर्न नसक्नु
– आर्थिक योजनाका लक्षित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन नहुनु
– शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत जस्ता विकास पूर्वाधारहरु निर्माण गर्न नसक्नु
– राजनैतिक अस्थिरता
– अशान्ति, असुरक्षा जस्ता कारण लगानीमैत्री वातावरण नबन्नु


• गरिबीका प्रमुख कारणहरु 
o साधन स्रोतको अपर्याप्तता, उचित उपयोग कमि 
o परम्परागत कृषि प्रणाली
o कृषियोग्य भुमिको असामान र अवैज्ञानिक वितरण
o भुपरिवेष्टिता 
o उच्च जनसँख्या वृद्धिदर
o दक्ष जनशक्तिको अभाव
o शान्ति÷सुव्यवस्थाको अन्त्य
o राजनैतिक अस्थिरता
o सुशासनको अभाव
o पूँजी, सीप र प्रविधिको अभाव
o समाजिक विभेदीकरण 
o न्युन आर्थिक वृद्धिदर 
o प्राप्त विदेशी सहयोगको राम्ररी सदुपयोग नहुनु 
o विकासको फल लक्षित समूहसम्म नपुग्नु
o वहुसँख्यक ग्रामिण क्षेत्रको आर्थिक तथा समाजिक विकासमा पहुँच नपुग्नु ।
o बैदेशिक व्यापारमा घाटा बढ्नु

जलवायु परिवर्तन
जलवायु परिवर्तन मौसमको अवस्था र प्रणालीमा देखिने उतारचढाव र परिवर्तन नै जलवायु परिवर्तन हो जसबाट वर्षभरिको वर्षा प्रणाली र तापक्रममा अचानक आउने विषमतालाइ र् बुझन सकिन्छ भने पृथ्वीको तापक्रममा आउने आसन्दार्भिक बृद्धि नै जलवायु परिवत र् नको मुख्य कारक तत्व भएपनि मानवले गरेको भौतिक विकास र वनजंगलको नोक्सानका कारण हरित ग्यास उत्सर्जनमा वृद्धि भई भएको मानिन्छ । 

यसका प्रमुख असरहरु निम्न छन् । 
– समुद्रीतटीय एवं टापुहरु डुवानमा पर्न सक्ने 
– जैविक विविधतामा नकारात्मक प्रभाव 
– मरुभुमिकरण – अतिवृष्टि, अनावृष्टि र हुर बतास 
– बाढी, पहिरो एवं भूक्षय आदि

 नेपालमा जलवायु परिवर्तनबाट परेको असरहरु ः—
 – नेपालमा बाढी र खडेरीका घटना बढन थालेका छन् । 
– वर्षामा अनियमितता भएको छ । 
– खाद्यवाली, बोटविरुवा, फलफुलमा नयाँनयाँ रोग र आक्रमक किर ाफट्याङ्ग्रा देखापरेको हुँदा उत्पादनमा ह«ास आएको छ । 
– साविक भन्दा अन्नवाली चाँडै पाक्ने र फुल छिटै फुल्न थालेका छन् । 
– सर्प, चिल, गिद्ध र लामखुट्टे उच्च पहाडी भेगमा पनि देखा पर्नु, कुकुरहरुको प्रजनन प्रक्रिया बाह«ै महिना क्रियाशिल र अनौठो व्यवहार देखा पर्न थालिएको छ । आदि । 


जलवायु परिवर्तनका नकारात्मक असर ः
— जलवायु परिवर्तनबाट बच्ने र उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो । यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ । 
– कार्वन उत्सर्जन घटाउने । 
– कार्वन शोषणमा बृद्धि गर्ने । 
– असरलाई न्युनिकरण गर्ने ।

 यसबाट बच्ने उपायहरु ः— 
 जलवायु परिवर्तनबाट बच्ने प्रमुख र उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो । 
तर यसका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
 क) कार्वन उत्सर्जन घटाउने । 
 ख) कार्वन शोषणमा बृद्धि गर्ने । 
ग) असरलाई न्युनिकरण गर्ने ।