Saturday, November 15, 2014

मानव स्वास्थ्य सम्बन्धी जानकारी

__________ ________
 १) मानव शरिरमा 206वटा हड्डी हुन्छन् ।
२) आँखा तर्दा 42 वटा मांशपेशिले काम गर्छ ।
 ३) मानव शरिरमा 13 किसिमका खनिज प्रदार्थ पाईन्छ ।
 ४) वयस्क मानिसको जिब्रोको लम्बाई 10cm लामो हुन्छ ।(स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )
५) एकघण्टामा पित्तथैलीले 40ml मा पित्त निश्कान गर्छ ।
 ६) मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
७) प्यान्क्रिजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
८) पेप्सिन(pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
 ९) धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
१०) मानिसको पूर्ण बिकशित हाडमा 20% पानी हुन्छ ।
११) र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन(ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
१२) मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
१३) घामले नडढ्नेशरिरको अङगहरुहत्केला रपैताला हुन।
 १४) जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
१५) 15बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
 १६) पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ । १७) मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
१८) मानिसलाई सरदर एकदिनमा 16kg अक्सिजनको आवश्यकता पर्छ ।
१९) खप्परमा 8बटा रअनुहारमा 14वटा हड्डी हुन्छन ।
२०) मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग खुट्टा हो ।एउटा खुट्टामा 26 बटा हड्डी हुन्छन भनेदुई खुट्टामा गरि 52 हुन्छन अर्थात् कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन। 

प्रश्नहरू

 प्रश्नोतर
 • राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ? – ४४.६ प्रतिशत
• विश्वमा बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा कुन भाषा पर्छ ? – पञ्जावी
 • अष्ट्रेलिया सरकारले आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्दालय पर्दछन् ? – ७ वटा
 • अष्ट्रेलियामा कति मुलुकका विद्दार्थीहरु अध्ययन गर्ने गर्दछन् ? – १३० भन्दा बढी
 • हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ? – ९९ प्रतिशत
• नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ? – रिचार्ड स्टेङ्गल
 • समयको तस्विर नामक निबन्ध संग्रहकी लखिका को हुन् ? – शारदा शर्मा • नेपालका कुन कवि विम्व कवि का रुपमा पनि परिचित छन् ? – रमेश श्रेष्ठ
• २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ? – प्रकाश सिलवाल
• शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गर्दै हिडिरहेको कुन नेपाली साङगीतिक समूह हो ? – नेपथ्य
 • नेपालको कुन ठाउँमा फिल्म सिटी निर्माण गरिनेभएको छ ? – दोलखाको लाँकुरीडाँडाँस्थित डाङडुङ्े डाँडामा
 • सन् २०१३ को ३२ औं अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि ईएफजी टिमले जित्यो भने सो टिम कुन मुलुकको हो ? – स्विजरल्याण्ड
 • नेदरल्यान्डमा व्यवसायिक खेलाडी अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ? – १८ बर्ष
• सन् २०१३ को आईसीसी बर्ष खेलाडी को घोषित भए ? – माइकल क्लार्क
• सन् २०१३ को आईसीसी टवान्टी २० को उत्कृष्ट खेलाडी को घोषित भए ? – उमर गुल ( पाकिस्तानी क्रिकेटर )
• सन् २०१३ को आईसीसी महिलातर्फको एकदिवसियको उत्कृष्ट खेलाडी बनेकी सुजी बेट्स कुन देशकी हुन् ? – न्युजिल्यान्ड
 • २०७० सालको एनसेल कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भई कसले मोटरसाईकल पुरस्कार प्राप्त गरे ? – अमीरजंग कार्की
• आन्तरिक हवाई यात्रुले तिर्दै आएको विमानस्थल प्रयोग शुल्क ( एयरपोर्ट ट्याक्स ) कहिलेदेखि मुलुकभर टिकटमै समावेश गरिने भएको छ ? – वि.सं २०७० माघ १ गते
 • सोयाविनको तेल नेपालमा कुन दुई मुलुकबाट आयात हुन्छ ? – ब्राजिल र अर्जेन्टिना
 • नेपाली बजारमा सोयाविन तेलको बजार हिस्सा कति प्रतिशत रहेको छ ? – ६५ प्रतिशत
 • वि.सं २०६९ चैत्र २० गते मनाईएको ५६ औ अन्तराष्ट्रिय सहकारी दिवसको नारा के रहेको थियो ? – स्वाधीन अर्थतन्त्रका लागि सहकारी 

नेपालमा सर्बप्रथम

नेपालमा सर्बप्रथम: ================
१. राष्ट्रबैंकको गभर्नर :- हिमालयशमशेर जबरा
 २. त्रि. बि. को कुलपति :- कान्ति राज्यलक्ष्मी
 ३. त्रि. बि. का उपकुलपति :- सुबर्ण शमशेर
४. राजसभा स्थायी समितिका सभापति :- डा. के. आइ सिंह
 ५. निर्वाचन आयुक्त :- कालीप्रसाद उपाध्याय
 ६. महालेखा परिक्षक :- चन्द्रबहादुर थापा
७. लोकसेवा आयोगका अध्यक्ष :- अनिरूद्रप्रसाद सिंह
८. पब्लिक सर्भिस कमिसनका सभापति :- सरदार नरेन्द्रमान सिंह
९. सेनापति :- विराज थापा मगर
१०. युरोप जाने राजा :- त्रिभुवन
११. अमेरिका जाने राजा :- महेन्द्र
१२. बैज्ञानिक :- गेहेन्द्रशमशेर
१३. घरमा रेडियो राख्ने :- जुद्द शमशेर
१४. मुलुकी ऐन लागू गर्ने :- श्री ५ सुरेन्द्र
 १५. चलचित्र सत्य :- हरिश्चन्द्र
१६. दरवार हाइस्कुलका हेडमास्टर :- मिस्टर केनिङ
१७. दैनिक पत्रिका :- आवाज
१८. अन्टार्कटिका पुग्ने नेपाली :- भुवनसिंह बिश्वकर्मा
१९. भिक्टोरिया क्रस पाउने नेपाली :- कुलबीर थापा
२०. कविता महोत्सवमा पुरस्कार पाउने :- भैरव अर्याल
२१. बजेट पेश गर्ने :- मात्रिका प्रसाद कोइराला
 २२. दुरवीन प्रयोग गर्ने :- प्रताप मल्ल

श्राेतमा कर कट्टी (TDS)

TDS
 कर लाग्ने काराबार गर्ने ब्यक्तिलाइ आयकरकाे दायरामा ल्याउने एव नियमित रुपले कर सकलन गर्ने उद्देश्यले आयकर एेन, २०५८ काे परिच्छेद १७ मा श्राेतमा कर कट्टी सम्बन्धी पावधान रहेकाे छ । यसरी भुक्तानी काे समयमा अर्थात श्राेतमा नै कर कट्टी हुने प्रावधानलाइ भुक्तानी (श्राेत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ ।  भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाइ Withholding Tax समेत भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाेले यसरी कर तिर्ने अवधारणालाइ Pay As You Earn (PAYE)  भनिन्छ ।

Friday, November 14, 2014

राजस्व विश्लेषण

राजस्व विश्लेषण
•       आर्थिक वर्ष २०७०÷७१ मा नेपाल सरकारको राजस्व २०.५ प्रतिशतले वृद्धि भई
रु. ३५६ अर्ब ६२ करोड पुगेको छ । उक्त राजस्व वार्षिक बजेटको लक्ष्य रु.
३५४ अर्ब ५० करोडको १००.६ प्रतिशत हुनआउँछ । अघिल्लो वर्ष नेपाल सरकारको
राजस्व २१.२ प्रतिशतले वृद्धि भई रु.२९६ अर्ब १ करोड पुगेको थियो ।
समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात १८.५ प्रतिशत
पुगेको छ । आर्थिक वर्ष २०६९÷७० मा यस्तो अनुपात १७.५ प्रतिशत रहेको थियो
। विशेष गरी आयातमा भएको वृद्धिका कारण भन्सार राजस्वमा विस्तार आएको,
आयकर राजस्वकोे विस्तार तथा मूल्य अभिवृद्धि करमा भएको वृद्धि तथा कर
चुहावट नियन्त्रण एवं राजस्व प्रशासनमा भएको समग्र सुधारका कारण राजस्व
परिचालनमा वृद्धि भएको हो ।

•       राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर समीक्षा वर्षमा २०.९
प्रतिशतले वृद्धि भई रु. १०० अर्ब ९७ करोड परिचालन भएको छ । अघिल्लो वर्ष
सो राजस्व १५.७ प्रतिशतले वृद्धि भई रु. ८३ अर्ब ५१ करोड पुगेको थियो ।
मूल्य अभिवृद्धि कर चुहावट नियन्त्रण, मूल्य अभिवृद्धि कर प्रशासनमा भएका
सुधारका साथै आन्तरिक उत्पादन, बिकी्र तथा सेवा बाट प्राप्त हुने मूल्य
अभिवृद्धि कर राजस्वको वृद्धिदर बढ्न गएको कारण समीक्षा अवधिमा समग्र
मूल्य अभिवृद्धि कर राजस्वको वृद्धिदरमा विस्तार भएको हो ।


•       आर्थिक वर्ष २०७०÷७१ मा आयकर राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु. ७७
अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर २८.१ प्रतिशतले वृद्धि भई
रु. ६७ अर्ब २ करोड पुगेको थियो । आयकर प्रशासनमा भएको सुधार, कर चुहावट
नियन्त्रण र करदाता शिक्षाको सकारात्मक प्रभावका कारण आयकर राजस्वमा
वृद्धि भएको हो ।
•       आर्थिक वर्ष २०७०÷७१ मा भन्सार महसूलबाट प्राप्त हुने राजस्व १९.३
प्रतिशतले वृद्धि भई रु. ६७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष सो
राजस्व ३१.१ प्रतिशतले वृद्धि भई रु. ५६ अर्ब ८९ करोड पुगेकोे थियो ।
सवारी साधन तथा पार्टपूर्जा, इन्धन, फलाम तथा इस्पात लगायतका वस्तुहरुको
आयातबाट प्राप्त हुने भन्सार राजस्वमा विस्तार भएकोे कारण भन्सार
राजस्वमा वृद्धि भएको हो ।
•       आर्थिक वर्ष २०७०÷७१ मा अन्तःशुल्क परिचालनमा २३.८ प्रतिशतले वृद्धि भई
रु. ४५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष अन्तःशुल्क २०.६ प्रतिशतले
वृद्धि भई रु. ३६ अर्ब ६६ करोड पुगेकोे थियो । उच्च अन्तःशुल्क लाग्ने
बस्तुहरुको आयातमा भएको वृद्धिको साथै आन्तरिक उत्पादनबाट प्राप्त हुने
अन्तःशुल्क राजस्वमा समेत विस्तार आएकोले समग्र अन्तःशुल्क राजस्वको
वृद्धिदरमा विस्तार आएको हो ।
•       आर्थिक वर्ष २०७०÷७१ मा कुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करकोे
अंश सवैभन्दा बढी अर्थात् २८.३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर
(२१.८ प्रतिशत), भन्सार (१९.० प्रतिशत) र अन्तःशुल्क (१२.७प्रतिशत) को
अंश रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २८.२ प्रतिशत, २२.६
प्रतिशत, १९.२ प्रतिशत र १२.४ प्रतिशत रहेका थिए ।
•       आर्थिक वर्ष २०७०÷७१ मा गैर–कर राजस्व परिचालन २३.८ प्रतिशतले वृद्धि
भई रु. ४५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष गैर–कर राजस्वमा ३.७
प्रतिशतले कमी आई रु. ३६ अर्ब ४० करोड रहेको थियो ।
•       आर्थिक वर्ष २०७०÷७१ मासार्वजनिक संस्थानहरुबाट प्राप्त हुने लाभांश
तथा राहदानी वापतको शुल्कमा वृद्धि भएकोले गैर–कर राजस्वको वृद्धिदरमा
विस्तार आएको हो ।
•       आर्थिक वर्ष २०७०÷७१ मा कुल राजस्वमा कर राजस्वको अंश ८७.४ र गैर–कर
राजस्वको अंश १२.६ प्रतिशत रहेको छ । त्यस्तै, कर राजस्वमा प्रत्यक्ष कर
राजस्वको अंश ३१.० र अप्रत्यक्ष कर राजस्वको अंश ६९.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८७.७ र गैर–कर राजस्वको अंश
१२.३ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३१.७
र अप्रत्यक्ष कर राजस्वको अंश ६८.३ प्रतिशत रहेको थियो ।
•       आर्थिक वर्ष २०७०÷७१ मा नगद प्रवाहमा आधारित वैदेशिक अनुदान रु. ३६
अर्ब ९४ करोड प्राप्त भएको छ । अघिल्लो वर्ष यस्तो वैदेशिक अनुदान रु. २४
अर्ब ४३ करोड प्राप्त भएको थियो ।
MK

संवैधािनक अंगका प्रमुखहरू



·         अख्तियार दुरुपयोग अनुसन्धान आयोग - लोकमान सिं कार्की

·         महालेखा परीक्षक- भानुप्रसाद आचार्य

·         लोक सेवा आयोग— कायोदेवी यमी

·         निर्वाचन आयोग— नीलकण्ठ उप्रेती

·         राष्ट्रिय मानव अधिकार आयोग— अनुपराज शर्मा

·         महान्ययायाधिवक्ता — बाबुराम कुँवर

Thursday, November 13, 2014

बि.सं २०७० को नायब सुब्बाको परीक्षामा सोधिएका प्रश्न र तीनका उत्तरहरू

बि.सं २०७० को नायब
सुब्बाको परीक्षामा सोधिएका प्रश्न र
तीनका उत्तरहरू
१. Scurvy कुन भिटामिनको अभावका कारणले
लाग्छ ?
उत्तर. भिटामिन सी
२. काग सम्मेलन को संग सम्बन्धित छ ?
उत्तर. गोतम सापकोटा
३. अति कम विकशित राष्ट्रहरुको चौथो सम्मेलन
कहाँ भएको थियो ?
उत्तर. ईस्ताबुलन
४. आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न
भयो ?
उत्तर. ईन्डोनेसिया
५. संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने
पहिलो राष्ट्र कुन हो ?
उत्तर. ईन्डोनेसिया
६. इन्सुलिन के संग सम्बन्धित छ ?
उत्तर. मधुमेह
७. क्षेत्रफलका आधारमा सबै
भन्दा ठुलो मरुभुमी कुन हो ?
(दिईएको अपसनका आधारमा )
उत्तर. अरेविया
८. अर्थ मन्त्रालयले २०६८–०६९ को मौद्रिक
निती कहिले सार्वजनिक ग¥यो ?
उत्तर. वि.स. २०६९–०४–०५
९. महादेवका चार नेत्रलाई के ले जनाउछ ?
उत्तर. अग्नी, चन्द्र र सुर्य
१०. जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई
बुझिन्छ ?
उत्तर. शुक्र
११. राजी जातीको बसोबास
भएको जिल्ला कुन हो ?
उत्तर. दाङ्ग
१२. अमेरिकाले ईराक विरुद्धको यूद्ध
अन्त्यको घोषणा कहिले ग¥यो ?
उत्तर. १५ डिसेम्बर, २०११
१३. नासाले आफ्नो भु–अपग्रह
कहाँ खसालेको थियो ?
उत्तर. प्रशान्त महासागर
१४. द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन?
उत्तर. बरुण समशेर
१५. नेपालमा कति माईक्रोन भन्दा कमको पलास्टिक
उत्पादनमा रोक लगाईएको छ ?
उत्तर. २० माईक्रोन
१६. उखु नेपालको तराई,
भित्री पहाड……… भागमा उत्पादन
गरिन्छ ?
उत्तर. भित्री तराई
(दिईएको उत्तरका आधारमा)
१७. रुखको पात
हल्लीदा कति डेसिवलको ध्वनी उ
हुन्छ?
उत्तर. २० डेसिवल
१८. जोडा मिलाउने
उत्तर.
विक्रमशिला भारत
स्वणशिला थाईल्याण्ड
तक्षशिला पाकिस्तान
स्वयम्भु विहार नेपाल
१९. जोडा मिलाउने
उत्तर.
अफ्रिका किलिमाञ्जरो
युरोप यूराल
दक्षिण अमेरिका एण्डिज पर्वत
२०. कुन बेठिक हो ?
उत्तर. नुवाकोट दरवारलाई नोल्छे दरवार भनिन्छ ।
(त्यहाँ दिईएका उत्तरहरु मध्ये )
२१. कुन बेठिक हो ?
उत्तर. खप्तड राष्ट्रिय निकुञ्ज सबै
भन्दा सानो राष्ट्रिय निकुञ्ज (दिईएका उत्तरहरु
मध्य)
२२. यमपञ्चक अन्तर्गत कुन पदैन ?
उत्तर. भुमि पुजा उत्तरमा दिईएका मध्य
२३. काठमाण्डौका चार विनायकमा नपर्ने कुन हो?
उत्तर. शिद्धि विनायक (उत्तरमा दिईएका मध्य)
२४. जैविक विविधता के संग सम्बन्धित छ ?
उत्तर. रियो सम्मेलन
२५. अन्तराष्ट्रिय पवर्ता संग्रालय
कहाँ अवस्थीत छ ?
उत्तर. पोखरा
२६. १९१७ का रुसी अक्टोवर
क्रान्तीका नायक को थिए ?
उत्तर. बोल्सेभिक लेनिन
२७. नेपालमा सर्वप्रथम जनगणना लिने निकाय कुन
हो ?
उत्तर. सेन्सश गोशरा
२८. स्लाम धर्मको धर्म ग्रन्थ कुन हो ?
उत्तर. कुरान
२९. तराई प्रदेशले कति प्रतिशत भु–भाग
ओगटेको छ ?
उत्तर. १७ प्रतिशत
३०. विरुवा सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के
भनिन्छ ?
उत्तर. Arboriculture

मदन पुरस्कार सम्बन्धमा

मदन पुरस्कार:
मदन पुरस्कार एक वर्षभित्र
नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू
मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार
हो (जगदम्बा-
श्री नेपाली भाषा, संस्कृति,
साहित्य लगायतका विविध
क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने
व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।)
- यो पुरस्कार वि. सं. २०१२ साल असोज १० गते मदन
पुरस्कार स्थापनाको घोषणा गरिएको हो।
सोही साल मङ्सिर २८ गतेमा मदन
पुरस्कार
गुठीको दानपत्रमा सहीछाप
भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर
साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान
गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार
प्रदान गरिन्थ्यो ।
– गुठीले वि. सं. २०२५ सालसम्म ४/४
हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य,
समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक
वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६
सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद
पुरस्कार बनाएको हो । तर हाल भने
ती सबै क्षेत्रलाई एउटै मानेर वितरण
गरिन्छ ।
– वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई
रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि.
सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं.
२०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३
सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१
सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख
पुग्यो।
– स्वर्णवर्षको अवसरमा २०६१
सालदेखि यसको रकम २००,०००/- भएको छ।
– सुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक
शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान
गरिन्थ्यो।
- २०१३ सालमा पहिलोपटक निम्न तीन
व्यक्तित्वका लागि यो पुरस्कार प्रदान गरिएको थियो :
(जुन पहिलो मदन पुरस्कार थियो ।)
0 “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन
जोशी,
0 “जनरल भीमसेन
थापा”का लागि चित्तरञ्जएन नेपाली
0 “अधिकविभव स्थिरविद्युत् उत्पादक”
का लागि बलराम जोशी
-२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान
गरिएन।
- विभिन्न रेकर्डहरुः
0 कम उमेरमा मदन पुरस्कार पाउनेः मोदनाथ
प्रश्रीत (२०२४ सालमा) २४
वर्षको उमेरमा ‘मानव’ नामक महाकाव्य
0 मदन पुरस्कार पाउने एकै
परिवारका सदस्यः धनुषचन्द्र गौतम र धुर्वचन्द्र
गौतम
0 सबैभन्दा बढी पटक मदन पुरस्कार
पाउनेः सत्यमोहन जोशी
0 मदन पुरस्कार पाउने महिलाः पारिजात(विष्णु
कुमारी वाईवा)ले शिरिषको फूल , झमक
घिमिरेले ‘जीवन
काडाँ की फूल’ का लागि र राधा पौडेलले ”
खलगामा हमला” बाट
हालसम्म मदन पुरस्कार प्राप्त गर्नुहुने
सम्पूर्ण व्यक्तित्त्वहरु :
१. सत्यमोहन जोशी २. चित्तरञ्जन
नेपाली ३. डा. बलराम जोशी
४. लीलाध्वज थापा ५. करुणाकर वैद्य ६.
कृष्णचन्द्रसिंह प्रधान
७. गंगाविक्रम सिजापति ८. नित्यराज पाण्डे ९.
भीमनिधि तिवारी
१०. रमेश विकल ११. गोपालप्रसाद रिमाल १२.
कोमलनाथ अधिकारी
१३. जनकलाल शर्मा १४. बालकृष्ण पोखरेल १५.
मुकुन्दशरण उपाध्याय
१६ नवराज चालिसे १७. लक्ष्मीबहादुर
श्रेष्ठ १८. सुश्री पारिजात
१९. उत्तम कुँवर २० मोदनाथ प्रश्रति २१. शंकर
लामिछाने
२२. ग्रीष्मबहादुर देवकोटा २३
पारसमणि प्रधान २४ धर्मराज थापा
२५. ताना शर्मा २६. महानन्द सापकोटा २७.
स्थिरजङ्गबहादुर सिंह
२८. बिहारीकृष्ण श्रेष्ठ २९. डा.
चूडामणि बन्धु ३० प्रदीप रिमाल
३१ इश्वरवल्लभ ३२ धनबज्र बज्राचार्य ३३.
भवानी भिक्षु
३४. डा. वासुदेव त्रिपाठी ३५ ध.च. गोतामे
३६ डा. छविलाल गजुरेल
३७. जगदीशशम्सेर राणा ३८. मोहन
कोइराला ३९. मदनमणि दीक्षित .
४० डा. धुवचन्द्र गौतम ४१. कन्चन
पुडासैनी ४२. मोहनराज शर्मा
४३. नयराज पन्त ४४ राजेश्वर देवकोटा ४५.
दौलतविक्रम विष्ट
४६ डा. राजेश गौतम ४७ भानुभक्त पोखरेल ४८
सरुभक्त .
५९. डा. भवेश्वर पंगेनी ५०. शरदचन्द्र
शर्मा भट्टराई ५१. फादर विलियम बर्क .
५२ विनोदप्रसाद धिताल ५३. डा. दयाराम श्रेष्ठ ५४
लोकेन्द्रबहादुर चन्द
५५ डा. केशवप्रसाद उपाध्याय ५६ दिनेश
अधिकारी ५७ बुद्धिनारायण श्रेष्ठ
५८. हरिराम जोशी ५९
रेवतीरमण खनाल .६० गोपाल
पराजुली .
६१. नारायण वाग्ले ६२. कृष्ण
धारावासी ६३. महेशविक्रम शाह
६४ जगदीश घिमिरे ६५. युवराज नयाँघरे
६६. नरबहादुर साउँद
६७. झमक घिमिरे ६८. अमर न्यौपाने ६९.
श्री राजन मुकारुङ ७०. राधा पौडेल
पछिल्ला समयमा प्रकाशित कृतिका लागि मदन पुरस्कार
प्राप्त ६ श्रष्टा र तिनका कृतिहरुः
वि.सं. २०६५ : युवराज नयाँघरे – एक
हातको ताली
वि.सं २०६६ : नरबहादुर साउद –
नेपालका बालीनाली र
तिनको दिगो खेती
वि.सं. २०६७ : झमक घिमिरे – जीवन
काँडा की फूल
वि.सं. २०६८ : अमर न्यौपाने – सेतो धर्ति
वि.सं. २०६९ : राजन मुकारुङ –
दमिनी भीर
वि.सं. २०७० : राधा पौडेल – ” खलगामा हमला”

नेपाल दुरदृष्टि , 2020

नेपाल दुरदृष्टि , 2020
नेपाल दुरदृष्टि , 2020 को कार्यान्वयनको क्रममा सन्
2013 देखि सन् 2020
सम्मको लागि घोषणा गरिएका पर्यटन अभियानहरुः
1. सन् 2013 – सिस्ने-जलजला-ढोरपाटन र
कर्णाली पर्यटन वर्ष
2. सन् 2014 – विदेह-मिथिला र सहलेस पर्यटन
वर्ष
3. सन् 2015 – विराट-मेची-
पहाडि पर्यटन वर्ष
4. सन् 2016 – रुरु-रेसुङ्गा-पोखरा-अन्नपुर्ण-
मनास्लु पर्यटन वर्ष
5. सन् 2017 – सिम्रौन-काठमाडौँ-लाङटाङ पर्यटन
वर्ष
6. सन् 2018 – अरुण-सगरमाथा पर्यटन वर्ष
7. सन् 2019 – चिसापानी-खप्तड-
रामारोशन पर्यटन वर्ष
8. सन् 2020 – आन्तरिक भ्रमण तथा नागरिक
उडययन वर्ष

आर्थिक सर्वेक्षण प्रतिवेदनका विभिन्न तथ्यांकहरु (आर्थिक वर्ष 070/71)

आर्थिक सर्वेक्षण प्रतिवेदनका विभिन्न
तथ्यांकहरु (आर्थिक वर्ष 070/71)
1. आर्थिक वर्ष 2070/71 को आर्थिक वृद्धिदर
5.2 % रहेको छ ।
2. नेपालीको औषत वार्षिक
प्रति व्यक्ति आय रु. 71305 रहेको छ ।
3. आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार
नेपालका 23.8 %
जनता गरिबीको रेखामुनी रहेका छन्
।
4. सर्बेक्षणका अनुसार वार्षिक 4
लाखभन्दा बढि जनशक्ति श्रम बजारमा प्रवेश
गरेपनि रोजगार बृद्धिदर 2.9 % मात्रै छ ।
5. आर्थिक प्रतिवेदन अनुसार हाल
नेपालको गिनी सुचकांक 32 रहेको छ ।
6. आर्थिक प्रतिवेदन अनुसार
सहरी गरिब 21.56 % बाट 15.46%
मा पुगेको छ । यस्तै ग्रामिण
गरिबी 43.27% बाट झरेर 27.43%
मा पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
7. कुल गरिबमध्ये 75.6% का बालबालिकाले प्राथमिक
शिक्षा समेत पाउन सकेका छैनन् ।
8. यस्तै 79.2% गरिबका बालबच्चा माध्यमिक
स्तरको शिक्षा र 82.1% उच्च शिक्षाबाट बन्चित
भएको सर्बेक्षणले देखाएको छ ।
9. झन्डै 85% गरिबहरु
सरकारी अस्पताल सेवाबाट बञ्चित हुने
गरेका छन् ।