Showing posts with label स्थानीय स्वायत्त शासन. Show all posts
Showing posts with label स्थानीय स्वायत्त शासन. Show all posts

Sunday, January 8, 2023

स्थानीय स्वायत्त शासन

 स्थानीय स्वायत्त शासनः 

राज्यको शासकीय अधिकार स्थानीय तहसम्म पुर्‍याई जनताको नजिकबाट शासन सञ्चालन गर्ने पद्दति हो । स्थानीय स्वायत्त शासनले स्व-नियन्त्रण, स्व-व्यवस्थापन  र आत्मनिर्भर हुने अवस्थालाई संकेत गर्दछ । 

  • स्व-नियन्त्रण
  • स्व-व्यवस्थापन 
  •  आत्मनिर्भर 

स्थानीय स्वायत्त शासनका लागि गरिएका संवैधानिक व्यवस्थाः  

  • राज्य शक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तीन तहले गर्ने । 
  • स्थानीय तहका साझा र एकल अधिकारलाई संविधानको अनूचूचीमा सूचिकृत गरिएको। जग्गा धनीपूर्जा वितरण लगायतका अधिकार स्थानीय तहलाई ।
  • संघ प्रदेश र स्थानीय तहक‌ो सम्बन्ध सहकारिता सहअस्थित्व र समन्वयमा आधारित हुने । 
  • स्थानीय तहको कार्यपालिकीय अधिकार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रयोग गर्ने । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु रहने । 
  • स्थानीय तहको विधायकी अधिकार गाउँ सभा र नगर सभाले प्रयोग गर्ने । 
  • स्थानीय तहले कर लगाउने सम्मको आर्थिक अधिकार । 

निष्कर्षः

संविधानले स्थानीय तहमा अधिकार पुर्‍याएको छ । संविधानका सम्बन्धमा केही विरोधका वा आलोचनाका स्वरहर पनि सुनिएका छन् । लोकतान्त्रिक विधिबाट त्यसको संबोधन गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ ।