Monday, September 4, 2023

सार्वजनिक हीत र राष्ट्रिय हीतको भिन्नता

 सार्वजनिक हीत र राष्ट्रिय हीतको भिन्नता

अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा वा परराष्ट्र नीति सञ्चालनका क्रममा जे गर्दा आफ्नो मुलुकको भलाइ तथा लाभ हुन्छ त्यो नै राष्ट्रिय हित हो ।

 घरेलु मामिला अन्तर्गत आन्तरिक व्यवस्थापन, सुधार, सुरक्षा तथा संरक्षण, प्रवर्धन, सुशासन, राजनीतिक स्थिरता
लगायतका विषयहरू चाहिँ ‘सार्वजनिक हित अन्तर्गत पर्दछन् । 

यद्यपि, नेपालको संविधानले राष्ट्रिय हितको सन्दर्भमा बाह्य र आन्तरिक हितको बिचमा फरक नपर्ने गरी सामान्यीकरण गरेर राखेको देखिन्छ । 

नेपालको सन्दर्भमा मूलतः राजनीतिकर्मी र केही प्राज्ञहरूले समेत आर्थिक विकास, राजनैतिक स्थायित्व,
जलस्रोतको विकास र पर्यावरणको संरक्षणजस्ता नितान्त आन्तरिक विषयहरूलाई पनि राष्ट्रिय हित
भित्र समावेश गर्दा राष्ट्रिय हित (national interest) र सार्वजनिक हित (public interest)  छ्यासमिस
भएर पारिभाषिक अस्पष्टता समाहित हुन पुगेको छ

No comments:

Post a Comment