Thursday, September 24, 2015

पछिल्ला ३ संविधानकाे तुलना

पछील्ला ३ संविधान तुलनात्मक अध्ययन

१= नेपाल अधिराज्यको संविधान, २०४७,
२ = नेपालको अन्तरिम संविभान, २०६३
३= नेपालको संविधान (२०७२)

A सार्वभौमसत्ता–
१.जनतामा निहित,
२.जनतामा(राजकिय सत्तापनि),
३.जनतामा (राजकिय सत्तापनि)
B राज्य–
१.हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य,
२.धर्म निरपेक्ष समावेशी र पूर्ण लोकतान्त्रिक,
३.धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवादी उन्मुख संघिय
लोकतान्त्रिक गणतन्त्रात्मक
C नागरिकता –
१.बंशज, अंगिकृत र मानार्थ
२.बंशज, अंगिकृत र मानार्थ
३. बंशज, अंगिकृत, मानार्थ र गैर आवाशिय नेपाली बाबु वा आमाको
नामबाट प्रदेशको पहिचान हुने ।
D भाषा –
१.नेपाली राष्ट्र भाषा र सरकारी कामकाजको भाषा र अन्य
मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता
२.नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा तर नेपाली
सरकारी कामकाजको भाषा, स्थानिय निकायमा अरु
मातृभाषामा पनि हुन
३. केन्द्रमा पुरानै निरन्तर, प्रदेशमा अन्य मातृभाषामा पनि सरकारी
कामकाजको हुन र भाषा आयोगले मापदण्ड बनाएर भाषा सिफारिश
गर्ने ।
E . शासकीय स्वरुप –
१.कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा
२. कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा
३.कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ।
F सरकार प्रमुख –
१.प्रधानमन्त्री, संसदको बुहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता
२. प्रधानमन्त्रि, सबैदलको सहमति प्राप्त वा बहुमत प्राप्त व्यक्ति ।
३.प्रधानमन्त्रि, संसदको बहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता,
दुई बर्ष सम्म अविश्वासको प्रस्ताव नलाग्ने । एक पटक अविश्वास
प्रस्ताव असफल भएपछि अर्काे एक बर्ष सम्म राख्न नपाउने र
अविश्वासको प्रस्ताव राख्दा बैकल्पिक प्रधानमन्त्रिको नाम दिनु
पर्ने ।
G राष्ट्र प्रमुख –
१.राजा, राजा विहिनताको कल्पना छैन
२. राष्ट्रपति, राष्ट्रिपति निर्वाचन अधि प्रधानमन्त्रिले राष्ट्र
प्रमुखको काम गर्ने
३. राष्ट्रपति, राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खालि भएका
प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ।
H राज्यको संरचना –
१.एकात्मक
२. संघिय हुने उल्लेख
३. संघ, प्रदेश र स्थानीय तह हुने प्रष्ट ।
I. नागरिक कर्तव्य –
१. छैन
२. छैन
३. नागरिक कर्तव्य उल्लेख राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु
पर्ने ।
J. संधी सम्झौता –
१. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
२. संसदको २/३ वाट अनुमोदन हुनु पर्ने
३. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
H. संसद विघटन –
१.प्रधानमन्त्रिले गर्न सक्ने
२. गर्न नसकिने
३. राष्ट्रपतिले गर्न सक्ने ।
K. प्रदेश सरकार –
१.छैन
२. छैन
३. प्रधानमन्त्रिको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त
गर्ने, व्यवस्थापिकाको २०% भन्दा बढीको प्रदेशको मन्त्रिपरिषद
नहुने ।
L. व्यवस्थापिका –
१. २ सदनात्मक
२. १ सदनात्मक
३.केन्द्रमा २, प्रदेश र स्थानिय तहमा १ सदनात्मक संघिय संसदमा १/३
महिला अनिवार्य ।
M. न्यायपालिका –
१. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह
२. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह
३. जिल्ला उच्च र सर्वोच्च गरी तीन तह, उच्च अदालतले पनि मौलिक
हक सम्बन्धि रिट हेर्न पाउने र सर्वोच्च मै एक संवैधानिक इजलास रहने
नयाँ व्यवस्था ।
N. संवैधानिक निकाय –
१. ४ निकाय
२.६ निकाय
३.१३ निकाय
O.प्रशासन-
१.केन्द्र सरकारले मात्र सरकारी सेवा गठन गर्न सक्ने
२. निरन्तरता
३. प्रदेश, गाउँ पालिका र नगरपालिकाले पनि सरकारी सेवा गठन गर्न
सक्ने ।
P. सुरक्षा-
१. शाही नेपाली सेना र नेपाल प्रहरी
२. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल
३. संघमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी, राष्ट्र गुप्तचर
तथा अनुसन्धानका संगठन रहने र प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन
रहने।
Q. मन्त्रिपरिषदको आकार-
१. असिमित
२. असिमित
३. २५ सदस्यमा सिमित

No comments:

Post a Comment