Wednesday, September 23, 2015

समसामयिक जानकारी

समसामयिक
जानकारी
1.कलारत्न उपाधी २०७२ कसलाई प्रदान गरियो?
-महजोडीलाई
2. बि.सं 2072 मङ्सिर 11 देखि 18 सम्म पूर्वाञ्चलमा हुने सातौं
राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेस गर्ने निर्णय
गरेको छ ?
-३५ खेल
3. अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौं १७ मा
सार्वजानिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति
प्रतिशत रहेको छ ?
-७.५ प्रतिशत
4. नेपाल बायुसेवा निगमद्धारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको
दोश्रो एयरबस ए–३२० लाई के नामाकरण गरिएको छ ?
– लुम्बिनी
5. सार्क अर्थ मन्त्री स्तरीय वैठक नेपालमा कहिले वस्यो?
– २०७२ भदौ ३ गते
6. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा
उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?
-कबड्डी
7. सन् २०१५ मे मा विश्वको कुन ठाउँमा अत्याधिक गर्मीका कारण
झन्डै २५ सय मानिसको ज्यान गयो ?
– भारत
8. सरकारद्वारा प्रदान गरिने सर्वोक्रिष्ट निजामती सेवा
पुरस्कारको राशी कति रहेको छ ?
-रु. दूई लाख[यो वर्ष कसैलाई पनि दिईएन]
9. वि. स. २०७२ मा प्रदान गरिने मदन पुरस्कारबाट कसलाई सम्मानित
गरिने भएको छ ?
– विजयकुमार पाण्डे (खुसी)
10. वि. स. २०७२ मा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गर्ने
स्रस्टा को हुन् ?
-अंगुरबाबा जोशी
11. राजेन्द्र क्षेत्री नेपाली सेनाको प्रधानसेनापति तथा
महारथीका रुपमा कहिले पदासिन भए ?
– वि. स. २०७२ भदौ २४ गते
12.हाल नेपालमा नगरपालिकाको संख्या कति छ?
-२१७
13.संविधान सभावाट संविधान जारी गर्ने नेपाल विश्वको कति औ
मुलुक हो?
-४४ औ
14.हालै अन्तरीक्षमा सवैभन्दा वढी समय विताउने व्यक्तीको रुपमा
कसले रेकर्ड कायम गरेका छन?
-रुसका जेनाडी पाडल्को
15.यो वर्ष राष्टिय पत्रकारीता पुरुस्कार कसलाई प्रदान गरियो?
-धर्मेन्द्र झा
16.संयुक्त राष्टसंघका हालका उपमहासचिव के हुन?
-जन ईलियासन

No comments:

Post a Comment