Wednesday, December 23, 2015

सुत्र: मेरा कुराले हासु कि बकु

आदिवासी जनजातिका लोपोन्मुख समूह (१० जाति )
सुत्र: मेरा कुराले हासु कि बकु
विस्तृत:
मे = मेचे
रा = राजी
कु = कुसुन्डा
रा = राउटे
ले = लेप्चा
हा = हायु
सु = सुरेल
कि = किसान
ब = बनकरिया
कु = कुशवाडिया

सेयर गरेर आफ्नो वालमा राख्नुहोस ।
collected by: K P Bhandari

चर्चित व्यक्तिहरुका वाष्तविक नाम

चर्चित व्यक्तिहरुका वाष्तविक नाम
1. महर्षी बाल्मिकीः रत्नाकार
2. कालिदासः देवदत्त
3. चाणक्यः विष्णु गुप्त कौटिल्य
4. वेदव्यासः दैपायन कृष्ण
5. गौतम बुद्धः सिद्धार्थ
6. महात्मा गान्धीः मोहनदास करम चन्द गान्धी
7. स्वामी विवेकानन्दः नरेन्द्र दत्त
8. रजनिश ओशोः रजनिश चन्द्र मोहन
9. सत्य साईबाबाः सत्य नारायण राजु
10. डा. योगी विकासानन्दः एकदन्तमान
11. योगी नरहरिनाथः बलवीरसिँह थापा
12. स्वामी प्रपन्नाचार्यः काले राई
13. वि.पि. कोईरालाः चुडामणी कोईराला
14. गणेशमान सिँहः हीराकाजी
15. लक्ष्मीप्रसाद देबकोटाः तीर्थमाधव देवकोटा
16. भानुभक्त आचार्यः देवीभक्त आचार्य
17. मुन्सी प्रेमचन्दः धनपतराय श्रीवास्तव
18. निरालाः सुर्यकान्त त्रिपाठी
19. नातिकाजीः अमृतलाल श्रेष्ठ
20. दलाई लामाः तेञ्जङ्ग ग्यात्सो
21. ब्रुस लीः जोन फनन् ली
22. पेलेः एड्सन अरान्तेस डि नासिमिन्तो
23. रोनाल्डोः रोनाल्डो लुइस नाजारियो डेलिमा
24. मदर टेरेसाः आग्नेस गोन्हा बोनाक्सु
25. चार्ली च्याप्लिनः चार्ल्स स्पेन्सर च्याप्लिन
26. यासेर अराफातः मोहम्मद अब्देल राउफ अराफात अस कुद्वा अल हुसेनी
27. मिर्जा गालिवः असद उल्ला खा

केहि महत्वपुर्ण र समसामयिक :

केहि महत्वपुर्ण र समसामयिक :
१. नेपाल पानीजन्य प्रकोपको हिसाबले ३०औ स्थानमा पर्छ ।
२. " राष्ट्रिय सदाचार सम्मान २०७२ " बाट डा. गोबिन्द के. सि. लाई सम्मान गरियो ।
३. २०१५ डिसेम्बर १०, ६७ औ विश्व मानब अधिकार दिवस ‘Our rights. our freedom always ( सदैव स्वतन्त्रताः हाम्रो अधिकार)भन्ने नाराका साथ ६७ औं विश्व मानवअधिकार दिवस मनाइयो ।
४. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता वि.सं २०७१ माघ १५ भयो ।
५. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली को सुरुवात २०७२ मंसिर २० देखि भएको छ ।
६. संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली दुर्गानाथ भट्टराई हुन् ।
७. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको उपाधि कबड्डी चलचित्रले प्राप्त गर्यो ।
८. सन 2019 मा हुने महिला विश्वकप फुटबल फ्रान्सले आयोजना गर्दैछ ।
९. भुकम्पका कारण भएको क्षति , राहत र पुनर्स्थापनाको लागि २७ बुंदे 'संकल्प प्रस्ताव' व्यवस्थापिका संसदको विशेष अधिवेसनले २०७२ बैशाख ३० गते पारित गरेको थियो ।
१०. जनकवी केशरी धर्मराज थापाको निधन २०७१ असोज २८ मा भएको थियो । 



===========================
============================
1. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
2. तेर्हौ योजना को अबधिमा वार्षिक औषत आर्धिक बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- ६ %
3. तेर्हौ योजनाको अबधिमा कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- 4.5 %
4. तेर्हौ योजनाको अबधिमा गैर कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- 6.7 %
5. तेर्हौ योजना को अबधिमा गरीबको रेखा मुनी रहेको जन संख्या कतिमा झार्ने लक्ष्य राखिएको छ ?
- 18 %
6. सन २०२२ सम्ममा नेपालमा बाघहरुको संख्या कति पुर्याउने लक्ष्य रहेको छ?
- 250
7. ससस्त्र प्रहरी महानिरीक्षकमा दुर्ज बहादुर राई (का.मु) 2072-09-04 मा नियुक्त भएका छन ।
8. Miss World- २०१५ कुन देशकी को घोषित भइन ?
- मेरिया लालागूना रोयो, स्पेन
9. Miss Universe - २०१५ कुन देशकी को घोषित भइन ?
- Pia Alonzo Wurtzbach, फिलिपिन्स
10. बिदेशमा सम्पर्क कार्यालय खोल्ने नेपालको पहिलो बैंक कुन हो ?
- हिमालयन बैंक


केही समसामायिक जानकारी :
1. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्यो ?
- वि सं २०७२ मङ्सिर २४
2. ट्रान्सपरेन्सी इन्टरनेसनल ( टीआई ) नेपालले ‘ राष्ट्रिय सदाचार सम्मान’ कसलाई प्रदान गर्यो ?
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द के. सी
3. ‘ स्वरोजगार , आत्मनिर्भरता हाम्रो आधार , शहरदेखि गाउँसम्म ब्यापार विस्तार’ भन्ने नाराका साथ वि सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
- अन्तर्राष्ट्रिय लुम्बिनी एक्स्पो-२०७२
4. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लका रुपमा कहिले घोषित भयो ?
- वि . सं . २०७२ मङ्सिर २७
5. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार ’ कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
6. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?
- ९ तह
7. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को -को हुन् ?
- गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
8. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्यो ?
- डा . अयोधिप्रसाद यादव
9. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
- राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
10. नेपालमै पहिलोपटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्यो ?
- नारायण प्रसाद शर्मा ( दाङ )
11. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्यो ?
- जर्मन चान्सलर एन्जेला मर्केल ( दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
12. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार ’ कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
13. नेपालको इभेन्ट आयोजक संस्था ई-प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल-२०१५ को उपाधि कसले जित्यो ?
- भियतनामकी युवती भिक्टोरिया फाम ( थर्ड रनरअपमा नेपालकी निशा पाठक)
14. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?
- वि . सं . २०६९ कात्तिक २९
15. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन ( कोप-२१ ) कहाँ सम्पन्न भयो ?
- पेरिस , फ्रान्स

 

इतिहास

1. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
2. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
3. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
4. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
5. पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
6. गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
7. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
8. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
9. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
10. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
11. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
12. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
13. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
14. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
15. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
16. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
17. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
18. धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
19. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
20. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
21. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
22. नेपालमा राणाशासनको विरोधमा \”जयतु संस्कृतम\” आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
23. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
24. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
25. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
26. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
27. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
28. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
29. नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
30. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
31. लिक्ष्छवीकालमा \’कुथेर\’ अड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
32. लिच्छवीकालिन समयमा लगाइने \”त्रिकर\” भित्र कुन कुन कर पर्छन ? -भाग भोग कर
33. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
34. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
35. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
36. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
37. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
38. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
39. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
40. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
41. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
42. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
43. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
44. काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
45. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
46. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
47. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
48. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
49. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
50. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
51. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
52. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
53. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
54. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव
55. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? -पञ्च कचहरी र पञ्च समुच्चय
56. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ? -सुब्बा
57. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ? -मातृका प्रसाद कोइराला
58. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? -सर्वदण्डनायक
59. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? -चाँदतोडा
60. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ? -बलभद्र कुँवर
61. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो? -बिषय
62. न्याय विकासिनी कसको दस्तावेज हो ? -जयस्थिति मल्ल
63. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? -इन्द्रजात्रा
64. अन्तिम किराती राजा को हुन् ? -गस्ती
65. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ? -सोमवंशी
66. भूकम्पमा परी मर्ने राजा को हुन् ? -अभय मल्ल
67. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ? -लिच्छविकाल
68. आफुलाई \”विद्या पारंगत\” भनी लेख्ने राजा को हुन् ? -जितामित्र मल्ल
69. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ? -मनोरञ्जन
70. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? -भिम शमशेर
71. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? -शिवसिंह मल्ल
72. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? -योगनरेन्द्र मल्ल
73. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? -रत्न मल्ल
74. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? -मानदेव
75. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ? -जंगबहादुर राणा
76. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? -यक्ष मल्ल
77. अरुण नदीको पौराणिक नाम के हो ? -महाप्रभा
78. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? -काठमाडौं
79. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? -नरेन्द्रदेव
80. मल्लपुरी कसले विजय गरेका थिए ? -मानदेव
81. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? -प्रताप मल्ल
82. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? -गीर्वाणयुद्ध विक्रम शाह
83. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? -रणजीत मल्ल
84. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? -जयप्रकाश मल्ल
85. पाटनका अन्तिम मल्ल राजा को हुन् ? -तेजनरसिंह मल्ल
86. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? -सिद्धिनरसिंह मल्ल
87. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ? –जगतप्रकाश मल्ल
88. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ? -प्रचण्डदेव
89. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? -नरेन्द्रदेव
90. मानगृह कसले निर्माण गरेका थिए ? -मानदेव
91. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? -भुपतीन्द्र मल्ल
92. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? -मानदेव
93. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? -चन्द्र शमशेर
94. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? -नरेन्द्रदेव
95. घोडेजात्राको चलन कसले चलाएका हुन् ? -जयप्रकाश मल्ल
96. विष्केट जात्राको चलन कसले चलाएका हुन् ? -जगज्योती मल्ल
97. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? -विश्वजित मल्ल
98. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? -शिवदेव तृतीय
99. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ? -वसन्तदेव
100. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? -मानदेव
संकलन तथा सम्पादन: केपी भण्डारी

Thursday, November 26, 2015

अन्तरवार्ता

लोकसेवा आयोगले अहिले विभिन्न पदहरूको लागि अन्तर्वार्ता सञ्चालन गरिरहेको छ । यहाँ ती अन्तर्वार्तामा सोधिएको र सोध्न सकिने केही समसामयिक र संभावित प्रश्नहरू समावेश गरिएको छ ।
१) तपाईं किन निजामती सेवामा प्रवेश गर्न चाहनुहुन्छ ??
२) सेवा प्रवेश गरेपछि तपाईं कार्यलयको काममा व्यस्त रहनुपर्छ त्यस्तो परिस्थितिमा तपाईं आफ्नो अध्ययनलाई कसरी अगाडि बढाउनु हुन्छ ???
३) तपाईंको जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक , पर्यटकीय , संस्कृतिक स्थलको बारेमा जानकारी गराउनुहोस् ???
४) तपाईंले नेपालको संविधान २०७२ अध्ययन गर्नुभयो ???
५) नेपालको हालको संविधानमा कति धारा,उपधारा र अनुसुची रहेका छन् ???
६) नेपालको संविधानमा लोकसेवा सम्बन्धि कस्तो व्यवस्था गरिएको छ ???
७) तपाईंले अहिले अन्तर्वार्ता दिइरहेको कार्यलयको नाम के हो ???
८) नेपालको संविधानमा लोकसेवा आयोगको व्यवस्था कुन भागमा गरिएको छ???
९) तपाईंको विचारमा अहिले देखिएको नाकाबन्दीका कारण सिर्जित समस्य कसरी समाधान गर्न सकिएला ???
१०) यो वर्षको मदन पुरस्कार कुन कृतिको लागि कसलाई प्रदान गरियो ???
११) तपाईंको जन्म जिल्ला , गाउँ , ठाउको नाम कसरी रहन गयो ???
१२) तपाईं आफुले अध्ययन गरेको विषयमा धेरै अगाडि जानसक्नुहुन्छ । उक्त विषयका अवसरलाई छोडेर यो पदमा किन आउन चाहनुहुन्छ ???(यो प्रश्न प्रायः छुट्दैन )
१३) हाल चर्चामा रहेको आतंकवादी संगठन आईएस को प्रमुख को हुन् ???
१४) नेपालको अन्तरिम संविधान २०६३ कहिले खारेज गरियो ???
१५) नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख को हुन् ???
१६) नोबेल पुरस्कार कति विधामा प्रदान गरिन्छ ???
१७) संयुक्त राष्ट्रसंघ दिवस कहिले मनाइन्छ ???
१८) उत्कृष्ट निजामती पुरस्कारको राशी कति रहेको छ ???
१९) उत्कृष्ट निजामती पुरस्कार कति जनालाई प्रदान गरिन्छ ???
२०) यस वर्षको राष्ट्रिय शिक्षा दिवसको नारा के रहेको छ ???

आदिवाशी जनजातिको बर्गीकरण

आदिवाशी जनजातिको बर्गीकरण ---------------------
नेपाल सरकारले देशभरका आदिवासी जनजातिको निम्नानुसार 5 वर्गमा बर्गीकरण गरेको छ ।
1. लोपुन्मुख समुह(Endangered Group):- यो समुहमा कुसुन्डा,वनकरिया,राउटे,सुरेल,हायु,राजी,किसान,लेप्चा,मेचे र कुशवाडिया गरि 10 जनजातिलाई राखिएको छ ।
2. अति सिमान्तकृत समुह( Highly Marginalized Group):- यो समुहमा माझि,सियार,ल्होमी,थुदाम,धानुक,चेपाङ,सतार,झाँगड,थामी,बोटे,दनुवार र बरामो गरि 12 जनजातिलाई राखिएको छ ।
3. सिमान्तकृत समुह (Marginalized Group):- यो समुहमा सुनुवार,थारु,तामाङ,भुजेल,कुमाल,कोचे(राजवंशी),गन्गाई,धिमाल,भोटे,दराई,ताजपुरिया,पहरी ,तोप्केगोला ,डोल्फो,फ्रि,मुगाली ,लार्के,ल्होपा ,दुरा र वालुङ गरी 20 जनजाति राखिएको छ ।
4. सुविधा वञ्चित (Disadvantaged Group) :- यो समुहमा गुरुङ , मगर,राई ,लिम्बु ,छैरोतन ,ताङ्वे ,तीनगाँउले ,बार्हगाउँले , मार्फाली ,शेर्पा ,याक्खा ,छन्त्याल , जिरेल ,व्यासी र ल्होमो गरी 15 जनजाति रहेका छन् ।
5. उन्नत समुह (Advanced Group):- यो समुहमा नेवार र थकाली गरि 2 जनजाति रहेका छन् ।

नागरिक समाज

 नागरिक समाज

 – प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र बृद्धिजिवीहरु, स्थानिय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीय स्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएको अग्रगामी सुधारको पक्षपाती, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।


नागरिक समाजका विशेषताहरु
 नागरिक समाज आफैमा सचेत र सरकारलाई खवरदारी गर्ने स्वतन्त्र अस्तित्व भएको व्यक्तिहरुको समूह हो । यसका केही विशेषताहरु यस प्रकार छन् ।
• सरकारलाई सही बाटोमा हिडाउन दबाबमूलक काम कारवाहीको गर्ने
• आत्म अनुशासित हुँदै समाज, राष्ट्रलाई सकारात्मक कामकारवाहीको लागि घचघचाउने व्यक्ति, समूह
• सरकारभन्दा पृथक हुँदै सरकारका नीति, निर्णय र कार्यान्वयनको लागि सदैव दबाब सिर्जना गर्ने संयन्त्र,
• समाजको आवाजविहिन, पिछडिएका वर्ग, समूदायको आवाज बुलन्द गर्दै सरकारलाई सहि बाटोमा ल्याउन दबाबमूलक काम गर्ने संयन्त्र ।
• राजनीतिकबाट टाढा रहेर सामाजिक जागरण ल्याउँदै समाज र समूहलाई समेत माथि उठाउने, जागरण गराउन सक्रिय समूह
• सरकारलाई जहिले पनि कानून बनाउन , भएका कानून कार्यान्वयन नभएको अवस्था रहे कानून कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने व्यक्ति–समूह
• नागरिक चेतना प्रदायक गैरनाफामूलक व्यक्ति–समूह




नागरिक समाजका उद्देश्यहरु:
नागरिक समाज गैरनाफामूलक ठंगले कार्यरत जागरुक अनुशासित ढंगले काम गर्ने व्यक्ति/समुहको नाम हो । नागरिक समाजले नागरिकहरुमा शिक्षा प्रदान गर्ने, समाज–समूदायलाई समेत रुपमा अघि बढन् प्रेरित गर्छ । समाजका पिछडिएका जाति, समुदाय, सम्प्रदायलाई मूल धारमा ल्याउँदै उनीहरुका हक, अधिकार दिलाउनमा सरकारलाई खबदारी गर्नु पनि नागरिक समाजको काम हो । मूलतः नागरिक समाजका केही उद्देश्यहरु यस प्रकार छन् ।
• सहभागितामूलक पद्धतिको विकास र विस्तार गर्नु
• विचार, अभिव्यक्तिको आदान–प्रदानमार्फत समाजलाई एकीकृत रुपमा अघि बढ्न प्रेरित गर्नु ।
• सामूहिक भावनको विकास गर्दै विभिन्न ढंगको संजालमार्फत सरकारलाई सहि मार्गदर्शन गर्नु ।
• राज्यको मूल धारामा आउन कठिन भइरहेको वर्ग, क्षेत्र, लिङ्ग, समूदाय र सम्प्रदायलाई नागरिक शिक्षा प्रदान गर्दै उनीहरुको हक, अधिकार प्राप्तिमा समेत बनाउनु
• सुरक्षालाई नीति, कानून परिपालना गराउन दबाबमूलक ढंगले बाध्य बनाउनु ।

उपाधि र सो उपाधि पाउने ब्यक्तिहरू

नेपालको साहित्य, कला र संगित क्षेत्रका 
प्रमुख उपाधि र सो उपाधि पाउने ब्यक्तिहरू:-
१. आदिकवि :- भानुभक्त आचार्य
२. युवा कवि :- मोतिराम भट्ट
३. संगीत प्रविण :- नरराज ढकाल
४. संगीत शिरोमणि :- यज्ञराज शर्मा
५. श्रृंगारिक कवि :- मोतिराम भट्ट
६. युगकवि :- सिद्दिचरण श्रेष्ठ
७. आधुनिक कवि :- गोपालप्रसाद रिमाल
८. आयामेली कवि :- तिलबिक्रम नेम्बाङ
९. आशुकवि :- शम्भुप्रसाद ढुङ्गेल
१०. इतिहास शिरोमणि :- बाबुराम आचार्य
११. कवि केशरी :- चित्तधर हृदय
१२. जनकवि केशरी :- धर्मराज थापा
१३. महाकवि :- लक्ष्मीप्रसाद देवकोटा
१४. महाकवि(नेवारी) :- सिद्दिदास अमात्य
१५. वाध्य शिरोमणि :- उस्तद गणेशलाल
१६ महाकवि(मैथिली):- विद्यापती

Wednesday, October 14, 2015

नेपालमा महिला मध्य प्रथम

सि.नं कार्य/पोष्ट/ गतिविधी नाम 
१ राष्ट्रपति            विद्यादेवी भण्डारी
२ सभामुख ओनसरी घर्तीमगर
३ प्रधानन्यायाधीश सुशीला कार्की
 
४ राज्यको उत्तराधिकारी         नायक देवी
५ मन्त्री                                    द्वारिकादेवी ठकुरानी(उपमन्त्री)
 
६ पीएचडी                                प्रभा बस्नेत
७ त्रिविविबाट पीएचडी बिनु लोहनी
८ नेपाली भाषामा पीएचडी      शुभद्रा सुब्बा (दाहाल)
९ नेपाली साहित्यमा पीएचडी गर्ने वानिरा गिरी
 
१० राजदूत विन्देश्वरी शाह
११ स्नातकोत्तर गर्ने जयकला देवी
१२ पुरातत्व विषयमा स्नातकोत्तर गर्ने सानुनानी कंसाकार
१३ इन्जिनियर कान्ति मल्ल
 
१४ प्रमुख जिल्ला अधिकारी उषा नेपाल
१५ सगरमाथाको आरोहण- पासाङ ल्हामु शेर्पा  
१६ भारतमा नेपाली गीत रेकर्ड गर्ने मेलवादेवी
१७ एसएलसी पास गर्ने प्रभा राज्यलक्ष्मी देवी राणा
१८ प्रिन्सिपल अंगुरबाबा जोशी
१९ पार्टी अध्यक्ष पम्फा भुसाल
२० क्याबिनेटस्तरीय मन्त्री सुशीला थापा
२१ पहिलो उपप्रधानमन्त्री शैलजा आचार्य
२२ नेपाल सुन्दरी रुवी राणा
२३ एसएसपी डा भारती याक्थुम्बा
२४ अमेरिकी साहित्यमा त्रिविविबाट पीएचडी गर्ने गीता खड्का
२५ मिडवाइफ राधादेवी माली/ विद्या उदास
२६ प्यारासुटबाट हाम फाल्ने सुन्दरी श्रेष्ठ
२७ इन्सपेक्टर निलमदेवी
२८ वीर अस्पतालमा सुपरिटेन्डेन्ट डा. राजवाई राणा
२९ मनोविज्ञानमा पीएचडी गर्ने आरजु राणा
३० हिन्दी साहित्यमा पीएचडी गर्ने आशा सिन्हा
३१ नायिका भुवन चन्द
३२ जिल्ला विकास समिति सभापति ओम टेम्पु लामा
३३ आयुर्वेदाचार्य डा. कादम्बरी आचार्य
३४ महेन्द्र विद्याभुषण पाउने सावित्री सिंह
३५ सम्पादक कुमारी कामाक्षी, कुमारी साधना प्रधान
३६ डीआईजी पार्वती थापा
३७ रेडियो नेपालमा गायिका रानुदेवी अधिकारी
३८ भूमिसुधार अधिकृत अम्बिका आचार्य
३९ पत्रकारितामा विद्यावारित्रि गीतामैया श्रेष्ठ
४० नेपाल प्राध्यापक संघको सभापति सुप्रभा घिमिरे
४१ रंगमञ्च र चलचित्रमा एमए गर्ने सुश्री चैत्यदेवी
४२ एमएस्सी गर्ने डा. विजया उपाध्याय
४३ न्यायाधीश शारदा श्रेष्ठ
४४ खुल्ला प्रतियोगितामा सह सचिव विन्द्रा हाडा

2015 का नाेबल पुरस्कार बिजेताहरू

सन् २०१५ मा ६ वटै विधामा नोबेल पुरुस्कार पाउने व्यक्ति एवं संस्थाहरु :-
चिकित्सा शास्त्र तर्फ :-
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
भौतिक शास्त्र तर्फ :-
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा )
रशायन शास्त्र तर्फ :-
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका )
साहित्य तर्फ :-
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस ) ( महिला )
शान्ति तर्फ :-
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज )
अर्थशास्त्र तर्फ :-
१. अंगस डीटन ( अमेरिका )