Showing posts with label विविधता व्यवस्थापन. Show all posts
Showing posts with label विविधता व्यवस्थापन. Show all posts

Monday, January 30, 2023

विविधता व्यवस्थापन

पृथक किसिमका मानिसहरुको कुशल संयोजन गरी सामूहिक उर्जा प्राप्त गर्नु नै विविधता व्यवस्थापन हो । समाजमा विविधता हुन्छ । विविधताकै कारण एकआपसमा अन्तरक्रिया र प्रतिस्पर्धा हुन्छ । विविधता देशको सामाजिक पूँजी हो।अवसर हो ।

सही व्यवस्थापन नहुँदा विविधता चुनौतीको रुपमा देखापर्छ ।  

नेपालको विविधताको स्वरुपः

भाषाः धर्म, लिंग, जातजाती, संस्कृति, उमेर, अल्पसंख्यक

अन्तरराष्ट्रिय उदाहरणः 

  • सांस्कृतिक भाषिक, जातीय धार्मिक द्वन्द्व वा विविधतालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा देशहरु विखण्डन भएका सम्मका उदाहरण छन् । मलेशिया र सिंगापुर छुट्टिनु, भारत र पाकिस्तान विभाजन हुनु आदि । 
  • विविधतालाई सम्बोधन गरेर राष्ट्रिय एकतालाई सुदृढ गरेका मुलुकहरु पनि छन् । चीन अमेरिका घाना सिंगापुर आदि । 
  • विश्वमा विविधता व्यवस्थापन अझै पनि चुनौतीका रुपमा भोगिरहेका मुलुकहरु पनि छन् । जस्तैः बेल्जियममा भाषिक विविधता, क्यानाडामा प्रादेशिक विविधता, घाना इथियोपिया जस्ता देशमा जातीय विविधता आदि । 

नेपालमा विविधता व्यवस्थापनका प्रयासहरुः 

विविधता व्यवस्थापन कै उद्देश्यले राज्यपूनर्संरचना सम्म गरिनुले नेपालमा विविधता व्यवस्थापनका लागि अधिकतम् प्रयत्न गरिएको देखिन्छ । 

  • संविधानको प्रस्तावनामा नै विविधताबीचको उकता र सामाजिक सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण प्रबर्द्धन गर्ने उद्‍घोष गरिएको ।
  •  नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त राष्ट्रका रुपमा परिभाषित गरिएको । (३)
  • नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा ग्रहण गरिएको ।(६)
  • विभिन्न जातजाती भर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने र जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने गरी स्वतन्त्रताको हक प्रयोगमा रोक लगाइएको । (१७)
  • समानुपातिक समावेशिताको सिद्धान्तका आधारमा सबैलाई राज्यका निकायमा सहभागिताको हक सुनिश्चित गरिएको । (४२)  
  • महिला, आदिवासी जनजाती, अल्पसंख्यक, मधेशी, मुस्लिम लगायतको उत्थान, सशक्तिकरण  विकासका अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने नीति रहेको । (५१(ञ))
  • तीनै तहले बहुलता र समानतामा आधारित समतामूलक समाजको संरक्षण गर्ने व्यवस्था भएको ।(५६)
  • समानुपातिक विधि सहितको मिश्रित निर्वाचन प्रणाली अवलम्बन, संघ प्रदेश र स्थानीय तीन तहका राज्य संरचना समावशीताका आधारमा निर्माण हुने व्यवस्था ।
  • महिला, दलित, आदिवासी जनजाती, थारु, मुस्लिम, मधेशी लगायतको हकहीतका विषय सिफारिस गर्न विभिन्न सम्बैधानिक आयोगहरुको गठन गरिएको ।
  • महिला दलित लगायतका समूहलाई विशेष अधिकारका व्यवस्था।    
  • समावेशी राज्यको अवधारणा कार्यान्वयन गर्न 
    • राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समूदायको हुने ।
    • मन्त्रिपरिषद् समावेशी सिद्धान्त बमोजिम गठन हुने ।
    • राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष मध्ये उकजना महिला हुने ।
    • राजदूत, संवैधानिक अंग र निकायका पदाधिकारी नियुक्ति गर्दा समावशी सान्त बमोजिम गर्ने व्यवस्था रहेको । (२८२, २८३)
    • संघीय निजामती सेवा लगायतका सबै संघीय सरकारी सेवामा समानुपातिक समावशी सिद्धान्तका आधारमा पदपूर्ति गर्ने व्यवस्था (२८५)

 

अन्यः

·       अन्तरराष्ट्रिय महासन्धिहरुमा प्रतिबद्धता जनाइएको

·       समावेशीकरण तथा लक्षित वर्गका लागि विशेष कार्यक्रम सत्र्चालन गरिएको ।

·       आवधिक योजना, कार्यक्रम र बजेट तर्जुमा,कार्यान्वयन, मूल्याङ्कनमा विशेष वर्गको लागलाई प्राथमिकता प्रदान गरिएको ।

विविधता व्यवस्थापनका समस्याहरुः  

·       विविधता व्यवस्थापनका नाममा खण्डिकृत गर्ने र विभाजन हुने/ गर्ने प्रयासहरु हुन थालेको।  

·       समानुपातिक समावेशी सिद्धान्त भने पनि समावेशी सिद्धान्तलाई मात्रै आधार बनाइएको । समानुपातिक हुन नसकेको ।

·       विभिन्न समूदायका Elite को प्रभुत्वले आमनागरिकमा समावेशीकरणको अनुभूति गराउन नसकिएको । एउटै व्यक्तिले पटकपटक, Double, Triple Disadvantage भएका हरुको पहुँच नभएको ।   

·       लक्षित समूदायका कार्यक्रम माग, क्षमता र नतिजामा आधारित बनाउन नसक्दा  अपेक्षित रुपमा प्रभावकारी नभएको ।

·       वास्तविक अवस्थाको चित्रण गर्ने विश्वासिलो खण्डिकृत तथ्याङ्क नहुँदा असमानता र विभेद असन्तुलनलाई वस्तुगत रुपमा मापन गर्न नसकिएको ।

 

विविधता व्यवस्थापनका उपायहरुः

लोकतान्त्रिक संस्था र पद्दतिको निर्माण गर्नु नै विविधता व्यवस्थापनको सबैभन्दा उत्तम रणानीति हो ।

तसर्थ, विविधता व्यवस्थापनका लागि

·       लोकतान्त्रिक संस्थाहरु निर्माण गर्ने, विद्यमान संस्थाहरुको क्षमता विकास गर्ने ।

·       समावेशी संस्कृतिबाट सामूहिक उर्जाको उत्पादन गर्ने ।

·       विविधताको तथ्यांक, द्वन्द्व, अन्तरसम्बन्ध र संवेदनशीलताको विषयमा Diversity Audit गर्ने।

·       स्वेच्छिक र सामाजिक प्रकृयाबाट घुलमिल गराउने रणनीति अवलम्बन् गर्ने ।  

·       Double Disadvantage का आधारमा आरक्षण दिने पद्दतिको अवलम्बन गरी Elite Capturing  न्यूनीकरण गर्ने । कानून संशोधन र निर्माण गर्ने ।

·       लक्षित वर्ग, लक्षित वर्गका लागि काम गर्ने विशेष संस्था तथा समूदायहरुको क्षमता विकास गर्ने,