Thursday, January 25, 2024
प्रश्न उपसचिव २०८०/१०/११ सामान्य प्रशासन प्रथम पत्र खुला
लोक सेवा आयोग
राजपत्राङ्ङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक) पदको खुला प्रतियोगितात्मक (संयुक्त) लिखित परीक्षा
मितिः- २०८०।१०।११
पत्रः प्रथम
विषयः प्रशासन र व्यवस्थापन
पूर्णाङ्कः- १००
समयः ३ घण्टा
तलका प्रश्नहरुको उत्तर बेग्लाबेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
१. नेपालले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक आदि सबै प्रकारको भेदभावको अन्त्य गर्न, आर्थिक समानता, समृद्धि, सामाजिक न्याय सुनिश्चित गर्न, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माण गर्न र बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्न नेपालमा संघीय शासन प्रणाली लागू भएको हो । नेपालको संविधानले राज्यशक्तिको प्रयोग एवम् तीनवटै तहका शासकीय एकाइहरूको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको आधारमा हुने व्यवस्था गरेको छ। अधिकारको बाँडफाँट संघ, प्रदेश र स्थानीय सरकारमा एकल र साझा अधिकारका रुपमा विभक्त गरी सहकार्यमूलक संघीय शासन प्रणाली लागू गरिएको सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको आधारमा हुने व्यवस्था गरेको छ। अधिकारको बाँडफाँट संघ, प्रदेश र स्थानीय सरकारमा एकल र साझा अधिकारका रुपमा विभक्त गरी सहकार्यमूलक संघीय शासन प्रणाली लागू गरिएको छ। संघीय शासन प्रणालीले केन्द्रमा रहेको अधिकारलाई तल्लो तहको सरकारमा अधिकार निक्षेपण गरेको हुन्छ। नेपालको संविधानले अवशिष्ट अधिकार भने संघीय तहमा निहित रहने व्यवस्था गरेको छ। मूलतः संघीय शासन प्रणाली स्थानीय स्वायत्त शासनलाई प्रभावकारी बनाउन, विविधता व्यवस्थापन गर्न, शासनमा नागरिकलाई प्रत्यक्ष संलग्न गराउन तथा नेतृत्वलाई प्रत्यक्ष जिम्मेवार तुल्याउन, विकेन्द्रित शासन प्रणाली अवलम्बन गर्न र नेतृत्व क्षमता विकास गर्न प्रभावकारी शासन प्रणालीहरु मध्ये संघीय शासन प्रणाली अंगिकार गरिएको छ। तर संघीय शासन प्रणाली अबलम्बन गरिएको नेपालमा संघीय शासन प्रणालीका अपेक्षित उद्देश्य हासिल गर्न विभिन्न कठिनाइहरू विद्यमान रहेको प्रतीत हुन्छ। यस पृष्ठभूमिमा केन्द्रित हुँदै नेपालको संविधानले अवलम्बन गरेको संघीय शासन प्रणालीका मूलभूत व्यवस्थाहरूको कार्यान्वयनबाट प्राप्त उपलब्धि, कार्यान्वयनमा देखा परेका समस्याहरू र समस्या उत्पन्न हुनुका कारणहरुको समीक्षा गर्नुहोस्। साथै, पहिचान गरिएका समस्याहरूको निराकरणका लागि नेपालले के कस्ता रणनीतिक व्यवस्थाहरू अवलम्बन गर्न आवश्यक छ ? विश्लेषण गर्दै सुझाब दिनुहोस् ।
२. नेपाल कमजोर भौगोलिक तथा भू-धरातलीय बनोट, जलवायु परिवर्तन, अव्यवस्थित पूर्वाधार विकास लगायतका कारण Separate labels by commas No matching suggestions 15
प्रश्न उपसचिव २०८०/१०/११ सामान्य प्रशासन /प्रथम पत्र /खुला
Subscribe to:
Posts (Atom)